भर्खरै

प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिनु बर्तमान समयको आवश्यकता

  • प्रकाशित मिति : Wed-19-Apr-2017
  • - माननिय सांसद रंजित कर्ण नेपाली कांग्रेस 
title

विद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय रहदै आउनुभएका युवा एवम् सरलव्यक्तित्वका धनि माननिय रंजित कर्ण देश र जनताका लागी सर्मपित व्यक्तिवका रुपमा परिचित हुनुहुन्छ । उहाँ औपचारिक रुपमा त्रिचन्द्र क्याम्पसको  स्ववियु सदस्या बाट राजनीतिक यात्रा सुरु गर्नु भई त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति, पुल्चोक इन्जिनियरीङ क्यापसका स्ववियु सचिव, स्ववियु सभापति तथा नेवि संंघकाकेन्द्रिय सदस्य, केन्द्रिय उपाध्यक्ष, केन्द्रिय महामन्त्रि समेत हुनुभएका  माननिय सांसद रञ्जित कर्ण सँग  ऊर्जाको अवस्था, यसको विकास तथा ऊर्जा विकासका लागि सरकारले गर्नु पर्ने कार्य सँग सम्वन्धित भएर विद्युत संसार राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलले गरेको कुराकानीको केही अंश ः  

नेपालमा ऊर्जा क्षेत्रलाई कसरी  विकास गर्न सकिन्छ र ऊर्जा नेपालका लागि कत्तिको आवश्यकता रहेको छ ?

नेपालमा ऊर्जा उत्पादनका लागि प्रचुर सम्भावनाहरु रहेका छन् । ६ सय भन्दा बढि साना तथा ठूला खोला, नदिहरुले भरिएको देश नेपाल विश्वमा नै जलस्रोतमा दोस्रो धनि मुलुकको रुपमा रहेको छ । अथाह प्राकृतिक स्रोत सम्पन्न नेपाल अन्य देशको तुलनामा निकै उर्वर भूमिका रुपमा रहेको छ । प्रकृतिक स्रोतहरु प्रशस्त मात्रमा भए पनि हामीले त्यसको सहि उपयोग गर्न नसक्दा नेपाल  पछाडि पर्दै गएको हो । नेपालमा जलस्रोतको क्षेत्रमा विकास गर्ने हो भने पनि नेपाल धेरै अगाडि बढ्न सक्दछ । जसरी हामीले सुन, चाँदी, हिरा, मोती लााई अमूल्य ठान्छौ त्यस्तै नेपालमा बग्ने नदीहरु  अमूल्य छन् । अहिले ति अमूल्य नदिहरु त्यसै खेर गइरहेका छन् । हामीले कुन चिज के हो ? कस्तो मूल्य रहेको छ भन्ने छुट्याउन नसक्दा हाम्रो देशको स्रोतहरु खेर गइरहेका छन् । बर्तमान समयमा विद्युतका क्षेत्रमा केहि प्रगति हुदै गए पनि अझै यो अपुग नै रहेको छ । ऊर्जा क्षेत्रको विकास गर्न अहिले विभिन्न मुलुकहरुबाट लगानी प्रतिवद्धताहरु आईरहेका छन् । ति लगानी प्रतिवद्धताहरुको सहि सदुपयोग राज्यले गर्नुका साथै अन्य क्षेत्रको पनि तिव्र विकास गर्नु पर्ने देखिन्छ । जलविद्युतको विकास गर्नु  वर्तमान समयमा अति आवश्यक रहेको छ । नेपालका अझै त्यस्ता ठाउँहरु छन् जहाँ विद्युत पुग्न सकेको छैन । पुगेका ठाउँहरुमा पनि लोडसेडिङ्गको समस्या हुने गरेको छ । केहि ठाउँ हरुमा लोडसेडिङ्ग अन्त्य भए पनि अझै धेरै ठाउँहरुमा लोडसेडिङ्ग अन्त्य गर्नु बाँकी नै रहेको छ । नेपालका दुर दराज सम्म विद्युत पुर्याउने हाम्रो अभियान जारी नै छ । यस सम्वन्धमा हामी निरन्तर कार्य गर्दै जान्छौ । 

नेताहरु नै लोडसेडिङ्ग अन्त्य गर्न दिएनन् भनि जनताहरुले भनि रहेका छन् यसमा के भन्नु हुन्छ ?

