भर्खरै

दक्षता नै सीपको कसि

  • प्रकाशित मिति : Wed-31-May-2017
  • - गोविन्द पौडेल प्राविधिक अधिकृत÷सिटिईभिटि
title

आजको बैज्ञानिक एबं आणविक युगमा कुनै पनि व्यक्तिमा ज्ञान र सीपको महत्व बढ्दै गईरहेको परिप्रेक्षमा राष्ट्रको उन्नति नै औद्योगिकीकरणमा छ त्यसैकारण पुरानो विचार र नयाँ विचारको द्धन्द चलेको यस परिप्रेक्ष्यमा युगलाई सीप र सिर्जनाका उद्यमशिलताको माध्यामबाट राष्ट्रमा व्याप्त रहेको रोग, भोक अशिक्षा र बेरोजगारी जस्ता भयंकर डरलाग्दो समस्या समाधान गर्न सकिन्छ । नेपालको परापूर्व काल वा लिच्छवीकालीन मल्लकालीन अबस्था देखि नै बाबुले छोरालाई आमाले छोरी, बुहारीलाई आफुले जानेको सीप हस्तान्तरण गरी आफ्ना व्यवसायको निरन्तरता प्रदान गर्दै आईरहेको पाइएको छ । यसले कुनै पनि उद्योग व्यवसाय संचालन गर्न आवश्यक पर्ने औजार, यन्त्र र मेशिन, कच्चा पदार्थको जानकारी लिई विभिन्न कार्यहरु हस्तकला, फर्निचर निर्माण, डोको बुन्ने, नाम्लो बुन्ने, विद्युत जडान, धारा जडान, बेतबाँस जस्ता प्रशस्तै ब्यावसायका सीप सिक्ने र सिकाउने कार्य सभ्यता र संस्कृति विकास सँगै औद्योगिक विकास भएको पाईन्छ । यसै क्रममा भन्नु पर्दा साधरण पीन (सियो) देखि गाडी, रेडियो टेलिभिज, कप्युटर, रकेट बनाउन सीपको विकासबाट सम्भव भएको छ । एउटा प्राविधिकको कार्यका मूल्याङकन गर्दा अनुशासन र दक्षतालाई मात्र हेर्ने गरिन्छ । त्यसका साथै उद्योग कलकारखानामा तालिम दक्षतालाई नै जनशक्तिको कमी हुनु, एथेष्ट पूँजी नहुनु र बर्तमान राजनैतीक अवस्थाले राज्यमा अस्थिरता पैदा गराउनु, औद्योगिक सुरक्षा नहुनु तथा शैक्षिक बेरोजगारका संख्या बढ्दै जानुले नेपालमा परम्परागत सीपको तथा विकास हुनुको सट्टा चल अचल सम्पत्तिको थाती राखेर जीवनलाई बन्धक बनाई बैदेशिकरोजगारमा पलायनका समाचारले प्रशस्तै घातक बनाएको प्रष्ट छ । देशमा गरिबी र राजनैतीक अस्थिर एक गम्भिर चुनैतीका रुपमा रहेको कुल जनसंख्याको ३० प्रतिशत जति गरिब त्यसमाथि पनि १६ प्रतिशत जति त अति गरिब रहेको तथ्याङ्कमा पाईन्छ । (नबौ राष्ट्रिय आयोजना आयोग वि.सं २०५५ आषाढ) त्यस्ता जनसंख्याको जीवन स्थर उठाउँदै लगी गरीबिको चापलाई न्युन गर्ने सीप परीक्षणको विकास बाट आर्थिक विकासमा टेवा पुर्याई आत्मानिर्भर तुल्याउनु र अनौपचारीक शिक्षाका ( सीप अभिबृद्धि तालिम ) माध्यामबाट हासिल गरेका प्रमाण पत्रको आधारमा परम्परागत सीपको कदरलाई मान्यता प्रदान गर्न सक्ने कुरामा शंका रहदैन । यता सीप युक्त व्यक्तिहरुलाई श्रम बजारमा उर्तान वा बढाव दिने उद्देश्य राखि सरकारी स्थरबाटै स्पष्ट रुपमा चासो लिनु पर्ने देखाउँछ । व्यक्तिले औपचारीक शिक्षाका माध्यम वा अनुभबबाट हासिल गरेको दक्षता वा सीपलाई राष्ट्रिय स्तरमा मान्याता प्रदान गरी त्यसको जगेर्ना वा राष्ट्र निर्माणमा त्यस्ता जनशक्तिलाई सरिक गराउने र सीपको स्तरलाई व्यवस्थित बनाई परीक्षण विधिद्धारा सम्मान जनक जीवन जिउने बातावरण तयार गर्ने मूलभुत उद्देश्य राखी विकास समिति ऐन २०१३ को आधारमा बि.सं २०३९ मा तात्कालिन श्री ५ को सरकारले प्राविधिक तथा व्यवसायीक  शिक्षा समिति गठन गरी उक्त समिति अनुसार २०४० साल जेठ ८ गते सीप परीक्षण उपसमिति गठन गरेको र सोही सीपको स्तर निर्धारण, वर्गिकरण, निरिक्षण तथा प्रमाणिकिकरणको लागि कार्य सुरु भएको पाईन्छ । पेशा र व्यवसायलाई राष्ट्रिय स्तरको मान्याता प्रदान  गर्न  बि.सं २०४२ साल सीप प्रमाणिकाको साल देखि विरगंज चिनी कारखानाका ४ जना इलेक्ट्रिसियनहरुको सीप परिक्षणको कार्यबाट बैधानिक दिने काम भएको पाईन्छ । त्यसै समय देखि नेपालमा सीपको राष्ट्रिया मान्यता दिनका लागि राष्ट्रिय सीप परीक्षण समीतिको स्थापना भयो । राष्ट्रिय, अन्तराष्ट्रिय श्रम संगठन, एशिया तथा प्यासिफिक डेभलपमेन्ट प्रोग्रामको सहयोगमा सीप प्रमाणिका निर्माण भएको सीप प्रमाणिकाको निर्माण भएको सीप प्रमाणिकाको विषयगत व्यवसाय विज्ञहरुको समुहद्धारा भेरिफिकेशन एंव नमुना सीप परीक्षण विधिबाट सीप प्रमाणिकाको प्रमाणिकरण गरी संस्थागत गर्ने कार्यको थालनी पछि शिक्षालय तालिम केन्द्र वा संस्थाबाट बाहिर परेका र विभिन्न कारणबाट बीचमै पढाई छाडेका युवाहरुलाई सीप हस्तान्तरण वा “एक जात एक व्यावसाय” को परिपाटीलाई आय आर्जन कार्यक्रममा लगाउने उद्देश्य राखि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ऐन २०४५ अन्र्तगत २०४९ मा राष्ट्रिय सीप परीक्षण समिति(National  Skill Testing Board) को गठन भयो । जसको उद्धेश्य प्राविधिक जनशक्तिको सीप प्रमाणिकरण गरी जनताका जीवन स्तर उकास्न सक्ने खालका आधारभुत र स्तरीय प्राविधिक सीप युक्त व्यक्तिका सीपको स्तर निर्धारण गरी उत्तिर्ण प्राविधिकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने, सीपयुक्त जनशक्तिको भावनालाई उच्च मूल्यांकन गर्ने र प्रोफेशनल प्राविधिक ग्रामिण क्षेत्रसँग पहुँच पुर्याउन यसको व्यापक प्रचार प्रसार गर्ने लक्ष्य रहेको पाईन्छ । 
सीप परीक्षण तथा प्रमाणिकरणको आवश्यकता महशुस गरी नेपाल सरकारले २०४२ साल देखि संचालन गर्दै आएको उक्त प्रमाणिकरणको प्रक्रिया प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन २०४९ को संशोधन अन्तरगतको नियामावली २०५१ द्धारा कार्य संचालन हुदै पुनः २०५१ को पहिलो संशोधन २०६० र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सीप बर्गिकरण, सीपको परीक्षण तथा प्रमाणिकरण  व्यवस्थित गरी उक्त २०६० को नियम ८ को राष्ट्रिय सीप परीक्षण तथा प्रमाणिकरण गर्ने कार्य गर्दै आईरहेको जानकारी गराउन सकिन्छ । साथै सीप परिक्षणबाट निम्न फाईदाहरु हुने छन् ।
१. परम्परागत सीप युक्त जनशक्तिको प्रमाणिकरण हुने । 
२. तालिम पश्चात दक्ष सीपयुक्त जनशक्ति तयार हुने ।
३. प्राविधिज्ञको स्तर पहिचान भई एकरुपता कायम हुने ।
४. स्वदेशि तथा बैदेशीक रोजगारीको अवसर र अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त हुने ।
५. व्यक्तिको बृद्धि विकास साथै चेतनामा बृद्धि हुने 
६. गुणस्तर युक्त सामाग्रीको उत्पादन हुन सक्ने ।
त्यस्तैगरी राष्ट्रिय सीप परीक्षण समितिले विगतका बर्षहरुमा नियमित र प्रायोजित रुपमा सीप परीक्षण संचालन गर्दा बार्षिक ५ सय देखि २ हजार जनाको मात्र सीप परीक्षण संचालन गर्दै आएकोमा हाल २०७३÷०७४ को आ.व को अन्त्य तिर ३ लाख ७५ हजार सात सय ४० जनाको सीप परिक्षण संचालनमा रजिस्टेशन गरिसकेको पाईन्छ । साथै यस आ.व २०७३÷०७४ बैशाख महिनाको अन्त्य सम्ममा ३२ हजार ८ सय ९८ जनाले सिप परिक्षणमा सहभागि भएकोले रा.सी.प. समितिले यस कार्यमा आफुलाई निकै माथिल्लो उचाईमा पुर्याएको देखिन्छ । हाल आएर सो संस्थामा केही कमि आएता पनि गुणस्तरमा व्यापक ध्यान दिएको पाईन्छ । विगतका वर्षहरुमा राष्ट्रिय सीप परीक्षण समितिले प्रायः १,२ को सीप परीक्षण संचालन गर्दै आईरहेकोमा केही वर्ष यता तह ३ व्यावसायका पनि सीप परीक्षण संचालन गरिरहेको पाईन्छ भने अबका दिनमा Bulding Electrician Biogas Techinician, Naturopathic physician\ Orthopist  व्यवसायका तह ४ मा सीप परीक्षण संचालन गर्न सम्पूर्ण प्रक्रिया पुरा गरी Biogas Technincian, Naturopathic physician\ Orthopist मा सीप परीक्षण संचालन गरी सकेको छ । हाल राष्ट्रिय सीप परीक्षण समिति रा.सी.प NSTB  ले अटोमोवाईल, कृषि, कम्प्युटर निर्माण उपकरण, इलेक्ट्रिकल,इलेक्ट्रोनिक्स, वन ह्याण्डी क्राफ्ट, स्वास्थ, हस्पिटालिटी इन्ड्रिष्ट्रि, मेकानिकल, प्रिन्टिङ्ग, बैकल्पिक ऊर्जा, टेलरीङ्ग, र्गामेन्ट तथा ब्युटिसियन जस्ता अन्य क्षेत्रका विभिन्न उपक्षेत्र वा व्यवसायमा सीप परीक्षण संचालन गर्दै आई रहेको छ । 
राष्ट्रिय सीप परीक्षण समितिबाट संचालन गरिने सीप परिक्षण कार्यक्रम बर्षमा तीन पटक रा.सी.प समिति भक्तपुर वा काठमाण्डौ उपत्यका भित्र र उपत्यका बाहिर नियमित रुपमा वर्षमा एक पटक संचालन गर्दै आईरहेको छ भने  प्रायोजित सीप परीक्षण संचालन गराउन सकिने प्रावधान रही आएको पाईन्छ । यस्ता प्रायोजन गर्ने संस्थाहरुमा रोजगारीका लागि सीप परियोजना (SEP) स्विस विकास सहयोग (SDC) Emplyoment furd Helvetas ( Ef- helvetas), UCEP, F- Skill, Tranning Center Nepal, World Link, Trad Link,  Mahalaxmi Cullinary Arst, SEMANS Synargy Association Nepal, ILO, Durga Cottag, Winrock, Kantipur, GTZ (GIZ), Trace, SDP Skill Devloping Project  आदि लगायत रहेको छ । यस्ता संस्थाहरुले यस (NSTB) का कार्यक्रमहरुलाई कुनै न कुनै रुपमा सहयोग गर्दै आई रहेको पाईन्छ । त्यसै गरी HRD अन्र्तगत NSTB  ले TITI को प्राविधिक सहयोगमा करिव २५ सय जना व्यावसाय विज्ञहरुलाई Skill Test Assessor Tranning तथा केही प्रशासनिक अधिकृतहरुलाई Skill Manger Supervising Training समेत प्रदान गरिसकेको यसलाई बृद्धि गरी करिव ४५ सय जना Skill Test Assessor र सयौ जनालाईSkill Manger को Tranning दिने लक्ष्य राखेको पाईन्छ । रा.सी.प समितिले आगामी बर्ष २०१७ ÷१८ मा करिव ५० हजार जना व्यक्तिको सीप परीक्षण संचालन गर्ने उद्धेश्य लिई अघि बढेको यस कार्यलाई सहयोग गर्ने वा  Out Sourching Partner  का रुपमा बालाजु स्कुलअफ इन्जिनीयरिङ्ग एण्ड टेक्नोलोजी ( BSET) भेरी प्राविधिक शिक्षालय, (BTS) ने.ग.बाके त्क्ष्त्क्ष्  भक्तपुर SDP वानेश्वर काठमाण्डौ  र Ensure Project आदिले निकै ठूलो भुमिका खेलेको पाईन्छ । त्यसैगरी अन्य सीप परीक्षण केन्द्रहरुमा व्यवसायीक तालिम केन्द्र विराटनगर, मोरङ्ग, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लावारी मोरङ्ग, व्यवसायीक तालिम तथा सीप विकास केन्द्र सुनसरी, बुटवल, धनगढी, महेन्द्र नगर, घरेलु तथा साना उद्योग कार्यलय लहान, हेटौडा, चितवन, नेपाल पोलिटेक्कि भरतपुर, पूर्वाञ्चल तथा पश्चिमाञ्चल ई. अध्ययन संस्थान, BIT Birgung, NTI,  जनकपुर, RTS, LTS,PTTC, आदिले पनि निकै सहयोग गरेको रा.सी.प.स का गतिविधिबाट बुझ्न सकिन्छ । यस सीप परीक्षणको कार्यलाई अझ सहज रुपमा संचालन गर्न विद्यमान अवस्थालाई मध्यनजर राखेर रा.सी.स ले नेपाल अधिराज्यभरको ८२ वटा सीप परिक्षण केन्द्र स्थापना गरि सीप परिक्षणकार्य गर्दै आएको पाईन्छ । Ofline form fill up  लाई Online form fill up पनि गर्न गराउन NSTB को रुपमा पहल गरिएकोमा सो पूर्ण रुपमा सफल भएमा संस्थाको कार्य अझ बृद्धि हुने निश्चित छ यस अबस्थामा ल्क्त्द्य का यस्तो कार्यलाई नेपाल सरकारबाट वा सरकारी स्तरबाट निम्न बुदामा सहयोग गर्नु पर्ने देखिन्छ । 
१. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्र्तगत राष्ट्रिय सीप परीक्षण समितिका बारेमा जानकारी गराउनु । 
२. सीप परीक्षण र प्रमाणिकरणको जानकारी गराउन ।
३. सरकारी स्तरबाट  प्रोत्साहन गर्ने । सीप विकास, श्रम विभाग, घरेलु आदि । 
४. अदक्ष कामदार (कोरा) र दक्ष कामदार बीचको भिन्नताको जानकारी गराउनु ।
५. सीप परीक्षण उत्र्तिण दक्ष कामदारलाई श्रम बजारको खोजी गर्न सहयोग गर्न ।
६. दक्ष कामदार (कालिगढ) मलिक र व्यवसायि बीचमा अन्र्तक्रिया गरी सीप परीक्षणको महत्व प्रति सजग गराउने । 
७. साधरण कामदार र सीप परीक्षण उर्तिण दक्ष कामदारको सरकारी दृष्टिकोणमा देखिएको भिन्नतालाई कम गरी समय समयमा बैठक सेमिनारका माध्यमबाट रोजगारी गराउन सहयोग गर्ने ।
८. सीप परीक्षण उर्तिण भएका व्यक्तिको व्यवसाय वा मालिकले आवश्यक ठेगाना information लिन चाहेमा website nstb.org.np बाट चाहेको बेलामा रजिष्ट्रेसन नं र सीप क्रमांक नं को आधारमा तुरुन्तै प्राप्त गर्न सकिने गराउनमा पहल गर्ने ।
९. सीप परीक्षणबाट हुने फाईदाहरु समय समयमा सरकारी संरचना माध्यमबाट व्यापक प्रचार प्रसार गरीनु पर्ने । 
१०. सीप परीक्षणबाट उर्तिण व्यक्तिको परिचय पत्रको आधारमा लाइसेन्सको व्यवस्था गरिनु पर्ने 
११. यस्ता प्रकारका सीप प्रदायक संस्थाहरुलाई टिईभिटि अन्तर्गत एउटै छातामा (One Door System) मा तालिमका प्यकेज तयार गरि सीपको दक्षताको लागि एक रुपता गराईनु पर्ने ।
१२. हालै गठन भएको राष्ट्रिय सीप प्राधिकरणलाई केही हद सम्म भएपनि गुणस्तर कायम राख्न यसलाई निरन्तरता दिनु पर्ने ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् अन्तरगतको राष्ट्रिय सीप परीक्षण समितिले समय सापेक्ष रोजगारीको अवसर गराउन प्रत्येक व्यक्तिका लागि उत्तिकै आवश्यकता ठानी औद्योगीक सीपलाई व्यवसायीकरण गर्ने र सीप परीक्षणका माध्यमबाट श्रम बजारमा लगि आत्मनिर्भर गराउन पहल गर्ने वा साधरण व्यक्तिमा मानसपटलबाट असाधरण सीप सिर्जना गरी गरि अति कम समयमा उत्कृष्ठ सीपको परीक्षण र प्रमाणिकरण गर्दै आईरहेको परिप्रेक्षमा नेपाल सरकारले विभिन्न गैर सरकारी संस्था मार्फत १० वर्ष सम्म जनयुद्ध गरेका जनमुक्ति सेनाका रुपमा रहेका केही व्यक्तिहरुले लागेर Health worker बाट शुरु गरी Electrician Plumber जस्ता विभिन्न व्यवसायको सीप परीक्षणमा सहभागी भई आत्मानिर्भर बनेका छन् । साथै त्यस्ता माओवादि शिविरमा रहेका अयोग्य लडाकुलाई पनि क्यान्टोनमेन्ट मार्फत विभिन्न गैर सरकारी संस्थाले ३ महिना देखि २बर्ष सम्मको तालिम उपलब्ध गराई रा.सी.प समितिबाट सीप परिक्षण गराउने लक्ष्य राखेको पाइन्छ र  हालै छुट्टै निकाया गठन गरी पूर्ण रुपमा चैत्र मसान्त सम्ममा रा.सी.प.स मा करिव ८ हजार ८ सय व्यक्तिहरुले विभिन्न occupation आफ्नो नाम दर्ता गरी सीप क्रमांकन नं. प्राप्त गरिसकेका छन् । यति हुदा हुदै पनि राष्ट्रिय सीप परीक्षण समितिले प्रदान गरेका प्रमाणपत्रहरुमा संख्यात्मकतालाई मात्र ध्यान नदिई गुणत्मकतामा व्यापक सुधार गरिनु आजको आवश्यकता रहेको छ । अबका दिनहरुमा स्तरीय परीक्षण केन्द्र थप गरी यसको व्यापकतालाई निरन्तरता दिनु अपरिहार्य देखिएको छ । यसरी सीप परीक्षणका विभिन्न क्रियाकलापलाई अनुगमन गरी सरकारी सम्पतिका संरक्षण गर्नु र यसलाई निरन्तरता दिनु भनेको राष्ट्रले भोलिका दिनमा सवल र सम्मुनत राष्ट्रको सुनिश्चित गर्नु हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago