भर्खरै

गुणस्तरप्रति सरकारको बेवास्ता

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - गोपाल अग्रवाल, एनजी इलेक्ट्रिकल्स प्रा.लि.
title

नेपालमा पाइने स्विचहरु विभिन्न देशहरुबाट आयात हुने गर्दछ । आयातित स्विचहरु कुन देशबाट कस्ता स्वीच आयात हुन्छ भन्ने कुरामा सरकार स्पस्ट रहन सकेको छैन । विभिन्न मुलुकबाट आयत  हुने स्विच गुणस्तरीयताका आधारहरु तयार पार्न सरकार असक्षम रहेको छ । 
नेपाली बजारमा अहिले विभिन्न किसिमका स्विचहरु प्राप्त गर्न सकिन्छ ति सबै गुणस्तरीय छन् भन्ने छैन । गुणस्तर प्रति सरकारको खास धारणा    नहुदा बजारमा कम गुणस्तरीय जस्ता  विभिन्न किसिमका स्विचहरु पनि पाइन्छन् । उपभोक्ताले प्रयोग गर्ने स्विचहरु कस्ता छन् भन्ने कुरा स्वयम उपभोक्तालाई नै थाहा हुदैन । उपभोक्ताले उपभोग गर्ने स्विचहरुमा गुणस्तर कायम गर्न  ल्याव टेस्टको व्यवस्था गर्नु   पर्दछ । साथै कुनै पनि मुलुक बाट सामाग्रीहरु आयात गर्दा प्रमाणित सर्टिफिकेट ISI\ CE मापदण्ड अनिवार्य लागु गर्न जरुरी रहेको छ । भारतबाट आयत गर्दा अनिर्वाय ISI  र चीन बाट आयात गर्दा CE भएको सामाग्रीहरु भन्सार विन्दु बाट अनिर्वाय गराउन सके बजारमा गुणस्तरीय सामाग्रीले स्थान लिन र उपभोक्ताहरुको सुरक्षामा समेत ध्यान दिन सकिन्छ ।  कुन स्तरका सामाग्रीहरु आयात गरिदै त्यसमा पनि सरकारले ध्यान दिनु  पर्दछ । सरकारले बजारमा कस्ता स्विचहरु विक्रि वितरण हुदै छ भन्ने कुरामा पनि अनुगमन गर्नु पर्दछ । 
विद्युत सम्वन्धी समाचार प्रकाशन प्रशारण गर्दै आएको र छोटो समयमा नै बजारमा स्थापीत हुन सफल यो विद्युत संसार राष्ट्रिय साप्ताहिक एक वर्ष पुरा गर्न सफल भएको छ । आगामि दिनहरुमा पनि विद्युत सम्वन्धि समाचारहरुलाई उठाउँदै नेपालका सम्पूर्ण भूभागमा पुग्न सफल होस् भनि प्रथम बार्षिक उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

प्रतिक्रिया