“विदेशीहरुको आँखामा के नेपाल डम्पिङ्ग साईट हो”

  • प्रकाशित मिति : Wed-07-Jun-2017
  • - विनित कुमार सारदा म्यानेजिङ डाइरेक्टर प्रिमियर ओभरसिज प्रा.ली
title

नेपाली बजारमा विभिन्न फर्म÷कम्पनीहरुले विभिन्न किसिमका विद्युतीय सामाग्रीहरु आयत गरी विक्रि वितरण गरी आएकोमा विगत १५ वर्ष देखि विभिन्न फर्म÷ कम्पनीहरुबीच धेरै प्रकारका गुणस्तरीय विद्युतीय सामाग्रीका साथ विद्युतीय स्वीचहरु सकेट, एलईडी बल्व तथा पंखाहरुको बिक्रि वितरणमा प्रतिस्पर्धा गर्दै आफ्नो छुट्टै पहिचान र नेपाली बजारमा अविस्मरणीय योगदान पुर्याउदै आएको प्रिमियर ओभरसिज प्रा.लि. थापाथली, काठमाण्डौका म्यनेजिङ डाईरेक्टर विनित कुमार शारडा सँग विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानिको केही अंश ः

प्रिमियर ब्रान्ड को सामाग्रीहरु नै गुणस्तरयुक्त छन् भनेर उपभोक्ताले विश्वास गर्ने आधारहरु केके छन् ? बताई दिनुहोस् न ।

प्रिमियर ब्रान्ड का सामाग्रीहरु बिगत १५ वर्ष देखि नेपाली बजार र हरेक नेपालीको घर आँगनमा पुगेको यहाँहरुलाई अवगत नै रहेको छ र यो नै गुणस्तरको प्रमाण हो । हरेक नेपालीले दुःख कष्ट गरि आर्जन गरेको रकमबाट घर तथा भवन निर्माणका लगानी गरेका हुन्छन् त्यस लगानी भित्र हाम्रो पनि केही हिस्सा छ । त्यो भनेको हामीले दिने सामानको टिकाउपन, गुणस्तर, लुक्स आदि । जुन सामानको प्रयोबाट हरेक नेपालीले विद्युतबाट हुन सक्ने हानी नोक्सानिबाट आफु आफ्नो परिवार र धन सम्पतीको सुरक्ष ागर्न सकोस् त्यो नै गुणस्तरीयताको प्रमाण हो । यिनै कुरालाई मध्यनजर गर्दै हामीले गुणस्तरीय सामानहरु नेपाली बजारमा बिक्रि बितरण गर्दै आएका छौ  भन्ने प्रमाण विगत १५ वर्ष देखि यसै क्षेत्रमा निरन्तर लागि रहनुले पनि बताउँदछ । अलिकति दुःखका साथ भन्नु पर्दा नेपाली बजारमा उपभोक्ताहरुको केही कमजोरी पनि रहेको छ । ग्राहकहरु गुणस्तरीय सामाग्रि भन्दा सस्तो सामाग्रीको पछि लाग्नु हुन्छ र दुख कष्ट पनि पाईरहनु भएको छ । हामी आशा गर्छौ ब्राण्ड उल्लेख नभएका सामाग्रीहरु आयत गर्नका साथै विक्रि वितरण समेत नेपाल सरकारले रोक लगाइयोस् । हरेक नेपाली जनताको सुरक्षा गर्ने दायित्व नेपाल सरकारको पनि त हो । हाईन र ?

प्रिमियर ओभरसिज प्रा.ली ले कुन कुन देशहरुबाट विद्युतीय सामाग्री आयत गर्दै आएको छ ?

प्रिमियर ओभरसिज प्रा.ली ले  भारत, चीन, मलेसिय, दक्षिण कोरिया बाट मुख्यत  विद्युतिय सामाग्रीहरु आयत गर्दै आएको छ । साथै एक वर्ष देखि हामी आयत मुखी नभई गुणस्तरीय सामान नेपालमा नै उत्पादन गरी सस्तो र सुलभ मुल्यमा नेपाली बजारमा ल्याउन कम्मर कसेका छौ । यस कम्पनीको भगिनी संस्था सारडा इलेक्ट्रिकल्स प्रा.ली . विराटनगबाट प्रिमियर ब्राण्डका स्वीच, सकेट, एलईडी बल्ब उत्पादन गरी नेपाली बजारमा ल्याई सकेका छौ । आगामी दिनहरुमा अन्य विद्युतीय  सामाग्री उत्पादन गर्दै जाने लक्ष्यका साथ अगाडी बढेका छौ, आशा छ हाम्रा उत्पादनहरुले आयतलाई केही हद सम्म प्रतिस्थापन गर्ने नै छ । जसले गर्दा स्वदेशी पूँजी र श्रम शक्ति विदेशीने छैन ।  

प्रिमियर ओभरसिज प्रा.ली का डिलरको अबस्था कस्तो रहेको छ र कति रहेको छ ?

व्यवसाय भनेको बस्तु आयत गरेर गोदाममा राख्दैमा हुदैन र हामी आयत कर्ताले मात्र नेपाल राज्य भित्र एकलौटि विक्रि वितरण गर्न पनि सक्दैनौ त्यसका लागि डिलर सव डिलर र खुद्रा विक्रेताहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । त्यसैले हाम्रा बस्तुहरु नेपाल भर हरेक खुद्रा विक्रेता सम्म पुर्याउन पूर्व मेची देखि पश्चिम महाकाली सम्म पहाड देखि तराई सम्म गरि ५ सय भन्दा बढी डिलर र सोही मात्रामा सब डिलरहरु रहेका छन् । जसले हाम्रो सामानहरु खुद्रा विक्रेता सम्म पुर्याई रहेका हुन्छन् । साथै हाम्रा डिलर, सब डिलरहरुलले समयमा नै सामान पाउन् भनेर नै बिरगञ्ज, बिराटनगर र नेपालगञ्जमा शाखा विस्तार गरि उक्त क्षेत्रबाट पनि बिक्रि बितरण गर्दै आएका छौ । जसले गर्दा हरेक उपभोक्ताले गुणस्तरीय सामान समयमा नै पाउने छन् भन्ने विश्वास लिएका छौ । 

गुणस्तरीय सामाग्री बजारमा ल्याउन नेपाल सरकारले कस्तो नीति अबलम्वन गर्नु पर्ला ? 

बर्तमान समयमा नेपालमा विभिन्न मुलुकबाट आयत हुने सामाग्रीहरु न्यून गुणस्तरका हुने गरेका छन् । विकसित मुलुकहरुको तुलनामा कम गुणस्तरका विद्युतजन्य सामाग्रीहरु आयत तथा विक्रि वितरण हुदै आएको छ । यसले गर्दा नेपाल विदेशिहरुको डम्पिङ साईडका रुपमा रहेको छ । सकेटहरुमा कपरको लेप प्रयोग गर्नु पर्नेमा नेपालमा आल्मोनियम तथा फलाममा  कपरको लेप लगाएर त्यसको प्रयोग हुने गरेको छ ।  यसले सर्ट सर्किट हुने धेरै सम्भावना रहन्छ र उपभोक्ताहरुको नै ज्यान समेत जान सक्दछ । नेपालमा विक्रि वितरण हुने सामाग्रीहरु न्यून गुणस्तरका त छदै छन् त्यसका अलवा नेपाल सरकारको भन्सार नीति पनि अस्पस्ट रहेको छ । नेपाल सरकारको नीति अनुसार कच्चा पदार्थ आयत गर्दा र निमार्ण भईसकेका तयारी सामाग्री आयात गर्दा भन्सार दरमा केही फरक रहेको छैन । अझ कच्चा पदार्थ आयत गरेर नेपालमा नै सामाग्री निर्माण गर्दा उद्योगले पुनः अन्त शुल्क सरकारलाई तिर्नु पर्दछ । जसले गर्दा नेपालमा उत्पादन हुने बस्तुको कच्चा पर्दाथमा तिरेको कर र नेपालमा उत्पादन गरी पुनः तिर्नु पर्ने अन्त शुल्क जोड्दा आयत गरी ल्याउने तयारी बस्तु नै सस्तो पर्ने देखिन्छ । जसले गर्दा नेपालमा विद्युतीय उद्योगहरुको स्थापना हुन सकिरहेको छैन । नेपाल सरकारको यो आयत मुखी नीतिले गर्दा नै विद्युतीय सामाग्रीका क्षेत्रमा हामी आयतमा निर्भर रहनु परेको छ ।तसर्थ नेपाल सरकारले भन्सार दरमा स्पस्ट नीति कायम गर्ने तथा विभिन्न मुलुकबाट आयत हुने सामाग्रीहरु गुणस्तरीय सामाग्री हो वा होइन भनेर परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउने नीति निर्माण गर्न ढीला भै सकेकामे हामीले महशुस  गरेका छौ । आज नेपालको अर्थतन्त्र बैदेशीक रोजगारीमा जानेहरुको रेमिट्यन्स बाट चलेको छ । त्यसलाई प्रतिस्थापन गर्नका लागि पनि उद्योगहरुको स्थापना हुन जरुरी छ जसले गर्दा स्वदेशमा नै कामदार तथा कर्मचारीको माग बढ्ने छ र आयतमा कमी भई पूँजी पलायनमा समेत रोक लाग्ने छ । 

सरकारले व्यवसायी तथा उद्योगिहरुका लागि कस्तो आर्थिक नीति अबलम्वन गर्नु पर्ला ? 

नेपाल सरकारले नेपालमा नै स्थापना भएका तथा उद्योग सञ्चालन गर्न इच्छुक उद्योगीहरुलाई प्रोत्साहित गर्न जरुरी रहेको देख्दछु । यदि नेपालमा नै इलेक्ट्रिक प्रोडक्टहरु उत्पादन गर्ने  उद्योगहरु सञ्चालनमा ल्याउन सकेको खण्डमा अन्य देशबाट विद्युतिय सामाग्रीहरु आयत गर्दा हुने अनावश्यक खर्च कटौती हुनका साथै नेपाली जनताले रोजगारीको अवसर प्राप्त गर्ने थए । यस बाट नेपाल सरकारको एउटा समस्याको पाटोमा 
केही हल हुनका साथै राजस्वमा समेत बृद्धि हुने देख्दछु । त पनि फाईदा हुन्छ । तसर्थ सरकारले यसका सम्वन्धमा दिर्घकालिन योजना बनाउनु पर्दछ जसले देशलाई नै समृद्धि तर्फ उन्मुख गराउन सहयोग पुग्दछ । 

पछिल्लो समयमा विद्युत व्यवसायमा असुरक्ष बढ्दै गएको छ भन्ने सुनिन्छ नि, यसमा के भन्नुहुन्छ ?

अहिले पछिल्लो समयमा विद्युतीय क्षेत्रमा सटर, गोदाम फोडेर चोरीका घटनाहरु निकै बढ्दै गएको छ । यसले व्यवसायीहरुमा त्रास फैलनु स्वभाविक नै हो । अहिले बढेको चोरीका घटना र सुरक्ष निकाले त्यति चासो नदेखाउदा व्यवसायीहरुले असुरक्षित महसुस गरेका हुन् । चोरीको घटनाको सिसि क्यामेरा फुटेज प्रहरीलाई प्रदान गर्दा समेत त्यसबाट कुनै परिणाम ननिस्कनुले प्रहरी प्रशासन मौन रहेको देखिन्छ । हामीले चोरीको घटनाको सिसि क्यमेरा फुटेज प्रदान गरि दिदा त कमसेकम सुरक्षा निकायले तत्काल सो सम्वन्धमा कार्य गर्नु पर्ने थियो तर अहिले सम्म चोरीका घटनाको सम्वन्धमा कुनै पनि तथ्य पत्ता लगाउन सकेको छैन यसका बारेमा सम्वन्धित निकाय सक्रिय भएर लाग्नु पर्ने देखिन्छ । 

विद्युतीय क्षेत्रको विकासमा  विद्युतीय व्यवसायी संघ तथा महासंघले कस्तो भुमिका निर्बाह गर्नु पर्ला  ?

 विद्युतीय क्षेत्रका हक हितका लागि विद्युत संग सम्वन्धीत जति  पनि  महासंघ तथा संघहरु रहेका छन् ती संघ संस्थाले आफ्नो संघमा आवद्ध सदस्यहरुलाई गुणस्तरीय सामाग्री विक्रि वितरण गर्न जोड दिनुका साथै नेपालमा पनि गुणस्तर चिन्ह् प्रदान गरिएका सामाग्रीहरु मात्र विक्रि वितरण गर्नपाउने मापदण्ड निर्माण गर्न सम्वन्धित निकायलाई घचघच्याउनु पर्ने देख्दछु । हाल सम्म विद्युतीय तारहरुमा मात्र गुणस्तर चिन्ह प्रदान गरिएको छ । सबै प्रकारका विद्युतजन्य सामाग्रीहरुमा नेपाल गुणस्तर चिन्ह् प्रदान गर्नका लागि तथा गुणस्तरीय सामाग्रीको परीक्षण गर्नुका लागि ल्याव टेस्टको व्यवस्था गर्न जोड दिनु पर्दछ भन्ने ठान्दछु । 

प्रिमियर ओभरसिज प्रा.ली ले कस्ता कस्ता सामाग्रीहरुको आयात तथा विक्रि वितरण गर्दै आएको छ ?

प्रिमियर ओभरसिज प्रा.लि ले नेपाली बजारमा गुणस्तरीय एंकर तथा पानासोनीकका स्वीच, सकेट, एमसिबि, डी.बि बक्स तथा ओरियण्ट कम्पनीका होम एप्लाईन्स, पंखा, एयर कुलर, एलईडी बल्बहरु साथै प्रिमियर ब्राण्डका ग्यास गिजर, हिटर, पंखाहरुका अतिरिक्त विभिन्न विद्युतीय सामाग्रीहरुको आयत तथा विक्रि वितरण गर्दै आएको छ । साथै नेपाली बजारमा गुणस्तरीय सामाग्रीहरुको माग रहेको हुदा नै विगत १५ वर्ष देखि यस कम्पनीले बजारमा आफ्नो छुटै  पहिचान स्थापित गर्न सफल भएको छ । 
 
अहिले तराई तथा भित्रि मधेशका साथै काठमाण्डौ उपत्यकामा पनि गर्मि ह्वात्तै बढेको छ यसका लागी लपाईले नेपाली बजारमा के कस्ता फ्यान बिक्रि वितरण गर्दै हुनु हुन्छ र मुल्या के कति छ बताई दिनु हुन्छ की ?

हामीले बिगत ४ बर्ष देखि ओरियण्ट तथा प्रिमियर ब्राण्डको विभिन्न मोडलहरु सिलिङ, वाल, स्टेण्ड, टेवल तथा ईण्डष्ट्रियल पंखाहरु विक्री वितरण गर्दै आएका छौ यसको गुणस्तर, हावाको चाप र टिकाउपनका कारण नेपाली बजारमा अत्याधिक मात्रामा माग बढेको छ । विभिन्न रङ्ग, आर्कषक मोडल, छरितो तथा दरिलो र सस्तो सुलभ भएका कारणले नै नेपाली बजारमा यसको माग अधिक भएको हो । आर्थिक अबस्था कम भएकाहरुले पनि गर्मियाममा पंखाको सितलता लिन सक्ने गरि नै न्युनतम रु.१७०० देखि अधिकतम रु. १९÷२० हजार मूल्य सम्मका पंखाहरु रहेका छन् । लामो समय देखि नेपाली बजारमा आफ्नो उच्च स्थान कायम गर्दै आएको प्रिमियर 
ओभरसिज प्रा.लीले देशभर गुणस्तरीय सामाग्रीको विक्रि वितरण गर्दै आई रहेको छ । प्रिमियर ब्रान्डका प्रोडक्टहरु देशभर विक्रि हुने गरेको छ । प्रिमियर ब्राण्डले विद्युतसँग सम्वन्धित सम्पूर्ण सामाग्रीहरु उपभोक्ता समक्ष पुर्याउन सकेको छैन । ता पनि हाम्रा सिमित प्रोडक्टहरुले पनि ग्राहकको ध्यान हामी तिर आकर्षित गरेको हुँदा आगामी दिनमा यसलाई वढावा दिदै अन्य सामाग्रीहरु पनि भित्राउने हाम्रो योजना रहेको छ । साथै हामीले अहिले नेपालमा नै ६० भन्दा बढी प्रकारका विभिन्न स्विचहरु  उत्पादन गरि रहेका छौ आगामी दिनमा अन्य सामाग्रीहरु पनि नेपालमा नै उत्पादन गर्ने हाम्रो योजना रहेको छ । 

प्रिमियर ओभरसिज प्रा.लि का भावि योजनाहरु के के रहेका छन् ? बताइदिनुहोस् न ।

लामो समय देखि नेपाली बजारमा आफ्नो उच्च स्थान कायम गर्दै आएको प्रिमियर ओभरसिज प्रा.लि ले देशभर गुणस्तरीय सामाग्रीको विक्रि वितरण गर्दै आई रहेको छ । प्रिमियर ब्रान्डका प्रोडक्टहरु देशभर विक्रि हुने गरेको छ । प्रिमियर ब्रान्डले विद्युत सँग सम्वन्धित सम्पूर्ण सामाग्रीहरु उपभोक्ता समक्ष पुर्याउन सकेका छैनौ । हाम्रा सिमित प्रोडक्टहरु मात्र बजारमा आएका छन् भावि दिनमा यसलाई बढावा दिदै अन्य सामाग्रीहरु पनि भित्राउने हाम्रो भावि योजना रहेको छ । साथै हामीले अहिले नेपालमा नै ६० भन्दा बढि प्रकारका विभिन्न स्विचहरु त उत्पादन गरि रहेका छौ भावि दिनमा अन्य सामाग्रीहरु पनि नेपाल भित्रनै उत्पादन गर्ने पनि हाम्रो योजना रहेको छ ।  

लोडसेडिङ्ग अन्त्यका लागि विद्युतीय सामाग्रीको कस्तो भूमिका रहन्छ ?

नेपाल सरकारले अहिले देशभर लोडसेडिङ्ग अन्त्य गर्ने अभियान सुरु गरिरहेको छ र अहिले उपत्यका बाहेक विभिन्न स्थानमा लोडसेडिङ्ग अन्त्य भइ सकेको छ । लोडसेडिङ्ग अन्त्य गर्नका लागि विद्युतीय सामाग्रीहरुको पनि महत्वपूर्ण भुमिका रहन्छ । कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोगले विद्युत बचाउन सहयोग पुर्याउदछ । विद्युत कम खपत गर्ने सामाग्रीको प्रयोग सम्पूर्ण उपभोक्ताहरुले गर्ने हो भने धेरै विद्युत बचत हुन्छ । सरकारले पनि कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीको आयातमा जोड दिनु पर्दछ ।

अन्त्यमा यस पत्रिका मार्फत  के भन्न चाहनुहुन्छ ?

उपभोक्तहरुले विद्युतीय सामाग्रीहरु प्रयोग गर्दा मूल्यलाई मात्र ध्यान नदिएर गुणस्तर लाई ध्यान दिन आग्रह गर्दछु । साथै कम विद्युत खपत गर्ने सामाग्रीहरुको प्रयोग गर्न पनि आग्रह गर्दछु ।

प्रतिक्रिया