भर्खरै

समृद्ध देश निर्माण विद्युत विकास एक आधार

  • प्रकाशित मिति : Wed-03-May-2017
  • - प्रदिप श्रेष्ठ
title

प्रकृतिको अनुपम उपहार नेपाल विश्वमा  जगत्मा नै परिचत रहेको छ । भुक्षेत्र को आधारमा नेपाल सानो मुलुकका रुपमा रहेपनि प्राकृतिक रुपमा निकै सम्पन्नशाली रहेको छ । विश्वमा पाईने प्रया सबै प्रकारका हावा पानी पाईने नेपाल प्राकृतिक स्रोतहरुले भरीपुर्ण रहेको छ । नेपालमा रहेको विश्वकै अग्ला हिमशिखर, हिमालकै कोखबाट बग्ने असंख्या नदीहरुले घेरीएको नेपाल अवान्छनीय रहेको छ । सानो मुलुक भए पनि विश्वको नै सर्वोच्च शिखर सगरमाथा तथा विश्वमा नै जलस्रोतमा दास्रो धनी देशको रुपमा परिचत छ । यहाँका असंख्या वेगावान नदीहरुले प्रचुर मात्रामा विद्युत उत्पादन गर्न सक्ने क्षमता बोकेको छ । यहाँ बग्ने नदीहरुले करिव ८३ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्दछ । तर विडम्वना नेपालको ८३ हजार मेगावट विद्युत उत्पादन गर्न सक्ने क्षमता रहे पनि त्यसको १.५प्रतिशत पनि विद्युत उत्पादन हुन सकेको छैन । यसले गर्दा नेपाल विकासका दृष्टिले भने निकै पछि पर्दै गएको देखिन्छ । यहाँ सम्भावना र स्रोतहरु प्रसस्त मात्रामा रहेको पनि त्यसको प्रयोग विना नेपालले विकासको गति लिन सकिरहेको छैन । यदि नेपालमा भएका प्राकृतिक स्रोतहरुको भरपुर प्रयोग गर्ने हो भने नेपाल समृद्ध देशको रुपमा रहन सक्दछ । नेपालमा भएका प्राकृतिक स्रोतहरु मध्ये जलविद्युतको मात्रै उत्पादन गर्ने हो भने पनि नेपालको आर्थिक विकास मा ठूलो मदत पुग्दछ । तर नेपालमा रहेको अस्थायी शासन व्यवस्था, राजनीतिक खिचातानीका कारण विकासले तिव्रता लिन सकेको छैन । अन्या विकसित दशको तुलनामा प्राकृतिक स्रोतले सम्पन्न रहेको नेपालको विकास गर्नका लागि धेरै चुनौतीहरुको सामना गर्नु पर्ने देखिदैन । नेपाल लाई विकास तर्फ उन्मुख गराउनका लागि राजनीतिक स्थिरता तथा शासन व्यवस्थापन पक्ष सवल हुनु पर्ने देखिन्छ । 


जलविद्युत क्षेत्रमा प्रशस्त सम्भावना रहेको नेपाल पछिल्लो समयमा विद्युतका क्षेत्रमा उल्लेखनीय विकास हुदै गएको छ । नेपालमा लोडसेडिङ्ग अन्त्य अभियान सुरु भएसँगै विभिन्न जलविद्युत आयोजनाहरु पनि अगि बढ्दै गएको छ । यसले नेपालको जलविद्युत क्षेत्रमा केहि मात्रामा भए पनि विकास हुने सम्भावना देखिएको छ । यदि सरकारले जलद्यिुतको क्षेत्रमा विकास गर्ने हो भने नेपालको विद्यत अन्या देशमा निर्यात गरी देशको आर्थिक अवस्थामा वृद्धि गर्न सकिन्छ । जलविद्युतबाट भएको आर्थिक उपार्जनले पनि अन्य क्षेत्रको विकास गर्न सहयोग पुर्याउँदछ । त्यसैले जलविद्युत समृद्ध देश निर्माणको एक आधार हो । अहिले  नेपालको जलविद्युत क्षेत्रका विकासका लागि विदेशी लगानीहरु पनि भित्रने क्रम जारी रहेको छ । जलविद्युतको विकासका लागि भित्रिएका लगानीहरुलाई उचित ढंगबाट प्रयोग गर्नुका साथै आगामी दिनहरुमा अझ बढी विदेशी लगानी भित्राउन सक्ने उचित वातवरणको सिर्जना गर्नु पर्दछ । त्यस्तै विद्युत क्षेत्रकै विकासका लागी लगानी गर्न इच्छ गर्न इच्छुक स्वदेशी लगानीकर्ताहरु पनि बढिरहेको छ । यसलाई पनि सरकारले ध्यान दिदै लगानी मैत्री वातावरणको सिर्जना गर्नु आवश्यक रहेको छ । जलविद्युत क्षेत्रमा गर्न सकिने विकासले देशलाई नै एउटा समृद्धिको बाटो तर्फ डो¥या उँदछ भने अन्या विकासमा समेत टेवा पु¥याउदछ  । जलविद्युत उत्पान गरी नेपालले देशभर लोडसेडिङ्ग अन्य गर्ने हो भने उद्योग धन्दाहरुको विकास भई देशलाई आत्मानिर्भ बनाउन सहयोग पुग्दछ । त्यस्तै विद्युत उत्पादन गरी  विदेशमा विद्युत निर्यात गर्नाले आर्थिक उपार्जन गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछ ।

प्रतिक्रिया