सरकार केहि कमजोर देखिए पनि नेताहरु नै लोडसेडिङ्ग अन्त्य गर्न दिएनन् भनि जनताहरुले आरोप लाएको जस्तो चाँहि मलाई लाग्दैन । लोडसेडिङ्ग अन्त्य गर्नु पर्छ भन्नेमा सबै दल तथा पार्टीहरुको एक मत रहेको छ । विकासका काम गर्दा केहि कसैले अवरोध पुर्याएको छैन । विद्युत क्षेत्रको विकासका लागि आर्थिक अवस्था अलि मजबुत हुने हो भने जलविद्युत आयोजनाहरु सम्पन्न गर्नका लागि धेरै लामो समय कुरी रहनु पर्दैन । यसका लागि राजनीतिक दलको आकांक्ष, लगाव र जनताको सहयोग आवश्यकता पर्दछ । पछिल्लो समयमा नेपालमा विद्युत क्षेत्रमा क्रमशः प्रगति हँुदै गएको हामी सबैले अनुभव गरिरहेका छौ । नेपालमा विद्युत क्षेत्रमा भएको प्रगतिका परिणाम स्वरुप विद्युत क्षेत्रमा संलग्न कर्मचारी तथा व्यवसायिहरुले विद्युत चोरी गरि चुहाबट बढाएको तथा कर्मचारीहरुले नै ठूला उद्योग व्यवसायिहरुसंग कमिसन लिने गरेको घटना सार्वजनिक भई सकेको छ भने अन्य ठाउँमा पनि विद्युत चोरीमा संलग्न हुने कर्मचारीहरुलाई नियन्त्रणमा लिने क्रम जारी रहेको छ । 

नेपाली कांग्रेस धेरै पटक सरकारमा आयो तर विद्युत क्षेत्रमा भने खासै प्रगति भने भएको देखिदैन नि यसमा के भन्नु हुन्छ ?

नेपाली कांग्रेस वि.स २०४६ साल देखि नै देशको विकास का निमित्त लागि पर्दै आएको छ । जलविद्युतका क्षेत्रमा अरुण तेस्रो ठूला जलविद्युत आयोजना लगायतका साना जलविद्युत आयोजनाहरु सम्पन्न गरि सकेको छ । त्यस्तै निजि क्षेत्रको लगानीबाट जलद्यिुत उत्पादन गर्ने नीति ल्याउने पनि नेपाली कांग्रेस नै हो । अहिले निजि क्षेत्रले जलविद्युत विकासमा लगानी गर्न पाएका छन् यसको मुख्य श्रेया पनि नेपाली कांग्रेसलाई नै जान्छ । निजि क्षेत्रको लगानिबाट धेरै स्थानमा हाईड्रोपावरहरु निर्माण भएका छन् । हामीले विद्युत क्षेत्रको विकासमा नेपाली जनताको लगानी भित्राउनका लागि विदेशीएका नेपालीहरुको पसिना लाई खेर जान नदिनका लगि रेमिट्यान्सबाट नै लगानी गर्न मिल्ने वातावरण बनाउदै छौ । यसबाट लगानी भित्राउन सक्यौ भने ३ हजार मेगावट भन्दा बढि विद्युत उत्पादन गर्न सक्छौ । त्यस्तै विद्युत क्षेत्रको विकासका लागि भारत, चीन लगायत अन्य देशहरुले पनि लगानी प्रतिवद्धता गरेका छन् ।प्रतिवद्धता अनुसार काम हुने हो भने जलविद्युत विकासमा कुनै अप्ठ्यारो छैन ।
 
विद्युत क्षेत्रको विकासमा कस्ता समस्याहरु देख्नुहुन्छ ?

८३ हजार मेगावाट जलविद्युत क्षमता रहेको नेपाल स्वदेशी तथा विदेशी लगानीहरु भित्रिए पनि उचित रणनीतिको अभाव रहेकाले विकासमा पछि पर्दै गई रहेको छ । कुनै एउटा आयोजना सम्पन्न गर्नका लागि लाइसेन्स लिनका लागि नै १ बर्ष कुर्नु पर्ने अवस्था नेपालमा रहेको छ भने विद्युत उत्पादन गरि सकेपछि पनि प्रसारण लाइन सम्म विद्युत आपूर्ति गर्नका लागि ट्रान्सर्फमरको अभाव हुने गरेको यसले गर्दा लगानी कर्ताहरुमा नैराश्यता सिर्जना हुने गर्दछ । त्यस्तै सुरक्षाको पनि अभाव हुने गरेको छ । यस्ता कमजोर पक्षहरुको निराकरण हामीले गर्न सक्यौ भने विद्युत क्षेत्रको विकास गर्न सक्छौ । 

तपाई मधेशको प्रतिनिधि हुनुहुन्छ, मधेशका जनता विजुली बत्ति बाल्न नपाउने समस्याबाट कत्तिको पीडित छन् ?   

नेपालको तराई मा मात्र होइन हिमाल, पहाड का ग्रामिण भेगमा पनि विजुलीको समस्या रहेको छ । विकासको प्रमुख पूर्वाधार विद्युतको विकास हुन नसक्दा नेपालीहरु निकै पछाडि परेका छन् । विशेषतः उद्योग धन्दाहरुको केन्द्रिय स्थान तराईमा पनि सम्पूर्ण भेगमा विजुली पुगेको छैन । यसले गर्दा तराईवासीहरुको जनजीवन निकै कठिन रहेको छ । गर्मी समयमा पंखा चलाउन विजुली नहुनु जाडोमा हिटर चलाउन विजुली नहँुदा कतिले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । तसर्थ हामीले विद्युत क्षेत्रको विकास का लागि हामीले पहल गरिरहेका छौ । देशलाई आघात नपुग्ने किसिमका हरेक विकासका लागि सबै राजनीतिक दल एक हुनु आवश्यक छ । 

नेपालमा प्राविधिक शिक्षाका विषयमा यहाको धारणा के रहेको छ ?

नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा अति आवश्यक रहेको छ । कोरा किताबी ज्ञानलाई प्राथमिकता दिनु भन्दा प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिनु वर्तमान समयको आवश्यकता रहेको छ । हामीले प्राविधिक तथा व्यवसायी शिक्षा प्रदान गर्ने हो भने आर्थिक उर्पाजनका लागि राम्रो वातावरण सिर्जना हुनुका साथै बेरोजगारीको समस्या पनि न्युनीकरण गर्न पनि सहयोग पुग्दछ । हामीले केहि समय अघि देखि प्राविधिक तथा व्यवसायिक शिक्षालाई कक्षा ८ देखि कक्षा १२ सम्म अनिवार्य गर्नु पर्नेमा जोड दिइ रहेका छौ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

हरेक क्षेत्रको विकासका लागि सबै राजनीतिक दल एक हुन तथा जनताहरुले पनि विकासका कार्यमा सहयोग गरिदिन आग्रह गर्दछु । साथै विद्युतीय क्षेत्रमा क्रान्ति ल्याउनका लागि विद्युत संसार राष्ट्रिय साप्ताहिक पत्रिकाले सहयोग पुर्याउने देखिन्छ । विद्युत सँग सम्वन्धित भएर प्रकाशन हुदै आएको यो पत्रिका सबैले पढ्नु आवश्यक रहेको छ र विद्युत संसार साप्ताहिक पत्रिकाको पहुँच देशभर पु¥याउन तथा सबैलाई पढ्न आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago