भर्खरै

 इन्धनमा परनिर्भरता 

  • प्रकाशित मिति : Thu-16-Mar-2017
  • - रुपा तुलाधर
title

भूकम्प गएलगतै भारतले नेपालका लागि गरेको नाकाबन्दिले उपत्याका भित्र खाना पकाउने ग्यास र अन्य पेट्रोलीयम पदार्थ आयत नहुदा उपत्यका बासीहरुले ठूलो समस्या बेहुर्नु परेको घटना नर्बिसदै फेरी उपत्यका भित्र इन्धनको अभाव हुन थालेको छ ।   
मनिसका दैनिक जीवनका सुविधाका निमित्त विकास र विस्तार भएका विभिन्न यातायतका साधनहरुको काठमाण्डौ उपत्यका  भित्र अत्यधिक चाप रहेको छ । देश भित्रका ७५ ओटा जिल्लाकै बासिन्दाहरु बसोवबस रहेको काठमाण्डौ उपत्यका भित्र अत्याधिक जनघनत्व, मानिसको बाक्लो बस्ति र अव्यवस्थीत सुविधा युक्त सहर काठमाण्डौमा ट्राफिक व्यवस्थापनमा समेत निकै कठिनाइ हुने गरी वृद्धि भएका यातायतले मानिसको दैनीकिमा सहजता पु¥याएको छ भने सहरलाई दुषित पनि बनाउदै लगेको छ । यतायतले मानिसको दैनिकिमा सहजता प्रदान गरिरहदा यतायत सञ्चालनका निमित्त अत्यवश्यक पेट्रोलीयम पदार्थ को हाहाकार उपत्यका भित्र मच्चिन थालेको छ । नेपालमा खनिज पदार्थको सम्भावनाहरु प्रशस्त रहे पनि त्यसको उत्खनन नहुदा भारतबाट बर्षेनी अरबौँ रुपैयाँ बराबरको इन्धन नेपालमा आयत हुने गरेको छ । नेपालको जनघनत्व तथा यतायतको संख्या बढे सँगै इन्धनको आयतमा पनि वृद्धि हुदै गएको छ । सरकाले भारत सँग इन्धन आयत सम्वन्धमा विभिन्न सम्झौताहरु गरे पनि हाल उपत्यका भित्र सवारी साधन सञ्चालनका निमित्त आवश्य पेट्रोलीयन पदार्थको अभाव भएको छ । सरकाले पेट्रोलीयन पदार्थको आयतमा वृद्धि गरेको भने पनि उपभोक्ताहरुले पेट्रोलीयम पदार्थ सहज रुपमा प्राप्त गर्न सकि रहेका छैनन् ।  
दैनीक सवारीसाधनहरुमा यात्रा गर्ने बानी परिसकेको मानिसलाई घण्टौ सम्म पेट्रोल पम्पहरुमा लाइन बस्दा समेत उपभोक्ताले पेट्रोल तथा डिजेल पाउन सकेको छैन । यो समस्या उपत्यकामा मात्र नभएर उपत्यका बाहिर जिल्लाहरुमा पनि रहेको छ । मधेश आन्दोलन भएसँगै पेट्रोल तथा डिजेल नपाइने डरले उपभोक्त स्वयमले नै आवश्यकता भन्दा बढि पेट्रोलीयन पदार्थको खरिद गर्दा तथा पेट्रोलीयन पदार्थमा कालोबजारी गर्ने प्रवृतिले गर्दा उपत्यका भित्र पेट्रोलीयम पदार्थको अभाव हुन थालेको हो । उपत्यका भित्र बढेको पेट्रोलीयम पदार्थको माग न्युनिकरण गर्न आयल निगमले आयतमा वृद्धि गरेको भने पनि के उपभोक्तले सहज रुपमा इन्धन पाएका छन् त ? त्यस्तै आगामी दिनमा नेपालमा पेट्रोलीयम पदार्थको अभाव हुन नदिन कुल माग अनुसार भारतले पेट्रोलीयन पदार्थ प्रदान गर्न नसकेको खण्डमा नेपालले तेस्रो मुलुकबाट पनि इन्धन आयत गर्न सक्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार के नेपालमा पेट्रोलीयन पदार्थको अभाव नहोला त ? 
नेपाल भित्रनै इन्धनका विभिन्न स्रोतहरु भएर पनि त्यसको उपयोग गर्न नसकि नेपाल अन्य मूलुकहरुको गुलामी बन्नु परेका छ । विशेषत  छिमेकि मुलुक भारत सँग आश्रित हुनु परेको नेपाल भारत विना कुनै पनि कार्य गर्न नसक्ने अवस्थामा रहेको छ ।  नेपाललाई प्रकृतिले विविन्न किसिमका प्राकृतिक स्रोतहरुको उपहार प्रदान गरे पनि नेपाल भने त्यसको प्रयोग विना विदेशी मुलको शरणमा पर्नु परेको छ । यसरी सधै नेपाल अन्य मुलुकहरु संग निर्भर रहने हो भने नेपालको प्रगति शून्य हुने कुरामा दुई मत रहेको छैन । अहिलेको तत्कालीन आवश्यकता इन्धनको भए पनि हरेक क्षेत्रहरुमा नेपाल परनिर्भर रहनु परेको छ । तसर्थ नेपाल सरकार स्वयमले नै हरेक क्षेत्रमा आत्मानिर्भर रहनका लागि विशेष कार्य गर्नु पर्दछ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago