भर्खरै

“विद्युतीय क्षेत्रमा फरक व्यवसाय गर्ने मेरो उद्धेश्य हो”

  • प्रकाशित मिति : Wed-11-Jan-2017
  • - उद्धव तिमल्सिना, निर्देशक,यु एन मार्केटिङ्ग
title

काठमाडौंमा विगत दुई दशकदेखि विद्युतीय वस्तुको व्यवसायमा संलग्न व्यवसायी उद्धव तिमल्सिना, काठमाडौ विद्युतीय व्यवसायी संघका सँस्थापक सदस्यसमेत हुन् । दूई कार्यकाल जिम्मेवारी सम्हालेका तिमल्सिना आत्ममिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष समेत छन् । उनी  तिमल्सिना समाजमा कोषाध्यक्ष पद समाल्नु भै सकेका छन् । काभ्रे जिल्लामा जन्मिएका उनि २००९ देखि विद्युतीय सामाग्री आयात गर्दै आउनु भएको हो । विद्युतीय सामाग्रीलाई बजारमा अझ व्यवस्थीत र व्यवहारीक बनाउने योजनाले कोटेश्वर स्थित यू एन मार्केटिङ्ग प्रा.लि.द्धारा व्यवसायमा संचालनमा छ । 
लामो समयदेखि विद्युतीय बस्तुको आयात तथा वितरणमा दख्खल राखेका व्यवसायी तिमिल्सिना सँग विद्युतीय सामाग्री आयातमा कस्तो प्रणाली छ ? कत्तिको सहज र सुविधा छ, आयातकर्तालाई  व्यवस्थीत बनाउन कसरी सकिन्छ, विदेशी सामान आयातामा नेपालीलाई के समस्या छ आदि इत्यादि विषयबस्तुलाई केलाउने प्रयत्न गरिएको छ । विद्युत संसारका संवाददाता शिखर श्रेष्ठले लिएको वहाँको अन्र्तबार्ताको सार संक्षेप यस्तो छ 


हात तपाई सक्रिय रुपमा विद्यूतीय बस्तु आयातमा लागि रहनु भएको छ तर, यस विद्युतीय क्षेत्रमा कसरी प्रवेश गर्नु भएको हो ?
मेरो घर काभ्रे हो म एस.एल.सि दिएर काठमाडौमा आएको केही समय पछि फिल्मी क्षेत्रमा प्रवेश गरे त्यस पछि यो क्षेत्रमा केही हुदैन कि भनेर यो क्षेत्रमा प्रवेश गरेको हुँ । यो क्षेत्रमा मेरा दाईहरु पनि हुदाँ मलाई सजिलो भएको हो । विद्युतीय सामाग्रीका पसल भने पहिला देखि नै गर्दै आएपनिअनुमानीत २०६२ साल देखि आयत गर्न सुरु गरेको हुँ । मैले पहिला भारतबाट आयात गरेपनि अहिले भने ९० प्रतिशत चाइनाबाट आयात गर्दै आएको छु । 


आयात कर्ताले कस्ता सामाग्रीहरुको आयात गर्ने गर्दछ ? नेपाली उपभोक्ता कस्ता प्रकारका बस्तु खोज्छन् ?
हामीले आयात गर्ने सामाग्री प्रायः नेपाल भन्दा पनि बाहिर निर्यायत हुने सामाग्री नेपाल ल्याउने गरेका छौ । त्यो सामाग्री बजारका सामाग्री भन्दा फरक ल्याउने र धेरै प्रतिशतमा एलईडी जस्मा हवाई भन्दा पनि अमहईट बल्ब प्रयोग भएका सामाग्री आयात हुन्छ । हाम्रो कम्पनीले धेरै त विद्युत जन्य सामाग्री नै आयात गर्ने गरेको छ अब केही दिनमा स्वरुम उद्घाटन गर्ने र यसमा केही ईलेक्ट्रिसियन साथिहरुलाई निमन्त्रणा गरेर हाम्रो कम्पनीले यस्ता खालका सामाग्री आयात गर्दछ  भन्ने देखाउने योजनामा छु । 
यस कम्पनीले आयात गर्ने सामाग्रीमा गुणस्तर नै छ भन्ने कस्ता आधारहरु छन् ?
हामीले जुन फ्यक्ट्रिबाट सामाग्री आयात गरिन्छ त्यहाँ उनिहरुले कुनै पनि सामानमा कति ग्यरेन्टि दिने भनेर एउटा प्राब्धान बनाउने गरेका छन् त्यसबाट पनि गुणस्तरको कुरा थाहा पाउन सकिन्छ । हामीले कुनै पनि सामान मेसिनबाट परिक्षण गरि एक बर्षको वरेन्टि दिने गरेका छौ कतौ एक वर्षमा सामानमा समस्या आएमा हामीले मर्मत गरिदिने गरेका छौ । मैले २००९ देखि आयात गर्दै आएको छु आजसम्म त्यस्तो कुनै समस्या आएको मैले पाएको छौ । 
विद्युतीय बस्तुको आयातकर्ता हरुमा खास के समस्या देख्नु हुन्छ ?
हाम्रो व्यवसायमा आवद्ध व्ययवसायीहरुको भुमिका नै मैले नराम्रो देखेको छु । जस्तोकी गुणस्तर हिन सामाग्री लाई पनि गुणस्तर युक्त सामाग्री भन्ने र अनावश्यक मुल्य लिने गरेको पाएको छु । यो ठूलो समस्या जस्तो लागेको छ । जस्ले पनि सामान ल्यएका हुन्छन् उनिहरुले सहि खालका सामान ल्यउन नसक्नु, समस्य रहेको छ । हाम्रो व्यपारीहरुमा नै एकरुपता हुन जरुरी छ ।

हामीले जुन फ्यक्ट्रिबाट सामाग्री आयात गरिन्छ त्यहाँ उनिहरुले कुनै पनि सामानमा कति ग्यरेन्टि दिने भनेर एउटा प्राब्धान बनाउने गरेका छन् त्यसबाट पनि गुणस्तरको कुरा थाहा पाउन सकिन्छ ।


भइरहेका समस्या समाधान गर्न कस्ता योजना ल्यउनु पर्ला ?
विद्युतीय व्यवसायीमा आवद्ध विभिन्न संघ तथा महासंघ छन् उनिहरुले नेपाल सरकारसंग समन्य गरि भ्याट ट्क्स्का कुराहरु देखि लिएर मुल्य निर्धारणका विषयहरुलाइ समेत माग गरेमा राम्रो हुने थियो । नेपाल विद्युतीय व्यवसायी महासंघ र काठमाडौ विद्युतीय व्यवसायी संघका कार्यसमिति बलियो भएमा यस क्षेत्रका समस्य पनि हल हुने थियो जस्तो लाग्छ तर हामी व्यवसायीहरु नै आफ्नो व्यवसायको अर्थ नबुझे सम्म समस्या हटेर जाने जस्तो मलाई लाग्दैन् । 
विद्युतीय बस्तु स्वदेशमै उत्पादन गर्ने स्थिति देख्नु हुन्न?
छ । नेपालमा उत्पादन गर्न सकिन्छ तर नेपालको बजार कस्तो छ भने जुन मेसिनबाट उत्पादन हुन्छ त्यसले एक महिनामा उत्पादन गरेको सामाग्रीले नेपाली बजारमा दुई वर्षसम्म पुग्ने भयो यसैले एक महिना मेसिन चलाएर २३ महिना बन्द गर्नु पर्ने अवस्थाले नेपालमा उत्पादन गर्ने स्थिति कम भएको हो । 


व्यवसायी र सरकारको कस्तो सहकार्यले गुणस्तरीय बस्तु आयात गर्न सघाउ पुग्छ ?
गुणस्तरिय सामाग्री व्यपारीहरुमा एक रुपता नभएर नै हो भन्दा फरक नपर्ला किनकी व्यपारीले आयात गर्ने एउटै सामाग्रीमा पनि फरक परेको हुन्छ । यस भित्र विभिन्न कारणहरु हुन्छन् यसैले नेपाल सरकारले आयतित सामान गुणस्तर छन् कि छैनन् भनेर परिक्षण गर्ने मेसिन उपलब्ध गराउन सक्नु पर्यो । मैले संघ, महासंघ मा पनि कुरा राख्दै आएको छु हामी व्यपारीहरुको दायित्व संझेर बरु एउटा लिड परिक्षण गर्ने मेसिन सरकारलाई हामी उपलब्ध गराउ भन्दै आएको छु ५ वाटको एलइडी भनेर बजारमा आएको हुन्छ तर त्यसले १५ वाटको करेन्ट खाएको छ यसले लोडसेडिङ्ग अन्त्य अभियनलाई झन असयोग गर्ने हुन्छ सरकारले यस्ता सामाग्रीहरुको परिक्षण गर्ने हो भने त गुणस्तर हिन सामाग्री आयात गर्दै आएका व्यवसायी त निरुसाहित हुने भयो नि । यस्तो भएमा सरकार र व्यपारी दुवैलाई फाईदाको विषय बन्ने छ जस्तो मलाई लाग्छ । 


विद्युतजन्य दुर्घटना हुने गरेका पाईन्छ, यसमा कस्को दोस देख्नु हुन्छ ?
यस कुरामा काम गर्ने ईलेक्ट्रिसियन र कुनै सामानमा पनि दोस दिन्छु । पहिलो कुरा त काम गर्ने ईलेक्ट्रियिन हरुमा आधारभुत काम पनि नजानी काम सुरु गरेको हुन्छ काम गर्नका निम्ती पनि एउटा कुनै प्रब्धान बनाएर जाने हो भने यस्ता विद्युतीय दुर्घटना कमि भएर जाने थियो । अर्को कुरा सामान पनि कम गुणस्तर भएर पनि दुर्घटना भएको सुनिने गरिन्छ ।  गुणस्तरीय सामाग्री र काम गर्ने ईलेक्ट्रिसियनले नै विद्युत दुर्घटना कमि हुन सक्छ । 


विद्युतीय सामाग्रीको मूल्इ बढिरहेको पाइन्छ, पुनः निमार्णमा त गाह्रो होला नि ?
अवश्य पनि मुल्य वृद्धि भइरहदा ग्राहकहरुमा धेरै मार परेका मनोमानी रुपलेनेपालमा मुल्य वृद्धि हुने गरेको छ अन्तराष्ट्रिय बजारमा मुल्य वृद्धि भएमा नेपालमा यसको आधारमा नभइ आफुखसी हुने गरेको पाईन्छ । यो हुनु राम्रो होइन् । र अर्को कुरा नेपाल सरकारले पनि सामाग्रीको मुल्य निर्धारण गरेमा राम्रो हुने थियो । 


आयातीत सामाग्री प्रायः धेरै ईलेक्ट्रिसियनहरु कै हातबाट प्रयोग हुने हुन्छ इलेक्ट्रिसियनहरुलाई तपाईको कम्पनीबाट कस्तो योजना दिदै आउनु भएको छ ?
हामी व्यवसायी सबै भन्दा नजिक ईलेक्ट्रिसियनसँग  हुनु पर्दछ यो स्वभाविक पनि हो । मेरो व्यवसायी पुरानो भए पनि म अहिले नयाँ तरिकाबाट सञ्चालन गर्ने योजनामा छु अब छिटै नै शुभारम्भ गर्दै छु अवको दिनमा व्यवसाय र ईलेक्ट्रिसियनलाई नयाँ योजना अफर ल्याउने सोचमा छु । केही वर्ष देखि कम्पनीले केही दिनको लागि विभिन्न देश घुमाउदै आएको छु आज भन्दा दुई महिना अगाडी मात्र ५६ जनामा ति मध्य केही ईलेक्ट्रिसियनहरु पनि थाइल्यण टुर्र सहभागीे थिएँ । त्यस अवसरमा त्यहाँका विद्युतीय सामाग्री जस्तो स्विच, तार, एमसिवि, एलइडी, लगाएत अरु सामाग्री कसरी बन्छ, कसरी प्रयोग हुन्छ भन्ने देखाउने गरेको छु । अब म अरुको भन्दा फरक तरिकाले व्यवसाय गर्ने योजनाका साथ म लागि परेको हुदा शुभारम्भ संगै ईलेक्ट्रिसियन र साना व्यपारीहरुलाई विभिन्न योजना अफर ल्याउने सोचमा छु । तर ईलेक्ट्रिसियन साथिहरुमा एउटा के विश्वस हुनुपर्यो भने मलाई कुन कम्पनीले कस्तो सहयोग गरेको छ त्यो अनुसार काम र व्यवसाय गर्नुपर्छ । 

प्रतिक्रिया