भर्खरै

“नेपालमा विद्युत विकासका लागि  नेपाली लगानी नै पर्याप्त हुन्छ”

  • प्रकाशित मिति : Wed-07-Jun-2017
  • - सांसद, अन्जना चौधरी  नेकपा माओवादी केन्द्र
title

विभिन्न संर्घस र समस्याका बाबजुत पनि विद्ययार्थी जीवनकाल देखि नै राजनीतिक यात्रा सुरु गर्नु भएका तथा औपचारीक रुपमा वि.स २०५३ सालमा अनेरास्ववियु क्रान्तिकारी ईकाइ समितिका सचिवका रुपमा राजनीतिकमा प्रवेश गर्नु भएकी नेकपा माओवादी केन्द्रका समानुपातीक सांसद अन्जना चौधरीसँग वर्तमान समयमा काठमाण्डौ, पोखरा, नारायणघाट जस्ता देशको मूख्य शहरहरुमा लोडसेडिङ अन्त्य भई सकेको अबस्थामा  विद्युत क्षेत्रमा भएको प्रगति, नेपालमा विद्युत विकासको सम्भावना, विद्युत क्षेत्रसँग सम्वन्धित भएर कार्य गर्ने मजदुरहरुको हक अधिकार, पछिल्लो समयको लिड बल्ब प्रकरण तथा नेपालमा आयत हुने विद्युतीय सामाग्रीहरुको गुणस्तरका सम्वन्धमा विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलसँग गरेको कुराकानीको केही अंश ः

 

नेपालको विद्युत विकासका लागि यहाँको पार्टिले खेलेको भुमिका कस्तो लाग्छ ? बताईदिनु होस् न । 

संविधान निर्माण पछि मुलुकको आर्थिक संवृद्धिका लागि हाम्रो पार्टिले निकै राम्रो कार्य  गर्दै आएको छ । विश्वमा नै जलस्रोतमा दोस्रो धनी देशका रुपमा रहेको नेपाल जलस्रोतको माध्यम बाट आर्थिक विकास गर्ने हाम्रो पार्टिको योजना रहेको छ । नेपालको जलस्रोतको प्रयोग गरी नेपाललाई विद्युत क्षेत्रमा आत्मानिर्भर मात्र नबनाई विदेशमा समेत विद्युत विक्रि गरी आर्थिक विकास गर्नु हाम्रो पार्टिको लक्ष्य रहेको छ र हाल  हाम्रो पार्टीले विद्युत क्षेत्रको विकासका निमित्त गरेका कार्यहरु जलविद्युत आयोजनाको निर्माण तथा लोडसेडिङ्ग अन्त्यका निमित्त खेलेको भूमिकाले यस कुरालाई प्रस्ट पार्दछ ।  

विद्युत क्षेत्रसँग सम्वन्धित भएर कार्य गर्ने मजदुरहरुका सन्र्दभमा यहाँको पार्टिले संसदमा कस्ता आवाजहरु उठाउदै आएको छ ?

विद्युत क्षेत्रसँग संम्वन्धित भएर कार्य गर्ने मजदुरहरुका लागि मात्रै भन्दा पनि सम्पूर्ण  मजदुरहरुको लागि के गर्न सकिन्छ भन्ने विषय महत्व पूर्ण हुन जान्छ । अहिले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुको जीवन माथि उकास्नका लागि तथा उनीहरुको पारीवारीक व्यवस्थापनका लागि हामीले पटक पटक संसद्मा कुरा उठाउँदै आएका छौ । मजदुरहरुको जीवन रक्षाका निमित्त जीवन विमा लाई नीतिगत रुपमा व्यवस्थापन गर्नु हाम्रो पार्टीको लक्ष्य रहेको छ । 

ऊर्जा मन्त्रि जर्नादन शर्मालाई भारतबाट विद्युत आयत गरी नेपालमा  लोडसेडिङ्ग अन्त्य गर्यो भन्ने आरोप लागेको छ नि, यसमा के भन्नु हुन्छ ?

हाम्रो नेपालको परिवेश, अबस्था र उत्पादित विद्युतको क्षमतालाई हेरेर वा उत्पादित विद्युतको क्षमता कम भएकै कारण भारत बाट विद्युत आयत गरि काठमाण्डौ उपत्यका सहित देशका विभिन्न मुख्य शहरहरुमा लोडसेडिङ्ग अन्त्य गरिएकको हो । हाम्रो नेपाली समाजमा राम्रा काम गर्नेलाई सम्मान र नराम्रा काम गर्नेलाई सजाय दिने परिपाटी नै रहेको छैन । यो नेपालीहरुको संस्कार नै बनिसकेको छ ।  जसले गर्दा नेपाल विकास हुन नसकेको हो भन्ने पनि मलाई लाग्दछ । ऊर्जा मन्त्रि जनार्दन शर्माले विद्युत क्षेत्रका विकासका लागि चालेको कदम देशका लागि निकै नै फाईदाजनक रहेको छ । पछिल्ला वर्षहरुमा भन्दा यस बर्ष भएको अआर्थिक वृद्धि दर ले पनि यस कुरालाई प्रस्ट पार्दछ । कसैलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पहिले त्यसका सन्र्दभमा वा त्यसको पृष्ठभुमि जान्न जरुरी रहन्छ । 

नेपालको विद्युत क्षेत्रका विकासका लागि के कस्ता कार्य गर्नु पर्ला ?

विश्वमा नै जलस्रोतको दोस्रो धनी देशका रुपमा रहेको नेपाल जलविद्युत उत्पादनका पर्याप्त स्रोतहरु रहेका छन् । ८३ हजार मेगावाट जलविद्युत क्षमता बोकेको नेपाल जलविद्युत क्षेत्रको विकास गरेर नै आर्थिक विकास गर्न सक्ने देखिन्छ । जलविद्यु विकासका लागि तात्कालीन तथा दिर्घकालिन योजनाहरु ल्याउनु आवश्यक रहेको छ । चरणद्ध रुपले जलविद्युत आयोजनाहरुको विकास गर्न सकेको खण्डमा विद्युत क्षेत्रको प्रगति हुने देखिन्छ । जलविद्यु विकासका लागि नीतिगत व्यवस्थापन भए पनि व्यवहारीक रुपमा यसको कार्यन्वयन गर्नु पर्ने देखिन्छ । विद्युत उत्पादन सँगै सिँचाईलाई पनि व्यवस्थित गर्नु पर्दछ भन्ने मलाई लाग्छ । 

नेपालमा विद्युत उत्पादन गर्नका लागि लगानी कहाँबाट आउने गर्दछ ?

नेपालमा विद्युत विकासका लागि विदेशीहरुको लगानिको मुख ताकि राख्नु पर्दैन । नेपालको जलविद्युतको विकासका लागि नेपाली पैसा नै पर्याप्त रहेको छ । नेपाली पैसाको उचित व्यवस्थापन गर्ने हो भने नेपालमा जलविद्युत उत्पादनका लागि कुनै समस्या पर्दैन । पछिल्लो समयमा नेपालमा साधरण नागरीक देखि लिएर व्यवसायीहरु विद्युत क्षेत्रमा लगानि गर्न  उत्साहित देखिन्छन् । नेपालको पैसा नेपालमा नै लगानि गर्नका लागि उचित वातावरणको सिर्जन ागर्ने हो भने विदेशी लगानिमा भर पर्नु पर्ने देखिदैन । 

माओवादीले भुमिगत काल सबै भन्दा बढी क्षति विद्युत क्षेत्रमा नै गरेको र अहिले त्यहि क्षतिको पूर्तिका लागि  लोडसेडिङ्ग अन्त्य गरेको भन्ने सुनिन्छ नि, यसमा तपाई के भन्नु हुन्छ ?

नेपालको मात्र होईन विश्वको ईतिहास हेर्ने हो भने कुनै पनि मुलुकमा ध्वंश नभई त्यस मुलुकको विकास भएको देखिदैन । कुनै पनि क्षेत्रको परिवर्तन हुनका लागि विद्रोह हुनै पर्दछ । शान्ति र विकासका लागि माओवादीले गरेको १० वर्षे जनयुद्धले नै आज हामीले उपभोग गरेको परिर्वतन हो ।  यदि त्यस समयमा माओवादिले आन्दोलन नगरेको भए जनताले आज स्वतन्त्रताको उपभोग गर्न पाउने थिएनन् । देशमा भएको परिर्वतनको उपभोग गर्न पाउने थिएनन् । अहिले विकासका हरेक क्षेत्रमा भएको परिर्वन त्यस बेलाको आन्दोलनको परिणाम हो । माओवादीको भुमिगत काललाई जसले जसरी अथ्र्याए पनि विज्ञहरुले त्यसको सत्या बारे बुझ्न जरुरी रहन्छ । कुनै पनि राष्ट्रको विकास आन्दोलन विना हुदैन । 
 
स्थानीय तहको प्रथम चरणको चुनावमा तपाईको पार्टी त निकै पछी परेको देखिन्छ नि यसमा तपाई के भन्नु हुन्छ ?

निर्वाचनमा हार जित हुनु कुनै नौलो कुरा होईन । जनताले आफुलाई जुन पार्टीको समर्थन गर्न मन लाग्छ उनीहरुले त्यसलाई समर्थन गर्नु उनीहरुको हक हो । जनताले कुनै पार्टी चयन गर्नु पूर्व त्यसको ईतिहास हेरेर त्यसमा लाग्नु पर्दछ । जनताले राजनीतिमा अपनत्वबादलाई अपनाउनु भन्दा पनि त्यसको शिद्धान्तलाई बुझ्न जरुरी हुन्छ । मलाई लाग्छ जनताहरु शिद्धान्तमा भन्दा पनि बढी अपनत्ववाद लाई प्राथमिकता दिने गर्दछन् । अझै सम्म पनि कुन पार्टी कस्तो हो भनेर बुझ्न सकेका छैनन् । 

एलईडी बल्ब प्रकरणलाई यहाले कसरी लिनु हुन्छ ?

नेपालमा एलईडी बल्ब आयत गर्ने सम्वन्धमा ऊर्जामन्त्रि तथा प्राधिकरणका प्रमुखले भ्रष्टाचार गरे भन्ने प्रचारबाजी हल्लाहरु धेरै नै भएका छन् । तर बास्तवमा यो हल्ला मात्र नै हो । अहिले विद्युत क्षेत्रमा भएका विकासलाई देखि नसक्नेहरु वा यसका विरोधिहरुको प्रोप्रोगाण्डा हो भन्ने मलाई लाग्दछ । 

सरकारले नै एलईडी बल्ब विक्रि गर्ने भए व्यवसायीहरुले के गर्ने ? भन्ने प्रश्नहरु व्यवसायीले उठाउने गर्दन् नि यसमा तपाई भन्नुहुन्छ ?

राष्ट्रलाई घाटा पर्ने गरी कुनै व्यवसाहीको हीतका लागि मात्र कार्य गर्नु भन्दा समग्र देशका हितका लागि कार्य गर्नु उपयुक्त हुन्छ । व्यवसायीहरुको हित विपरीत राष्ट्रले कार्य गर्न खोजेको होईन जनताका हितका लागि जनतालाई एलईडी बल्बको प्रयोग गर्न बानि पार्नका लागि एलईडी बल्ब आयत गर्न लागेको हो । संविधान अनुशार सम्पूर्ण व्यवस्था  राज्यले गर्नु र्पछ भन्ने समाजवादी नीति रहेको छ । समाजवादी नीति लाई व्यपारीहरुले पनि ध्यान दिनु पर्छ जस्तो मलाई लाग्छ । 

नेपालमा आयात हुने विद्युतीय सामाग्रीहरुको गुणस्तरमा नेपाल सरकारले कस्तो भुमिका खेल्नु पर्दछ ?

नेपालमा विद्युतीय सामाग्रीहरुको उत्पादन हुने गरेको छैन । विद्युतीय सामाग्रीहरुको उत्पादन नहुदा विभिन्न मुलुकहरुबाट विद्युतिय सामाग्रीहरुको आयत गर्नु पर्ने अबस्था रहेको छ । विभिन्न देशबाट आयत हुने विद्युतीय सामाग्रीहरुको गुणस्तर परीक्षण गर्नका लागि प्रयोगशालाको व्यवस्था छैन । यस सम्वन्धमा गुणस्तर परीक्षण गर्नका लागि मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट प्रयोगशालाको व्यवस्था हुनु पर्ने मा जोड दिन्छौ ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

विद्युत क्षेत्र निकै जटिल र महत्वपूर्ण क्षेत्र हो । यस सँग सम्वन्धित भएर प्रकाशन हुने पत्रिका मार्फत विद्युतीय क्षेत्रका प्रगति, विभिन्न घटनाका बारेमा जानकारी लिन आग्रह गर्दछु साथै कम विद्युतखपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न आग्रह गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago