भर्खरै

सरकारले भन्सार शुल्क कम गरे विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन मिल्ने थियो 

  • प्रकाशित मिति : Wed-10-May-2017
  • - सत्यानारायण मानन्धर संस्थापक अध्यक्ष,नेपाल इलेक्ट्रिकल एसोसियसन
title

विद्युत व्यवसाय क्षेत्रमा लामो समय सम्म कार्यरत हुनुभएका नेपाल विद्युतीय व्यवसायी महासंघको संस्थापक, विजुलि बजार लिमिटेडको संस्थापक, ललितपुर फाईनन्स को चियर म्यान, बैँक अफ काठमाण्डौका चियर म्यान, नेपाल इन्सुरेन्सका डाइरेक्टर तथा नविल बैँकका भाईस चियर म्यान हुनुभएका सत्यानारायण मानन्धर सँग विद्युत व्यवसायको विकास, विस्तार, विद्युत क्षेत्रका समस्या र विद्युतीय सामाग्रीहरुको गुणस्तरका सम्वन्धमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानिको केहि अंश ः
 

नेपालमा विद्युतीय सामाग्रीको व्यवसायको विकासको छोटो इतिहास बताईदिनु होस् न ।

नेपालको विद्युतीय सामाग्रीहरुको व्यवसायको इतिहास खासै लामो रहेको छ जस्तो  मलाई लाग्दैन । म यस व्यवसायमा वि.स २००९ साल देखि आवद्ध हुदै आएको छु । त्यस बेला देखि र अहिलेको अवस्था  हेर्ने हो भने विद्युतीय बजारको विकास र विस्तार व्यपक मात्रामा भएको छ । काठमाण्डौ उपत्याका भित्र विजुलि बत्ति भित्रिए पछि विद्युतीय सामाग्रीको व्यवसाय हुन थालेको हो । विद्युत व्यवसायलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि हामीले वि.स २०२७÷२८ साल तिर काठमाण्डौको बानेश्वर स्थित हालको विजुली बाजर पनि हामीले नै नामाकरण गरेको ठाउँ हो । हामीले विद्युतीय सामाग्रीको बजारलाई व्यस्थित ढंगले संचालन गर्नका निमित्त म सहित ४५ जना व्यक्तिहरुले त्यस ठाउँमा चाहि विजुलीका सामाग्रीहरु मात्र खपत गर्ने ढंगले विजुली बजार नामाकरण गरि व्यवसाय सुरु गर्यौ तर त्यसबेला हामीलाई संगठन खोल्न र संचालन गर्न निकै कठिन थियो । त्यसका बाबजुत पनि हामीले विजुली बजार स्थापना गर्यौ  । हिजोको त्यो हाम्रो साहश र संर्घषले हामीले एउटा इतिहास रच्न सफल भयौ । त्यस्तै हामीले नेपाल इलेक्ट्रिकल एशोसिएशन हुदै अहिले नेपाल विद्युत व्यवसायी महासंघको स्थापना समेत गर्यौ जुन आज देशभरको नै महासंघको रुपमा रहेको छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघले हाल सम्म कस्ता कार्यहरु गर्दै अएको छ ?

नेपाल इलेक्ट्रिकल एसोसिएसनको स्थापना हामीले २०४७ सालमा स्थापना गरेका हौ । आफ्नो स्थापना काल देखि नै व्यवसायीहरुको हकहितका क्षेत्रमा कार्य गर्दै आएको यो व्यवसायीहरुको छाता संगठन हो । विद्युत क्षेत्रको समस्या , व्यवसायीहरुको समस्या तथा व्यवसायीहरुलाई एक गराउने कार्यमा यस महासंघले कार्य गर्दै आएको छ ।  

काठमण्डौ उपत्याकामा विद्युतीय सामाग्रीको व्यवसायको पहिलेको अबस्था र अहिलेको अबस्थामा के फरक पाउनुहुन्छ ?

व्यवसायका दृष्टिले विद्युतीय सामाग्रीहरुको पहिलेको अबस्था र अहिलेको अबस्थामा धेरै नै अन्तर रहेको छ । पहिला काठमाण्डौ उपत्यकामा विजुलीका पसलहरु सिमित मात्रामा थिए भने अहिले असंख्या विजुली पसलहरु रहेको छ । विद्युत उत्पादन कम हुने, सिमित ठाउँहरुमा मात्र विद्युतको पहुच पुग्ने भएकाले विद्युतीय सामाग्रीहरुको बजार र उपभोक्तहरुको माग पनि सिमित रहेको थियो । भन्ने वित्तिकै आवश्यक उपकरणहरु पाईदैन थियो तर अहिले हेर्ने हो भने विद्युतीय सामाग्रीका प्रकारहरु पनि बढेको छ भने उपभोक्ताहरुको माग पनि बढेको छ । उपभोक्तहरुले खोजेका सामाग्रीहरु अहिले बजारमा पाइने गर्दछ । काठमाण्डौका सिमित ठाउँहरुमा मात्र रहेको विजुली पसलहरु अहिले नेपालका हरेक  स्थानमा रहेको छ । पछिल्लो समयमा काठमाण्डौ लोडसेडिङ्ग मुक्त भए पछि त झनै विद्युतीय सामाग्रीको माग अहिले बढेको छ । 

विद्युतीय सामाग्रीहरुको गुणस्तरमा कस्तो फरक पाउनु हुन्छ ?

नेपालमा आयत हुने विद्युतीय सामाग्रीहरुको गुणस्तरका सम्वन्धमा नेपालमा धेरै विद्युतीय सामाग्रीहरु भारत तथा चीनबाट नै आयत हुने गर्दथ्यो । त्यस बखत पनि नेपालमा गुणस्तर र कम गुणस्तर सामाग्रीहरु गरी दुई खाले सामाग्रीहरु भित्रने गर्दथ्यो । विभिन्न व्रान्डका विद्युतीय सामाग्रीहरु भित्रने क्रममा नेपाल विद्युतीय व्यवसायी महासंघले सामाग्रीहरुको मूल्य निर्धाण गर्ने गरेको र सोही मूल्यमा व्यवसायीहरुले सामाग्री विक्रिवितरण गर्ने गर्दथ्यो । हाल नेपालमा विद्युतीय सामाग्रीहरुको व्यापार व्यवसाय बढेसँगै विभिन्न देशहरुबाट द्यिुतीय सामाग्रीहरुको आयत हुने गरेको छ । ति आयतीत सामाग्रीहरु कतिपय गुणस्तरी हुन्छन् भने कतिपय निम्न गुणस्तरका पनि हुने गर्दछन् । विद्युतीय सामाग्रीहरुको प्रतिस्पर्धा बढेसँगै पहिलाको तुलनामा अहिले गुणस्तरीय सामाग्रीहरु नै बढी विक्रि वितरण हुने गरेको छ ।

नेपालमा अहिले अन्डर विलिङ्गका कुराहरु उठिरहेको छ यसमा के भन्नु हुन्छ ?

मलाई लाग्छ अन्डर विलिङ्ग  नभएकै राम्रो हुन्छ । यदि अन्डरविलिङ्ग भएकमा कुनै व्यवसायीहरुले त्यसलाई अपनाउँछ भने व्यवसायीहरुले विद्युतीय सामाग्री विक्रिवितरणमा अस्वस्थ्य प्रतिस्पर्धा हुने गर्दछ । विद्युतीय सामाग्रीहरुको मूल्य पनि समान हुदैन ।  त्यसकारण अन्डरविलिङ्ग नगर्न अनुरोध गर्दछु । 

विद्युत व्यवसायीहरुका लागि नेपाल सरकारले आगामी दिनहरुमा कस्ता  कस्ता योजनाहरु ल्याउदा उपयुक्त हुन्छ ?

नेपाल सरकारले विद्युतका क्षेत्रमा अहिले जुन किसिमको रणनीति र अवधारणाहरु ल्याएको छ त्यो अहिले सम्मको अवस्थामा उपयुक्तनै रहेको छ । यद्यपि  विद्युतीय सामाग्रीहरु विभिन्न मुलुकबाट आयत गर्दा भन्सारमा लाग्ने करमा सरकारले केहि छुट गरिदिए र गुणस्तर मापदण्ड लागु गरिदिए व्यवसायीहरुलाई सहज हुन्थ्यो साथै विभिन्न मुलुकबाट कच्चा पदार्थहरु आयत गरि नेपालमा नै उद्योगहरु संचालन गर्न इच्छुक उद्योगीहरुलाई प्रोत्साहन गर्न का लागि सरकारले भन्सार शुल्क कम गर्ने हो भने विद्युतीय सामाग्रीहरुको उद्योगहरु नेपालमा नै प्रसस्त मात्रामा स्थापन हुनसक्दछ र देशलाई  नै आर्थिक समृद्धि तर्फ लैजानका लागि सहयोग पुग्दछ । सरकारले विद्युत क्षेत्रको विकासका लागि दिर्घकालीन योजनाहरु ल्याउनु आवश्यक छ ।

गुणस्तरीय सामाग्रीमा इलेक्ट्रिसियनको कस्तो भूमिका रहन्छ ?

उपभोक्ताहरु समक्ष विद्युतीय सामाग्रीहरु पु्र्याउने प्रमुख कार्य इलेक्टिसियनहरुको नै रहेको हुन्छ । कतिपय ठाउँहरुमा उपभोक्ताले भने अनुसार विद्युतजन्या सामाग्रीहरु उपभोक्ता सम्म पुर्याई रहेका हुन्छन् भने सबै उपभोक्ताहरुलाई कुन सामाग्री गुणस्तरयुक्त रहेको छ भन्ने कुराको जानकारी नहुने हँुदा कतिपय इलेक्टिसियनहरुले कम गुणस्तरका सामाग्रीहरु पनि उपभोक्तलाई गुणस्तरी सामाग्री हो भनि ठगी गर्ने प्रवृतिहरु देख्ने गरेका छौ यसले गर्दा विद्युतजन्या दुर्घटनाहरु बढीमात्रमा हुने गर्दछ भने सीप नसिकेरै बनेक इलेक्टिसियनहरुका कारण पनि र्दुघटना हुने गर्दछ । तसर्थ यस्ताकार्य नहोस् उपभोक्ताले गुणस्तरीय समाग्रीहरु उपभोग गरी सुरक्षित हेस् भन्ने हाम्रो चाहना हो । 
अहिले नेपाल सरकार कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिई रहेको छ, के कम विद्युत खपत गर्ने इलेक्टिक समाग्रीको प्रयोगले नेपालभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्छ त ?

कम विद्युत खपत गर्ने सामाग्रीहरुको प्रयोगले नेपाल सरकारलाई मात्र होइन स्वयम उपभोक्ताई पनि धेरै फाईदा पुर्याउँदछ । हामीले घरमा प्रयो गर्ने विद्युतीय सामाग्रीहरु गुणस्तर, टिकाउ हुनका साथै विद्युतयुनिट पनि कम खपत गर्ने भयो भने उपभोक्ताको विद्युत खपत युनिम कम पर्न जान्छ र आर्थिक रुपमा फाईदा पुग्छ । हामीले विद्युत कम खपत गर्दा सरकारलाई पनि फाई पुग्दछ र बचेको विद्युत अर्को ठाउँमा प्रयोग गर्न सकिन्छ । यस कारणसरकारले लिएको अहिलेको लोडसेडिङ्ग अन्त्यको योजना र विद्युत कम खपत गर्ने सामाग्रीको प्रयोग गरौँ भन्ने योजना निकै सराहनीय रहेकोछ । यस किसिमको दिगो विकास नीतिबाट नेपालभर लोडसेडिङ्ग अन्त्य हुन्छ भनि विश्वस गर्न सकिन्छ ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
 अहिलेको समयमा विद्युत हाम्रो जीवनका लागि महत्वर्पू रहेको छ । हामीले प्रयोग गर्ने विद्युतजन्य सामाग्रीहरु कम विद्युत खपत गर्ने तथा गुणस्तरीय सामाग्रीहरुको मात्र प्रयोग गर्नुपर्दछ । त्यस्तै व्यवसायिहरु प्नि एक भएर गुणस्तरीय सामाग्री विक्रितिरण गर्नका लागि आग्रह गर्दछु । 

प्रतिक्रिया