भर्खरै

ऊर्जामा राजनीतिः आवश्यकता कि अराजकता 

  • प्रकाशित मिति : Wed-08-Mar-2017
  • - राम प्रसाद पौडेल
title

विश्वमा जलस्रोतको दोस्रो धनि मुलुक नेपाल विजुली बत्तिको अभावमा अन्धकारमा जीवन विताउन बाध्य पारिएका निरिह नागरिक माथि गरिने ऊर्जा राजनीति जरा गाडिएको तथ्य नागरिक समाज समक्ष ऐना जस्तै छर्लङ्ग छ । जलविद्युत क्षमताको दृष्टिले क्षेत्रफलको ब्राजिल विश्वकै धनी मुलुक हो । उसको प्रतिव्यक्ति आय विश्वकै विकसित मुलुकहरु भन्दा कम छैन तर हाम्रो देश अकर्मन्य राजनीतिको चक्रव्यूमा परेको छ । उज्यालो नेपाल समृद्ध नेपाल निर्माण हुन सकेछैन।

 हाम्रो मुलुकमा जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावट रहेको छ ।  ८३ हजार मेगावट विद्युत उत्पादन गर्न आम नागरिक, राज्य, र वाह्य लगानी गरेर दृढ अठोट र गन्तव्य चुम्ने सकारात्मक सोचको आवश्यकता टड्कारो देखिन्छ । हाम्रो मुलुकमा नीति निर्माता सरकार र सरोकारवालाहरुको अदुरदर्शिता र लार्पवाहीका कारण कुल क्षमताको ०.९प्रतिशत मात्र विद्युत उत्पादन  भएको छ । विभिन्न दलगत स्वार्थ, व्यक्तिगत स्वार्थ, सम्वन्धित निकायको नेतृत्व गर्ने को नीजि स्वार्थ, विद्युत माफीयाहरुको स्वार्थका कारण आज आम नागरिक निरासका साथ लोडसेडिङको मारमा पर्न बाध्य भएका छन् । जलस्रोत को धनी भएर पनि गरिव मुलुकको सुचाङ्कमा आफुलाई दर्ता गर्न किन वाध्य छ हाम्रो देश ? जनता ऊर्जा विकासका साझेदारी गर्दै अगाडी बढ्न चाहि रहेका छन् । कसको निहित स्वार्थले यि सब कार्य गर्न राज्य वा सरोकारवाला निकाय असमर्थ भएको छ ? यस्तो गम्भीर प्रकारका अनुत्तरीत प्रश्नहरुको उत्तर आम नागरिकहरुले  खोजि रहेका छन् । नीजि क्षेत्र तथा सरकारीले माथिल्लो तामाकोशी ४५६ मेगावट, पश्चिम सेती ९०० मेगावट, कुलेखानी, १४ मेगावट,चमेलीय ३०मेगावट, गण्डक ४ सय मेगावट, उपल्लो सान्जेव १४६ मेगावट, मध्य भोटेकोशि १०५ मेगवावट, रसुवागढी १११ मेगावट, उपल्लो त्रिसुली ३ बी ४२ मेगावट, लगायत परियोजनाको निर्माण कार्य भइरहेको सार्वजनीक भएको छ । निर्धारीत समयमा यी आयोजनाहरु पुरा हुन समर्थ हुने हो भने उज्यालो नेपाल मात्र नभएर विद्युत विक्र गर्ने सम्मको क्षमता राज्यले राख्न सक्ने थियो । 
 विभिन्न राजनीतिक दल र तिनका  संस्थाहरु संघ संगठनहरु अकर्मता नेतृत्व बुदखोर स्वर्थले लिप्त कन्लकित मानिसहरु र विद्युत माफीयाहरुको चंगुलबाट बाहिर निस्केर दृढ इच्छा शक्ति प्रस्ट अडान र आफु र आफ्नाका लागि होइन देश र जनताका लागि केहि गर्नु भन्ने नेतृत्वको अभाव राज्यमा खड्कि रहेको  तितो सत्य हाम्रो सामु विद्यमान छ । इतिहासमा नाम लेखाउन समृद्ध नेपाल निर्माण गर्न विद्युत उत्पादन वितरणलाई समय सापेक्ष बनाउन सके मुलुकले चाहे जस्तो विकाशका मार्गमा उन्मुख हुन सक्ने थियो । हाम्रो जस्तो विकासान्मुख मुलुकहरुमा राजनीति के का लागि हुन्छ ? कहाँ कहाँ हुन्छ ? हामी आम नागरीक भुक्त भोगी छौँ । नेपाली नागरीक  कुनै पनि प्रकारका निरङकुश तानशाही शासन व्यबस्था लाई स्वीकार गर्न सक्दैनन् । तर प्रजातन्त्रको आवरणमा कुनै पनि छाडा तन्त्रलाई किमार्थ स्वीकार गर्न सक्दैनन् । नेपालमा हावा चलिरहेको हावामा पनि राजनीति हुन्छ भन्नेहरु एशिया महादेश मा  प्रशस्त भेटिन्छन् । गल्लि गल्लि, घरघर, हरेक व्यवसाय, उद्योग, मजदुर, विद्यार्थी, कर्मचारी, जहाँ जहाँ मानव बस्तीहरु छन् । त्यहाँ त्यहाँ राजनीति हुन्छ । राजनीति चिया गफमा होईन राजनीति मुलुक निर्माणमा हुनुपर्छ । मुलुक निर्माण गर्न साझा अवधारणा हुनु पर्दछ । 
राजनीतिक मेलमिलाप हुनु पर्दछ । राजनीति नागरीकको हार्दिकताका लागि हुनु पर्दछ । राजनीति विद्युत विकासका लागि, पर्याटन विकासका लागि, बैज्ञानीक कृषि प्रणालीका लागि , शिक्षाको सकारात्मक पहल कदमीका लागि, औद्योगीक विकासका लागि, नागरीकका शैद्धान्तिक अधिकारका  लगयाएका  सकारात्मकताका लागि हुनु पर्दछ । तर हाम्रो मुलुकको राजनीति व्यक्तिवादी, नातावादी, कृपाबादी, टुक्के बैठकेहरुको चाकरीवादी र अधिकारका नाममा भ्रष्टचारी प्रवृतिको हुनाहार विकाश भैरहेको तितो सत्य हाम्रो माझ छर्लङ्ग छ । राजनीति आवश्यकता हो अराजकता होईन । विभिन्न संघ संस्थाका नाममा उठाईने चन्दा देखि विभिन्न आवरणमा आउने माफियाहरुको चंगुलले मुलुक सकारात्मक राजनीति तर्फ अग्रणी छलाङ मार्न असमर्थ जस्तो भईरहेको छ आफ्नो मत द्धारा अराजकतावादीहरुलाई पाखा लगाई मुलुक निर्माणका अभियानमा दत्त चित्त हुनेहरुको मूल्याङ्कन पक्कै गरिरहेको होलान् । 
त्यो समय आए पछि प्रस्टिदै जानेमा दुविधा राख्नु पर्दैन । हाम्रो नेपाल उज्यालो नेपाल र राम्रो नेपालका लागि आम नागरिकका भावनाहरु कदर गर्दै जिम्मेवार निकाहरुले समयमा नै सचेत हुदै कार्यको थालनी गर्न ढिलाई गरिनु हुदैन ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago