भर्खरै

आयोजना २०८० सालमा सम्पन्न गराई विद्युत उत्पादन सुरु गर्ने योजनामा रहेका छौं

  • प्रकाशित मिति : Wed-01-Feb-2017
  • - मोती बहादुर कु“वर कार्यकारी निर्देशक, नलसिङ गाड जलविद्युत आयोजना÷ पूर्व ऊर्जा सह–सचिव
title

 

नेपालको राष्ट्रिय गौरवको जलविद्युत आयोजनाहरु मध्ये प्रतिष्ठित मानिएको नलसिङ गाड जलविद्युत आयोजना ९३ सम्भाव्य जलविद्युत आयोजना मध्येकै एक प्राथमिकता मुलक हेरिएको आयोजना हो । विद्युत उत्पादन करिब ४ सय १०  मेगावट  लक्ष्य राखिएको छ । 
नेपालको दुर्गम जिल्ला जाजरकोटलाई यस आयोजनाले  आर्थिक तथा सामाजिक विकास हुने देखिन्छ भने, राज्यलाई थप विद्युत समेत आपुर्ति हुने छ । करिब वि.सं.२०८० सम्म  आयोजना पुरा गर्ने लक्ष्य लिएको यस आयोजनाले  स्थानिय स्तरमा खुसियाली ल्याएको देखिन्छ । 
करीव १२ हजार रोपनी जग्गा डुबानमा पर्ने अनुमान गरिएको यस  आयोजनामा  ६ हजार रोपनी सरकारको रहेको छ भने बाँकि ६ हजार रोपनी जग्गा निजि रहेका छन् ।  अयोजनाबाट पाँच सय ८८ घर परिवार र बजार वस्तीको स्थानान्तरण गर्नु पर्ने र ३१४ हेक्टर कृषि योग्य जमिनको क्षति र २९० हेक्टर वन्यजन्तु श्रोतको क्षती हुने प्रारम्भीक अनुसन्धानमा देखिएको  नलसिङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक तथा  पुर्व ऊर्जा सह–सचिव  मोती बहादुर कुँवरले बताए । यस अँकको विद्युत सँसार साप्ताहिकका लागि आयोजनाका कार्यकारी निर्देशक  उनै मोती बहादुर कुँवरसँग विद्युत संसारका संवाददाता शिखर श्रेष्ठले गरेको कुराकानीको सम्पादित अँशः

नलसिङ गाड जलविद्युत आयोजना कस्तो योजना हो ? यसको परिचय बताईदिनुहोस् न ? 
नलसिङ गाड जलविद्युत आयोजना ९३ संभाव्य जलविद्युत आयोजना मध्ये नेपाल सरकारको पहिलो प्राथमिकतामा परेको 
आयोजना हो । यो आयोजना भेरी नदीको एक साहयक नदी नलसिङ गाडबाट उत्पादन गर्ने आयोजना हो । यो आयोजना सन् १९९९ देखी २००१ सम्म जलाशयुक्त आयोजना तथा संभाव्यता अध्ययन गर्ने क्रममा यो आयोजनाको पहिचान भएको हो । यस आयोजनाको संभाव्यताको अध्ययन नेपाल विद्युत प्रधिकरणबाट सन् २०१२ मा सम्पन भएको हो । यस आयोजनाबाट ४१० मेगावट जलविद्युत उत्पादन गर्ने लक्ष्य 
राखिएको छ ।

लामो समय देखि आयोजना अघि बढ्ने कुरा  आइरहे पनि गति लिन नसक्नुको कारण के हो ?
पहिलो कुरा त अनुसन्धानका क्रममा नेपाल विद्युत प्राधिकरणले लामो समय लिएको देखिन्छ । अहिले यो आयोजना विकास समितिले लिएपछि द्रुत रुपमा काम अगाडि बढेको छ । आगामी वर्षमा योजनाको म्एच् सकाउने लक्ष्य राखिएको छ । आयोजना २०८० सालमा सम्पन्न गराई विद्युत उत्पादन सुरु गर्ने योजनामा रहेका छौं । 

जलविद्युत आयोजनाप्रति प्रभावित स्थानीयबासीको कस्तो प्रतिक्रिया रहेको छ ? 
अहिलेसम्म विद्युत नपुगेको विकट, र्दुगम, पिछडिएको तथा द्धन्द्ध पीडित जाजरकोटमा राष्ट्रिय गौरवको आयोजना निमार्ण हुने हुदा उनिहरु खुसी नै छन् यस आयोजनाबाट प्रभावित जिल्लाको खगेनकोट, लहँ, सकला, नायकवाड, रामीडाडा, रोकायगाँउ गाविसका  स्थानीयवासीहरु यस योजना प्रति सकारात्मक, सहयोगी र उत्साहित देखिन्छ । यस योजना सम्पन्न भएपछि उद्योग धन्दा, व्यापार व्यवसायमा सहयोग पुग्ने भएकोले स्थानीयवासिहरु यो योजना छिट्टै सम्पन्न होस् भन्ने चाहन्छन् ।  
 
यस योजनाबाट कति क्षेत्र वा घर परिवार डुबानमा पर्दछ ? प्रभावित क्षेत्र परिबारहरुका लागि के गर्ने तयारी छ ?
यस योजना सम्पन्न गर्नकालागि करीव १२ हजार रोपनी जग्गा डुबानमा पर्ने अनुमान गरिएको छ । यसमध्य ६ हजार रोपनी सरकारको रहेको छ भने बाँकि ६ हजार रोपनी जग्गा व्यक्तिगत रुपमा रहेको छ । व्यक्तिगत रुपमा रहेको जग्गाका लागि हामीले सरकारसँग मुआब्जाको माग गरेका छौ । यस योजनाबाट पाँच सय ८८ घर परिवार र बजार वस्तीको स्थानान्तरण गर्नु पर्ने र ३१४ हेक्टर कृषि योग्य जमिनको क्षती र २९० हेक्टर वन्यजन्तु श्रोतको क्षति हुने प्रारम्भीक अनुसन्धान गरिको छ । 

नलसिन हाड जलविद्युत आयोना निमार्णले स्थानिय स्तरमा आर्थिक विकासका सम्भावना कसरी अघि बढाउला ?
आफैमा यो आयोजाना नेपालको जलविद्युत आयोजना मध्य ठूलोमा पर्दछ यो आयोजना सम्पन्न भएपछि त्यस ठाउँका हरेक 
क्षेत्रहरु उद्योग, कलकारखना, कृषिमा आधुनिकता, यातायतको विकास र विस्तार, पर्यटन विकास, खानेपानी, जलयतायत जस्ता सर्वपक्ष क्षेत्र विकास हुने देखिन्छ । साथै यस योजना सम्पन्न भए पछि त्यस ठाउँका हजारौँ युवाहरुले रोजगारीको अवसर समेत प्राप्त गर्दछन् । 

नेपालका हरेक जलविद्युत आयोजनाहरुमा राजनैतीक प्रभावका कारण काममा ढिलाई भएको देखिन्छ, नलसिङ गाड जलविद्युत आयोजनामा राजनैतिक प्रभाब कत्तिको पाउनु भयो ? 
 विकासका हरेक क्षेत्रमा राजनीतिक जोडीएको हुन्छ । नेपालमा अस्थायी राजनीतिक प्रणाली  रहेको देखिन्छ जसले गर्दा विकासमा बाधा पुग्दछ तर जुनसुकै विकासका निमित्त सुरक्षका लागि भएपनि राजनैतिक स्थायीत्व हुन आवश्यक देखिन्छ । यो योजना ठूलो योजना भएकोले सरकारको लगानीले मात्र नभ्याउने हुदा निजि तथा वैदेशीक लगानीको पनि आवश्यकता पर्न सक्दछ त्यस्तो अवस्थामा लगानीकर्ताको सुरक्षको निमित्त पनि राजनीकि स्थायित्व हुनु जरुरी छ । योजनामा राजनीतिक खिचातानी भने भएको छैन आसा छ यो आयोजना पनि राजनैतिक दलहरुको कारण समस्यमा नआइ योजना द्रुत गतिमा सम्पन्न हुनेछ । 
आयोजना निर्माणले सामाजिक तथा वातावरणीय प्रभाव कस्तो प्रभाव पार्दछ ? 
विगतमा निर्माण भएका योजनाहरु हेर्ने हो भने धेरै वातावणीय प्रभाव परेको देखिन्छ  विविध पक्षहरुमा असर पु¥याएको देखिन्छ । यस योजनामा पनि त्यति ठुलो जलासययुक्त नहर निर्माण तथा घर वस्ति नै स्तानान्तरणगर्नु पर्दा  वातावरणिय तथा सामाजिक प्रभाव नपरेको भन्न त सकिदैन तर पहिलाको तुलनामा निकै कम असर परेको छ ।     
आयोजना निर्मार्णमा देखिएका समस्याहरु के के हुन् ? 
यस आयोजना विकट तथा दुर्गम जिल्ला जाजरकोटको खागेनकोट गाविस मा निर्माण हुन लागेको हुदा बाटो, पुलहरु  निर्माण नभएकोले यातायतको समस्या रहनुका साथै आवश्यक दक्ष जनशक्तिको अभाव जस्ता समस्या रहेको छ । काम गर्ने, अध्ययन गर्ने क्रममा  आर्थिक आवश्यक पर्ने भएकाले यसको सवालमा  सरकारले समयमा नै बजेट उपलब्ध गराउन नसक्दा समस्या उत्पन्न भएको छ । तर अहिलेको समयमा यस्तो समस्या भने रहेको छैन् ।  

समयमै निर्माण सम्पन्न गर्न सरकारले कस्तो कदम चाल्नु पर्दछ  ?
नलसिङ गाड मात्र राज्यको परियोजना होईन देशका विभिन्न ठाउँहरुमा राज्यले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएका छ र हामीलाई थाहा भएकै कुरा हो कि राज्यका स्रोतहरु कम रहेको छ । यसो भन्दैमा हामीले राज्यबाट केही पनि माग नगरेको त होइन । हामीले आवश्यकता अनुसार राज्य सँग आर्थिक सहयोग तथा प्राविधिक सहयोगको माग गर्दै गर्दै आएका छौ र सरकारले हाम्रो मागहरुलाई पुरा गर्दै पनि आएको छ ।

नलसिङ गाड परियोजनाको मुख्य राष्टिय उदेश्य के रहेको छ ? 
जलस्रोतमा विश्वकै दोस्रो धनि देशको रुपमा रहेको नेपाल, देशका सवै ठाउँमा विद्युत पुग्न नसक्नु एउटा दःुखदायी कुरा हो तसर्थ देशमा भईरहेको उर्जा सङकट हटानु अहिलेको आवश्यकता रहेको छ, यहि उर्जा सङकटको न्यूनिकरण गर्नु तथा वेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्नु यस परियोजनाको मुख्य उदेश्य रहेको छ ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
देशको विकट तथा द्धन्द्ध पीडित क्षेत्रमा बन्न लागेको यस परियोजना त्यस  ठाउँको आर्थिक विकास विकासको  मेरुदण्डको रुपमा बन्न पुगेको छ । देशमा क्षेत्रिय सन्तुलन कायम गर्नका लागि यो एउटा महत्व पूर्ण परियोजना हो । 
यस मिडिय मार्फत यस योजनाका बारेमा अझ आम जनतामा बुझ्ने अबसर मिलोस् भन्न चाहान्छु ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago