भर्खरै

‘विद्युत क्षेत्रको विकास नै देशको मेरुदण्ड हो’

  • प्रकाशित मिति : Wed-03-May-2017
  • - माननिय सांसद रश्मी ठाकुर, नेपाली काँग्रेस
title

सानै उमेर देखि नै राजनीतिमा सक्रिया भुमिका निर्वाह गर्दै आउनुभएकामाननिय सांसद रश्मी ठाकुर वि.स २०६४ सालदेखि औपचारीक रुपमा शंकरदेव क्याम्पसबाट राजनीतिक यात्रा प्रारम्भ गर्नु भएको थियो । बुबा जिउदा सहिद अरविन्द ठाकुर का प्रभावमा राजनीतिमा होमीनुभएको उहाँ धनुषा क्षेत्र नं. ३ का सांसदका रुपमा हुनुहुन्छ । नेपाली काँग्रेसका  माननिय सांसदका रुपमा रहनुभएका उहाँ सँग नेपालको ऊर्जा विकास सँग सम्वन्धित भएर  विद्युत संसार राष्ट्रिय साप्ताहिकका  प्रधान सम्पादक रामप्रसादपौडेलले गर्नु भएको कुराकानीको केही अंश ः


नेपालमा विद्युत विकासका लागि कस्ता कस्ता कदम चालिनु पर्दछ ?

जलस्रोतमा विश्वकै दोस्रो धनी देश नेपाल यहाँ जलविद्युतको प्रशस्त सम्भावनाहरु रहेको छ । प्रशस्त नदीनादाहरुले भरिएको नेपाल प्राकृतिक स्रोतहरुमा निकै सम्पन्न रहेको देश  हो । यहाँ विकास गर्नेका लागि प्राकृतिक स्रोत पूर्ण रहेको छ तर आर्थिक कमजोरी सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ । आर्थिक अवस्थामा केही मात्रामा सुधार गर्न सक्ने हो भने ऊर्जाले समुन्नतल राष्ट्र निमार्णमा अग्रणि भुमिका खेल्द छ । विद्युत क्षेत्रको विकास नै देशको मेरुदण हो । विद्युत विकासका लागि स्वदेशी तथा वीदेशी लगानी प्रतिबद्धता आउने क्रम पनि जारी नै रहेको छ । नेपालमा विद्युतको सम्भावनना देखेर नै विद्युत विकासका लागि पछिल्लो समयमा लगानी प्रतिवद्धता पनि बढ्दै गएको छ । नेपालमा जलविद्युतका विकासका लागि लगानी भित्रि रहदा सरकार स्पष्ट ढंगले नीति निर्माण गर्न सकेको खण्डमा अर्थात् अहिले विद्युत क्षेत्रमा भएको भ्रष्टाचारको पूर्ण रुपमा अन्त्य गरी पारर्दशी ढंगबाट सरकारले नीति तर्जुमा गर्ने हो भने नेपालको विद्युत क्षेत्रको विकास प्रभावकारी ढंगबाट हुन सक्दछ । 

विद्युत क्षेत्रमा हुने गरेको भ्रष्टाचार अन्त्य गर्नका लागि सरकारले के गर्नु पर्ला ?

नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार निकै मौलाएको छ । यसको अन्त्य गर्नु निकै जरुरी रहेको छ । भ्रष्टाचार अन्त्य गर्नका लागि भ्रष्टाचार गर्ने जुनकुनै व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ ता कि पछिल्ला दिनहरुमा भ्रष्टाचार गर्ने आँट कसैलाई पनि नहोस् र भ्रष्टाचार पूर्ण रुपमा अन्त्य हुनुपर्छ भनि हामीले पटक– पटक बोल्दै आएका छौ । पछिल्लो समयमा देशभर लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु भए सँगै विद्युत चोरी गर्ने र चोरीका लागि घुस लिएर सहयोग गर्ने कर्मचारीहरुलाई कारबाहिको दाहेरामा ल्याई सकेको छ । भने विद्युत चुहावट पनि कमी हुदै गएको छ ।  विद्युत चोरीमा संग्लग्न हुनु मात्र भ्रष्टाचार होइन विद्युत आयोजना निर्माण गर्ने क्रममा पनि निकै नै भ्रष्टाचार हुने गरेको छ । यसको अन्त्य गर्नु अहिले आवश्यकता हो र यसका अन्त्यका लागि सरकारले यि क्षेत्रहरुमा निगरानी बढाउनका साथै प्रभावकारी नीतिको तर्जुमा गर्नु आवश्यक छ । 

काँग्रेस धेरै पटक सरकारमा रहे पनि विद्युत क्षेत्रमा उल्लेखनीय विकास गर्न सकेन नि यसमा के भन्नु हुन्छ ? 

नेपाली काग्रेस धेरै पटक सरकारमा आएको छ र विद्युत क्षेत्रका विकासका लागि धेरै कार्यहरु पनि गर्दै आएको छ । जलविद्युत विकासमा निजी क्षेत्रबाट लगानी गर्न पाउने आयोजनाहरु नेपाली काँग्रेसले ल्याएका हो । नेपाली काँग्रेसले साना तथा ठूला जलविद्युत आयोजना सम्पन्न गरी सकेको छ । आगामी दिनमा पनि जलविद्युतका क्षेत्रको विकास गर्नका लागि विभिन्न योजनाहरु ल्याउने क्रममा रहेको छ । नेपाली काँग्रेसको प्रमुख एजेन्डा भनेको पनि विद्युत, पर्यटन आदि क्षेत्रको विकास गर्नु नै रहेको छ । तसर्थ नेपाली काग्रेस सरकारमा हुदा विद्युत क्षेत्रमा विकास गरेको थियो र अब पनि गर्नेछ ।

नेपालमा विद्युत क्षेत्रको विकासका ठूलो सम्भावना रहे पनि यसको विकास नहुनुको प्रमुख कारण के हो ?

नेपालमा रहेका प्राकृतिक स्रोतहरु मध्ये जलस्रोत प्रमुख रहेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता करीव ८३ हजार मेगावाट रहेको छ । यदि नेपालले पूर्ण क्षमताको आधा मात्रै जलविद्युत उत्पादन गर्न सके पनि नेपाललाई आर्थिक रुपमा मात्र नभई अन्य क्षेत्रको विकास गर्नका लागि पनि ठूलो सहयोग पुग्दछ । अहिले विद्युत क्षेत्रमा क्रमिक रुपमा विकास हुदै गएको छ ।  अहिले जुन रुपमा विद्युतको विकास भएको छ त्यहि रुपमा विकास गर्ने हो भने छिटैनै नेपालले जलविद्युतमा उल्लेखनीय विकास गर्न सक्दछ । नेपालमा जलविद्युत क्षेत्रमा विकास नभएका होइन । विद्युतमा क्रमिक रुपमा विकास हुदै छ र अझ यसलाई प्रभावकारी बनाउनका लागि सवल व्यवस्थापन हुन जरुरी रहेको छ ।  

विद्युतसंग सम्वन्धित भएर कार्य गर्ने मजदुरहरुको सुरक्षा निमित्त कस्ता व्यवस्था गर्नु पर्ला ?

विद्युत सँग सम्वन्धीत भएर कार्य गर्नु निकै जोखिमपूर्ण कार्य हो । विद्युत क्षेत्रमा काम गर्दा साना भन्दा साना गल्ति इलेक्ट्रिसियनहरुले गर्यो भनि मात्र पनि ठूलो दुर्घटना निम्तिन सक्दछ तसर्थ यो निकै जटिल कार्यका रुपमा रहेको छ । विद्युत क्षेत्रको कार्य जतिनै जटिलपूर्ण रहे पनि विद्युत सबैका लागि आवश्यक पर्दछ । विद्युत विना अहिले कुनै पनि काम सम्पादन हुन सक्दैन । विद्युत आवश्यकता जति छ उति जोखिम यससँग सम्वन्धीत भएर कार्य गर्ने मजदुरहरुले उठाउनु पर्दछ । अहिले विद्युत जडान गर्न हिड्ने कतिपय इलेक्ट्रिसियनहरुले आफु सुरक्षित हुनका निमित्त कुनै पनि  सुरक्षाका उपायहरु नअपनाएको देखिन्छ साथै कतिपय इलेक्ट्रिसियनहरुले तालिम नलिई यस पेशामा संग्न भएको देखिन्छ साथै इलेक्ट्रिसियनहरुको सुरक्षका निमित्त दुर्घटना,जीवन विमा जस्ता कार्यहरु गर्नु पर्ने देखिन्छ । यसका लागि हामी हाम्रो तर्फबाट आवाज उठाउने छौ ।  
  
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

विद्युत क्षेत्रसँग सम्वन्धीत भएर प्रकाशन हुदै आएको यस पत्रिका सम्भवत नेपालकै पहिलो पत्रिका हो । विद्युत क्षेत्रको विकास गर्नु अहिले प्रमुख आवश्यकता रहेको छ । विद्युत विकासका लागि अहिले सरकारले विभिन्न योजनाहरु ल्याएको छ । सरकारले ल्याएका विभिन्न विकासका योजनाहरु जनताको सहयोग अपरिहार्य रहेको छ । सरकारले चाल्ने हेरक कदममा जनताहरुले सहयोग गर्न यस पत्रिका मार्फत आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago