भर्खरै

एलईडी बल्ब आयातका विषयमा विवाद गरी रहनुपर्ने देखिदैन  

  • प्रकाशित मिति : Wed-24-May-2017
  • - डा. सरोज कोइराला
title

नेपाल विद्युत प्राधिकरणले दुई करोड एलईडी बल्ब आयत गरी नेपालको दुई सय मेगावट विद्युत वचावट गर्ने सन्दर्भमा पछिल्लो समयमा निकै विवाद बढेको छ । कम विद्युत खपत गर्ने, बढी उज्यालो प्रदान गर्ने एलईडी बल्ब को प्रकार, आवश्यकता, उपयोगिता साथै विवाद बढ्नुका कारणका सन्र्दभमा नेपालमा नै पहिलो पटक एलईडी बल्ब भित्र्याउने, एलईडी बल्ब विज्ञ डा. सरोज कोइराला द्धारा व्यक्त गरिएको विचारका केही अंश ः

एलईडी बल्ब भनेको के हो ?

एलईडी बल्बको पुरा रुप लाईट इमिटिङ्ग डायोट हो । सन् २०१०  देखि प्रयोगमा आएको एलईडी बल्ब अहिले विश्वमानै सर्वाधिक प्रयोग हुने बल्बका रुपमा रहेको छ । एलईडी बल्बको विशेषता भनेको  कम विद्युत खपत गर्ने, बढि उज्यालो प्रदान गर्नु हो । हामीले प्रयोग गर्दै आएका फिलामेन्ट बल्बले झन्डै ९४ प्रतिशत ताप र ६ प्रतिशत मात्र उज्यालो दिन्थ्यो भने अहिले आएको आधुनिक प्रविधिको एलईडी बल्बले ९० प्रतिशत उज्यालो र १० प्रतिशत मात्रै ताप प्रदान गर्दछ । १०० वाट को फिलामेन्ट बल्बले दिने उज्यालो र ८ वाटको एलईडी बल्बले दिने उज्यालो उतिनै  हुने गर्दछ । बढि उज्यालो प्रदान गर्ने कम विद्युत खपत गर्ने अन्य बल्ब भन्दा उपयुक्त भएकाले  एलईडी बल्ब लाई फ्युचर अफ द लाईटिङ्ग  पनि भन्ने गरिन्छ । पछिल्लो पाँच बर्ष यता एलईडी बल्बको प्रयोग अत्याधिक रुपमा बढेको छ । 

अहिले नेपालमा एलईडी बल्ब भित्र्याउने सन्र्दभमा धेरै विवादहरु आई रहेको छ, यसमा के भन्नु हुन्छ ?

कम विद्युत खपत गरेर वढि उज्यालो प्रदान गर्ने एलईडी बल्ब को प्रयोगले उपभोक्ता, प्राधिकरण र देशलाई विद्युत बचाउनमा सहयोग पुर्याउँदछ । सबैलाई फाईदा हुने एलईडी बल्ल भित्र्याउने विषयमा विवाद नै हुनु नपर्ने हो । तर अहिले नेपालमा आयात गर्न लागेको एलईडी बल्बको खरिद प्रक्रियामा मात्रै विवाद आएको हो । अन्तराष्ट्रिय बजारमा एलईडी बल्बको मूल्य १० सेन्ट देखि १०० सेन्ट सम्म पर्ने खालका बल्बहरु रहेका छन्  । एलईडी बल्ब मा पनि विभिन्न प्रविधिको प्रयोग गरेको बल्बहरु हुने र सोही अनुसार मूल्य निर्धारण हुने  भएकाले कुन प्रविधि प्रयोग गरेका बल्ब हामीले खरिद गर्दै छौ भन्ने विषय महत्वपूर्ण हुन्छ । तसर्थ एलईडी बल्ब आयतका विषयमा विवाद गरि रहनु पर्ने देखिदैन ।  

भारतिय मूल्य ३८ रुपैयाँमा आउनु पर्ने ९ वाटको एलईडी बल्ब नेपालमा महंगोमा आयत गर्न खोजिएको छ भन्ने समाचारहरु आई रहेको छ, यसमा के भन्नु हुन्छ ?

कुनै पनि एलईडी बल्ब खरिद गर्दा एलईडी बल्बमा कस्तो प्रविधिको प्रयोग गरिएको छ भन्ने कुरा प्रमुख हुन्छ र सोही अनुसारनै मूल्य निर्धारण हुने भएकाले अहिले नेपाल विद्युत प्राधिकरणले खरिद  गर्न लागेको बल्ब कुन प्रविधिको, कस्तो प्रकारको बल्ब हो त्यस कुराको जानकारी नभई बल्ब को मूल्य सस्तो भयो वा महंगो भयो भनेर तुलना गर्न सकिदैन । बल्बको प्रकार र गुणस्तर अनुसार मूल्य फरक पर्ने गर्दछ । 

सरकारले भारतबाट नै बल्ब खरिद गर्न लागेको छ, के नेपालले भारतबाट नै बल्ब खरिद गर्न जरुरी छ ?

भारतमा ईएसएल कम्पनी स्थापना हुनु भन्दा पहिला नै  नेपालमा  एलईडी बल्ब भित्रि सकेको र एलईडी बल्ब खरिदको प्रस्ताव आएको  थियो । सन् २०१२ मैले कोरियामा पि.एच.डी अध्यान सकेर नेपाल फर्कदा नेपालमा लोडसेडीङ्ग अत्याधिक भएकोले यसको अन्त्य गर्नुका लागि एलईडी बल्बको प्रयोग गर्नु पर्नेमा जोड दिएको थिए । तर नेपालको राजनीतिक दलहरुले त्यो कुरालाई बुझ्न सकेनन् । नेपालले सम्भवत सन् २०१५मा एलईडी बल्ब आयत गर्नका लागि कोरिया, चाईना र इन्डिया यि तीन देशमा प्रस्ताव पेस गरेको थियो  । अहिले भारत बाट बल्ब आयत गर्ने भनिएको छ तर एलईडी बल्ब उत्पादनका आफ्नै फ्यक्ट्रि भारतमा रहेको छैन । 

चीनबाट ल्याईने सामाग्रीहरुमा गुणस्तर नहुने भएकाले भारतबाट फिलिप्स र ओस्राम ब्रान्डका एलईडी बल्ब खरिद गर्ने भनिएको छ के यो सत्य हो ?

फिलिप्स ब्रान्ड नेदरल्यान्डको हो भने ओस्राम ब्रान्ड जर्मनिको हो । भारतमा धेरै बर्ष पहिले फिलिप्सको सिएफएल बल्बको फ्याक्ट्रि थियो तर अहिले छैन । त्यस्तै ओस्राम ब्रान्ड को कम्पनि भारतको हरियाणा सुवान पथमा रहेको छ तर त्यहाँ एलईडी एसेम्वल हुदैन । यि एलइडी बल्बहरु ९९ प्रतिशत चीनबाट आउँछ भने केहि ताईवानबाट पनि आउने गर्दछ । फिलिप्स र ओस्राम ब्रान्डका एलईडी न्यूनतम ३८  रुपैँया भारुमा आउने भएकाले यि ब्रान्डलाई लिएको हो । 

इएसएल ( ESL) कम्पनि खासमा कस्तो  कम्पनि हो ? यसका बारेमा बताई दिनुहोस् न ।

इएसएल कम्पनि भारत सरकारको लगानी भएका चार ओटा कम्पनिहरु एन्टि फिसजी नेसनल थर्मल पावर कर्पोरेसन, रुलर इलेक्ट्रि कर्पोरेसन,  पावर फाईनान्स कर्पोरेसन र पावर लिड कर्पोरेसन संयुक्त रुप हो । इएसएलले कुनै पनि बस्तुको उत्पादन नगरी बजारको मागलाई पूर्ति गर्ने कार्य गर्दछ । भारतको आन्तरिक विजुली व्यवस्थापन गर्नका लागि यस कम्पनिको स्थापना  भएको हो । यस कम्पनिको कार्य क्षेत्र भारत मात्रै हो । भारतमा ७२ हजार विद्युत मेगावट क्षमता माग रहेकोमा यस कम्पनिले १० प्रतिसत मात्रै माग पुर्ति गर्न सफल भएको छ । यस कम्पनिले आफ्नै देशको माग पूर्ति गर्न नसकेको अवस्था रहेको छ भने अन्य देशमा काम गर्न आवश्यक देखिदैन । 

नेपालमा एलईडी बल्बको विषयमा विवाद आईरहदा भारतीय चासो बढेको देखिन्छ तपाईको यसमा  के विचार छ ?

भारतबाट खपत गर्न लागिएको एईडी बल्बको विषयमा नेपालमा अहिले ठूलै विवाद चर्कि रहेको छ र यसमा भारतको चासो बढेको पनि देखिन्छ । भारतको ऊर्जा मन्त्रिले नेपालले दुई करोड एलईडि खपत गर्दा २३ हजार करोड रुपैयाँ नेपाललाई फाईदा हुने कुरा आफ्नो ट्विट मार्फत व्यक्त गरेका छन् साथै एलईडी बल्ब वितरण केन्द्रहरुमा सफ्टवयर पनि जडान गरिदिने भन्ने कुराहरु आई रहेको छ । सफ्टवयर जडान गर्दा एलईडी बल्ब उपभोक्ताको संख्या भारतलाई थाहा हुने र मास्टर कन्ट्रोल भारतसँग नै हुने देखिन्छ । यो विषय मलाई विवादित विषय जस्तो लाग्दछ । 

भारत वाहेक अन्य मूलुक सँग एलईडी आयत गर्न समस्या र सम्भावनाहरु कत्तिको रहेको छ ?

हामी सबै भन्दा पहिला त कस्तो प्रकारको, कस्तो गुणस्तरको, कुन कम्पनिको एलईडी आवश्यक परेको छ त्यस बारेमा जानकारी हुनु आवश्यक छ । हामीले आयत गर्न लागेको एलईडी बल्ब जुन देशमा उत्पादन हुन्छ त्यहि मुलुक बाट आयत गर्न सकेको खण्डमा धेरै राम्रो हुन्छ । त्यस्तै नेपालमा नै कुनै संस्था लाई एलईडी बल्बको  जिम्मेवारी दिदा वारेन्टिका विषयमा विवाद आउँदाको खण्डमा सहज हुने गर्दछ । यदि भारतबाट डाईरेक्ट आयत गर्ने हो भने भोलि वारेन्टिमा समस्या आउँदा भारत सम्म नै पुग्न सक्ने त हाम्रो क्षमता रहदैन । यस अर्थ टेन्डर आह्वान गर्नु सबै भन्दा उत्तम उपाय हो । 

प्रतिक्रिया