भर्खरै

कहिले बन्ने आत्मा निर्भर ?

  • प्रकाशित मिति : Wed-15-Feb-2017
  • -  रुपा तुलाधर
title

आजको यो वैज्ञानीक युगमा संसार एक ग्रहबाट अर्को ग्रहसम्म पुग्न सकिने यन्त्रहरुको आविष्कार भइसकेको छ । पृथ्वीका मानिसहरु विभिन्न ग्रहरुमा पुगि मानव वस्तीको सम्भाव्याता बारे समेत पत्ता लगाई सक्दा पनि नेपालमा भने एउटा मोवाइलको चार्जर बनाउन समेत सक्षम छैन । प्रविधिले कयौ फड्को मारीसक्दा पनि नेपालमा भने हरेक बस्तुको आयत विदेशि मुलुक बाट गर्दैआएका छौ । नेपालमा आयत हुने हरेक इलेक्ट्रोनीक प्रोडक्टहरु चाइना, भारत,जर्मन, कोरीया ,जापान जस्ता मुलुकहरुबाट हुने गर्दछ । प्रविधिले उच्चता प्राप्त गरिसक्दा पनि नेपालले भने कहिले आफ्नै इलेक्टिक प्रोडक्ट उत्पादन गरेर  आत्मा निर्भर बन्ने ?

अहिले नेपालमा पाईने हरेक सामाग्रीहरु बल्ब,फ्यान, गिजर, मोवाईल, चार्जर,वासिङ मेसिन, स्वीच, जेनेरेटर, सोलार आदि अन्य हरेक इलेकट्रिक सामाग्रीहरु विदेशबाट नै आयत हुने गरेको छ ।  सामान्य इलेक्ट्रिक सामाग्री पनि नेपालमा उत्पादन हुन नसक्ुनु यो बैज्ञानीक युगमा लजास्पद कुरा रहेको छ । नेपालमा रहेका हरेक सामाग्रीहरु विदेशबाटनै आयत हुने गरेको छ । नेपाली युवा जनशक्तिहरु हरेक दिन आफ्नो रगत बेचेर अरुको मुलुकलाई विकसित र सम्पन्न मुलुकको पहिचान दिइरहदा नेपालको प्रगति भने शून्या रहेको छ । हरेक दिन नेपालबाट हजारौँ युवा जनशक्तिहरु विदेश पलायन भईरहेको छन् । नेपालमा उद्योग धन्दा सञ्चान हुन नसक्दा शिक्षित युवा जनशक्तिहरु विदेश पलायन भइरहेको छन् । जसले गर्दा नेपालको हरेक क्षेत्र प्रगति विहिन भइरहेको छ । नेपालमा पाईने सामान्य भन्दा सामान्य बस्तुहरु पनि विदेशि मुलुक बाट आयातहुने गर्दछ । संसारले प्राविधिक क्षेत्रमा ठूलो प्रगति गरीसक्दा पनि नेपालमा भने कुनै पनि क्षेत्रमा प्रगति भएको छैन । अस्थिर राजनीतिक प्रणली राजनीतिक भाग बन्डा, प्राविधिक शिक्षाको अभाव, रोजगारीको समस्या जस्ता कारणहरुले नेपाल प्राविधिक पक्षमा कमजोर रहेको देखिन्छ । विभिन्न प्राविधिक विषयमा अध्ययन गरेका युवा वर्गहरुले प्राविधिक सामाग्रीहरुको उत्पादन गरे पनि त्यसका सम्वन्धमा राज्यले विशेष कक्षा, लगानी नगर्दा, प्राविधिक क्षेत्रमा अध्ययन गर्नेहरु का लागि विशेष कक्षाको व्यवस्था नहँुदा, नेपाली युवाहरुको सिर्जनसिल क्षमतामा ह्रास आउनुका साथै उनीहरुले उत्पादन गरेका सामाग्रीहरुको संरक्षण नहुनु, उनीहरुलाई हौसला प्रदान नगर्नु जस्ता कारणहरुले नेपालका युवा वैज्ञानीकहरुमा नैराश्यता आउनु स्वभाविक हो । त्यसोत नेपालमा युवा वैज्ञानीकहरु आर्थिक कमजोरीका कारण उनीहरु भित्र भएको क्षमताको प्रर्दशनि  हुन सकेका छैन । प्राविधिक क्षेत्रमा नयाँ सामाग्रीहरु उत्पादन गरी प्रगति गर्न सक्ने क्षमता नेपाली युवा वर्गहरुमा भएपनि त्यस क्षमताको उचित कदर हुन नसक्दा नेपाल विदेशि उत्पादनमा निर्भर बन्नु परेको छ ।  आजको यो अत्याधुनिक संसारमा सबै मानिसहरु इलेक्ट्रिक सामाग्रीहरुमा निर्भर हुने गर्दछ । भान्सा देखि लिएर कार्यालय सम्म सम्पुर्ण क्षेत्रमा इलेक्ट्रिक सामाग्रीहरुको प्रयोग हुने गरेको छ । मानिसलाई सहजता प्रदान गर्न इलेक्ट्रिक सामाग्रीहरुको प्रमुख भुमिका रहेको हुन्छ ।
 संसार आधुनिकताको चरम विन्दुमा पुगेपनि नेपाल भने सुरुवातीको चरणमा नै रहेको छ । आफ्नै प्रोडक्टहरु उत्पादन गरेर आत्मार्निभर बन्न अझै लामो समय लाग्ने कुरामा दुईमत रहेको छैन । नेपालमा आयत हुने हरेक इलेक्ट्रिक प्रोडक्टहरु विदेशबाट आयत गर्नु पर्ने एउटा बाध्यता रहेको छ भने कतिपय आयतित प्रोडक्टहरु गुणस्तरीय नहुदा उपभोक्ता मारमा पर्नु परेको छ  । नेपाली बजारमा विक्रि हुने हरेक इलेक्ट्रिक समाग्रीहरु विदेशबाट आयत हुने गर्दछ । 
नेपालमा आयत हुने अधिकांश इलेक्ट्रिक सामाग्रीहरु चिनबाट आयत हुने गर्दछ । दुई ठुला मुलुक बीच रहेको नेपाल विकासका क्रममा संगै अगाडि बढे पनि नेपाल भने जहाँको त्यहि रहेको छ । विसका क्रममा सँगै अगाडि बढेका मुलुकहरु हरेक क्षेत्रमा अग्रस्थान कायम गर्दै आएको छ तर नेपाल भने अझै सम्म विकासोन्मुख मुलुकका रुपमा रहेको । 

हल नेपाल विकासको गति सुक्ष्म रहेको अवस्थालाई हामीले नकार्न सक्दैनौ । नेपालले विकासको गति लिन नसके पनि यसलाई गति प्रदान गर्ने भनेको हामी जस्ता युवा वर्गहरुले नै हो । हामी नै जागरुक नभए देश अघि बढ्न सक्दैन । हामी सधै अरुले उत्पादन गरेका सामाग्रीहरु उपभोग गरेर आधुनिताको खोक्रो अबडम्वर देखाउनुमा कुनै औचित्य रहेको छैन । तसर्थ हामी आफैँले इलेक्ट्रिक सामाग्रीहरु उत्पादन गरेर आत्मानिर्भर बन्नु पर्दछ । यसका लागि यस प्रति युवाहरुको चासो बढ्नुका साथै सरकारले पनि विशेष सहयोग गर्नु आवश्यक रहेको छ ।   
 

प्रतिक्रिया