भर्खरै

 सर्वसाधारण जनतालाई ठगी गर्दै नेटर्वक मार्केटिङ्ग 

  • प्रकाशित मिति : Wed-21-Jun-2017
  • - रुपा तुलाधर
title

प्रविधिको विकास, यसका फाईदा र आवश्यकता बढ्दै गरेको अबस्थामा प्रविधिलाई दुरुपयोग गर्ने संगठनहरु पनि उत्तिकै सक्रिया रहेका छन् । बर्तमान समयमा विकास भएका प्रविधिले संसारलाई जोड्ने काम गरेको छ । विश्वका जुनसुकै कुनामा घटेका घटनाहरुलाई हामी एउटा कोठामा सिमित भएर त्यसका बारेमा जानकारी लिन सक्छौ । यति मात्र नभएर घटनाको प्रत्यक्ष अबलोकन समेत गर्न सक्छौ । प्रविधिको यस किसिमको विकासले मानिसहरुलाई निकै माथि पुर्याएको छ । प्राचिन सभ्यातामा एक ठाउँबाट अर्को ठाउँ चिन्न नसक्ने मानिसहरु प्रविधिको विकास भएको छोटो समयमा नै चन्द्रमा मा मात्र होईन मङ्गल ग्रहमा समेत पुगि मानव बस्तिको सम्भाव्यताका बारेमा अध्यान गर्न सफल भई सकेका छन् । प्रविधिको विकासले मानिसलाई फाईदा पुर्याउनुका साथै जीवन स्तरमा समेत परिर्वतन ल्याउन सफल भएको छ । उपभोग गर्दै आएका प्रविधिका फईदाहरुलाई सहि सदुपयोग नगरी दुरुपयोग गर्ने प्रवृतिको विकास भईर रहेको छ । यस्तै प्रविधिलाई गलत प्रयोग गर्ने कार्य मध्ये नेर्टवक मार्केटिङ्ग पनि एक हो ।

विश्वमा नेर्टवक मार्केटिङ्ग व्यवसायलाई पूर्णरुमा प्रतिबन्ध गरि सकेको छ भने नेपालमा पनि सन् २००३ मा नेटर्वक मार्केटिङ्ग व्यवसायलाई गैर कानुनी व्यवसाय रहेको भनि प्रविन्ध लगाएको थियो तर लुकि छिपि यस व्यवसाय सञ्चालन गर्ने संजाल भने अझै पनि पूर्ण रुपमा प्रतिवन्धित हुन सकेको छैन । सरकारले नेटर्वक मार्केटिङ्ग  व्यवसायलाई प्रतिवन्ध लगाए पनि राजधानि भित्र नै यस व्यवसायलाई  संचालन गर्दै आएको कम्पनीहरु रहेका छन् । सर्वसाधारण जनताहरुलाई आर्थिक प्रलोभन देखाएर अनलाइ तथा अन्या माध्यमबाट कम्पनीको सदस्या बनाई रकम असुल्ने कार्य गर्नु नै नेटर्वक मार्केटिङ्ग  व्यवसाय गर्नु हो । हालै काठमाण्डौ उपत्याकामा नेटर्वक मार्केटिङ्ग  व्यवसाय गर्दै आएको क्युनेट कम्पनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेटर्वक मार्केटिङ्ग  व्यवसाय अबैधानीक हुदा हुदै पनि व्यवसाय सञ्चालन गरेको करिव डेढ बर्ष पछि मात्रै यस व्यवसायको खुलासा भएको छ । उपत्याका भित्र नै अबैधानिक रुपमा संचालन  गर्दै आएको नेटर्वक मार्केटिङ्ग देशका अन्या स्थानहरुमा पनि नहोला भन्न सकिन्न । अबैधानीक यस व्यवसायलाई  संचालन गरिरहेका व्यवसायीहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्नु पर्दछ अन्याथा धेरै सर्वसाधरण जनताहरु ठगिमा पर्न सक्दछन् । नेटर्वक मार्केटिङ्ग व्यवसायका बारेमा सबै जनताहरुलाई थाहा नहुने हुदा यस व्यवसायमा फस्ने गर्दछन् । पिरामीड शैलीमा सैलीमा  नेटर्वकीङ्ग व्यवसाय गर्नेहरुले सदस्यको संख्या बढाउदै जाँदा यस व्यवसायमा संलग्न हुनेहरुको संख्या विस्तार हुने हो । यस व्यवसायमा जति धेरै सदस्या बनाउदै गयो उती नै नाफा हुने र बढी कमिसन दिने प्रलोभन देखाई धेरै जनताहरुलाई ठगी गरेको पाईएको छ । नेटर्वक मार्केटिङ्ग व्यवसायमा संलग्न हुनका लागि  न्यूनतम १५ हजार रुपैयाँ तिर्नु पर्ने र अर्को सदस्यता बनाए पछि कमिसिन दिने गरिन्छ । धेरै नेपालीहरुलाई यस नेटर्वक मार्केटिङ्ग व्यवसायका सम्वन्ध थाहा नहुदा यसमा फस्ने गर्दछन्  ।

नेपाल सरकारले नेटर्वक मार्केटिङ्ग व्यवसायलाई व्यवस्थित बनाउने भनि वि.स. २०६६ साल माघ मा निर्देशन जारी गरेको भए पनि सर्वोच्च अदालतले २०६८ चैत्र १५ गते नेटर्वक मार्केटिङ्ग व्यवसाय  नर्गन तथा नगराउनका लागि उत्प्रेषणा युक्त परमादेश जारी गरेको थियो । सरकारले यस व्यवसायलाई प्रतिवन्ध गरे पनि अझै यस व्यवसाय गर्ने संस्था रहेकोले यसको विस्तार नहोला भन्न सकिन्न तसर्थ यस व्यवसाय गर्नेलाई कानुनि कारबाही गनुर्का साथै यस व्यवसायका सम्वन्धमा जनताहरुलाई सजक गराउनु पनि आवश्यक रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago