भर्खरै

विद्युत सामाग्रको प्रयोग  विद्युत दुरुपयोग कि सदुपयोग ?

  • प्रकाशित मिति : Wed-08-Feb-2017
  • - राम प्रसाद पौडेल
title

मानिसहरु विकासको क्रमसँगै ढुंगे युगबाट वैज्ञानिक युगसम्म आइसकेका छन् । आजको २१ औँ सताब्दि वैज्ञानिक उपकरणहरुको चरम प्रयोग हुने सताब्दी हो । एउटा बालक जन्मन्छ, हुर्कन्छ, युवा, वृद्ध हुदै यो संसार परित्याग गर्दाछ । मानिस जन्मेदेखि इलेक्ट्रिोनिक्स सामाग्रिको प्रयोग गर्दै वृद्ध हुदासम्म प्रयोग गरिरहेकने छ । जन्मने वित्तिकै उसको लागि तातो न्यानो को आवश्याकता पर्दछ । त्यो न्यानोको आवश्याकता हिटर, सेन्टर हिटर, इयर हिटर, ए.सि आदि उपकरणहरुले पुरा गरिदिन्छ । पानी तताउन वाटर हिटर, नुहाउन गिजर, सोलार आदि दैनिक प्रयोगात्मक सामाग्रिहरु इलेक्ट्रोनिक्स उत्पादन हुन् । खाना पकाउन राइसकुकर, मसला पिस्न ग्राइन्डर, चिसो भए तातो बनाउन ओभन सबै बैज्ञानिक यूगकै चमत्कार हुन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा आम नागरिकको पहुँचमा विद्युतिय सामाग्रीको प्रयोग छ कि छैन ? गम्भीर बहसको विषय बनेको छ । 
हिमाल, पहाड र तराईमा बसोबास गर्ने नेपालीहरु लाई कतिको आवश्याकता पर्दछ त ? विद्युतिय सामाग्रीहरु ? हिमालमा बस्ने नागरीकको लागि विद्युत सामाग्रको उपयोग अत्यान्त धैरै पर्दछ । हिमालमा बस्ने नागरीकलाई जाडो बाट बच्ने आगो बाल्नु नपर्ने प्रकारका सामाग्रीहरुको प्रयोग अत्यधिक मात्रामा हुन्छ । इलेक्ट्रिकल हिटर चाहियो, इलेक्ट्रिकल बेड चाहियो, पानी तताउने किट्ली चाहियो, सम्पन्नता भएमा नागरीकहरुलाई ए.सी चाहियो यी सबै आवश्यकता भीत्र पर्ने जीवन यापनका लागी चाहिने सामाग्री हुन् । पहाडमा बस्ने नागरीकका लागि जाडोमा हिमालमा बस्ने नागरीकले जे प्रयोग गर्छ त्यो प्रयोग गर्नु पर्ने जरुरी छ । मधेशमा बस्ने नागरीकहरु जाडोका कारण कठ्ङग्रीएर जीवन त्याग गरीरहेको अवस्था छ । राजनीति गर्ने राजनीतिक दल र तिनका नेताहरु न्यायका कुरा र भाषण त गर्दछन् । तर न्यनो हुने उपकरण जनताको पहुचँ सम्म कसरी पुर्याउने भनेर सरकारले पहल कदमि लिन असर्मथ जस्तै देखिन्छ किन ? 
अब हरेक नागरीकको  विद्युतीय उपकरण उपभोग गर्ने अधिकारलाई सुम्पन राज्यले ठोस नीति ल्याउन जरुरी छ । नेपाललाई लक्ष्य गरेर निमार्ण भएका विद्युतीय उपकरणहरु आ–आफ्नो क्षमता अनुसारको सामान खरिद गर्ने हैसियत राख्दछन् । बर्तमान परिप्रेक्षमा उज्यालौ नेपाल भनेर सुन्ने गरिएको ऊर्जा मन्त्रालयको लक्ष्य योजना र योजना कार्यान्वयन देख्दा आम नागरिकको अनुहार हसिलो हुर्दै गएको तथ्य हाम्रो सामो स प्रमाण देखिन्छन् । 
विद्युतीय सामाग्रीहरु काठमाडौ शहर देखि पचहत्तरै जिल्लाका शहरहरुमा नीति स्तरबाट पुर्र्यइएका हुन् । नेशनल ट्रेडिङ लिमिटेडले विद्युतिय सामाग्री सहकारी स्तरबाट विक्रि गर्दै आईरहेको छ तर त्यो सबै नगरिकको पैउँच सम्म छैन् र पर्याप्त मात्रामा सामाग्री पनि हुने । कुशल व्यवस्थापन पनि देखिदैन र यो प्रस्ट्उन सकेको पनि छैन् ।
विद्युतीय उपकरणहरु सौर्य शक्तिद्धारा, वायु शक्ति, जैविक शक्ति, वाष्प शक्ति, आणविक शक्ति, ग्यास शक्ति, पेट्रोलियम अथवा डिजेल शक्ति अलविद्युत शक्ति आदि शक्ति द्धारा सञ्चालन गर्न सकिन्छ । नेपालमा प्रयोग गरिने शक्तिमा ग्यास तथा पेट्रोलियम, जलविद्युत तथा सौर्य शक्तिद्धारा नै बढि प्रयोग आएको पाईन्छ ।
ठूला ठूला विद्युतीय उपकरण उत्पादन कम्पनीहरुले नेपालीको आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न प्रकारको मुल्यमा सामाग्रीहरु बजारमा आउने गरेका छन् यस्ता सामाग्री प्रयोग गर्दा लोडसेडिङको मारले थलिएका आम नेपालीले एक पटक ऊर्जा मन्त्रालय तर्फ ध्यान केन्द्रित हुन्छ । अव फेरी लोडसेडिङ बढ्ने हो कि ? सरकारले विजुलीको मुल्य धेरै वृद्धि गर्छ कि ? आदि इत्यादि समस्याले सताइरहेको तितो यथार्थ हाम्रो सामु विद्यमान छ । आज को वैज्ञानिक युगमा आम नागरिकले दैनिक उपभोग्य सामाग्री आफ्नो इच्छा अनुसार प्रयोग गर्न पाउँनु पर्दछ ।
विद्युतीय सामाग्री प्रयोग गर्दा ऊर्जा मन्त्रालयको अनुरोधलाई पनि आम नागरिकले स्विकार गर्ने पर्दछ । जुन विद्युतीय सामाग्री प्रयोग गर्दा धेरै विजुली खपत हुन्छ त्यास्ता सामाग्रीहरु साझ विहान कम प्रयोग गरी आफै लाई विद्युत बचत गर्ने वानी बसाल्नु पर्दछ । उर्जा मन्त्रालयको अनुरोधलाई स्विकार गर्ने हो भने सदुपयोग हुन सक्दछ । धेरै भोल्टेजका विजुली धेरै तान्ने उपकरण साझ विहान चलाउने हो भने दुरुपयोग हुन सक्दछ । आम नागकि दुरुपयोग होईन सदुपयोग गर्न चाहान्छन् । विद्युतीय सामाग्रीको मुल्यका विषयमा राज्यले चासो लिनका लागि ढिलाई गरिनु हुदैन । दैनिक अति आवश्यकिय आवश्यकता पुरा गर्नका लागि ठोस नीति नियमको टड्कारो आवश्यकता देखिन्छ । सिमित साधनको प्रयोग गरी असिमित आवश्यकता पुरा गर्नु पर्ने अवस्थामा राज्यको ध्यान जानै पर्ने अवस्था देखिन्छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago