विद्युतमा कुलमान प्रयोग र उनको मधुमास

  • प्रकाशित मिति : Wed-25-Jan-2017
  • - रामप्रसाद पौडेल 
title

नेपालको इतिहास हेर्दा वि स १९६८ साल जेष्ठ ९ गते ब्रिटिस सरकारको रचनात्माक सहयोगमा काठमाण्डौ उपत्यकामा विद्युत गृह स्थापना भएको थियो । जतिबेला श्री ३ महाराज चन्द्र समशेर राणाले नेपालको शासन भार समालिरहेका थिए । ५०० किलो वाट क्षमताको फर्पिङ जलविद्युत केन्द्रको शुभारम्भ गर्दा नेपाली जनता विद्युतको उज्यालो कस्तो हुन्छ भनेर कल्पना गरीरहेका थिए होलान् । तर आज विद्युतीय इतिहासको १०५ बर्ष मा आईपुग्दा विद्युत उत्पादन गृह, विद्युत उत्पादन केन्द्र, विद्युत उपभोक्ताहरुको गतिले तिव्रता पाएको छ । ढुङगे युगबाट आज वैज्ञानिक युग सम्म आईपुग्दा हाम्रो जस्तो मुलुकले धेरै विद्युत उत्पादन गरि विश्व बजारमा बेच्न सक्ने हैसियत राख्नुपर्ने हो । पर्याप्त स्रोत हुँदा हुदै पनि दृढ राजनैतिक इच्छा शक्ति नभएका कारण मुलुकले चाहे जस्तो विद्युत उत्पादन गर्न असमर्थ हुनुको मुल कारण बहसको विषय बन्न सक्छ । आम नागरिकहरुको राज्यसँग यक्ष प्रश्न छ, किन ? के का लागि ?विद्युत उत्पादन हुन सकेन ? उत्पादन भएको विद्युत वितरण किन जनमुखि हुन सकेन ? अदृश्य चित्रहरु के हुन् ? जनताले जान्न चाहेको अवस्था छ । 
विगत १०५ बर्ष देखि विद्युत उत्पादन प्रारम्भ भएको तथ्य हामी समक्ष छ । तर शसक्त रुपमा उत्पादन भएका विजुलिलाई जनता समक्ष पु¥याएर जनतालाई नै जलस्रोतका मस्तिक बनाउने गुरुयोजना बन्न सकेनन् । राणा शासन काल देखि गणतन्त्र काल सम्म आउदा नेपाली जनताले विश्वमानचित्र भित्रका विकसित मुलुकका नागरीकको जस्तो सेवा सुविधा १ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनन् । संसार भरका महानगर मध्येको एक महानगर काठमाण्डौमा छ । विश्वका जुनसुकै मुलुकका महानगरका नागरीकहरुको नैसर्गिक अधिकार सुरक्षित राखिएको हुन्छ । हाम्रो जस्तो मुलुकमा नागरीकको नैसर्गिक अधिकार कागजमा मात्र सिमित छ । न विद्युत पूर्ण आउथ्यो ? न प्रदुषण रहित वातावरण छ, न धुलो मुक्त हुनसकेको छ, न खानेपानी पर्याप्त प्राप्त छ, न स्वास्थ्या सुविधा पर्याप्त मात्रामा गर्न सकेका छन् महानगरवासीहरुले । यस्तो परिस्थितिबाट गुज्रिएको वर्तमान अवस्था कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व गर्ने अवसर पाए ।

 

कुलमान सायद कमिशन खोर, भ्रष्ट व्यापारी र विद्युत चोरी गरी विक्रि गर्ने गिरोहले उनलाई निर्देशित गर्न असमर्थ भए या कुलमान गलत प्रयोगको साधन बन्न चाहेनन् ।


स्पष्ट धारणा प्रवल इच्छाशक्ति र गन्तव्य देख्ने आँखा, सकारात्मक सोच र अठोट भएको व्यक्तिले विद्युत प्राधिकरणको नेतृत्व गर्दा आम काठमाण्डौ बासीले दैनिक जीवन चलाउन चाहिने विद्युत प्रयोग गर्न पाए हिन्दुहरुको महान चाड दशै, तिहार र छठ जस्ता समयमा अन्धकार बन्ने काठमाण्डौ शहर झलमल्ल बन्न सफल भयो । किन ? कसरी ? यो कस्तो जादुको छडी हो ? या दृढ इच्छा शक्ति ? साना मझौला ब्यावसाय सञ्चालन गर्ने व्यावसायी देखी ठुलो उद्योग धन्दा साना झप्रो देखी भब्य आलिसान महल सम्म जताततै उज्यालोले हाम्रो यो देशमा कुलमानको स्वच्छ इच्छाशक्ति सकारात्मक देखियो । कुलमानको मधुमास सफल नेतृत्वकर्ता सक्षम र सवल देखीयो । यस्तो नेतृत्व चयन गर्ने मन्त्रि आम नागरीकको धन्यावदका पात्रभएका छन् । 
कुलमान सायद कमिशन खोर, भ्रष्ट व्यापारी र विद्युत चोरी गरी विक्रि गर्ने गिरोहले उनलाई निर्देशित गर्न असमर्थ भए या कुलमान गलत प्रयोगको साधन बन्न चाहेनन् । उनको कर्मकालमा जोखिम मोलेर भए पनि उज्यालो नेपाल निर्माण गर्ने योजनाका साथ क्रियशिल देखिए । उनको असल कार्य थालनीको प्रशंसा जति गरे पनि कम नै हुन्छ । तर उनको परिणामुखि कार्यको प्रसंसा गरीरहदा भुतको नेतृत्व किन असमर्थ रहयो ? उज्यालो काठमाण्डौ पार्न ? भुतको नेतृत्वले अब सार्वजनीक गर्न सक्नु पर्दछ के कारणले आम नेपालीले उज्यालो बाट बञ्चीत हुन बाध्य हुनु प¥यो ?यस्ता प्रकारका नकारात्मक तत्वहरुको पर्दाफास गर्न वर्तमान नेतृत्वलाई आम नागरिक अपिल गरिरहेका छन् । के जनतालाई अँध्यारोमा राख्ने पूर्व नेतृत्वलाई जनताको कठाघरामा उभ्याउन वर्तमान नेतृत्व सफल होला ? यो सुचनाको हक आम नागरीकले खोजीरहेका छन् । 
 कुलमानले बन्दै गरेको चिलिमे कुलेखानी त्रिशुली थ्रि ए रसुवागढी, दुधकोशी,तामाकोशी, उत्तरगंगामा  भई रहेका कमहरुलाई छिटो समन्वय गरी मुलुकलाई आत्मार्निभर बनाउन दृढ संकल्प गरेका छन् । उनको यस क्षेत्रको मधुमास सानदार सफल रहेको विष्लेषण गर्न कठिनाई कोही कसैलाई पर्दैन । 
शत्ता, शक्ति र विभिन्न चलखेलमा पोख्त भएका मुठि भरका केही व्यक्ति समुह वा संस्थाहरुले खोलाको लाइसेन्स झोलामा राखेर हिडेको तितो अपुष्ट समाचारहरु बजारमा छरपष्ट भएर छरिएका हुन्छन् । यस्ता समाचारहरु सत्य भए झोला खोसेर विद्युत उत्पादन लगाउनु प¥यो होइन भने समाचारलाई निरुत्साहित गर्न नेतृत्व कृयाशिल हुनुपर्ने भन्ने आम धारण रहदै आएको छ । 
वर्तमानको टड्कारो आवश्यकता भनेको विद्युत चोरी रोक्नु समानुपातीक जनमुखी विवरणको आरम्भ कार्यलय व्यक्तिगत चोरी नियन्त्रण जस्ता आन्तरीक ब्यवस्थापन गर्न सके थप समस्यबाट केही हदसम्म भएपनि राहत मिल्थ्यो । कुलमानको मिसन र सकारात्मक कार्यका लागि पुरा मुलुक र आम नेपालीको सहयोग र समर्थन जारी हुनु वर्तमान विद्युत विकासको सकारात्मक पाईला हो ।

प्रतिक्रिया