भर्खरै

विद्युतीय सवारी साधन आजको आवश्यकता 

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - उमेशराज श्रेष्ठ अध्यक्ष, नेपाल विद्युतीय परिवहन संघ (इभान)
title

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिदै गएको मुल्य बृद्धि सँगै नेपालको कुल निर्यात व्यापार भन्दा बढि मात्रामा भइरहेको पेट्रोलियम पदार्थ आयातले देशको अर्थतन्त्रमा नकारात्मक असर पैदा गरेको छ । जसले एकातिर देशको मुद्रा बहिर्गमन र वैदेशिक परनिर्भरता बढाईरहेको छ भने अर्को तर्फ वातावरण प्रदुषण जस्ता समस्याहरु गम्भिर रुपमा देखिएका छन् । पेट्रोलियम पदार्थको बढ्दो प्रयोगको कारण विश्वव्यापी जलवायु परिवर्तन तथा यस्ता इन्धनका स्रोत समेत समाप्त हुँदै गएकोले विश्वमा वातावरण मैत्री सवारी साधनहरुको विकास तथा प्रयोग बढ्न थालेको छ । नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले सरकारले वातावरणमैत्री विद्युतीय सवारी साधनहरुको विकास तथा प्रर्वधनको लागि नीति कार्यक्रमहरु ल्याउनु आजको टड्कारो आवश्यकता हो । यद्यपि प्रदुषण रहित विद्युतीय सवारी साधन र खनिज इन्धनबाट संचालन हुने सवारी साधनलाई एउटै बास्केटमा राखेर हेर्ने नजरियाले सबैलाई चकित पारेको छ । 
यातायात क्षेत्रबाट हुने प्रदुषणलाई न्यूनिकरण गर्नको लागी निर्बिकल्प उपाय नै विद्युतीय सवारी साधनको प्रयोग हो । यस किसिमको सवारी साधन प्रयोग गर्दा स्वदेशमै उत्पादित विद्युतको प्रयोग गरि सञ्चालन हुने भएकाले मुद्रा बर्हिगमन हुन बाट जोगिने, रातको समयमा खेर जाने विद्युतको प्रयोग गरि सञ्चालन हुने, संचालन तथा मर्मत, सम्भार खर्च कम हुने, आर्थिक क्षेत्रमा टेवा पुर्याउन सक्ने र यातायातको क्षेत्रमा प्रयोग हुने इन्धनको संकटबाट बच्न सकिन्छ । त्यसैले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई बढाएर आत्मानिर्भर यातायात प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago