भर्खरै

विद्युत चुहावट नियान्त्रणमा  गुणस्तरीय सामाग्रीको प्रयोग 

  • प्रकाशित मिति : Wed-15-Mar-2017
  • - भीमलाल श्रेष्ठ
title

नेपााल सरकारको उज्यालो अभियान सँगै काठमाण्डौ उपत्यका बाहेक पोखरा, चितवन आदि सहरी केन्द्रहरुमा लोडसेडिङ्ग अन्त्य भई सकेको छ ।  भारतबाट विद्युत आयत गरि प्राधिकरणले लोडसेडिङ्ग अन्त्य गरे सँगै बर्षेनी प्राधीकरणलाई घाटा हुने गरी भएको विद्युत चुहावट नियन्त्रणका लागि छानविन प्रकृया अगाडि बढाई विद्युत चुहावटमा सहयोग पु¥याई रहेका प्राधिकरणका कर्मचारीहरुलाई नियन्त्रणमा लिएर चुहावट नियन्त्रणमा कमी गर्न प्राधिकरण सफल भए पनि विद्युत चुहावट सामान्यतयःदुई किसिम बाट हुदै आएको छ । विद्युत चोरी गरी विद्युत चुहावट हुनु प्रमुख कारण हो भने गुणस्तरहिन सामाग्रीहरुको प्रयोग गर्दा हुने चुहावट अर्को कारण हो । सामान्यतय विद्युत चोरीबाट मात्र विद्युत चुहावट हुन्छ भन्ने धेरैको धारणा रहेको छ । तर वास्तबमा गुणस्तरीय सामाग्रीहरुको प्रयोग नगर्दा पनि विद्युत चुहावट हुने गर्दछ । संसारका विकसित देशहरुले प्रविधिमा ठूलो छलाङ मारि सक्दा पनी पनि नेपालमा भने गुणस्तरीय सामाग्रीहरु पाउन समेत कठिन रहेको छ । 
नेपालमा गुणस्तरीय सामाग्रीहरुको अभाव हुनुमा नेपाल एक गरिव मुलुक हुनु र यहाँको जनताको आर्थिक जीवनस्थर पनि निकै कमजोर हुनु हो । आधारभूत आवश्यकता समेत पूर्ति गर्न नसक्ने  अधिकांस नेपालीहरु प्र्राविधिक सामाग्रीहरुको प्रयोग गर्नुमा त आकाशको फल आखाँ तरी मर् भन्ने उक्ति युक्तिसँगत देखिन्छ । कतिपयले सामाग्रीहरुको प्रयोग गरे तापनि कम गुणस्तर हुने गरेका छन् । कम गुणस्तरका सामाग्रीहरुको प्रयोग गर्दा विद्युत चुहावट हुने मात्र होईन विद्युतजन्य दुर्घटना पनि हुने गरेको छ । पछिल्लो समयमा नेपालमा विद्युतजन्य दुर्घटनाहरु बढ्नुको प्रमुख कारण पनि गुणस्तरहीन सामाग्रीहरुको प्रयोग गर्नु हो ।

 सस्ता सामाग्रीहरु खोज्नु नेपालीहरुको बानी रहेको छ तर यसले निम्त्याउने दुर्घटनाका बारेमा भने हाम्रो सोच्ने बानी रहेको छैन । कम गुणस्तरका सस्तो सामाग्रीहरुको प्रयोग गर्दा लाखौको क्षती हुने गरेको छ । शिक्षा र प्राविधिक क्षेत्रमा विश्वले कयौँ फड्को मारीसक्दा पनि नेपालीहरुलाई कुन सामाग्री प्रयोग गर्दा के हुन्छ र कस्तो सामाग्री हो भन्ने बारेमा जानकारी नहुदा पनि कम गुणस्तरका सामाग्रीहरु प्रयोग गर्न बाध्य छन् । नेपालमा आयत हुने अधिकांस सामाग्रीहरु चिन बाट नै आयत हुने गर्दछ । चिनीयाँ सामाग्रीहरु कम गुणस्तरका हुन्छन् भन्ने धारणा रहे पनि चिनबाट आयत हुने सामाग्रीहरु सबै कम गुणस्तरका हुन्छन् भन्ने छैन । गुणस्तरीय सामाग्रीहरुको 
प्रयोगमा उपभोक्ता आफैँ सचेत हुनु पर्दछ । नेपाल सरकारले उपत्याका भित्र मात्र नभएर सम्पूर्ण जिल्लाहरुमा लोडसेडिङ अन्त्यका अभियन सुरु गरी रहेको छ । सरकारले सुरु गरेको  यो सकारात्मक अभियानमा जनताले पनि सहयोग गुर्नु आबश्क रहेको छ । बजारमा मानिसका सुविधाका निमित्त विभिन्न ब्राण्डका सामाग्रीहरु पाइन्छन् कतिपय गुणस्तर युक्त हुन्छन् भने कतिपय कम गुणस्तरका पनि  रहेका छन् ।  उपभोक्ताहरुले गुणस्तर विभागबाट स्वीकृत दिएका, कम विद्युत खपत गर्ने सामाग्रीहरुको प्रयोग गरेमा उपभोक्तालाई मात्र होइन देशलाई पनि ठूलो सहयोग पुग्दछ । देशमा भई रहेको विद्युत चुहावटका नियान्त्रण गर्नु सबैको कर्तव्य हो । अप्रत्यक्ष रुपमा हुने विद्युत चुहावटका लागि कम विद्युत खपत गर्ने, गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्न सकिन्छ । 

प्रतिक्रिया