भर्खरै

जलविद्युत ः देशको समृद्धिमा सञ्जिवनी

  • प्रकाशित मिति : Wed-01-Mar-2017
  • - भरत ढुङ्गाना
title

विश्व जलस्रोतको दोस्रो धनि देश नेपाल ,८३ हजार मेगावट विद्युत उत्पादन क्षमता रहेको छ । भैगोलीक तथा आर्थिक दृष्टिले ४२ हजार मेगावट विद्युत उत्पादन गर्न सकिने  ज्वलन्त सम्भावनाहरु रहेका पनि आजको भ्रष्ट राजनीतिले गर्दा देशमा विद्यमान संभावनाहरु लाई टुलुटुलु हेरी राख्नु परेको छ । जनचेतनाको कमि, आर्थिक अभाव, भौगोलिक विकटत, कानुनको उपहास, नीतिहिनता र विकृत राजनीति विकासका प्रमुख बाधकहरु हुन् । जलविद्युतका क्षेत्रमा ठूलो सम्भावना रहेको तथा देशको समृद्धिमा यो सञ्जिवनीका रुपमा रहे पनि देशले ठूलो उर्जा संकट बेहोर्नु परिराखेको छ । देश भित्र नै सम्भावनाका लहरहरु हुदा हुदै देशले भारतबाट विद्युत आयत गर्नु पर्ने एक दुखद अवस्था रहेको छ यसबाट देशले कसरी मुक्ति पाउन सक्दछ ? सुधार गर्नु पर्ने पक्षहरु निकै रहेको छ । 

नैतिकताको विकास ः 

समग्रतामा यस देशमा संचालित गतिबिधिहरुलाई नियाल्दा लाग्छ, की यो देशमा नैतिकताको खडेरी नै परेको छ । हरेक क्षेत्रमा हरेक व्यक्तिहरुमा नैतिकताको अभाव भएको देखिन्छ । यो देशमा सरकारले दिएको तलब खाएर सरकारको विरुद्धमा काम गर्ने कर्मचारीहरु पनि रहेका छन् । यसबाट पनि प्रष्ट हुन्छ कि नैतिकताको कति सम्म रहेको छ भनेर । जब व्यक्ति नैतिक हिन बन्छ उसले आफूलाई मात्र नभएर सिङ्गो देशलाई  नैतिक हिनता तर्फ उन्मुख गराइ रहेको हुन्छ । नैतिक हिनता जन्म हुनु भएको देशका विकासका सम्भावना र योजनाहरु माथि बज्रपात हुनु हो । तसर्थ देशको समग्र विकासका लागि त्यहाँका प्रतेक व्यक्तिहरु नैतिक बन्नु आवश्यक हुन्छ । जब व्यक्ति नैतिकवान बन्दछ तव समाज नैतिक बन्दछ, देश नैतिक बन्छ र देशले विकासको गति लिन सक्दछ । यि पंक्तिहरु लेख्दै गर्दा यहाँ प्रश्न उठ्न सक्दछ कि ऊर्जा उत्पादन संग नैतिकताको प्रश्न कहाँ निर जोडिन्छ ? अवश्य जोडिन्छ, किनकि यहाँ दिनहुँ जसो विद्युत चोरीका घटनाहरु सुन्ने गरिन्छ । के यो नैतिक हिनता होइन ? यति मात्र होइन यस देशका हरेक प्रशासनिक संयन्त्रमा नैतिकताको पतन भएको छ । त्यस कारण यदी देशको विकास गर्ने कार्यलाई साकार तुल्यायने हो भने यहाँ नैतिकताको विकास अनिवार्य हुन्छ । 

कानुनी राज्यको विकासः सिद्धान्तः 

नेपाल एक कानुनि राज्य हो तर व्यवहारमा कानुनि राज्यको आभाष पाउन मुस्किल पर्दछ । यसर्थ नेपालमा जो शक्तिको बलमा कानुनलाई उपहास गर्ने प्रवृति देखा परेको छ । त्यसलाई पनि विकासको एक बाधकका रुपमा लिन सकिन्छ । सबैका लागि समान भनिएको कानुन यदि शक्तिका पुजारीहरुका लागि केवल कागजको ठेली बन्यो भने त्यस्तो कानुनको आधारमा समतामुलक समाजको विकास असम्भव हुन्छ । त्यस कारण कुनै पनि देश लाई संमृद्धिको दिशा तिर लैजान कानुन सवैका लागि समान रुपले लागु हुनु पर्दछ । 

अस्थिर राजनीतिको अन्त्य ः

जहाँ राजनीतिले स्थिरता ग्रहण गर्दैन, त्यहाँ राजनीति विकृत बन्दछ । यसै विकृत राजनीति आडमा देशमा भ्रष्टचार, अनियमितता, छडातन्त्र र अराजकता मौलायो भने विकासका सम्भावनाहरु घट्दै जान्छन् । त्यसकारण देशको सम्पुर्ण क्षेत्रको विकासको लागि आज देखापरेको विकृत राजनीतिको अन्त्य हुनु आवश्यक हुन्छ । हरेक क्षेत्रमा समस्या तथा चुनैतिहरु रहेका छन् ति समस्या र चुनौतीहरु नै विकासका बाधकहरु हुन् । नेपालमा उर्जा विकासका सम्भावनाहरु हुदा हुदै यसका चुनौतीहरु पनि  रहेका छन् । यसका सम्वन्धमा पनि विभिन्न चुनैतीहरु रहेका छन् जसलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

जनचेतनाको अभाव ः 
भनिन्छ एउटा समृद्ध  चेतनाले बगि रहेको पानीमा बिजुली देख्छ । सायद हुन सक्छ यसै दुनियाको समृद्ध चेतनाले बिजुलिको आविष्कारको ग¥यो । जसको कारण आज विश्व समुदायले उक्त आविष्कारको उपभोग गरिराखेको छ । कसैले आविष्कार गरि सकेको प्रविधि केवल तालमेल मिलाएर उपभोग गर्न पनि हामी असर्मथ छौ । त्यति मात्रै होइन जो बिराट सम्भावना बोकेको हाम्रा जलसम्पदाहरु त्यसै खेर गइ राखेका छन् र बिना सोच विचार हामी तिनीहरुलाई टुलुटुलु हेरि राखेका छौ । के यो हाम्रो लाचारी पन अर्थात् असमृद्ध चेतनाको उपज होइन ? त्यसकारण यो चुनौतीलाई समाधान गर्नका लागि हामी सचेत हुनु आवश्यक छ । 

आर्थिक अभाव ः
 
यस्तो लाग्दैन की आर्थिक अभावका कारण यस देशले उर्जा उत्पादनमा लगानी गर्न सकेन । हुन सक्छ केहि हदसम्म आर्थिक रुपमा हामी कमजोर छौ । तर आफ्नो देशलाई पनि माग अनुसारको विद्युत उर्जा उत्पादन गर्न सक्दैनौ । यसो हुनुको पछाडी भ्रष्टचार आर्थिक अनियमितता जस्ता कुराहरुको भूमिका आवश्यक रहन्छ । त्यसकारण हामीले सर्वप्रथम यहाँको राजनीतिलाई सुधार गर्दै आर्थिक समृद्धिका साथसाथै विद्युत उर्जाको पनि विकास गर्न सकियो भने यो देश पनि छोटो काल खण्डमा नै समृद्ध बन्ने पक्का छ ।

 भौगोलिक विकटता ः

विद्युत उत्पादनको क्षेत्रमा भौगोलिक बिकटता पनि एउटा चुनौतीका रुपमा खडा हुने गर्दछ । झन् नेपाल जस्तो अविकसित देशका लागी त यो एउटा गम्भिर चुनौतीका रुपमा देखा परेको छ । प्रविधि र जनसक्तिको अभाव ः गरिबिको दुष चक्रमा आजसम्म पनि देश नराम्ररी फसेको छ । त्यसकारण विकासका सबै क्षेत्रमा आवश्यक पर्ने विकसित र आधुनिक प्रविधिहरु भित्राउन सकेको छैन । त्यसैगरी ऊर्जा उत्पादनको अर्को चुनौती हो 

दक्ष जनशक्ति अभावः

आजसम्म पनि नेपालले विकासका लागि चाहिने जनशक्ति उत्पाददन गर्न सकेको छैन । त्यसकारण यो पनि एउटा चुनौतीका रुपमा आएको छ । देशमा रहेका यि यस्ता समस्या तथा चुनैतीका कारण देश विकासमा पछाडि परिरहेको छ । सम्भावना भए पनि पानी जस्तै बगि रहेछ । चुनौतीहरुका माझ लुकेको संभावना भोलीका बास्तविकता बन्ने छ । यदि हामी सारा नेपाली एक भएर राष्ट्र विकासमा एक साथ अघि बढ्यौ भने र एकै साथ पुरा हुनेछन् । उज्यालो देश हेर्ने हाम्रो अभिलासा किनकि विद्युत उर्जा नै यस देशको समृद्धिको सञ्जीवनि हो ।  

प्रतिक्रिया