भर्खरै

सडक बत्तीको बक्यौता विवरण उपलब्ध गराउन निर्देशन

  • प्रकाशित मिति : Wed-11-Jan-2017
  • - Admin
title

काठमाडौँ, २६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सडक बत्तीको विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन र महसुल तिर्ने व्यवस्था मिलाउन महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई निर्देशन दिएको छ । 

मन्त्रालयका उपसचिव प्रेमराज जोशीले नेपाल विद्युत् प्राधिकरणले पटक/पटक विद्युत् महसुल बक्यौता भएको भन्दै पत्राचार गरेपछि आफूहरुले सो को विवरण मन्त्रालयमा उपलब्ध गराउन र प्राधिकरणको स्थानीय वितरण केन्द्रसँग समन्वय गरेर महसुल तिर्ने वातावरण बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो । आव २०६६/६७ देखि आव २०७२/७३ सम्मको विद्युत् बक्यौता मात्रै करिब रु १४ अर्ब रहेको प्राधिकरणले जनाएको छ । वार्षिक रु दुई अर्बका दरले महसुल उठ्नुपर्नेमा महानगर, उपमहानगर र नगरपालिकाले बक्यौता तिर्न अटेर गर्दै आएको पाइएपछि मन्त्रालयले नै परिपत्र गरेको हो । 

मुलुकभर काठमाडौँ महानगरपालिका, १२ उपमहानगरपालिका र दुई सय १४ नगरपालिका छन् । प्राधिकरणले सरकारी निकायले नै बक्यौता नर्तिदा समस्या भएको भन्दै ऊर्जा मन्त्रालयमार्फत महसुल उठाइदिन आग्रह गरेको थियो । सोही आग्रहका आधारमा तीन दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको उपसचिव जोशीले बताउनुभयो । निर्देशनसहितको परिपत्र सोमबार गरिएको हो । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago