भर्खरै

अस्ताउदो लोडसेडिङ्ग

  • प्रकाशित मिति : Sun-23-Apr-2017
  • - शिखर श्रेष्ठ
title

सात महिना अघि सम्म अत्याधिक लोडसेडिङ्गको भार  खेपेको काठमाण्डौ उपत्याकाले राजनीतिक व्यवस्था परिर्वतन भए सँगै दिनहु १८ घण्टा सम्म हुने लोडसेडिङ्गको समस्याबाट उन्मुक्ति पाएको छ । देशलाई परिवर्तनको दिशा तिर लैजाने उद्धेश्यका साथ अहिले काठमाण्डौ उपत्याकामा मात्र नभएर देश भर लोडसेडिङ्ग अन्त्य अभियान सफलता तर्फ अगाडी बढीरहेकोे छ । काठमाण्डौ, गोरखा चितवन र पोखरामा लोडसेडिङ्ग अन्त्य भई सकेको छ । लोडसेडिङ्ग अन्त्य अभियान क्रमिक रुपमा अघि बढ्दै गई रहेको अबस्थामा प्राधिकरण धन्यवादको पात्र बन्न पुगेको छ । लोडसेडिङ्ग अन्त्य भए पश्चात मुलुक अब विकासको बाटो तर्फ लम्कन लागेको हो कि भन्ने आश जनताहरुमा पलाएको छ । नयाँ आशा, अपेक्षा सहित अहिले नेपालमा नौलो परिवेशकको सिर्जना बन्न पुगेको छ । विकासका दृष्टिले पछि  परेको नेपाल दिगो विकासका रुपमा तत्कालिन अबस्थामा लोडसेडिङ्ग मुक्त अभियान सञ्चालन हुनु अन्धकार भित्रको चिराग सावित भएको छ । लोडसेडिङ्ग अन्त्यले आम मानिसहरुमा नयाँ उत्साह थपिएको छ भने सरकार प्रति जनताले विश्वास गर्ने आधार पनि बदलिएकोे छ । सरकारले अहिलेको अबस्थामा “नेपालको पानी जनताको लगानी” जस्ता कार्यक्रम जनता माझ सकारात्मक अवसरको रुपमा बन्न पुगेको छ ।

उचित व्यवस्थापन र चुहावट नियन्त्रणका कारण काठमाण्डौ

उपत्यका सहित नेपालका मूख्य सहरी केन्द्रहरुमा

लोडसेडिङ्ग अन्त्य हुनुले देशको अर्थतन्त्रमा नै

सुधार हुन पुगेको छ ।


लामो समय देखि लोडसेडिङ्गको मार खेप्दै आएको काठमाण्डौमा लोडसेडिङ्ग अन्त्य अभियान सञ्चालन गर्नका लागि धेरै कठिनाईहरुलाई छिचोल्नु परेको थियो । कतिपयले लोडसेडिङ्ग अन्त्य हुन नसक्ने भनि आलोचना समेत गरे पनि अन्ततः  उचित व्यवस्थापन र चुहावट नियन्त्रणका कारण काठमाण्डौ उपत्यका सहित नेपालका मूख्य सहरी केन्द्रहरुमा लोडसेडिङ्ग अन्त्य हुनुले देशको अर्थतन्त्रमा नै सुधार हुन पुगेको छ ।

लोडसेडिङ्ग अन्त्य भए पश्चात संचालित उद्योगहरु घाउमा मलम लगाए सरह भएको छ भने उद्योगधन्दाहरुले आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको छ  । सिमेन्ट, रड, फर्निचर उत्पादन गर्ने उद्योगहरु लोडसेडिङ्ग अन्त्य हुनु पूर्व आफ्नो क्षमताको आधा भन्दा पनि कम उत्पादन गर्दै आएका उद्योगहरु लोडसेडिङ्ग अन्त्य भए पश्चात पूर्ण क्षमतामा उत्पादन गर्दै आएका छन् । लोडसेडिङ्ग अन्त्यले अहिले नेपालमा उद्योगधन्दाहरु स्थापना गर्न इच्छुक व्यवसायिहरुले उद्योग धन्दा सञ्चालन गर्ने क्रम पनि बढी रहेको छ । लोडसेडिङ्ग अन्त्यले उद्योगधन्दाहरुलाई मात्र नभएर सम्पूर्ण उपभोक्ता समेतलाई फाईदा पुर्याएको छ । राजधानीमा बसेर पनि विहान बेलुका नै अन्धकारमा बस्नु उपत्यका बासीहरुको समस्या पूर्ण रुपमा समाप्त भईसकेको छ । जसको सरकार निमार्ण भए पनि अस्थिर राज्य शासन प्रणाली र एक अर्काको खुट्टा तान्ने प्रवृतिका कारणले कुनै पनि विकासले दिगो रुप लिन नसकेको अवस्थामा गत भदौमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति भएका कुलमान घिसिङले आफ्नो कार्यकालको छोटो समयमा  आफ्नो क्षमता देखाउन सफल भएका छन् । उनकै कार्य व्यवस्थापन शैली र योजना अनुरुप नै देश भर लोडसेडिङ्ग अन्त्य गर्ने योजना अघि बढेको हो । नेपालमा पूर्ण रुपमा लोडसेडिङ्ग अन्त्य नहुदा सम्म वा नेपालमा विद्युत उत्पादन प्रभावकारी ढंगले नहुदा सम्म विद्युत आयात गरी विद्युत भार कटौती गर्ने उनको रणनीति देखिन्छ ।

उनको रणनीतिले उनलाई मात्र होईन मुलुकलाई नै सफल बनाएको छ । अहिले प्राविधिक समयमा देश लोडसेडिङ्ग मुक्त हुदै जादा विभिन्न क्षेत्रको विकास हुने देखिन्छ । विकसित मुलुकको विकास हेर्ने हो भने पनि जलविद्युमा विकास भए पश्चत मात्र अन्य विकासले तिब्र रुप लिएको पाईन्छ । तसर्थ जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक रहेको नेपालमा जलविद्युका क्षेत्रमा  विकास हुनु नितान्त आवश्यक रहेको छ । अहिले जलविद्युतका क्षेत्रको दिगो विकास का लागि सरकारले ल्याएको रणनीतिले विद्युत क्षेत्रको विकास हुनेमा सम्पूर्ण नेपालीहरु आश्वस्त रहेका छन् । सरकारले जलविद्युत क्षेत्रमा अझ योजनावद्ध रुपमा विकास गर्न जरुरी रहेको छ  । सरकारको योजनाहरु केवल सहर केन्द्रित मात्र नभएर विकट ग्रामीण भेगको समेत विकास हुने गरि विकेन्द्रिकृत विकास नीति अपनाउन जरुरी रहेको छ । नेपालमा अझै त्यस्ता ठाउँहरु छन् जहाँ अहिले सम्म सञ्चार, विजुली, सडक पुग्न सकेका छैन मूख्यतः त्यस्ता क्षेत्रलाई आधार बनाएर सरकारले विकास नीति अवलम्वन गर्नु पर्दछ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago