भर्खरै

“नेपालमा दश लाख बायोग्यास प्लाण्ट र्निमाण गर्न सकिन्छ” 

  • प्रकाशित मिति : Wed-31-May-2017
  • - अध्यक्ष पदम कुमार दुलाल  नेपाल बायो ग्यास प्रर्वद्धन संघ
title

नेपालले बेला बेलामा भोग्नु परेको एल.पी ग्यासका संकट, नेपालमा बायो ग्यासको उत्पादन, सम्भावना र यसका फाईदा तथा बायो ग्यास उत्पादन गर्न सरकारले खेलको भूमिका संग सम्वधित भएर नेपाल बायो ग्यास प्रर्वद्धन संघका अध्यक्ष पदम कुमार दुलालसँग विद्युत संसार साप्ताहिक पत्रिकाका संवाददाता शिखर श्रेष्ठले गरेको कुराकानिको केही अंश ः  

बायो ग्यास भनेको के हो ? 

गाई बस्तुको मलमुत्र, मानिसको मलमुत्र तथा घर भित्रबाट निस्कने कुहिन सक्ने वा सड्न सक्ने फोहोरबाट उत्पादन गर्न सकिने ग्यासलाई बायो ग्यास भनिन्छ । विशेषत घरायसी प्रयोजनका लागि  बायो ग्यास प्रयोग गरिन्छ  । बायो ग्यास हाल नेपालमा साढे तीन लाख भन्दा बढी घरायसी प्रयोजनका लागि बायोग्यास प्लाण्ट निर्माण भई सकेको छ । 

नेपाल बायो ग्यास प्रवद्र्धन संघले कस्ता कस्ता कार्यहरु गर्दै आएको छ ?

नेपाल बायो ग्यास प्रवद्र्धन संघको वि.स २०४९ सालमा निजि क्षेत्रका केहि कम्पनिहरुको संयुक्त प्रयासमा स्थापना भएको संघ हो । विगत दुई दशक इतिहास बोकेको बायो ग्यास प्रवद्र्धन संघमा  अहिले १ सय २५ भन्दा बढी बायो ग्यास सम्वन्धी कार्य गर्ने निजि कम्पनिहरु आवद्ध रहेको छ । देशका ७५ ओटै जिल्लाहरुमा यस संघमा आवद्ध कम्पनिहरुले कार्य गर्दै आएको छ । विशेष गरी बायो ग्यास प्रवद्र्धन संघले यसमा आबद्ध रहेका कम्पनिहरुको हक हितका लागि कार्य गर्ने गर्दछ भने यसै संघमा आवद्ध रहेर कार्य गर्ने भगिनी कम्पनिले   बायो ग्यासका निर्माणका लागि आवश्यक स्वदेशमा नपाईने पाईप, भल्ब जस्ता उपकरणहरु आयत गरी बायो ग्यास प्रवद्र्धन संघमा आवद्ध कम्पनीहरुलाई उचित मूल्यमा आवश्यक उपकरण विक्रि गरि सेवा प्रदान गर्ने कार्य गर्दै आएको छ । 

सरकारले बायो ग्यास निर्माणका सम्वन्धमा कस्तो नीतिको व्यवस्था गरेको छ ?

सरकारले बायो ग्यास निर्माणका सम्वन्धमा पहिलाको तुलनामा अहिले निकै राम्रो नीतिको व्यवस्था गरेको छ । सरकारले अहिले बायो ग्यास निर्माण लागि अनुदान मैत्री वातावरणको सिर्जना गरेको छ ।  विशेष गरी घरमा गाई बस्तु हुने हरुका लागि सरकारले बायो ग्यास निमार्णका लागि ४० प्रतिशत अनुदान दिनुका साथै ३० प्रतिशत न्यून व्याजमा ऋण दिने र ३० प्रतिशत उपभोक्ता आफैले लगानी गर्नु पर्ने व्यवस्था रहेको छ । सामान्यतय अहिले सहरी, सामुदायिक तथा संस्थागत रुपमा बायो ग्यास उत्पादन गर्ने प्रचलन बढी रहेको छ । विश्व बैंकको सहायतामा अहिले सामुहिक रुपमा मिलेर बायो ग्यास उत्पादन गर्ने तथा आर्मि व्यारेकहरुमा बायो ग्यास उत्पादन गर्ने कार्य पनि भई रहेको  छ । 

एल. पी ग्यासको प्रचलन बढी रहेको अहिलेको अबस्थामा बायो ग्यास निर्माण गर्न जनतालाई प्रोत्साहित गर्नका लागि बायो ग्यास प्रवद्र्धन संघले कस्ता कार्य गर्दै आएको छ ?

उपभोक्ताको सहजता लागि एल. पी ग्यास बढी प्रचलनमा आई रहेको अहिलेको अबस्थामा बायो ग्यास निमार्ण र त्यसको प्रयोग तुलनात्मक रुपमा कम रहे पनि बायो ग्यासले दीर्घकालीन रुपमा सेवा लिने गर्दछ । २०७२ सालको भूकम्प पश्चात भारतले गरेको नाकाबन्दिले एल.पी ग्यास प्रयोग गर्नेका धेरैका घरहरुमा चुलो बलेन जसले बायो ग्यास निर्माण गरेका थिए उनीहरुले ग्यासको अभाव भोग्नु परेन अर्थात् बायो ग्यास एक पटक निर्माण गरेर प्रयोग गर्न थाले पछि यसले लामो समय सम्म फाईदा दिने गर्दछ, बायो ग्यास बन्द, हड्तालर महंगीले कुनै असर गर्दैन । बायो ग्यासको फाईदा बुझ्ने हो भने एल.पी ग्यासको प्रचलन विस्तारै हट्दै जाने देखिन्छ । 

नेपालमा बायो ग्यासको संभावना कत्तिको रहेको छ ?

वि.स २०५१ सालको सर्वेक्षण अनसार नेपालमा १९ लाख बायो ग्यासका प्लान्ट निर्माणको सम्भाव्यता रहेको थियो । सहरीकरण बढे सँगै सहरमा मात्र नभएर ग्रामीण क्षेत्रहरुमा पनि गाई बस्तु पाल्न छाड्नु र एल.पी ग्यासको प्रयोग गर्न थालेका कारण पहिलेको तुलनामा बायो ग्यास प्लानट निमार्णको सम्भावना निकै घटेर गएको छ । अहिले नेपालभर १० लाख बायो ग्यासका प्लान्ट निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । ४ लाख बायो ग्यास प्लान्ट निर्माण भईसकेको छ भने ६ लाख बायो ग्यास प्लान्ट बन्न सक्ने सम्भावना अझै रहेको छ ।

नेपालमा बायो ग्यास विस्तार गर्न सरकारले कस्तो योजनाहरु ल्याउन आवश्यक रहेको छ ?

पछिल्लो समयमा नेपालमा बायो ग्यास निर्माण गर्नका लागि सरकारले उपभोक्तहरुका लागि ४० प्रतिशत अनुदान दिदै आएको छ । यस प्रक्रियालाई निरन्तरता दिनु पर्दछ साथै गाई बस्तुका मलमुत्रबाट, मानिसका मलमुत्र तथा कुहिन सक्ने जैविक पर्दाथहरुबाट पनि खाना पकाउनका लागि पर्याप्त मात्रामा ग्यास उत्पादन हुन्छ भन्ने कुरालाई सरकारले प्रर्वधानात्मक कार्य गर्नु आवश्यक रहेको छ । 

बायो ग्यास उत्पादन तथा वितरण प्रक्रिया कत्तिको जटिल रहेको छ ?

बायो ग्यास उत्पादन गर्नका लागि पर्याप्त मात्रामा गोवर तथा जैविक पर्दाथ हुन पर्दछ । साथै पर्याप्त मात्रामा जग्गाको आवश्यकता पर्दछ । बायो ग्यास उत्पादनका लागि कम्तिमा पनि एउटा गाई बस्तु पाल्नु पर्दछ । सरकारले दिने अनुदान बाहेक ६० प्रतिशत लगानी उपभोक्ता गर्न सकेको खण्डमा बायो ग्यास उत्पादन तथा उपभोग गर्न  सकिन्छ । 

काठमाण्डौ उपत्याका सहित देशका विभिन्न सहरहरुमा बायो ग्यास उत्पादन गर्ने सरकारको योजना अहिले के हुदै छ ?

काठमाण्डौ उपत्याका र देशका विभिन्न सहरहरुबाट निस्कने जैविक फोहरहरुलाई ब्यावस्थापन गर्ने उद्देश्यका साथ सरकारले बायो ग्यास उत्पादन गर्ने योजन ल्याएको थियो । यसै योजना सँग सम्वन्धित भएर सरकारले केही कार्यहरु गरेको छ । यद्यपि पछिल्लो समयमा दातृनिकायहरुबाट बायो ग्यास उत्पादन लागि अनुदान आएको हुनाले ती अनुदानलाई कम्पनिहरुबाट मान्याता प्राप्त गर्न नै केही समय लाग्ने हुनाले काममा केही ढिलाई भने भएको छ । 


बायो ग्यास निर्माणका लागि आवश्यक सामाग्रीहरुमा गुणस्तरीयता भएन भन्ने सुनिन्छ नि यसमा के भन्नु हुन्छ ?

बायो ग्यस निमार्णका लागि आवश्यक पर्ने भल्ब, पाईप जस्ता सामाग्रीहरु गुणस्तरयुक्त नै हुन्छन् अहिले सम्म गुणस्तर भएन भनेर कुनै पनि कम्प्लेन आएको छैन । हामीले बायो ग्यास निर्माणका लागि प्रयोग गर्दै आएका सामाग्रीहरु नेपाल गुणस्तर चिन्ह अंकित तथा आईएसओ चिन्ह् अंकित सामाग्रीहरुको मात्र प्रयोग गर्ने गरेका छौ । भने मान्याता प्राप्त कम्पनिहरुलाई कामको जिम्मेवारी दिने गर्दछौ ।

बायो ग्यास प्रवद्र्धन संघको भावि योजना तथा उद्देश्य के के रहेको छ ?

निजि कम्पनिहरुको समन्वयमा स्थापना भएको नेपाल बायो ग्यास प्रवद्र्धन संघ बायो ग्यास कम्पनीहरुको छाता संगठन हो । यस संघमा आवद्ध कम्पनिहरुको हक हितका लागि कार्य गर्ने गर्दछ । नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग समन्वय बायो ग्यास प्रविधिको विकासमा टेवा पुर्याउने मूख्य उद्देश्य रहेको छ । अहिले बायो ग्यास निर्माण प्रक्रिया मध्य क्षेत्रमा मात्र भई रहेको अवस्थामा  उच्च पहाडी जिल्ला तथा हिमाली भेगमा  बायो ग्यास उत्पादन गर्ने कार्यलाई प्राथमिकताका साथ विकास र विस्तार गर्नु पर्ने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगहरु सम्म बायो ग्यास उत्पादन गर्ने हाम्रो मूख्य लक्ष्य रहेको छ ।  यसका लागि सरकारले अनुदान बढाउनु पर्ने देखिन्छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

बायो ग्यास दिर्घकालिन रुपमा ऊर्जा संकट गर्ने ऊर्जाको स्रोत हो । बायो ग्यास निमाणले चौतर्फी रुपमा फाईदा पुर्याउने कार्य गर्दछ । बायो ग्यास निर्माण गरि सके पछि बन जंगलको संरक्षण हुनुका साथै एल.पी ग्यास प्रति बढेको परर्निभरता  पनि अन्त्य हुन्छ । त्यस्तै चुलामा काम गर्ने गृहिणिहरुको स्वास्थ्यमा पनि कुनै असर गर्दैन । अहिले नेपालमा निर्माण भएका ४ लाख बायो ग्यास प्लाण्टबाट कार्वन उत्र्सगन मा राज्यलाई ठूलो योगदान पुर्याएको छ । हाल निर्माण भएका बायोग्यास प्लाण्टबाट राज्यलाई करिव ७५ करोड आम्दानी हुन्छ । यो रकमबाट गरिव र सिमान्तकृत वर्गमा बायो ग्यास प्लाण्ट निर्माण गर्न थप अनुदान दिए बायो ग्यास निर्माणमा थप प्रोत्साहन दिने देखिन्छ । बायो ग्यासले दिर्घकालिन रुपमा फाईदा पुर्याउने भएकाले यसको निर्माण गर्नका लागि सबैलाई अनुरोध गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago