भर्खरै

निष्पक्ष नीतिको खडेरी

  • प्रकाशित मिति : Wed-10-May-2017
  • - रुपा तुलाधर
title

देशमा नायाकत्वको भूकिका निर्वाह गर्दै आएका नायकहरु के साँच्चै  खलनायक बनेका हुन् त ? भौगोलिक क्षेत्रका आधारमा सानो रहेको नेपाल सौन्दर्यका आधारमा हेर्ने हो भने साँच्चै नै विशाल रहेको छ । देवकोटाले भने जस्तै आखाको नानि सानो हुन्छ, मोती सानो हुन्छ तर तिनै साना बस्तु अमूल्य हुन्छन् त्यसोत नेपाल पनि सानो नै छ तर यो साच्चै नै ति हीरा मोती जस्तै अमूल्य रहेको छ । यस भित्रको सुन्दरताको व्याख्य जति नै गरे पनि अपूर्ण नै रहन्छ । यो सुन्दर देश नेपाल विश्वको उच्च हिम शिखर मात्र होईन असंख्या हिम नदीहरु शुभकार्यमा सजाईएका पतकाहरु भन्दा कम रहेको छैन । हिमालका काखबाट पहाडी भिर हुदै तराई तिर बग्ने नदिहरुको सौन्र्दका व्याख्याका निमित्त कुनै शब्दहरु नभए जस्तै यस भित्रको शक्तिको पनि कुनै विवेचना गर्न सकिदैन । यि हिम नदीहरुबाट निस्कने ऊर्जाले हाम्रो देशलाई मात्र होईन अन्य देशहरुलाई समेत उज्यालो पार्न सक्ने क्षमता बोकेको छ ।
ऊर्जावान् यि प्राकृतिक नदीहरुको क्षमतको कदर गर्दै नेपालमा केही वर्ष अघि विद्युतीय ऊर्जा उत्पादन प्रक्रिया सुरु भएको थियो र ऊर्जा उत्पादन प्रक्रियाका निमित्त कमजोर आर्थिक अबस्थाका कारण यसले गति भने लिन सकिरहेको थिएन । विश्वमा नै जलस्रोतमा दोस्रो धनी मुलुकका रुपमा रहे पनि पर्याप्त मात्रामा जनताहरुलाई विद्युत प्रदान गर्नका निमित्त राज्य असमर्थ रहेको अबस्थामा पछिल्लो समयमा देशभर लोडसेडिङ्ग अन्त्य गर्ने अभियान सुचारु भई रहेको छ । अहिले १८ घण्टा सम्म लोडसेडिङ्गको मार खेप्दै आएको काठमाण्डौ उपत्यका सहित देशका विभिन्न सहरी क्षेत्रमा करिव करिव लोडसेडिङ्ग अन्त्य भई सकेको छ भने अन्य स्थानमा पनि लोडसेडिङ्ग अन्त्य हुने क्रम जारी रहेको छ । 
तात्कालिन समयमा देशमा लोडसेडिङ्ग अन्त्य हुनुको प्रमुख श्रेयको भागेदार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर नै हुन् । उनीहरुले देशका निमित्त निभाएको नायकत्व भूमिका र कार्यको चौर्तफि प्रशंसा भई रहेको छ । अहिले सम्मको देशको राजनीतिक इतिहासमा जलविद्युत क्षेत्रको विकासका निमित्त भएको उल्लेखनीय कार्यका रुपमा लोडसेडिङ्ग अन्त्य अभियानले मूर्त रुप प्राप्त गर्दै गएको पहिलो कार्य हो । देशलाई एउटा विकासको धार दिनु पर्छ र विकासको गतिमा लैजानु पर्छ भन्ने मान्याताका साथ चालिएको उक्त कदम प्रशंसा योग्य रहेको छ । घिसिङ र शर्माले देशका निमित्त पुर्याएको यो योगदानको कदर सबैले गर्नु पर्दछ । उनीहरुले देशका निमित्त गरेको कार्यको प्रंशसाको चौतर्फी रुपमा भईरहदा लोडसेडिङ्ग घटाउन र विद्युत बचाउनका निमित्त्त एलईडी बल्बको प्रयोग गरौँ भन्ने योजना आई रहदा भारतबाट २ करोड एलईडी बल्ब ल्याउने सरकारको निर्णयको अहिले चौतर्फि रुपमा आलोचना भई रहेको छ । दुई करोड एलईडी बल्ब खरिद गर्नका लागि राज्यकोे ठूलो लगानी लाग्ने छ । भारत बाट दुई करोड एलईडी बल्ब खरिद गर्ने निर्णयमा घुसखोरी भएको भन्ने प्रचार अहिले मिडियाहरुमा छाई रहेको छ । भने सरकारको बल्ब खरिद गर्ने निर्णय पनि न्याय संगत नभएको अर्थात् सरकारले टेन्डर आह्वान गरी गर्नु पर्ने कार्यमा सरकारले त्यस्तो कुनै प्रक्रिया नपुर्याई निर्णय गरेका हुनाले नेपाल विद्युतीय व्यवसायीहरु पनि सरकारले चालेको कदम न्याय संगत नभएकोमा रुष्ट भएका छन् ।  देशमा कुशल नायकत्वको भूमिका निर्वाह गर्दै आएका घिसिङ र शर्मालाई एलईडी बल्ब खरिद गर्ने प्रक्रियामा साँच्चै नै भ्रष्टाचार गर्न लागेका हुन् कि यो आरोप मात्र हो ? यस सम्बन्धमा सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको छ । दुई करोड एलईडी बल्ब नेपालमा आयत गरि सस्तो मूल्यमा जनताहरुलाई बल्ब वितरण गर्ने र देशको दुई सय मेगावाट विद्युत बाचाएर देशलाई हुने आर्थिक नोक्सानीबाट उन्मुक्ति दिलाउन खोज्ने प्रयास राम्रो भए पनि यस योजनालाई न्यायिक र कानुनि प्रक्रिया अपनाएर मात्र अघि बढाउनु पर्ने देखिन्छ । चौतर्फि रुपमा निष्पक्ष नीतिको खडेरी लागि रहेको बेलामा पक्षको समर्थन र विपक्ष को विरोध गर्ने प्रचलन हावी भए पनि सरकारले राम्रा काम गर्ने लाई समर्थन अवश्य गर्नु पर्दछ । कागले कान लग्यो भन्दैमा कानै नछामि कागका पछाडि दगुर्नु न्याय सम्वद्ध देखिदैन तसर्थ एलईडी बल्ब अयात योजनामा निष्पक्ष छानविन हुनु आवश्यक छ । यस तर्फ सबैको ध्यान जान जरुरी रहेकोछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago