भर्खरै

सम्पुर्ण विद्युतीय व्यवसायीहरुलाई समेटेर संघलाई एक ढिक्का बनाउनु पर्छ

  • प्रकाशित मिति : Wed-04-Jan-2017
  • - शंकर देवकोटा अध्यक्ष, काठमाडौ विद्युतीय व्यवसायी
title

राजधानीमा विद्युतीय बस्तुको कारोबार गर्दै आइरहेका व्यवसायिक संस्था काठमाडौं विद्युतीय व्यवसायी  संघ महाधिबेसन नजिकिदो छ । चौथो महाधिवेशनलाई भव्यतासका साथ सफल बनाउन संघ लागि परेको देखिन्छ । देशको केन्द्रमा रहेर विद्युतीय व्यवसाय गरिरहेका व्यवसायीहरुले व्यवसायीहरुको हक हित तथा व्यवसायीक सुरक्षाको विषयमा पनि महासंघद्धारा आवाज उठाउँदै आएको छ । त्यस्तै राज्य सँग आवश्यक नीतिगत कुराहरुलाई पनि सहयोग गर्दै महासंघ सँग सहकार्य गर्दै आइरहेको छ ।
नेपालमा जति पनि विद्युतीय बस्तु खरिद विक्रि हुन्छ त्यसको अधिकांश प्रतिशत राजधानीमै खपत हुन्छ । उत्पादन कर्ताको पहिलो प्राथमिकता पनि राजधानी नै हुने गर्दछ । यसैले यहाँ गुणस्तरीय सामान देखि गुणस्तरहीन सामानको पनि कारोबार भइरहेको हुन्छ । सच्चा व्यवसायीहरुले अवको महाधिबेशन पछि यस्ता विषयलाई उठान गरी अघि बढाउनु आवश्यक छ । 
अहिले काठमाडौं विद्युतीय व्यवसायीहरुको नेतृत्व  व्यवसायी शकर देवकोटाले गर्दै आइरहेका छन् उनको सफल नेतृत्व सँग अब नयाँ नेतृत्व आउने देखिन्छ । अध्यक्ष देवकोटा  १७ वर्ष देखि व्यवसायमा अनुभव प्राप्त व्यक्ति हुन् । उनले व्यवसायी हरुलार्य एकतबद्ध बनाई व्यवसायीक नीति गुणस्तरीयता कायम तथा व्यवसायिक सुरक्षाका लागि अग्रणी भुमिका खेलेको श्रेय जान्छ । उनै अध्यक्ष देवकोटासँग व्यवसायीक विषयबस्तु लगायत महाधिबेसन सेरोफेरोलाई लिएर विद्युत संसारका संवाददाता शिखर श्रेष्ठले लिएको कुराकानीको सम्पादित अंश ः

काठमाडौका व्यवसायीहरुलाई आफ्नो महाधिबेसनले छोपीसक्यो । पछिले समय महाधिवेशनको तयरी कस्तो हुदै छ ?

हो, माहाधिबेसनको मिति नजिकिदै छ । हामी व्यवसायी साथीहरु नेतृत्वमा रहेका व्यक्तिहरु सबै यसै विषयमा केन्द्रि भएर अघि बढिरहेका छौं । यो महाधिबेसनलाई कसरी हुन्छ अघिल्लो भन्दा विशेष आकर्षण र स्तरीय व्यवस्थित बनाउने सोचका साथ अघि बढिरहेका छौं । काठमाडौंमा व्यवसायीको नेतृत्व गर्ने हाम्रो यो संघको सातौँ वार्षिक साधारण सभा हो । यहि पुस २३ गते हुन गइरहेको छ । २०६६ सालमा स्थापनापित संघको सस्थापक अध्यक्ष रेशम प्रसाद देवकाटा हुनुभएको थियो । व्यवसायीहरुको हक हितमा लागिपरेको यो संस्थाले आज छौटौ वर्ष पार गरि सातौ वर्षको सुभारम्भमा छ । यस समयमा व्यवसायीहरुलाई महत्वको विषय बन्नु स्वभाविक पनि हो । 

महाधिबेशनमा निर्वाचन हुदैछ भनिन्छ, अवको वाताबरण कसरी बढिरहेको हो ?
लोकतन्त्रको दुई ओटा पाटाहरु हुन्छन् । एउटा प्रतिशप्रधा  र एउटा सहमती हो । स्वच्छ सहमती भएमा संघ एक ढिक्का भएर जने हो निर्वाचन हुदा जस्तो पक्ष विपक्ष नहुने हुन्छ । निर्वाचनले एउटा पक्ष अलि सक्रिय नदेखि हुन्छ । यसैले गर्दा सहमतिमा नै कार्यसमिति चयन होस् भन्ने मेरो चाहाना हो । अबको कार्यकाल युवा जुजारु, सस्थालाई समय दिने खालको, व्यवसायीहरुको गुनासा सुनि यसलाई सहज रुपले विभिन्न संघ सस्थाहरु संग सहकार्य गरेर अगाडी बढ्ने खालको कार्य समिति आएमा संघले आगामी दिनमा अझ वृहत हुने थियो । जे होस निकै भद्र र विस्वासका साथ व्यवस्थित ढंगले जानेछ भन्ने मलाई विस्वास छ । 

विगत २ वर्षदेखि यहाँले व्यवसायिक नेतृत्व गर्दै आइरहनु भएको छ । तपाईको यो  कार्यकाल आत्म समिक्षा गर्नु पर्दा कस्तो लाग्छ ? संघको मुल उद्देश्य के हो ? के के गर्न सक्छन् ?

 हो म व्यवासयमा १७ वर्षदेखि निरन्तर छु । यति लामो समयदेखि मैले यहाँको क्षेत्रको गतिविधि समस्या नियाल्ने अनुभव गर्ने मौका पनि पाएँ । तर नेतृत्वमा भने ३४२४ देखि अध्यक्षको जिम्मेवारीमा छु । मैले साथीहरुको सहयोगमा सकेसम्म अघिकतम काम गर्ने प्रयत्न गरेँ । साथीहरुले पनि समय र परिस्थितिले भ्याए सम्म मलाई सहयोग पुरयाउनु भएको छ । मेरो कार्यकालमा भएका विशेष काम भनेको सदस्य विस्तार एक महत्वपूर्ण हो । किनकी संगठनको निर्माण नै पहिलो कुरा  थियो । सदस्यहरुलाई संघ आवश्यक पर्छ है भन्ने र संघ प्रतिको चासो आशा विश्वस बढाउनेकाम भयो मेरो आगमनसँगै सदस्यहरुको संङख्या पनि धेरै नै वृद्धि भएको छ । सदस्यहरुबाट आएका गुनासाहरुलाई यथोचित रुपमा सुनुवाइ गर्नै प्रयस भएको छ । त्यस्तै व्यवसायिक हक हित सुरक्षाका विषयमा पनि निकै चासोका साथ संघले हेर्ने कोसिक गरेको छ । 
काठमाडौ विद्युतीय व्यवसायी संघ भन्ने वितिकै  विशुद्ध उपत्यकामा विद्युतीय सामाग्री व्यवसाय गर्दै आएका व्यवसायीको हक हितमा लड्ने संस्था हो । यसको उद्देश्य भन्नु पर्दा काठमाडौ उपत्यका र उपत्यका बाहिरका सम्पुर्ण व्यवसायीलाई एकजुट बनाउनु हो । संगठित बनाउनु  क्षेत्रगत दायरा ठूलो बनाउनु । समन्वय गर्नु सामान्जस्यता गर्नु पनि हो । व्यवसायीहरुलाई जागरुक बनाउने उद्देश्यले कर सम्बन्धि तालिम, व्यवसायीहरु विच अन्तरक्रिया कार्यक्रम, व्यवसायीहरु व्यसाय मात्र नगरेर विभिन्न मनोरञ्जनका कार्यक्रम गर्ने, क्षेत्रगत हिसावले हेर्दा हामीले जुन क्षेत्रमा व्यवसायी रहेका छन् त्याही क्षेत्रमा गएर क्षेत्रगत सदस्यहरुलाई परेको समस्याहरुलाई छलफल गर्ने गरेका पनि छौ । त्यस्तै, चोरिका घटना हुन नदिने, जसका लागि भोटेवहालका विभिन्न स्थानमा सिसिटिभी जडान गरेको छौँ, व्यवसायीहरुलाई समस्य परेका छन् भने प्रहरीसंग सहकार्य गरि समस्यको हल गर्ने गरेका छौँ । 

अबको महाधिबेसन पछि आउने कार्यसमितिले कस्ता काम गर्नु पर्ने देख्नु हुन्छ ?
नयाँ आउने नेतृतवले कार्यसमितिले काठमाडौ उपत्यका, भक्तपुर, ललितपुरका विद्युतिय व्यवसायी हरुलाई समेटेर संघलाई एक ढिक्का बनाउने उदेश्य लिनु आवश्यक छ । संघले बजारमा आएका गुणस्तर र विद्युत खपत गर्ने सामाग्रीहरुको बारेमा नेपाल विद्युतीय व्यवसायी महासंघसंंग सहकार्य गरेर नेपाल सरकारलाई एउटा मापदण्ड ल्यउने कुरामा जोडदार माग गर्नु आवश्यक छ, छरिएर रहेका विद्युतीय व्यवसायीहरुलाई कर संम्वन्धि लेखा प्रणलीको विषयमा तालिमको व्यवस्था गर्नु, लगायत व्यवसायीहरु विच जुन खालको प्रतिश प्रधा भइरहेको छ यो व्यवसायीक हिसाबले राम्रो होईन यस्तो अवस्थालाई कसरी कम गर्न सकिन्छ भनेर छलफल गर्नु जरुरी मैले देखेको छु । 

यहाँहरुको व्यवसाय बृद्धिमा ईलेकिट्रसियन हरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भनिन्छद्ध ।  दुर्व पक्षको  सहयोग सम्बन्ध कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?
इलेक्ट्रिसियन र व्यवसायी भनेको प्रत्यक्ष तथा अप्रत्यक्षमा रहेर काम कार्य गर्ने कुरा आउछ । इलेक्ट्रिसियन भनेको व्यवसायीको गहना वा मध्यस्तकर्ता हो अझ व्यवसायीको ईलेक्ट्रिसियन भनेको त मुटु नै हो भन्दा दुई मत नहोला । किनभने यो यिनिहरुमा नङ्ग र मासुको सम्बन्धि भन्ने धारण यस संघले राखेको छ । मेरो कार्यकाल भन्दा पहिलाको कार्यकाले ले इलेक्ट्रिसियनलाई तालिम पनि दिएको थियो । यसलाई निरन्तरता दिनु पर्छ भन्ने सोच हामीले पनि बनाएका हौँ तर महाभुकम्प २०७२ ले गर्दा अलि सम्भंव भएन । यि दुइ संस्थाहरु वा व्यक्तिगत रुपमै धेरै कुरामा हक हित था सुरक्षाका विषयमा त्यस्तै व्यवसायको विषयमा समन्वय गरेर अघि जान सक्नु पर्दछ । हाम्रो संघले नेतृत्वले यसबारे विशेष कोअडिैनेसन गर्न सक्यो भने दवैलाई राम्रो हुन्छ भन्न सकिन्छ । 
 संघले गुणस्तरीय सामाग्रीहरुको बारेमा कस्तो धारण रहेको छ ?
 अहिलेको समयले व्यवसायीहरुको विचमा गुणस्तरीय सामाग्रीहरुको बारेमा धेरै नै कुराहरु उढ्न थालेको छ यो राम्रो पक्ष पनि हो । व्यवसायीलाई गुणस्तर सामाग्रीको व्यापार गर्नु पर्छ मात्र भएको छैन उपभोक्ताहरुमा पनि अब गुणस्तरिय सामाग्री प्रयोग गर्नु पर्छ भन्ने सोच परिवर्तन भएको छ । गुणस्तरिय सामाग्रीले कुनै एक क्षेत्रमा मात्र नभई उपभोक्ता, व्यवसायी, सँगै राज्यलाई पनि फाईदा पुर्यइरहेको छ । गुणस्तरिय सामाग्रीले विद्युत खपत कम गर्ने देखि सरल र सुलब प्रयोग हुने सम्मको हुन्छ । गुणस्तरिय सामाग्री प्रयोगमा व्यवसायीको मान प्रतिष्ठा पनि बढ्ने र ग्राहकमा पनि सन्तुष्टि हुने हुदा यसमा सबैको सोचमा परिवर्तन हुदैआएको छ । 
गुणस्तरिय सामाग्रीको व्यापारमा जोड दिनु पर्छ भन्ने विषयमा संघले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? 
गुणस्तरिय सामाग्री तथा विद्युत खपत गर्ने सामाग्रीहरुको व्यापार व्यवसाय गर्नु पर्छ भन्नेमा संघले विभिन्न खालका कार्यक्रम तथा छलफल गर्ने गरेका पनि छौ हामीले गरेको कुनै पनि छलफलमा गुणस्तरको कुरा पनि उढ्ने गरेको छ । गएको इलेक्ट्रो–टेक मा हाम्रो संघ पनि आवद्ध थियो यसमा हामीले गुणस्तरको कुरा पनि उठाएका थियौँ । यस्तो विषयमा आगामी दिनमा अझ नयाँ तरिकाबाट आम उपभोक्ताहरुलाई जनचेतना दिने योजनामा संघ लागी पर्ने छ । 
व्यवसायी संघ सस्था सरकारी निकाय संग सहकार्य गरेर कार्यक्रम गोष्टि तथा छलफल गरेर यस्ता विषय उठाउने छौँ । यस्ता विषयलाई व्यवसायी र उपभोक्ता लाई जागरुप बनाउने र राष्ट्रिय स्तरमा नै यस विषयलाई एउटा मुद्धा बनाएर अगाडी बढ्ने योजनामा छौँ । 
भुकम्प पछिको पुनः निमार्णमा लागिरहदा विद्युतीय सामाग्रीहरुको मुल्य वृद्धि भईरहदा ग्राहकहरुमा समस्या आउने हुदैन् । 
हो । भुकम्प पछि पुनः निमार्णको थालनी भईरहदा विद्युतीय सामाग्रीहरुको मुल्यमा केही वृद्धि भएका छन् । यस्तो अवस्था नेपालमा मात्र नआई जसरी बाहिरी मुलुकमा धातुको मुल्य वृद्धि भए संगै नेपालमा पनि केही वृद्धि हुने गरेको छ । यस्तो अवस्थामा संघले भुकम्प पछि कसरी पुनः निमार्ण गर्न सकिन्छ भन्ने विषयमा हामीले विभिन्न छलफल गर्दै आएका छौ ।

अन्त्यमा, लोडसेडिङ्ग अन्त्य अभियानमा तपाईको भनाई कस्तो रहेको छ । 
अहिलेको अवस्थामा जुन लोडसेडिङ्ग अन्त्य भन्ने कुरा आएको छ यो स्वगत योग्य नै मान्नु पर्छ । कुलमान घिसिङ्गले लोड व्यवस्थापन गरेर जुन खालको लोडसेडिङ्ग अन्त्य भएको छ यो काठमाडौ उपत्यकामा मात्र नभएर नेपाल भर हुनु पर्छ । सरकारमा ऊर्जाको क्षेत्रमा जुन झोलामा खोला हालेर हिड्ने प्रचलन थियो यसको अन्त्य पनि भएको जस्तो लागेको छ ।     

   

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago