भर्खरै

विद्युत संसारको एक बर्ष

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - हरिराज वाग्ले पूर्व महासचिव, नेपाल बिद्युतीय ब्यवसायी महासंघ
title

विद्युत संसार (राष्ट्रिय साप्ताहिक) पत्रिकाले “राष्ट्र निर्माणमा एउटै संकल्प विद्युत र सौर्य ऊर्जा  पहिलो विकल्प” भन्ने नाराका साथ थालनी गरी आज १ बर्ष ब्यतित गरेको छ । विद्युतको क्षेत्रमा उत्पादन, वितरण र उपयोग तथा प्रयोग तर्फ हप्ता भरी भए गरेका खबरहरुलाई समेटी यस क्षेत्रका सरोकार वालाहरुलाई समग्रमा जानकारी गराउन यो पत्रिका केहीहद सम्म सफल भएको मैले महसुस गरेको छु । सायद बिद्युत क्षेत्रको पहिलो राष्ट्रिय पत्रिका नै यही “विद्युत संसार”पत्रिका हो कि जस्तो लाग्छ । २०७३ सालको पूर्व सन्ध्यामा थालनी भएको यो पत्रिकाले आज लोडसेडिङ अन्त्यहुनुमा पनि अदृष्य रुपमा अहम भूमिका खेलेको छ भन्दा अतियुक्ति नहोला । किनकी लोडसेडिङ भित्र लुकेका कुकृति र विकृतिहरुलाई यो पत्रिकाले उजागर गरिनै रह्यो । उर्जाका पक्षपाती उर्जा मन्त्री जनार्दन शर्मा र ने.वि.प्रा.का कुलमान जस्ता ब्यवस्थापकको भनाई गराइलाई प्रोत्साहन गर्दै आफ्नो पत्रिकामा स्थान दिलाउँदै गयो । उर्जा खपत कम गर्ने उपकरणहरुको जानकारी र प्रयोगको बारेमा जनमानसमा जनचेतना जगाउने काम गर्दै गयो जसको कारण १ बर्ष अगाडी आजको दिन १२ घण्टा लोडसेडिङ थियो भने आज प्राविधिक कारण बाहेक लोडसेडिङ छैन भन्दा पनि हुन्छ ।
विद्युत क्षेत्रको ब्यापरमा भएको अस्वस्थ प्रतिष्पर्धा, चोरी लगाएतका विकृतिलाई अंगाल्दै संवेदनशी जविद्युत क्षेत्रको सामानको गुणस्तर तर्फ ध्यान दिएकैछ । प्राविधिक तर्फको ज्ञानलाई समेटेको छ । विद्युतीय ब्यवसायी महासंघ, जिल्ला, नगर संघका गतिविधीलाइ पनि स्थान दिएकै छ । विज्ञापनको माध्यमबाट नयाँ उत्पादनको जानकारी सम्बन्धित सबैलाई गराएकै छ । यस क्षेत्रका विज्ञहरुको लेख, रचनाबाट पाठकलाई खुराकी पर्याएकै छ । एक बर्षे वामे सर्न लागेको एउटा बालक पत्रिकाले यति गर्नु कम होइन तापनी आफू भित्र रहेका कमी कमजोरीहरुलाई सुधार्दै लैजान सुझाब दिन चाहन्छु । समग्रमा भन्नु पर्दा यो पत्रिका विद्युत क्षेत्रका हामी जस्ता उद्योगी तथा ब्यापारी ब्यवसायीहरुको निम्ति एउटा दरिलो खुराक बनेको छ । जस्तोसुकै सजिलो अप्ठेरोहरुमा पनि कत्ति विचलित नभै अविछिन्न रुपमा पत्रिका प्रकाशित गरी प्रथम बर्ष पुरा गर्न सफल भएकोमा शुभकामना दिंदै आगामी अंकमा अझ परिष्किृत र परिमार्जित हुंदै जाओस्, यहि कामना गर्दछु ।

प्रतिक्रिया