भर्खरै

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको नयाँ नेतृत्वले खेल्नु पर्ने भुमिका 

  • प्रकाशित मिति : Wed-19-Apr-2017
  • - भीमलाल श्रेष्ठ
title

नेपाल पत्रकार महासंघ शाखा २०५६ सालमा स्थापना भएको हो । नेपालभरका करिव १५ सय पत्रकारहरु आवद्ध रहेको यस महासंघ लाई प्रमुख नेतृत्वकर्ताका रुपमा मानिन्छ । नेपाली पत्रकारिता इतिहासमा नाम उच्च राख्ने वरिष्ट पत्रकारहरु किशोर नेपाल साथै अन्य वरिष्ट पत्रकारहरुले विजारोपण गरेको शाखा हो । यसर्थ वहाँहरु कृतज्ञ र धन्यावदका पात्र हुनुहन्छ ।नेपाल पत्रकार महासंघलाई एउटा श्रमजीवि पत्रकार नीति नियाम कार्यन्वयन गराउने काममा काठमाण्डौ शाखाको गहन भूमिका रहेको हामी सबैमा जगजाहेर नै छ । लोककल्याणकारी विज्ञापन २५ प्रतिशत वृद्धि, साना मिडियाहरुलाई भ्याट सम्वन्धि कार्यन्वयन पक्षमा विना भ्याट संचालनमा ल्याउनु पर्ने प्रावधान, भुकम्पको आपतकालीन अवस्थामा सबै भन्दा पहिला राहत वितरण कार्यक्रम, नाकाबन्दिको अवस्थामा पत्रकारहरुलाई विभिन्न संघ संस्था, मन्त्रालय र आयल निगमबाट कुपनको व्यस्था गरेर पत्रकारहरु लाई आवश्यक पेट्रोल, डिजेल प्रबन्ध गर्ने कार्य प्रति काठमाण्डौ शाखाले खेलेको भूमिका प्रति हामी सबैले धन्यवाद नदिई रहन सक्दैनौ । तर आज २१ औ शताब्दिमा आईपुग्दा काठमाण्डौ शाखाले अझ गहन जिम्मेवारी वहन गर्दै श्रमजीवि पत्रकारहरुको निमित नयाँ नेतृत्वले निम्नानुसार कार्य गर्नु पर्ने देखिन्छ ः
१. नेपाल पत्रकार काठमाण्डौ शाखाको आफ्नै भवन बनाउन पहल गर्नु पर्ने ।
२. श्रमजीवि पत्रकारलाई आवश्यक जानकारी गराउनन सुचना केन्द्रको स्थापना गर्नु पर्ने 
३. प्राविधिक तालिम प्रदान गर्नु पर्ने ।
४.महासंघको संस्थागत सुधार गर्नु पर्ने ।   
५. महासंघमा आवद्ध सदस्यहरुको नामावली अभिललेख कम्प्युटराइज गर्नु पर्ने
६. महासंघको आर्थिक कारोबार बैंकिङ प्रणाली बाट गर्नु पर्ने
७. महासंघको आफ्नै वेयभसाईट संचालन गर्नु पर्ने
८. पत्रकार दुर्घटना विमा लाई थप व्यवस्थित बनाउन पहल गर्नु पर्ने
९. महासंघको आर्थिक प्रतिवेदन ३÷३ महिनामा सार्वजनिक गर्नु पर्ने 
१०. महासंघले राजनीति नेतृत्व भन्दा नीतिको नेतृत्व गराउन पहल गर्नु पर्ने
११. महासंघले सामाजिक कार्य कम्तिमा बर्षको २ पटक संचालन गर्नु पर्ने
१२. महासंघमा आववद्ध पत्रकारहरुलाई भैपरि आउने अक्षयकोष खडा गर्नु पर्ने
१३. श्रमजीवि पत्रकारहरुलाई संचार जगत्का सुरक्षा पेशागत हकहितको 
सुरक्षा, नेपाली वृद्धि, सम्मान र मर्यादामा राख्न पहल गर्नु पर्ने ।
यी माथिका बुदाहरुलाई कार्यान्वयन पक्षमा ल्याउन नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले १० औँ अधिवेशन बाट सफल नेतृत्वदायी, श्रमजीवि पत्रकारहरुको हकमा कार्य गर्न सक्ने प्रतिभावान व्यक्ति चयन गर्न सकोस्, तेरो र मेरो भन्ने भावना बाट टाढा भई हाम्रो महासंघ हो भन्ने नेतृत्वलाई सर्वसम्मत गर्न सके काठमाण्डौ शाखाको गरिमा अझ उचो हुने थियो ।  अझ ऊर्जा र हौसला प्रदान गर्न सक्ने व्यक्तित्व चयन वर्तमान अध्यक्ष गोविन्द प्रसाद चौलागाईको प्रमुख भुमिकालाई मध्यनजर गर्दै घनिभुत रुपमा सफल होस् नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको विजय नै श्रमजीवी पत्रकारहरुको विजय हो भन्नुमा कुनै दुइमत नहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago