भर्खरै

गुणस्तरहिन सामाग्री बजारबाट विस्थापन गर्नका लागि निमा लागी परेको छ 

  • प्रकाशित मिति : Wed-08-Mar-2017
  • - सुवोध खनाल महासचिव, नेपाल विद्युतीय उत्पादक संघ (निमा)
title

धरानको पुरानो बजार मा जन्म लिनु भएका नेपाल विद्युत उत्पादक संघ निमा का वर्तमान महासचिव सुवोध खनाल प्राथमिक तहको अध्ययन तीन नम्वर प्राथमिक विद्ययालय धरान, नि.मा.वि तहको अध्यान भगवति नि.मावि धरान, माध्यामीक तहको  अध्ययन बोर्डिगं मा.वि. धरान, उच्चमाध्यमीक तहको अध्ययन धरान क्याम्पस हात्तिसार, स्नातक तहको अध्यान त्रिचन्द्र क्याम्पस काठमाण्डौ र स्नाकोत्तर तहको अध्ययन शंकरदेव क्याम्पस बाट अध्ययन पुरा गर्नु भएको थियो । अध्ययन पश्चात नेपालको प्रमुख औद्योगिक  ग्रुप सारडा ग्रुपमा वि.स २०४८ सालबाट  व्यवसायिक जीवन सुरु गर्नु भएका खनाल हाल नेपालको अग्रणी केबल उधोग युनाईटेड केबुलमा आवद्ध हुनु हुन्छ । 

 नेपाल विद्युत उत्पादक संघ (निमा)को मूख्य उद्धेश्य के हो ?
निमा नेपालमा विद्युत सामाग्रीहरु उत्पादन गर्ने कम्पनीहरुको हक हितका लागि काम गर्ने संस्था हो । नेपालमा केवल तार तथा विधुतिय सामाग्री को उत्पादन व्यवसाय बढि रहेको अवस्थामा ति  उत्पादक कम्पनीहरुलाई एकिकृत गर्न र कम्पनीहरुलाई सहयोग गर्ने उद्धेश्यले निमा को स्थापना भएको हो । व्यपसायीहरुको हक हितका लागि काम गर्दै आएको सामाजिक संस्था निमा मा तार र केवल कम्पनीहरु र ट्रान्फरमर कम्पनीहरुको आवद्धता बढि मात्रामा रहेको छ । यी लगायत अन्या विद्युत उत्पादक कम्पनीहरुको पनि आवद्धता रहेको छ । यस संघले उपभोक्तहरु ठगिमा नपरुन् भन्ने उद्धेश्यका साथ कम्पनीहरुलाई सजक गराउदै गुणस्तर युक्त विद्युतीय सामाग्रीहरु उत्पादन गर्नमा विशेष जोड दिदै आएको छ । 
 

नेपाली बजारमा केवल तारको अवस्था कस्तो रहेको छ ?
हाउस वायरीङ्गका तारहरु र लो भोल्टेजका पावर केबुल तथा तारहरुमा नेपाल आत्मनिर्भर हुन थालेको छ । नेपालमा उत्पादीत लो भोल्टेजका तारहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तर युक्त तारहरु उत्पादन गरिदै आएको छ । नेपाल लो भोल्टेज तार उत्पादनमा सक्षम रहेको छ  । नेपालका लागि लो भोल्टेजका तारहरु अन्य मुलुकबाट आयत गर्नु पदैन । लो भोल्टेजका तार उत्पादनमा हामी आत्मनिर्भर रहेका छौ । नेपाली बजारमा अहिले केवल तारको बजार राम्रो नै रहेको छ । 


गुणस्तर हिन विद्युतीय सामाग्री कम गर्न निमाले कस्तो भुमिका निर्वाह गर्दै आएको छ ?
करिव २० केवल कम्पनी र २ ओटा ट्रान्सफरमर कम्पनीहरुको संलग्नता रहेको यस संघले संवद्ध कम्पनीहरुलाई गुणस्तरयुक्त सामाग्री उत्पादन गर्नमा निर्देशन दिदै आएको छ । प्रतिस्पर्धात्मक बजारमा गुणस्तरहीन सामाग्रीहरु पनि रहेका छन् ,ति गुणस्तरहिन सामाग्री बजारबाट विस्थापन गर्नका लागि निमाले गुणस्तर  विभाग संग सहकार्य गर्दै आएको छ । विगतका दिन भन्दा कमसल गुणस्तर का तार हरु बजारमा कम देखिन थालेका छन साथै बजारबाट गुणस्तरहीन तारहरु पूर्ण रुपमा विस्थापन गर्न हामीले कार्ययोजनाहरु बनाई रहेका छौ । 
 

बजारमा अहिले पनि गुणस्तर हिन तारहरु पाइन्छन् नि यसमा के भन्नु हुन्छ ? 
बजारमा पाइने सबै तारहरु गुणस्तर युक्त हुन्छ भन्ने छैन । केहि हदसम्म त अहिले बजारबाट गुणस्तरहीन तारहरु विस्थापन भएका छन् । प्राकृतिक विपत्तिहरु भ्ूाकम्प, बाढी पहिरो जति जोखिमपूर्ण रहेको छ विद्युत जन्य दुर्घटनाहरु पनि उतिकै जोखिम पूर्ण रहेकोछ तसर्थ विद्युत समाग्रीहरु खरिद गर्दा उपभोक्ताहरु पनि बढी चनाखो हुनु आवश्यक रहेको छ । बिक्रेताहरुले पनि सामाग्री विक्र गर्दैमा आफ्नो दायित्व पुरा भएको सम्झनु हुदैन । गुणस्तरहिन सामाग्री खपत गर्दा सुरक्षीत हुदैन भन्न कुराको पनि ख्याल राख्नु पर्दछ । यस सम्वन्धमा उपभोक्ता र विक्रेता मात्र सचेत नभई सरकारले पनि निगरानी राख्नुपर्दछ । 
गुणस्तरका सम्वन्धमा उपभोक्ताले जानकारी पाउनका निमिक्त निमाले कस्तो व्यवस्था गरेको छ ?
 अहिले बजारमा नेपाल गुणस्तर चिन्ह् प्राप्त सामाग्रीहरु मात्र प्रयोग गर्न अनिवार्य गरिएको छ । गुणस्तरका सम्वन्धमा उपभोक्ताका लागि निमाले कुनै पनि सुचना माध्यमहरु सञ्चालन त गरेको त छैन तर सुचना लिन आउनेहरुलाई भने हामीले सुचना प्रदान गर्दै आएका छौ । गुणस्तर मापन केन्द्रले तारको लेवलमा तारको साइज अनिर्वाय रुपले उल्लेख गरिएको हुन्छ । यदि उपभोक्तालाई गुणस्तरमा संका लागेमा तारमा प्यारामीटरमा उल्लेख गरिएको हुन्छ त्यसमा कति मिटर कति साइज उल्लेख गरिएको हुन्छ त्यसकका आधारमा पनि गुणस्तरका बारेमा जानकारी लिन सकिन्छ । 
 

मल्टिस्ट्यान्ड तारका बारेमा बताई दिनुहोस् न ।
मल्टिस्यान्ड तारको प्रयोग नेपाल बाहेक विश्वका सबै देशहरुमा उत्पादन तथा विक्रि वितरण हुने गरेको छ । मल्टिस्ट्यान तारमा हामीले सामन्यतय बढी संख्यामा तारहरु रख्दछौ । यस तारमा लचकता बढी हुन्छ । यसले कामलाई पनि सजिलो बनाउदछ । मल्टिस्यान्डको तार प्रयोग गर्न सजिलो हुनका साथै करेन्ट पनि बढि प्रवाह गर्दछ । मल्टिस्ट्यान्ड तारमा गुणस्तर चिन्ह प्रदान गर्न हामीले सरकारलाई पटकपटक आग्रह समेत गरि सकेका छौ । 
 
केवल, तारहरुका लागि आवश्यक कच्चापदार्थहरु कहाँबाट र कसरि आयत हुदै आएको छ ?
केवल तारहरुको लागि आवश्यक कच्चा पदार्थ  एल्मोनियम, तामा  र पिभिसि कम्पाउन्ड  रहेका छन् । कपर र एल्मोनियम कोरिया, रसियाबाट आयत गर्दौ आएका थियौ भने विगत २,३ वर्ष देखि भारतमा पनि यसको उत्पादन बढि हुने भएकोले भारतबाट  आयत गरिदै आएका छौ । पिभिसि कम्पाउन्ड केहि मात्रामा नेपालमा नै उत्पादन भए पनि सिंङ्गापुर, मलेसिय आदि देशहरुबाट आयत गर्दौ आएका छौ । 
 

नेपालमा उत्पादित विद्युतिय सामाग्रीहरुको ल्यावटेस्टका सन्र्दभमा निमाले कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
हामीले सरकार र इन्जिनियरीङ्ग कलेजहरुमा विद्युतीय सामाग्रीहरुको ल्याव टेस्ट गरेका हुन्छौ । केवल तार उत्पादकहरु संग आफ्नै ल्याव टेस्ट रहेको छ । केवल तारहरुका लागि निमाले पनि आफ्नै ल्याव टेस्ट स्थापना गर्ने योजनामा रहेको छ । विद्युतीय सामाग्रीहरुको ल्याव टेस्ट नभएकाले नेपालमा विद्युतीय सामाग्रीको ल्याव टेस्ट हुन जरुरी रहेको छ । 
 

केवल तारहरुको हकमा प्राविधिकहरुको कस्तो भूमिका रहन्छ ? 
कुनै पनि घर, भवन निर्माण गरिसके पछि घर वायरीङ्ग गर्ने सम्पूर्ण जिम्मेवारी प्राविधिकको रहन्छ । प्राविधिकहरुले कस्तो तारको प्रयोग गर्ने, कसरी गर्ने र गुणस्तरका सम्वन्धमा प्राविधिक सक्षम हुनु  पर्दछ । घरलाई सुरक्षित राख्ने जिम्मेवारी प्राविधिकको नै हुने भएकाले यसमा प्राविधिकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । 
कुनै कम्पनीहरुले तारको प्रयोग गरेमा विमाको व्यवस्थागर्ने भन्ने रहेको छ, के यो सत्य हो  ?
कुनै कम्पनीहरुले तारहरुको प्रयोग गरेमा विमाको व्यवस्था गर्ने घोषणा गरेको छ । कतिपय विज्ञापनहरुमा हामीले विमाका सम्वन्धमा सुन्दै आएका छौ । उपभोक्ताहरुले तार प्रयोग गरेर विद्युतजन्य दुर्घटनामा परि विमा दावि गरेको  छ छैन मलाई जानकारी भएको छैन । तर यसबाट हामीले के बुझ्नु पर्दछ भने निमा संग आवद्ध कम्पनीहरु  गुणस्तर प्रती संवेदनशिल छन् भन्ने बुझिन्छ ।
 

विद्युतीय क्षेत्रमा सरकारले कस्तो व्यवस्था गर्नु पर्ला ?
विद्युतजन्य सामाग्रीहरुका गुणस्तरका सम्वन्धमा उपभोक्ताहरुलाई पूर्ण जानकारी नभएकाले सरकारले गुणस्तरीय सामाग्रीहरुको प्रयोगका सम्वन्धमा उपभोक्ताहरुलाई जोड दिनुपर्दछ । गुणस्तरताका सम्वन्धमा सरकारी तर्फबाट फ्याक्ट्रिहरुमा वर्षको दुई पल्टमात्र अनुगमनहुने गरेको छ र बजारमा जुनकुनै बेला अनुगमन हुने गरे पनि अनुगमन  प्रक्रिया लाई अझ बढाएर गुणस्तर  युक्त बनाउन पहल गर्नु पर्ने देखिन्छ । साथै सरकारी खरिदमा स्वदेशी सामानको अधिकतम प्रयोगमा जोड दिनु पर्ने देखिन्छ ।
 

के नेपालमा लोडसेडिङ्ग अन्त्य होला ?
प्राधिकरणले अकल्पनीय ढंगबाट गरेको लोडसेडिङ्ग अन्त्यले सम्पूण क्षेत्रहरुमा सहयोग पुर्याई रहेको छ । लोडसेडिङ्ग क्रमिक रुपमा उपत्याका र बाहिरी जिल्लाहरुमा पनि अन्त्य हुदै गरेको छ । लोडसेडिङ्ग अन्त्यमा प्राविधिक र अप्राविधिक चुहावट यि  दुई कुराले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अप्राविधिक चुहावट प्राधिकरणले नियान्त्रण गर्न सके पनि प्राविधिक चुवावट पनि भइरहेका हुन्छन् जसले गर्दा चुहावटको मात्रा बढ्न सक्दछ यसको नियान्त्रणका लागि भने सरकाले गुणस्तरीय सामाग्रीको प्रयोगमा जोड दिनु पर्दछ जसले गर्दा सरकारको उज्यालो अभियानमा सहयोग पुग्दछ र नेपाल लोडसेडिङ्ग मुक्त हुन्छ ।
 

अन्त्यमा यस पत्रिकामार्फत के भन्न चाहानुहुन्छ ?
यस पत्रिका मार्फत सम्पूर्ण उपभोक्ताहरुलाई सहि प्राबिधिक को सल्लाहमा  गुणस्तरीय सामाग्री प्रयोग गरि ढुक्क हुन तथा प्राविधिकहरुले पनि गुणस्तर युक्त सामाग्रीहरुको प्रयोग गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago