भर्खरै

व्यवस्थापन पक्ष सवल भएकाले नै लोडसेडिङ्ग अन्त्य भएको हो

  • प्रकाशित मिति : Wed-26-Apr-2017
  • - सांसद अनिता परियार 
title

जीवनका हरेक समस्याहरु सँग सिगौरी खेल्दै, वद्रोहका आवाज उठाउदै आउनु भएका माननिय सांसद अनिता परियार सात कक्षा अध्ययन गर्दा गर्दै राजनीतिमा संगलग्न हुनु भएको थियो । सामाजिक तथा पारिवारीक समस्याहरुलाई चिर्दै आउनु भएका उहाँ महोत्तरि जिल्लाको लक्षमियामा वि. स. २०३८ सालमा जन्मनु भएको थियो । क्रान्तिकारी अनेरास्ववियु बाट राजनीतिक यात्रा सुरु गर्नु भएको उहाँ पार्टिको सेक्युरेटि, जनमोर्चा नेपालको इन्चार्ज समेत हुनु भएको थियो । माओवादी पार्टीमा अत्यान्तै लगाव सांगाठनिक जिम्मेवारी सम्हालेका सफल नेत्री परियार सँग नेपालको विद्युतको अवस्था र गुणस्तर विद्युतीय सामाग्रीका सन्र्दभमा विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलले गर्नु भएको कुराकानिको केहि अंश ;

नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि कस्ता रणनीतिहरु अपनाउनु पर्ला ?

प्राकृतिक स्रोतहरुले भरिपूर्ण नेपाल प्रशस्त मात्रामा नदी नालाहरु रहेको छ । हिमालको कोखबाट बग्ने यहाँका नदीहरु जलविद्युत उत्पादनका लागि उपयुक्त रहेको छ । नेपालको प्राकृतिक भू वनावट र प्रशस्त मात्रमा रहेका नदीनालाहरुबाट अत्याधिक मात्रामा जलविद्युत उत्पादन गर्न सक्ने सम्भाव्यता रहेको छ । जलविद्युत उत्पादनका क्षेत्रमा उत्पादनसँग सम्वन्धि आवश्यक नीति तर्जुमा गरीनुका साथै ल्याईएका योजनाहरु समयअवधि भित्र नै सम्पन्न गर्न सक्ने वातावरण सिर्जना गर्न सक्ने हो भने जलविद्युत विकास मा ठूलो राहात पुग्दछ । हामी सँग भएका तीव्र गतिशील नदीहरु कतिपय सम्पन्न भनिएका मुलुकरुमा समेत रहेको छैन । यहाँ भएका स्रोतहरुको उचित प्रयोग गर्ने हो भने देशमा आर्थिक वृद्धि, रोजगारी अभावको न्युनिकरण हुनका साथै युवाहरु विदेश पलायन हुनु पर्ने अवस्थाको समेत अन्त्य हुनसक्दछ । तात्कालिन अवस्थामा उपत्यका सहित विभिन्न स्थानमा लोडसेडिङ्ग अन्त्य गर्ने  हाम्रा अभियान चलिरहेको छ । यसलाई निरन्तरता दिई ऊर्जा क्षेत्रको विकास गर्नु हाम्रो योजना रहेको छ । 

अहिले लोडसेडिङ्ग अन्त्य हुनुमा भारतको मूख्य भूमिका रहेको छ भन्ने सुनिन्छ नि, यसमा के भन्नु हुन्छ ?

छिमेकि मुलुक भारतले नेपाललाई अहिले मात्र होईन पहिले देखि नै विद्युत प्रदान गर्दै आाएको छ  । तराईका कतिपय सिमावर्ति जिल्लाहरुमा भारतबाट नै विजुलि खपत गरिदै आएको छ । पहिले देखि नै नेपालले भारत बाट विजुली खपतन गर्दै आए पनि वर्तमान समयमा लोडसेडिङ्ग अन्त्य हुनुमा व्यवस्थापन पक्ष सवल हुनुनै प्रमुख कारण रहेको छ । लोडसेडिङ्ग अन्तयका लागि कुलमान घिसिङले अपनाउनु भएको  उचित व्यवस्थापनले आज देशभर नै लोडसेडिङ्ग अन्त्यको अभियान चलिरहेको छ । लोडसेडिङ्ग अन्त्यका लागि घिसिङले दिनुभएको योगदानलाई हामीले सम्मान गर्नै पर्छ । काठमाण्डौ उपत्यकामा लोडसेडिङ्ग अन्त्य भए पश्चात अन्य जिल्लाहरुमा पनि लोडसेडिङ्ग अन्त्य गर्नु पर्छ । लोडसेडिङ्ग अन्त्य गर्नमा भारतको केहि भूमिका रहे पनि भरतले नै लोडसेडिङ्ग  अन्तय गरिदिएको हो भन्न चाहि मिल्दैन । अहिलेको सरकारको व्यवस्थापन पक्ष सवल नभएको भए नेपालमा लोडसेडिङ्ग अन्त्य भने हुने थिएन । 

 लोडसेडिङ्ग अन्त्य गर्नका लागि के कर्मचारी नै बाधक भएका हुन् त ?

देश विकासका निमित्त कार्य गर्ने कर्मचारी बाधक होईनन् । इमानदारी पूर्ण कार्य गर्नु कर्मचारीको कर्तव्य हो । इमानदारी पूर्ण काम गरेको खण्डमा सफलता पाउने निश्चित रहेको हुन्छ । लोडसेडिङ्ग अन्त्य गर्ने क्रममा पनि कर्मचारी बाधक भएका होईनन् । आवश्यक नीति नहँुदा वा दुर दृष्टि अवलम्वन गर्न नसक्दा विगतमा लोडसेडिङ्ग अन्त्य हुन नसकेको हो । 

विद्युतसँग सम्वन्धित भएर कार्य गर्ने मजदुरहरुको सुरक्षा निम्ति कस्ता व्यवस्था गर्नु पर्ला ?

विद्युत क्षेत्रसँग सम्वन्धित भएर कार्य गर्नु एकदमै जटिल पूर्ण कार्य हो । अहिले समयमा विद्युत सबैका लागि अति आश्यक रहेको छ तर विद्युत उचित तरिकाले उपयोग गर्न नजान्दा विद्युतले ज्यानै समेत पनि लिन सक्दछ । त्यसैले यो जोखिमपूर्ण कार्यका रुपमा रहेको छ । यस सँग सम्वन्धित भएर कार्य गर्ने इलेक्ट्रिसियनहरुले सुरक्षका सम्वन्धमा विशेष ध्यान दिन जरुरी रहेको छ । यसका लागि सीप,तालिमको व्यवस्था  गरिनुका साथै सुरक्षा सम्वन्धि चेतना अभिवृद्धि गर्नु आगवश्यक छ । इलेक्ट्रिसियन पेशामा आवद्ध रहेका इलेक्ट्रिसियनहरुलाई लाईसेन्सको व्यवस्था गर्नु आजको आवश्यकता रहेको छ ।

नेपालमा आयात हुने इलेक्ट्रिक सामाग्रीको गुणस्तर परीक्षण गर्नका लागि अहिले सम्म  टेष्ट ल्याव व्यवस्था रहेको छैन यसमा के भन्नु हुन्छ ?

नेपालमा विभिन्न मुलुकहरुबाट इलेक्ट्रिक सामाग्रीहरुको आयात हुने गरेका छन् । विभिन्न मुलुकबाट आयात हुने सामाग्रीहरु कुन गुणस्तरीय हो वा कुन गुणस्तर हिन रहेका छन् भनेर परीक्षण गर्नका लागि टेष्ट ल्याबको व्यवस्था हुनु आफैमा दुःखद पक्ष रहेको छ । सामाग्रीहरु गुणस्तर युक्त छ कि छैनन् भनि परीक्षण नगरी बजारमा ल्याइएका सामाग्रीहरुको प्रयोग गर्दा विभिन्न विद्युत जन्य दुर्घटना बढ्न सक्दछ । अहिले  विभिन्न संघ संस्थाहरुले टेष्ट ल्यावको व्यवस्था हुनु पर्दछ भन्ने आवाज उठाई रहेका छन् । र टेष्ट ल्यावको व्यवस्था गर्नु जनहितका लागी पनि उपयुक्त रहेकाले हामी नेपालमा विद्युतजन्य सामाग्रीको गुणस्तर परीक्षण गर्न टेष्ट ल्याबको व्यवस्था गर्न पहल गर्ने छौ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

यस पत्रिका मार्फत म सम्पूर्ण जनताहरुलाई गुणस्तरीय सामग्रीहरुको प्रयोग गर्न आग्रह गर्दछु । विद्युत क्षेत्रसँग सम्वन्धित भएर प्रकाशन हुँदै आएको यो पत्रिका पहिलो पत्रिका हो । विद्युत क्षेत्रसँग सम्वन्धित भएर प्रकाशन हुदै आएको यो पत्रिका सम्पूर्ण नेपालीहरुले पढ्नै पर्ने पत्रिकाका रुपमा रहेकोले यो पत्रिकाको प्रगतिको कामना गर्दछु । 

प्रतिक्रिया