भर्खरै

“भुकम्प पछि प्राविधिक जनशक्तिको  माग बढि छ”

  • प्रकाशित मिति : Wed-22-Feb-2017
  • - चन्द्रभक्त नकर्मि, अध्यक्ष इन्द्रेणी पोलीटेक्निक इस्च्यिुट 
title

३८ वर्ष सम्म प्राविधिक शिक्षामा काम गर्नु भएको, प्राविधिक शिक्षा अन्तरगत व्यवसायीक तालिम  परिषद सिटिइभिटि मा निर्देशकका रुपमा काम गर्नु भएको थिए । राष्ट्रिय सीप परीक्षण समितिमा १० वर्ष निर्देशकका रुपमा काम गर्नु भई नेपालगञ्जमा प्रविधिक शिक्षालयको सहायक प्रमुखका रुपमा काम गर्नु भएको चन्द्रभक्त नकर्मि वि.सं २०१५ साल असोज ६ गते बनेपामा जन्म लिनु भएको थियो । उहाँले चैतन्य प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा, आजद माध्यमीक विद्ययालयबाट माध्यामिक शिक्षा, थापाथलि क्याम्पसबाट स्नातक उत्र्तिण तथा बेलायतमा पनि अध्ययन गर्नु भएका इन्द्रेणी पोलीटेक्निक इस्च्यिुटका अध्यक्ष नकर्मिसँग प्राविधिक शिक्षा आजको आवश्यकता, ग्राफिक सिम्बोल, सुरक्षा सन्दर्भमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले लिएको अन्तर्वार्ता संक्षेपमाः

इन्द्रेणी इस्च्यिुटको स्थापनाको उद्देश्य बारे बताईदिनु न ?
खास गरि मेरो कार्य प्राविधिक शिक्षा वा सिटिइभिटि तर्फ भएकोले र नेपालमा प्राविधिक शिक्षाको कमि रहेकोले मैले यस इस्च्यिुटको स्थापना गरेको हुँ । यस इस्च्यिुटको स्थापना वि.सं२०७१ मा भएको हो । प्राविधिक शिक्षा तर्फ त्क्ीऋ र डिप्लोमा स्थरको अध्यनलाई प्राथमिकता दिईरहदा भोकेसनल ट्रेनिङ्गलाई भने प्राथमिकता दिएको पाइएन । विशेषत यो इस्च्यिुटको स्थापन हुनुको मुख्य उद्देश्य भोकेसनल ट्रेनिङ्गलाइलाई प्राथमिकता दिनु रहेको छ । साथै विद्युत हरेक क्षेत्रमा आवश्यक हुन्छ । विद्युत विना कुनै पनि कार्यहरु सुचारु हुन सक्दैन तसर्थ हामीले इलेक्ट्रिक विषयलाई ध्यान दिएर यस इस्च्यिुटको स्थापना गरेका हौ । अहिले यस इस्च्यिुट बाट इलेिक्ट्रक विषयका विभिन्न तहहरुमा इलेक्ट्रिसियनहरुलाई शिक्षा दिदै आएका छौ । हामीले इलेक्ट्रिसियनहरुलाई काम छिटो मात्र नभएर गुणस्तरीय ढङ्गले काम गर्ने तथा सुरक्षीत तवरले काम गर्न सिकाउनु पनि यस संस्थाको मूल उद्देश्य रहेको छ । 

नेपालमा प्रविधिक शिक्षा तर्फ विगतको अवस्था र हालको अवस्था कस्तो रहेको छ ?
नेपालमा २०४९ सालमा सिटिइभिटि को स्थापना भए पछि  प्राविधिक शिक्षा प्रदान गर्ने ५ ओटा प्राविधिक शिक्षालयको स्थापना भएको थियो । नेपालमा प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरुको चासो बढ्नुका साथै प्राविधिकहरुको पनि अभाव भइरहेको थियो । देशलाई प्राविधिक जनशक्तिको आवश्यकता अत्यन्तै थियो । तर्सथ  विद्यार्थीहरुको चासो र देशको आवश्यकता पूर्ति गर्नका लागि हाल सम्म नेपालमा निर्माण भईसकेको र निर्माणाधिन प्राविधिक शिक्षालयहरु गरि ४० ओटा शिक्षालयहरु रहेको छ । प्राविधिक शिक्षालयहरुको स्थापना भए पनि नेपालमा प्राविधिक जनसक्तिको अभाव रहेको छ । अझ भूकम्प पछि नेपालमा निर्माण सम्वन्धि प्राविधिकहरुको आवश्यकता बढि रहेको छ । नेपालमा प्राविधिक शिक्षालयहरुको स्थापना हुदै गए पनि अझै प्राविधिक शिक्षालयहरुको कमि रहेको छ । 

इन्द्रेणि इच्यिुटको योजनाहरु के–के रहेका छन् ?
 यस इस्च्यिुटको तत्कालिन समयको मुख्य योजना भनेको इलोक्टिोसियनहरुलाई भोकेसनल टे«निङ्ग दिनु रहेको छ । यस इस्च्यिुटले त्क्ीऋ र डिप्लोमा स्तरको अध्ययनलाई पनि प्राथमिकता दिने भावि योजना रहेको छ । कुनै पनि व्यक्तिले सिप सिकेर मात्रै हुदैन त्यसको परिक्षण पनि गर्नु पर्दछ । तसर्थ हामीले भोकेसनल टे«निङ्गका साथसाथै राष्ट्रि सीप परीक्षण समितिबाट सञ्चालन गरिने सीप परीक्षणको तयारी कक्षा पनि सञ्चालन गरिरहेका छौ ।

 इन्द्रेणि इस्च्यिुटले कुन–कुन विषयमा तालिम प्रदान गर्दै आएको छ ?
हामीले यस इच्यिुटबाट इलेक्ट्रिसियनहरुलाई मोटर रि–वाइन्डिङ्ग, विल्डिङ्ग इलेक्टिसियन, इलेक्टिकल एपलाइन्स रिपियर सम्वन्धि अध्यान गराउदै आएका छौ । यस बाहेक  हामीले डकर्मि, सिकर्मि, प्लम्वर, एल्मोनियम फेब्रिकेटर, स्टिल फर्निचर मेकर, स्ट्रक्चर फब्रिकेटर, लगायत १९ ओट विधामा सिटिइभिटि सँग समन्वय गरेर व्यवसायीक तालिमहरु प्रदान गर्दै आएका छौ । 

इन्द्रेणि इस्च्यिुटमा सबै भन्दा बढि कुन विधामा तालिम लिन आउने गरेको छ ?
भ्ुाकम्प पछि अहिले डकर्मि तालिम लिन आउनेहरुको संख्या सबै भन्दा बढि रहेको छ । हामीले डकर्मिहरुलाई कसरि भुकम्प प्रतिरोधी भवनहरु बनाउन भन्ने सम्वन्धमा तालिम प्रदान गर्दै आएका छौ । साथै हामीले इस्च्यिुटमा मात्र होइन उपत्याका बाहिरका जिल्लाहरुमा पनि तालिम प्रदान गर्दै आएका छौ । हामी हालसालै मात्र भुकम्प पडित जिल्ला सिन्धुपाल्चोकको दनुवार बस्तिमा ६५ जनालाई डकर्मि तालिम प्रदान ग¥यौ । त्यस्तै दोलखाको लापुरीमा भुकम्प प्रतिरोधि भवन र्निमाणका लागि ३८ जनालाई १० दिने प्रशिक्षण तालिम प्रदान ग¥यौ, त्यस्तै ओखलढुङ्गामा २५ जनालाई तालिम प्रदान गर्नुका साथै  चितवनमा पनि हामीले तालिम प्रदान ग¥यौ । यस्तै अव हामीले गोरखा र काभ्रेमा पनि तालिम प्रदान गर्ने योजनामा छौ ।  

तालिम प्रदान गर्न जिल्लाहरु छनौट गर्दा के आधारमा छनोट गर्नुहुन्छ ?
हामीले जिल्लाहरु छनोट गर्दा कुन जिल्लामा कस्तो खालको तालिको आवश्यकता रहेको छ आवश्यकताको आधारमा छनोट गर्ने गरेका छौ । र कुनै संस्थाले कुनै जिल्लामा तालिम प्रदान गर्न अनुरोध गरेमा पनि हामी उक्त जिल्लामा पुगि तालिम प्रदान गर्ने गर्दछौ । कुनै पनि संस्थाहरुले तालिम प्रदान नगरेका जिल्लाका गाविसहरुमा पुगि तालिम प्रदान गर्दै आएका छौ । हामीले प्रदान गर्ने सम्पूर्ण तालिमहरु सिटिइभिटिले स्विकृती दिएका तालिमहरु सञ्चालन गर्दै आएका छौ । 

के यस इस्च्यिुटले प्रदान गरेका तालिमहरु समयसापेक्षा छन् ?
हामीले प्रदान गर्दै आएका तालिमहरु बर्तमान परिप्रेक्षमा सान्र्दिभिक छन् । हामी प्रदान गर्ने गर्दै आएको इलेक्ट्रिसियन तालिम, डकर्मि तालिम, सिकर्मि तालिम जस्ता अन्या तालिमहरु हाल नेपाली समाजमा अति आवश्यक रहेको छ। भुकम्प पछि प्राविधिक जनसक्तिहरुको माग बढि छ । प्राविधिक क्षेत्रमा हामीले प्रदान गर्दै आएका तालिमहरुको प्रयोग भइरहेको छ । तालिमको प्रयोग नहुने हो भने त्यस सम्वन्धी हामीले तालिम प्रदान गर्ने नै थिए नौ । तसर्थ हामीले प्रदान गर्दै आएका हरेक तालिमहरु समय सान्दर्भिक रहेको छ । 

विद्युतीय क्षेत्रमा विद्युतजन्य दुर्घटना हुने गरेको सुनिन्छ यसमा बढि दोष कसको देख्नु हुन्छ र यस्ता समस्याहरुको समाधनका निमिक्त के गर्नु पर्ला ?
विद्युतीय क्षेत्रमा कार्य गर्नु जोखिम पूर्ण कार्य हो । कुन बेला के हुन्छ भनेर भन्न सकिदैन ।  हाल नेपालमा विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरु तालिम नलिइ कार्य गर्दै आएका इलेक्टिसियनहरु प्रसस्त भेट्न सुरक्षान अपनाइ कार्य गर्ने इलेक्ट्रिसियनहरु पनि भेट्छौ यसरी तालिम नलिने, सुरक्षा नअपनाई कार्य गर्ने गरेकाले दुर्घटना हुने गरेको देखिन्छ । इलेक्टिसियन तालिम नलिएको इलेक्ट्रिसियनहरुलाई काम लगाउदा पनि विद्युतजन्य दुर्घटनाहरु हुने गरेको देखिन्छ । यसको मूख्य दोषि भनेको अदक्ष इलेक्ट्रिसियन र काम लगाउने व्यक्ति । नेपालमा हुने गरेको यस्ता दुर्घटनाहरुको समाधानका लागि इलेक्ट्रिसियनहरुले तालिम लिनु आवश्यक छ । सरकारले अथवा इलेक्ट्रिसियन तालिम प्रदान गर्ने इस्च्यिुटहरुले तालिम प्राप्त प्रमाणपत्र प्रदान गर्नुका सथै प्रमाणपत्र भएका इलेक्ट्रिसियनहरुलाई मात्र इलेक्टोनीक कार्य गर्न लगाउने गर्नु पर्दछ । इलेक्ट्रिसियनहरुले पनि सुरक्षित तवरले कार्य गर्नु पर्दछ । गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्नाले पनि यस्ता दुर्घटनाहरुको समाधन गर्न सहयोग पुग्दछ । 

इलेक्ट्रिसियनहरुलाई तालिम प्रदान गर्दा ग्राफिक सिम्बोलहरुको प्रयोगमा  एकरुपता पाइदैन भन्ने सुनिन्छ नि यसमा के भन्नु हुन्छ ?
नेपाल विद्युत प्राधिकरणले ग्राफिक सिम्बोलहरुको प्रयोगको निर्धारण गरेको छ । कतिपय अवस्थामा विभिन्न देशमा इन्जिनियरीङ अध्ययन गरेर आएका इन्जिनियरहरुले प्रयोग गर्ने सिम्वोलहरुमा केही मात्रामा फरक हुने गरेको छ । तर नेपालमा काम गर्ने भए पछि नेपालले निर्धारण गरेका सिम्बोलहरुको नै प्रयोग गर्नु पर्दछ । कतिपय इस्च्यिुटहरुले प्रयोग नगरेका होलान् तर सबै इच्यिुटहरुले ग्राफिक सिम्वोलहरुको प्रयोग गर्नु नितान्त आवश्यक रहेको छ । र इलेक्टिसियनहरुलाई सिम्बोलको प्रयोग सम्वन्धमा जानकारी दिनु इस्च्यिुटको कर्तव्य पनि  हो । जुन देशमा जस्तो खालको ग्राफिक सिम्वोलहरु रहेपनि नेपालका लागि छुटै एकरुपता  दिनसक्ने ग्राफिक सिम्बोल प्रयोगमा ल्याउनु पर्ने देखिन्छ । 
अन्तमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ? 
 अन्तमा यस पत्रिका मार्फत नेपाल सरकारले तालिम लिन चाहने तथा इलेक्टिसियन पेशामा आबद्ध हुन चाहनेहरुका लागि निशुल्क तालिमको व्यवस्था गरिदिएमा अझ प्रभावकारी हुने थियो । साथै सुगम र सहरी इलाकामा मात्र तालिम नदिइ ग्रामिण र दुर्गम क्षेत्रमा पनि तालिमको व्यवस्था गरिनु पर्दछ  र प्रमाणपत्रको पनि व्यबस्था गरिनु पर्दछ । अन्तमा इलेिक्ट्रक पेशामा अवद्ध इलेक्ट्रिसियनहरुलाई सुरक्षित ढङ्गगले काम गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया