भर्खरै

अबको युगमा एलइडी बल्बको महत्व

  • प्रकाशित मिति : Wed-14-Jun-2017
  • - भीमलाल श्रेष्ठ
title

देशले आवश्यकता अनुसार विद्युत आपूर्ति गर्न नसकी रहेको अबस्थामा विद्युत खपत न्युनिकरणगरि केही  हदसम्म समस्या समाधान गर्न सकिन्छ । यसैलाई मध्यनजर राखी हामीहरुले विगतका दिनहरुमा बढी विद्युत खपत हुने इन्क्यान्डोसेन्ट (फिलामेन्ट युक्त) बल्बहरुलाई हटाई सि.एफ.एल बल्बहरु प्रयोगमा ल्याएका थिए । पुरानो इन्क्यान्डोसेन्ट (फिलामेन्ट युक्त) बल्बले भन्दा सि.एफ.एल बल्बले ५ गुणा कम विद्युत खपत गर्छ । त्यस्तै गरी सि.एफ .एल बल्ब भन्दा पनि कम विद्युत खपत हुने बल्ब एलइडी बल्ब हो । सि.एफ.एल बल्ब भन्दा एलइडी बल्बमा २ गुणा कम विद्युत खपत हुन्छ । लाइट इमिटिङ्ग डायोडको छोटकरी नाम नै एलइडी हो भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । एलइडी बल्बहरु अरु बल्बहरुले भन्दा बढी उपयोगी किन छन् त ? यसै कुराहरुलाई प्रस्ट्याउन निम्न बुँदाहरु हेरौँ ः
 
विद्युत खपतमा कमि

वास्तवमै एलइडी बल्बले अरु बल्ब भन्दा कम विद्युत खपत गर्दछ । राम्रो एलईडी बल्बले सि.एफ.एल बल्ब भन्दा दुई गुणा विद्युत कम खपत गर्दछ । १० वाट सि.एफ.एल बल्ब बराबर ५ वाट एलइडी बल्बले प्रकाश दिन्छ । 
कम हिट उत्पन्न हुन्छ एलइडी बल्बले अरु बल्ब जस्तै सि.एफ.एल इनक्यानडिसेन्ट बल्ब भन्दा कम मात्र हिट जेनेरेट गर्छ । इनक्यानडिसेन्ट बल्बले ८५ं तापक्रम हिट जेनेरेट गरेर निकालेको प्रकाश बराबर  हिट जेनेरेट गरेर सि.एफ.एल बल्ब बल्छ भने एलईडी बल्बले जम्मा ३.५४ bt’s /hour हिट जेनेरेटगरेर त्यति नै प्रकाश दिन सक्छ । 

वातावरण अनुकुल 

एलईडी बल्ब RoHS Compatible छ । भन्ने तात्पर्य एलईडी, क्याड्मियम, मर्करी इत्यादि हुदैन । जबकी सि.एफ.एल बल्ब ज्ञान हुन्छ । यदि । सि.एफ.एल फुटेमा यसमा भएका विशाक्त पर्दाथहरुले हाम्रो वातावरणमा खराब असर गर्दछ । एलईडी बल्बबाट कुनै विकिरण निस्कदैन । सि.एफ.एल बल्ब ट्युवलाईट बल्बहरुमा मर्करी भेपरहरु एक्साईटिङ्ग भएर फस्पोरस कोटिङमा ठक्कर खाई प्रकाश आउने भएको हुँदा त्यसबाट अल्ट्राभ्वाईलेट रेडिएशन निस्कन्छन् तर एलईडी बल्बमा यस्तो कुनै प्रकारको रेडिएशन निस्कदैन । 

आगलागी धुवाँधुलोको गन्धबाट छुटकारा 

सि.एफ.एल बल्बहरुमा प्रयोग गरिएका कमसल खालका सर्किटहरु कहिलेकाही जलेर आगालागि हुन सक्छ । भोल्टेजको गडबडी, हाईभोल्टेजले गर्दा यसो हुने सम्भावना बढी छ । तर एलईडी बल्बमा यस्तो हुने सम्भावना धेरै कम हुन्छ ।

धेरै पटक अन अफले केही असर नपर्ने

। सि.एफ.एल बल्ब धेरै पटक अन अफ गरेमा यसको लाईफ टाईममा कमी आउँछ । त्यसैले धेरै । सि.एफ.एल बल्ब चाँडै नै खराब हुन्छ । एक चोटी बाल्दा ३,४ घण्टा लगातार बल्ने आधारमा । सि.एफ.एल बल्बहरुको रेटेड लाईफ टाईम किटान गरीएको हुन्छ । तर हामी छोटो समयमा धेरै नै पटक अन  अफ यसको लाईफ टाईम घट्छ । यस्तो समस्या एलईडी बल्बमा हुँदैन । 

पुरा प्रकाश दिएर बल्ने 

एलईडी बल्ब बाल्ना साथै पुरा प्रकाश दिएर बल्छ । जबकी । सि.एफ.एल बल्बहरु बाल्ना साथै पुरा प्रकाश दिदैन ।  सि.एफ.एल बल्ब वार्म अप पिरियड केही सेकेन्ड देखि केही मिनेट ,लाग्छ । पुरा प्रकाश दिन केही बेर पर्खनु पर्दछ । जसले गर्दा सि. एफ.एल मा केही समयर इलेक्ट्रिसिट खेर जान्छ ।

धेरै अबधि सम्म टिकाउ हुने 

एलईडी बल्ब सि.एफ.एल बल्ब भन्दा १० गुणा बढी अबधि सम्म टिक्छ । उदाहरणका लागी । सि.एफ.एल बल्बको ५००० घण्टा लाईफ छ भने एलईडी बल्बका ५०००० घण्टा सम्म लाईफ हुन्छ । अझ राम्रा राम्रा क्वालिटिका एलईडी बल्बको त्यो भन्दा पनि बढी हुन्छ । 

सजिलै फुट्दैन 

एलईडी बल्ब अरु जस्तै टुट्ने सम्भावना छैन । सि.ए.एफ बल्बका साथै अरु बल्बहरुमा ग्यास भएको हुदा खस्दा सजिलै टुट्न सक्छ भने एलईडी बल्ब सो एलईडी स्टेटको डिभाइस भएको हुदा त्यस्तो सजिलै फुट्दैन । 

प्रकाश खेर नजाने 

एलईडी बल्बमा प्रकाश कुन डिरेक्सनमा पठाउने भन्ने हिसावले डिजाइन गरेको हुन्छ । कुनैमा लेन्स राखेर एउटै दिशामा पठाइएको हुन्छ , भने कुनैमा सबै दिशा तिर पठाउने गरी बनाईएको हुन्छ । जसले गर्दा रिफ्लेक्टरस्को त्यति अवश्यकता हुदैन । सि.एफ.एल मा सबै तिर प्रकाश जान्छ । कुनै एक दिशा तिर पठाउनु परे रिफ्लेक्टरस्को जरुरत हुन्छ । एलईडी बल्ब कम भोल्टेजमा पनि बल्छ । जबकी सि.एफ.एल. धेरै चिसो भोल्टेजमा बल्दैन । बले पनि धेरै प्रकाशमा मात्र राखेर बनाएका एलईडी बल्बहरु सस्ता हुन्छन् साथै त्यो बलियो पनि हुदैन । अहिले बजारमा चाइनिज इमरजेन्सी लाइटहरु तथा त्यस्तै सस्ता लाइटहरुमा यस्ता एलईडीको प्रयोग गरेको देखिन्छ । माथिको डाटामा उल्लेख गरिएको एलईडी यस्तो प्रकारको एलईडी होइन । एस.एम.डि टाइपका एलईडीहरु पावर एलईडी अहिले बढी प्रयोगमा आउने देखिन्छ । एलईडीको प्रकाश पनि बिभिन्न प्रकारका छन् । जस्तै वार्म ह्वाईट (2700k-3300k)  ह्वाईट  (6000k)     कुल ह्वाईट  ( 5700k-6500k) का प्रकाश आउने एलईडी राखेर बनाइएका एलईडी बल्बहरु बढि घरायसी तथा कार्यलयमा प्रयोग हुन्छन् भने निलो, रातो, हरियो, पँहेलो आदि प्रकारका प्रकाश आउने एलईडीहरु पनि छन् । एलईडी मात्र बलियो भएर हुदै, त्यसमा भएको ड्राइभर सर्किट पनि गुणस्तरको हुनु अति आवश्यक छ । ड्राइभर सर्किट गुणस्तरको नभए माथि दिएका डाटाहरु मेल खाँदैन । विश्वका धेरै देशहरुमा एलईडी बल्बको प्रयोग बढ्दै गएको देखिन्छ । अबका दिनमा हामीले पनि एलईडी बल्ब प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया