भर्खरै

विश्व बजारमा क्रम्टन कम्पनीका फ्यान उपभोक्ताको पहिलो रोजाइ

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - जितेन्द्र बहादुर सिंह बजार व्यवस्थापक, जी.पी ट्रेडिङ कन्र्सन
title

नेपाल विद्युतीय सामाग्रीहरुमा आत्मा निर्भर बन्न नसकेको परिवेशमा नेपाली बजारमा विभिन्न ब्राण्डका आयातीत फ्यानहरु बजारमा प्रसस्त भेटिने गर्दछन् । नेपाली बजारमा पाईने कतिपय फ्यानहरु गुणस्तर युक्त रहेका छन् भने कतिपय न्युन गुणस्तरका पनि रहेका छन् । हाल नेपाली बजारमा पाइने विभिन्न कम्पनीका फ्यानहरु मध्ये क्रम्टन कम्पनीका फ्यानहरुले बाजारमा अब्बल स्थान ओगट्न सफल भईरहेका छन् । नेपालमा क्रम्टन कम्पनीका फ्यानहरु विगत ५ वर्ष देखि भारत बाट आयत हुदै आएको छ । छोटो समयमा नेपाली बजारको २८ प्रतिशत हिस्सा ओगट्न सफल क्रम्टन कम्पनीले त्रिवेणी समुहको जी.पी टे«डि∙ कन्र्सन सँग सहकार्य गर्दै आइरहेको छ । गुणस्तरीय सामाग्रीहरु बजारमा प्रदान गर्दै आएको जी.पी. ट्रेडिङ कन्र्सनका राष्ट्रिय बजार व्यवस्थापक जितेन्द्र बहादुर सिंह सँग गुणस्तरका सम्वन्धमा विद्युत संसारका सम्पादक भीमलाल श्रेष्ठले लिएको अन्तरवार्ताको केहि अंश :


क्रम्टन कम्पनी र जी.पी. ट्रेडिङ कन्र्सनका बारेमा बताई दिनुहोस् न ।
विश्व बजारमा नै अब्बल सावित हुन सफल क्रम्टनका फ्यानहरु नेपाली बजारमा धेरै पहिले देखि नै आए पनि लगभग ५ वर्ष देखी जी.पी टे«डिङ्ग कन्र्सनले क्रम्टनका फ्यान नेपाली बजारमा विस्तारित गर्ने क्रममा छ । इन्डियाको क्रम्टन कम्पनीले विद्युतीय विभिन्न प्रोड्क्टहरु उत्पादन गर्दछ, जसमा जी.पी. टे«डिङ्ग कन्र्सन फ्यान आयत गरि नेपाली बजारमा आफ्नो मजबुत स्थान बनाउन सफल हुदै आएको छ । 
विश्व बजारले नै रुचाएका क्रम्टनका फ्यान ग्राहकको रुची र चाहाना अनुसारका डिजाईनमा बजारमा  आएका छन् । जसमा हामीले नेपाली परिवेशलाई मध्यानजर गरी लो भोल्टेज र एन्टी डस्ट (धुलो नबस्ने) नामका फ्यान हाल बजारमा ल्याएका छौ । यसले नेपाली बजारमा उपयुक्त हुने हामीले विश्वस लिएका छौ । जी पी टे«डिङ्ग कन्र्सन मार्फत  नेपाली बजारमा विस्तारीत क्रम्टनका फ्यान  केही समय अघिमात्र हामीले गरेको एक अध्ययनले नेपाली बजारमा २८ प्रतिशत स्थान ओगट्न सफल भएको तथ्य पत्ता लगाएका थियौ । 


नेपालमा क्रम्टनका डिलर अवस्था कस्तो रहेका छ ?
हाम्रो मूल उद्देश्य भनेको नेपाली बजारमा गुणस्तरीय विद्युतीय सामाग्री भित्राउनु नै हो । यसै अनुरुप विश्व बजारमा ख्याती कमाउन सफल क्रम्टनका फ्यान ५ वर्ष देखी नेपाली बजारमा ल्याएका छौ । छोटो समयमा नै हामीले ग्राहकको मन जित्न सफल भएको छौ क्रम्टनका फ्यानहरु प्रयोग गर्ने उपभोक्ताहरु दिन प्रतिदिन बढ्दै गइ रहेको छ । जसअनुरुप हाल सम्म नेपालमा क्रम्टनका २० ओटा मास्टर डिलरहरु रहेका छन् भने ५० भन्दा बढी साना डिलरहरु रहेका छन् । 
गुणस्तरीय सामाग्रीहरुमा ग्राहकको साथ पाइन्छ भन्ने हामीले उदाहरण नै दिन सफल भएको छौ । किनभने हाम्रो कम्पनी मार्फत आएका क्रम्टनका फ्यान ग्राहकको मन जित्न सफल भएको छ जसमा गुणस्तरमा खोट लगाउने ठाउँ छैन् । जसले गर्दा नेपाली बजारमा क्रम्टनका डिलर बढ्ने हामीले विश्वस लिएका छौ ।  गत बर्ष हामीले गरेको अध्यान अनुसार काठमाण्डौ उपत्यकामा मात्र १ हजार भन्दा बढी संघ संस्थाहरुमा यस कम्पनीका फ्यान प्रयोग गरेको पाइएको थियो । यस बाट पनि प्रष्ट हुन्छ कि क्रम्टनका फ्यानहरु प्रति उपभोक्ताहरुको मोह बढ्दै गएको छ । 

क्रम्टन का प्रोडक्टहरु प्रति उपभोक्ताले विश्वस गर्ने आधारहरु के के हुन सक्छन् ?
अहिले नेपाली बजारमा विभिन्न कम्पनीका प्रोडक्टहरु भित्रि रहँदा क्रम्टन कम्पनी नै कसरी विश्वसनीय छ भन्ने कुरा सबै को मनमा उब्जिने स्वभाविक कुरा हो । क्रम्टन प्रोडक्टहरु विश्व बजारमा विस्तार भए सँगै यसको माग पनि बढि रहेको छ । क्रम्टनका प्रोडक्टहरुमा भएका गुणस्तरीयताले नै यसको माग बढेको हो । क्रम्टन कम्पनीका हरेक प्रोडक्टहरुमा प्रयोग हुने सबै प्रकारका जडित समाग्रीहरु आफैले उत्पादन गर्ने  गर्दछ । जडित सामाग्री तथा जडान कार्य पनि यसै कम्पनीले गर्ने भएकाले उत्पादीत समाग्रीहरु टिकाउ हुनका सथै गुणस्तर पनि रहेका छन् । यस कम्पनीका फ्यानहरुमा सत प्रतिशत कपर क्वायल र अल्मोनीयम बडिको प्रयोग गरिएको छ । प्रतिस्र्पधी नेपाली बजारमा क्रमटनका फ्यानहरुले करिब २८ प्रतिशत बजार ओगट्न सफल हुनु निकै खुसिको विषय हो । क्रम्टनका प्रोडक्टहरु प्रति अहिले सम्म गुणस्तरमा प्रश्न चिन्ह् आएको छैन । एक पटक प्रयोग गरे पछि पुन क्रम्टनका प्रोडक्टहरु खोज्न आउने उपभोक्ताहरु अत्याधिक रहेका छन् । 


जी.पी. ट्रेडिङ कन्र्सनका योजनाहरु के–के रहेका छन् ? 
जी.पी. टे«डिङ्ग कन्र्सनको मूख्य उदेश्य भनेको ग्राहकहरु माझ गुणस्तरिय इलेक्ट्रिकल सामाग्री बजारमा ल्याउनु रहेको छ । हामीले गुणस्तरीय प्रोडक्टहरु उत्पादन गर्ने, नेपाली बजार अनुसार योग्य कम्पनीहरु सँग सहकार्य गर्दै आएका छौ । अहिले बजारमा विभिन्न कम्पनीका सामाग्रीहरुको व्यापारमा उतारचढाव भइरहेको छ । जुन कम्पनीहरु पनि गुणस्तरीता रहदा सम्म टिकाउ हुने हो वा त्यस कम्पनीका प्रोडक्टहरुले बजार पाउने हो तसर्थ हामी छोटो अवधिका लागि मात्र कम्पनीलाई टिकाई राख्ने नभएर बजारमा कम्पनीका प्रोडक्टहरुलाई विस्तार गर्दै लामो समयसम्म बजार हिस्सा ओगट्ने ढंगले हामीले रणनीतिहरु बनाएका छौ । र सोही अनुरुप हामीले गुणस्तर प्रोडक्टहरु बजारमा ल्याएका छौ । उपभोक्ताहरु माझ गुणस्तरीय सामाग्रीहरु पु¥याउने तथा बजार विस्तर गर्ने हाम्रो योजनाहरु रहेको छ । 


गुणस्तरीय सामाग्री बजारमा ल्याउन नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्नु पर्ला ?
प्रविधिको विकास भए संगै नेपालमा विभिन्न मुलुकबाट विभिन्न कम्पनीका सामाग्रीहरु नेपाली बजारमा भित्रने गरेको छ । नेपालमा आयत हुने सबै प्रकारका सामाग्रीहरु गुणस्तर युक्त हुन्छन् भन्ने छैन । नेपालमा आयत हुने सामाग्रीहरुको गुणस्तर मापनका लागि नेपाल सरकारले हाल सम्म खास नीति अबलम्वन भने गरेको छैन । बजारमा पाईने विभिन्न ब्राण्डका सामाग्रीहरुको अस्वस्थ प्रतिस्प्रर्धा भई रहदा नेपाल सरकारले यसको नियमित अनुगमन गर्नु जरुरी रहेको छ । नेपाल सरकारले नेपाली बजारमा मात्र अनुगमन नगरेर भन्सारमा पनि अनुगमन गर्नु जरुरी रहेको छ । कुन देश बाट कस्ता सामाग्रीहरुको आयत हुन्छ ?, ति समाग्रीहरु गुणस्तरयुक्त छ छैनन् भन्ने जस्ता महत्वपूर्ण कुराहरुको अनुगमन सरकारले व्यवस्थीत ढंगले अनुगमन गर्नु पर्दछ । सरकारले गुणस्तरका सम्वन्धमा विशेष नीति ल्याउने हो भने अहिले बजारमा भई रहेको अस्वस्थ प्रतिस्प्रर्धा न्युनिकरण हुन सहयोग पु¥याउदछ । साथै यसका सम्बन्ध सरकार मात्र होईन व्यवसायी, संघ संस्थाले पनी ध्यान दिनु पर्दछ । 


नेपालमा के पूर्ण रुपमा लोडसेडिङ अन्त्य होला ?
अहिले काठमाण्डौ चितवन, पोखरा लगायतका सहरी क्षेत्रहरुमा लोडसेडिङ्ग अन्त्य भई सकेको छ । विगतका बर्षमा काठमाण्डौ उपत्यका भित्र हुने गरेको लोडसेडिङ्गले सम्पुर्ण उपत्यकाबासीहरु आजित भएका थिए तर त्यो समस्या अहिले समाधान भएको छ । सरकाले बढाएको यो कदम सरहानीय रहेको छ । यसै अनुरुप सरकारले आफ्ना कदमहरु अघि बढाउदै जाने हो भने जलस्रोतमा विश्वको दोस्रो धनी देश नेपालमा लोडसेडिङ्ग अन्त्य सम्भव रहेको छ । यसका लागि जनताहरुले पनि सरकारलाई कम विद्युत खपत गर्ने बल्बहरुको प्रयोग गर्ने अनावश्यक रुपमा विद्युतको दुरुपयोग नगर्ने  जस्ता कार्यहरु गरी सहयोग पुर्याउनु पर्दछ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
यस पत्रिका मार्फत सम्पूर्ण उपभोक्ताहरुलाई गुणस्तर सामाग्रीहरु प्रयोग गर्न आग्रह गर्दछु । गुणस्तरीय सामाग्रीहरु अन्य सामाग्री भन्दा केही महंगो हुने भए पनि कमसल खालका सामाग्रीहरु प्रयोग नगर्न र भावी दिनहरुमा हुने विद्युतजन्य दुर्घटनाहरु बाट सुरक्षित हुन गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्न आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago