‘सरकारी स्तरबाट नै विद्युत सुरक्षा दिबस मनाउनु आजको आवश्यकता हो’

  • प्रकाशित मिति : Wed-25-Jan-2017
  • - लामो समय देखि विद्युतीय ऐन कानुनमा सुधार नहुदा पुरानै ऐन नियमले आजको विद्युतीय क्षेत्रको फराकिलो भाषालाई पुरा गर्न सकेको पाइदैन । सरकारको इलेक्ट्रिकल क्षेत्रमा हुने नियम ऐनले आजको डिपार्टमेन्ट, हाउजिनङ्ग, मल, जस्ता ठुला अग्ला तथा अफिसिल विजनेस कम्प्लेक्सह
title

लामो समय देखि विद्युतीय ऐन कानुनमा सुधार नहुदा पुरानै ऐन नियमले आजको विद्युतीय क्षेत्रको फराकिलो भाषालाई पुरा गर्न सकेको पाइदैन । सरकारको इलेक्ट्रिकल क्षेत्रमा हुने नियम ऐनले आजको डिपार्टमेन्ट, हाउजिनङ्ग, मल, जस्ता ठुला अग्ला तथा अफिसिल विजनेस कम्प्लेक्सहरुको निर्माणमा समस्या आइरहेको पाइन्छ । भौतिक निर्माण देखि डिजाइन सम्म  सिभिल इनिजनियरको प्रमुखताका कारण इलेक्ट्रिकल इन्जिनियर लाई गौण बुझिन्छ । यसर्थ आज आउने विद्यूतीय सुरक्षाको पहिलो चुनौती  नै इलेक्टिकल इन्जिनियर्स को विषयमा ध्यान दिनु जरुरी देखिन्छ । एकै प्रकारको ग्राफिक सिम्बोलको पहिचान नहुनु आजको समय सापेक्ष विद्युतीय ऐन नियम समय सापेक्ष परिमार्जन नहुनु जस्ता कुराले निर्माणका भोैतिक संरचना देखि विद्यूतीय क्षेत्रका सबै जसो ठाउँमा इलेक्ट्रिकल इनिजनियर्सहरुलाई चुनौती देखिन्छ । यसैले पनि धेर थोर विद्युत चुहावट हुन तथा विद्यूतीय सुरक्षा माथि थप चुनौती देखिन्छ । यसर्थ यि नै विषयमा गर्नु पर्ने सुधार व्यवस्थापन र पुनःसंरचनाबारे इलेक्ट्रिकल इन्जिनियर देब शर्मा पौडेल सँग विद्युत संसारका  सम्पादक भीमलाल श्रेष्ठले गरिएको कुराकानीको सम्पादित अँशः 

सोसाइटी अफ इलेक्टिकल इन्जिनियर्स नेपाल (सीन)को मुख्य उद्देश्य के हो ? कसरी कार्ययोजना अघि बढि रहेको छ ?
खास गरी यस सस्थाको उद्देश्य भनेको नेपाल भर रहेका ईलेक्ट्रिकल ईन्जिनियर्सहरुलाई एउटै सस्थामा आवद्ध गरेर उनिहरुलाई 
ईलेक्ट्रिकल विषयमा जागरुकता गरउने, सेफ्टि सम्बन्धि तालिम तथा जनचेताना दिने, इलेक्ट्रिकल विषयमा इन्जिनियस्हरुलाई परामर्श दिने काम यस सीन ले गर्दै आएको छ । नेपालका विभिन्न कार्य क्षेत्रमा काम गर्दै आएका लगभग ५ सय भन्दा धेरै इलेक्ट्रिकल इन्जिनियस्हरु आवद्ध भएको सस्था सिन हो । 
सिन सबै इन्जिनियर्सहरुलाई एक बनाएर सार्क लाईटिङ कन्फरेन्स भव्य रुपले सम्पन्न गरेको थियो । यस्तै सीनले इलेक्ट्रिकले इन्जिनियरहरुलाई लक्षित गरी विभिन्न गोष्ठी, कार्यक्रम, तालिम संचालन गर्ने गरेको छ । तर विचको केही समय यता सीन अलि अन सीन भएको अवस्था हो । मलाई लाग्छ अबको कार्यकालले इलेक्ट्रिकल ग्राफिक सिम्बलहरु तयार गर्ने काममा गुणस्तर विभागलाई क्रियाशिल गराएर अगाडी बढ्नु पर्छ ।


नेपाल विद्युत प्राधिकरणमा प्रसारण लाईनको कस्तो अवस्था छ ?
नेपाल विद्युत प्राधिकरण मार्फत प्रसारण लाईन निमार्ण भएका छन् ति ठिकै छन् तर नयाँ आयोजना बन्ने क्रममा रहेकाहरु चाही अलि ठूलो समस्यामा परेको मैले देखेको छु । प्रसारण लाइन निमार्ण गर्ने क्रममा जग्गा अधिकरण देखि जिल्ला बन कार्यलय, समुदाय सबैमा विभिन्न काममा अल्झनु पर्ने अवस्थाले प्रसारण लाइन निमार्णमा केही बर्ष समस्या थियो, तर अहिले आएर केही ठाउँमा भने राम्रै काम भएका छन् । कुनै प्रसारण लाईन निमार्णमा स्थानियले नै अवरोध गर्ने हुन्छ । यसैले ढिला हुन गएको जस्तो लाग्छ । 

विल्डिड्ड इलेक्ट्रिसियन कोड प्रयोगमा ल्याउन के गर्नु पर्ला ?

यस विषयलाई सीनले विज्ञको रुपमा परामर्श दिने हो जसरी ठूला विल्डिङ्ग बनाउदा इलेक्ट्रिकल सिम्बोल कोडहरु बनाईन्छ यस्तो   कोड सबै भवन बनाउदा लागु हुनु पर्ने हो त्यो भईरहेको छैन् ।  
नेपालमा इन्जिनियरिङ कोड बनाउनमा सीनले पनि ठूलो भुमिका खेल्ने छ जस्तो मलाई लाग्छ । केही बर्ष देखि नै ग्राफिक सिम्बलको कुरा आएको नै छ तर यो लागू भएको भने छैन् । गुणस्तरले पनि अलि चासो दिएको मैले पाएको छैन् । कुनै पनि भवन निमार्ण हुँदा जसरी नक्सा पास हुन्छ त्यसैगरी विल्डिङ्ग कोड पनि प्रयोगमा ल्याउन जरुरी छ । 
नेपालमा विद्युत सुरक्षाको बारेमा तपाईको बुझाई कस्तो छ ?
नेपालमा विद्युत सुरक्षाका स्थिति सन्तोसजनक छ जस्तो मलाई लाग्दैन् कतिपय स्थानमा हामिले सुन्ने गरेका छौ विभिन्न कारणले विद्युत दुर्घटना बढेको छ । यसमा निजि, प्राइभेट र सरकारी सबै तर्फबाट भएको हो जस्तो लाग्छ । खास गरी विद्युत सुरक्षाका बारेमा जुन खालको मापदण्ड बनाईएका छन् यसको लागु नभएर भन्दा फरक पर्दैन् । ऐनमा पनि विद्युत सुरक्षाको लागि विद्युत इन्पेक्टर भन्ने छ यसले पनि व्यवहारीक रुपमा यसको काम देखिन्न् । हामीले पनि चैत्र २६ गते. का दिन “विद्युत सुरक्षा डे” मनाउदै आएका छौ । 


भवन निमार्णमा इलेक्ट्रिक ड्रोइङ आवश्यक हुनु पर्ने कुरामा तपाईको कस्तो धारण छ ?
यो विषय धेरै नै आवश्यक छ । हामीले हाम्रो क्षेत्रबाट कुराहरु पनि उठाउदै आएका छौँ । यसमा महानगरपालीकाको पनि ठूलो भुमिका रहन्छ जस्तो लाग्छ । 
भवन निमार्ण गर्दा स्विकृत इलेक्ट्रिक ड्रोइङ भयो भने विद्युतीय दुर्घटनामा पनि कमि आउछ । नेपाल विद्युत प्राधिकरणले पनि विद्युत वितरण कार्यमा सुधार ल्याउन जरुरी छ एउटा इलेक्ट्रिसियनकोे प्राविधिक गुण, ज्ञान परीक्षण गरी  योग्यता पुगेकाले विद्युतीय काम गर्दा विद्युतीय समस्या पनि अवश्य नै घट्छ जस्तो लाग्छ । महानगरले हरेक क्षेत्रमा एक इलेक्ट्रिकल इन्जिनियर्स राख्ने र यसले त्यहाँका विद्युतीय सामाग्री, पोल, तार, भवन सबैमा परिक्षण गर्न गराउनु पर्दछ । 


विद्युत जन्य दुर्घटना कसरी कम गर्न सकिन्छ ? 
विद्युत जन्य दुर्घटनामा कमी ल्याउनका लागि प्रमुख कुरा भनेको सबै क्षेत्रका मानिसलाई सचेतता नै ल्याउनु हो । यसमा सरकारले पनि अलि चासो दिएको छैन । विद्युत दुर्घटनाको विषयमा कार्यक्रम, गोष्ठि, तालिम दिएर कमि गर्न सकिन्छ । विद्युत प्राधिकरण, नगरपालीकाले विद्युत सम्बन्धि जनचेतना दिनु पर्ने जरुरी छ । हामीले सुन्ने गरेका छौ अर्थिङ तारबाट नै करेन्ट लागेर मान्छेको मृत्यु भइरहेको छ भने कतै विद्युतीय सामाग्री नै प्रयोग गर्न नजान्दा दुर्घटना भएको छ । यसैले मुख्य कुरा त विद्युत दुर्घटना सम्बन्धि सचेतना दिन नसकेरै हो । सीनले पनि हरेक बर्ष सुरक्षा दिवसको दिन विभिन्न कार्यक्रम गर्दै आएको छ प्रत्येक वर्षको चैत्र २६ गतेलाई “विद्युतीय सुरक्षा दिवस”को रुपमा लिइन्छ । विद्युत वितरणका लाइन, विद्युत प्रयोग बढेको छ यसैले सचेतना दिनु धेरै नै आवश्यक छ । 
घर तथा भवन निमार्णमा सबैले इलेक्ट्रिकल लाइसेन्स प्राप्त व्यक्तिलाई मात्र काम गर्न दिने हो भने विद्युत दुर्घटनामा पनि कमि आउछ । 

नेपालमा इलेक्ट्रिसियनहरुको अवस्था कस्तो रहेको छ ?
इलेक्ट्रिसियन बन्नका लागि विभिन्न तालिमहरु संचालन भएका छन् तर जुन लेवल अनुसार सीप सिक्नु पर्ने हो त्यो लिएको पाइदैन् । सिटिइभीटीको लेवल नै अलि कमजोर देखिन्छ । इलेक्ट्रिसियनहरुमा प्राक्टिकल र सैदान्तिक दुबै खालको योजना हुनु पर्ने हो तर त्यो धेरै इलेक्ट्रिसियनहरुमा देखिदैन । 


प्रसारण लाइन निमार्ण गर्ने क्रममा जग्गा 
अधिकरण देखि जिल्ला बन कार्यलय, समुदाय सबैमा विभिन्न
काममा अल्झनु पर्ने बाध्यताले प्रसारण लाइन 
निमार्णमा केही बर्ष यता समस्या थियो ।

 


तपाईको विचारमा के नेपालमा लोडसेडिड्ड अन्त्य सम्भब छ ?
अवश्य पनि लोडसेडिङ्ग अन्त्य हुन सक्ने सम्भावना त देखिन्छ नै सुरुवात पनि भएको छ । वितरण लगायत अन्य कुराहरुमा सुधार गरेर र आयातमा पनि वृद्धि गरेर हाल सुधार भएको हो यसमा व्यवस्थापनको कुरा पनि आउछ । अहिलेको व्यवस्थापनले उद्योग, अस्पताल, लगायत सबै क्षेत्रलाई नागरीक सरह विद्युत वितरण गर्ने नीति अपनायो र आइ.पि.पि. ले पनि एक बर्षमा सय मेगावाट विद्युत उपलब्ध गरायो । यो संगै भारतबाट पनि विद्युत आयतमा वृद्धि भएको कारण आज लोडसेडिङ्ग यो अवस्थामा सुधार भएको हो । 
यसलाई निरन्तरता दिनका निम्ती विद्युत चुहावटलाई नियन्त्रणमा ल्याउने, प्रसारण लाइनमा सुधार ल्याउनु पर्ने देखिन्छ । यसरी सुधार गर्दै जाने हो भने अब आउने एक बर्षमा लोडसेडिङ्ग अन्त्य हुने सम्भावना मैले देखेको छु । 


विद्युत क्षेत्रको विकास कसरी हुन सक्छ ?
यसमा सरकारले एउटा स्थिर निति लिनु पर्ने हुन्छ । जलविद्युत विकासका जतिपनि कठिनायीका क्षेत्रहरु छन् तिनमा सुधार ल्याउनु पर्ने हुन्छ ।
विद्युत उपभोग गर्नेले पनि विद्युत कम खपत कसरी गर्न सकिन्छ भन्नेमा विचार गरिदिनु पर्छ । साधारण बल्बको बदला एलइडी प्रयोग गर्ने, उपयोग नभएको अवस्थामा पावर बन्द गर्ने पिक आवरमा विद्युतलाई कम खपत गर्ने हो भने विद्युत कम खपत गर्ने भनेको विद्युत उत्पादन गरे सरह हुन्छ ।

 
अन्त्यमा विद्युत संसार साप्ताहिक पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
विगत केही महिना देखि विद्युत सप्लाइमा सुधार गरी उपत्यका लगायत अन्य ठाउँमा लोडसेडिङ्ग अन्त्य भएको छ यसलाई निरन्तरता दिनका निम्ती पनि सर्बसाधारणले पिक आवरमा बढी विद्युत खपत गर्ने सामाग्री प्रयोग नगर्न र विद्युत सामाग्री प्रयोग गर्दा विद्युत कम खपत हुने खालको प्रयोग गर्न अनुरोध गर्दछु । 
कतै विद्युत चुहावट भएको छ भने संम्बन्धित क्षेत्रमा जानकारी गराउन सुझाव दिन्छु । सर्बसाधरणले के बुझ्नु पर्यो भने विद्युत चुहावटमा कमि गर्नु विद्युत उत्पादन गरे सरह हो । 

प्रतिक्रिया