भर्खरै

‘नेपालमा स्मार्ट मिटर तथा रिमोट रिडिङ्ग सिस्टम भित्रदै’

  • प्रकाशित मिति : Wed-14-Jun-2017
  • -  अमृत बाबु अधिकारी ,गोरखा विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख
title

नेपाल भर विद्युत क्षेत्रमा हाल विभिन्न किसिमका सकारात्मक परिर्वतन भई रहेको अवस्थामा गोरखा जिल्लाको विद्युतको अवस्था, विद्युतको पहुँच, ग्रामीण क्षेत्रमा विद्युत विकासका निमित्त सरकारले खेलेको भुमिका आदिका सन्र्दभमा गोरखा विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख अमृत बाबु अधिकारीसँग विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठ सँग गरेको कुराकानीको केही अंश ः
 

गोरखा विद्युत वितरण केन्द्रले विद्युत वितरण कसरी गर्दै आएको छ र गोरखामा विद्युतको अवस्था कस्तो रहेको छ ?

गोरखा जिल्लाका ४० वटा गाविस मा आंशिक तथा पूर्ण रुपमा विद्युतिकरण भई सकेको छ । ३४ गाविस मा पूर्ण र ६ ओटा गाविस मा आंशिक रुपमा विद्युतिकरण भएको छ । केहि महिना अघि ट्रान्सर्फमरको अभावमा गोरखा जिल्लामा लोडसेडिङ्ग हुने गरेको थियो तर हाल ६.८ को ट्रान्सर्फमर जडान गरे सँगै गोरखा जिल्ला भर लोडसेडिङ्ग अन्त्य भईसकेको छ । गोरखा विद्युत वितरण केन्द्रले हावा हुरी आई पानी परेका बेलामा र प्रविधिक समस्या उत्पन्न भएको समयमा बाहेक सबै गाविस हरुमा पूर्ण रुपले विद्युत वितरण गदै आएको छ । करिव ३५ हजार विद्युत उपभोक्ताहरु रहेको गोरखा जिल्लामा ७ ओटा सामुदायिक संस्था र ४० ओटा लोड सेन्टरहरु रहेको छ । गोरखा विद्युत प्राधिकरणले हाल सम्म उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै सहज रुपमा विद्युत वितरण गर्दै आएको छ । 

गोरखा जिल्लामा फ्युज सेवाको अवस्था कस्तो रहेको छ ?

गोरखा जिल्लामा विद्युत वितरण भएका ४० ओटा गाविस हरुमा जम्मा १३ ओटा मात्र फ्युज सेवा केन्द्रहरु रहेको छ । एउटा फ्युज सेवा केन्द्रबाट ४ ओटा सम्म गाविसहरु हेर्नु पर्ने अवस्था रहेको छ । यसो हुदाँ कतिपय अवस्थामा समस्या उत्पन्न हुने गरेको छ । अहिले गोरखा जिल्लामा स्थानिय तहको निर्वाचन सम्पन्न भई सकेको छ । यो निर्वाचनले विद्युत क्षेत्रको फ्युज सेवा लाई पनि प्रथामिकता दिन्छ भन्ने आशा मैले लिएको छु र प्राधिकरणको तर्फबाट फ्युज सेवा लाई विस्तार गर्नु पर्ने विषयलाई जोड दिने छौ । फ्युज सेवा सहित कलेक्सन सेन्टरको विस्तार गर्ने, जनतालाई नोलाईट सेवा प्रदान गर्ने पनि हाम्रो योजना रहेको छ ।

नियमित रुपमा प्रदान गर्नु पर्ने फ्युज सेवा नियमित भएन भन्ने सुनिन्छ नि यसमा के भन्नु हुन्छ ?

फ्युज सेवा हामीले सबै ठाउँमा सहज रुपमा प्रदान गर्न सकेका छैनौ । कर्मचारीको अभावका कारण नियामित रुपमा फ्युज सेवा प्रदान गर्न हामी असक्षम भएका हौ र यस सम्वन्धमा जन गुनासाहरु आउनु स्वभाविक हो । हामीले १ ओटा फ्युज सेवा केन्द्रबाट ४ ओटा गाविस हरु हेर्नु पर्ने अवस्था रहेको छ । एक ठाउँमा फ्युज सेवा प्रदान गर्दै गयो अर्को ठाउँमा फ्युज सेवा प्रदान गर्न समस्या हुने गर्दछ । हेल्फर, जुनियर हेल्फर प्राविधिकहरुको अभावमा फ्युज सेवा प्रभावित हुन पुगेको हो । फ्युज सेवालाई प्रभावकारी ढंगबाट संचालन गर्न हामी प्रयासरत छौ । 

गोरखा जिल्लाका ग्रामिण भेगहरुमा काठको पोलहरु मात्र प्रयोग गरेको देखिन्छ, यसलाई विस्थापन गर्न कस्ता योजनाहरु बनाउनु भएको छ ?

गोरखा जिल्लाका धेरै जसो ग्रामिण इलाकाहरुमा  काठका पोलहरु मात्र प्रयोग गरिएको छ । काठका पोलहरुको प्रयोग गर्दा कुनै पनि समस्याहरु नआउने भए ता पनि कालन्तरमा काठ कुहिने र जीर्ण हुने हुदा काठका पोलहरुलाई विस्थापन गरी फलामे पोलको विस्तार गर्ने कार्य हामीले निरन्तर रुपमा गर्दै आएका छौ । फलामे पोलको विस्तार गर्ने कार्यलाई जिल्ला विकास समितिले पनि सहयोग गर्दै आएको छ भने अन्य वर्षका तुलनामा यस वर्ष फलामे पोलको माग बढाएका छौ । फलामे पोल विस्तारको कार्यलाई नियामित गर्दै जाने हो भने अवको करिव तीन वर्ष भित्रमा गोरखा जिल्लाभर पूर्ण रुपले फलामे पोलको विस्तार  गर्न सकिन्छ । 

सरकारको उज्यालो नेपाल अभियानलाई साकार पार्न गोरखा विद्युत प्रधिकरणले कस्तो भुमिका खेल्दै आएको छ ?

विद्युतको अथाह सम्भावना भएको नेपाल पछिल्लो समयमा सरकारले विद्युत क्षेत्रका विकासका निमित्त निकै राम्रा कार्यहरु गर्दै आएको छ । उज्यालो नेपाल अभियान अन्तरगत सरकारले अहिले विभिन्न स्थानहरुमा पूर्ण रुपले लोडसेडिङ्ग अन्त्य गरी सकेको छ । सरकारको यो अभियानलाई प्रत्येक जनताहरुले साथ दिन जरुरी रहेको छ । हामीले यस अभियानलाई साकार पार्नका निमित्त भिन्न मिडियाहरुबाट कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न, अप्राविधिक रुपमा हुने विद्युत चुहावट नियन्त्रण गर्न का लागि हामीले जनचेतना फैलाउने कार्य गरी रहेका छौ भने विद्युत महशुल नतिर्ने उपभोक्ताहरुको विद्युत लाईन काट्ने जस्ता कार्य पनि गरि रहेका छौ । 

पछिल्लो समयमा मिटर रिडिङ्गको समस्या बढ्दै गएको देखिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

ग्रामिण क्षेत्रमा मिटर  रिडिङ्ग गर्नु निकै जटिल समस्याका रुपमा रहेको छ । मिटर रिडिङ्ग का क्रममा प्रति महिना टाढा टाढा सम्म पुग्नु पर्ने हुदाँ मिटर रिडिङ्ग गर्नका लागि समस्या पर्ने गरेको देखिन्छ । मिटर रिडिङ्गका सन्र्दभमा सरकारले पछिल्लो समयमा स्र्माट मिटर तथा रिमोट रिडिङ्गको प्रयोग गर्ने भन्ने अवधारणहरु अघि सारेको छ । सरकारले प्रस्तुत गरेका यो अबधारण व्यवहारमा नै लागु भए मिटर रिडिङ्गका समस्या समाधान हुन्छ । 

गोरखा जिल्लाको विद्युत विकासका निमित्त भावि योजनाहरु के के रहेका छन् ?

तत्कालिन अवस्थामा गोरखा जिल्लाको विद्युत क्षेत्रको प्रमुख आवश्यकता भनेको काठे पोलहरु लाई विस्थापन गरी फलामे पोलहरुको विस्तार गर्नु नै रहेको छ । त्यस्तै जिल्लाका उत्तरी गाविस हरुमा विद्युत प्रशारण लाईन अझै सम्म विस्तार हुन सकेको छैन । उत्तरी क्षेत्रहरुमा पनि विद्युत पुर्याउनका लागि विशेष पहल गर्ने हाम्रो भावि योजना रहेको छ भने विद्युत प्रसारण लाईन विस्तार गर्दा फलामे पोलहरु मात्र प्रयोगमा ल्याउने हाम्रो योजना रहेको छ । 


विद्युत प्रसारणका क्रममा प्रयोग गरिने सामाग्रीहरुको गुणस्तरको अवस्था कस्तो रहेको छ ?

विद्युत विस्तारका क्रममा प्रयोग गरिने पोलहरु, एमसिवि, ट्रान्फरमर, तार,इन्सुलेटर, कन्डक्टर अदि आवश्यक सामाग्रीहरु प्रयोग गर्दा हामीले एन.एस चिन्ह एवं एन.ई.ए चिन्ह प्राप्त सामाग्रीहरु नै प्रयोग गर्ने गरेका छौ । यी सामाग्रीहरु केन्द्रले नै खरिद गरी हामीलाई पठाउने गर्दछ । 

के नेपालमा लोडसेडिङ्ग अन्त्य सम्भव छ ?

सरकारको पछिल्लो समयमा विद्युत क्षेत्र प्रतिको लगाव हेर्दा नेपालमा लोडसेडिङ्ग अन्त्य सम्भव रहेको छ । अहिले सरकारले जलविद्युत उत्पादनका लागि साना तथा ठूला योजनाहरु ल्याएका छन्, विभिन्न स्थानमा लोडसेडिङ्ग अन्त्य गरी सकेको छ भने कम विद्युत खपत गर्ने सामाग्रीहरुको प्रयोगका लागि विशेष जोड दिइ रहेको छ । यसले गर्दा नेपालमा लोडसेडिङ्ग अन्त्यको प्रशस्तै सम्भावना रहेको छ । सरकारको यस्ता सकारात्मक योजनाहरुमा जनताहरुले पनि साथ दिनु पर्ने देखिन्छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

यस पत्रिका मार्फत विद्युत उपभोग गर्ने सम्पूर्ण उपभोक्ताहरु लाई विद्युतीय सामाग्रीहरु प्रयोग गर्दा कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग गरी विद्युत वचाउन तथा विहान र साझको पिक आवरमा अत्यधिक अनावश्यक लोड नचलाई दिन समेत आग्रह गर्न चाहान्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago