भर्खरै

म इलेक्ट्रिसियन

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - चेतन सुवेदी,  रसुवा हाल काठमाडौं
title

म एक इलेक्ट्रिसियन हुँ । म विगत १० वर्ष देखि इलेक्ट्रिसियन पेशामा आबद्ध हुदै आएको छु । इलेक्ट्रिसियन पेशामा आबद्ध हुँदा सुरुवाती दिनहरुमा मलाई काम गर्न निकै कठिन भएको थियो । माध्यमिक तहको औपचारीक शिक्षा हासिल गरेर उच्च शिक्षा अध्ययनका लागि म काठमाण्डौ आईपुगेको हुँ । काठमाण्डौ उपत्यका भित्र बेरोजगारीको समस्य अहिले पनि रहेको छ र त्यस बेला पनि  थियो ।  मैले कुनै काम नपाउदा म निकै समस्यामा परेको थिए । मेरो गाउँको अग्रज दाजु  पनि यसै पेशामा संलग्न हुनुहुदो रहेछ उहाँले नै मलाई यस पेशामा संलग्न गराउनुभयो । उहाँले दिनुभएको ज्ञान र उहाँको सहयोगबाट नै म आज सम्म यस पेशामा संलग्न रहेको छु । 
विद्युत सँग सम्वन्धित जोखिम पूर्ण रहेको यो पेशामा काम गर्न निकै कठिन रहेको थियो ।  सुरुवाती दिनहरुमा तालिम नलिई म यस पेशामा संलग्न भएको हुँ । काम गर्ने क्रममा नै मैले यस सम्वन्धमा ज्ञान हाँसिल गर्दै 
गए । र अहिले पनि यसै पेशालाई निरन्तरता प्रदान गर्दै गइरहेको छु । कि पेरर जानिन्छ कि पढेर जानिन्छ भने जस्तै मैले यस पेशामा कुनै तालिम नलिई अग्रज दाजुहरुको सहयोग र विगतका अनुभवले म यहाँ सम्म आइपुगेको छु । मैले घर 
वायरीङ,  विद्युत प्रशारण लाईन  जस्ता क्षेत्रहरुमा कार्य गर्दै आइरहेको छु । म काम गर्ने शिलशिलामा काठमाण्डौ उपत्यका बाहेक काभ्रे, धादिङ, रामेछाप, विराटनगर लगायत १० जिल्लाहरु सम्म पुगेको छु । यो पेशामा प्रति सन्तुस्ट नै छु तर सरकारले इलेक्ट्रिसियन जस्तो जटिल पेशालाई भने खासै चासो दिएको देखिदैन । सरकारले इलेक्ट्रिसियनहरुको मर्म र कार्य अनुसार यस पेशा प्रति कुनै आवरण बनाएको छैन । सरकारले पेशामा संलग्न इलेक्ट्रिसियनहरुलाई तालिमको व्यवस्था गरेको छैन भने सुरक्षाका निमित्त पनि सरकारले कुनै पनि व्यवस्था नगर्दा इलेक्ट्रिसियनहरु समस्यामा परेका छन् । इलेक्ट्रिसियनहरुको मर्म अनुसार सरकारले नीति निर्माण गरिदिए यो पेशामा संलग्न इलेक्ट्रिसियनहरुलाई काम गर्न सहज र यो पेशा बढी  प्रभावकारी हुने थियो । 
विगत एक वर्ष देखि निरन्तर रुपमा प्रकाशित हुदै आएको विद्युत संसार साप्ताहिकले हामी जस्तो पेसा गत इलेक्ट्रिसियनको मनोभावना बुभ्दै इलेक्ट्रिसियनका विषयमा विविध ज्ञान तथा चेतना र सुचना दिन सफल भएको छ । विद्युत क्षेत्रलाई नै आफ्नो मुल कार्यक्षेत्र बनाई सुचना प्रभाह गरेको आज एक वर्ष पुरा भएको छ हामी इलेक्ट्रिसियनहरुको लागी गौरवको विषय हो । विद्युत संसार यसरी नै निरन्तर प्रकाशित होस् भन्ने शुभकामना दिन चाहान्छु ।

प्रतिक्रिया