भर्खरै

लोडसेडिङको अन्त्यको चाहाना

  • प्रकाशित मिति : Wed-12-Jul-2017
  • - मनिषा अधिकारी
title

जलस्रोत मा दोश्रो धनी हाम्रो देश सयौं देश्हरुमध्ये बाट ,तर अपत्यारिलो तर वास्तविक कुरा के भने कतिपय क्षेत्र अझ भनौं धेरै क्षेत्र हरु बिजुलि बत्ति बाट अझैसम्म पनि बन्चित छन् । जुन भेग मा बार्है मासा खोला नदिहरु बगिरहन्छन अक्सर आखिर त्यही नै क्षेत्रमा अझै टुकि बत्ती नबाली सुखै छैन । कस्तो दुख लाग्दो कुरा । स्रोत र साधन को उपयोग सहि तरिकाले गर्न सकिएन भने पनि न त रास्ट्र सम्पन्न हुन्छ , न त जनता सुखी नै । कृषिप्रधान हाम्रो देश दिनभरि खेतीवारि मेलापात गर्यो, बेलुका घर आयो टुकि मा मट्टितेल भर्यो अनि पिल्पिल उज्यालोमा आफ्नै जिबनशैली छामछुम गर्यो अनि सकियो त्यतिमै सिमित जिन्दगानी । सम्भावना र स्रोत प्रसस्तै छ र पनि उस्तै छन यहाँ का कथा र ब्यथा हरु अबसर हरु प्रसस्तै छन यहाँ तर फेरि पनि बर्षेनि युवा हरु बिदेशिन छन यहाँ कुनै अबसर छैन भन्दै । अबसर केही नहुनु भनेको नयाँ नयाँ अबसर हरु सिर्जना गर्न सकिने अर्को एउटा अबसर भन्ने कुरा मान्छे को मानसपटलमा घुस्न नसकेको होकि। यहाँका स्रोत र साधन लाई उचित ढंग बाट परिचालन गर्न सकिने हो भने हामी विस्व को सबभन्दा धनी देश को नागरिक बन्न सक्छौ । हामी संग त्यो सम्भावना छ मात्र हामी बेवास्ता गरिरहेका छौ । मात्र हामिलाइ आजको निम्ति बाच्नु छ । अनि हामी त्यसैको लागि हरेक संघर्ष गर्छौ । यताउती भौतारिन्छौ , अनि बिदेश पलायन हुन्छौ । देशको विकट देखि निकट सम्मका क्षेत्र हरु कुनै क्षेत्र बिजुलि बत्ति नपुगेर त कहि लोडसेडिङ को समस्या बाट पीडित नभएका होइनन् । चितबन को बासिन्दा भएको नाता ले  अलिकति प्रसङ्ग जोड्न चाहे मैले , अलि महिना अगाडी सम्म दिनमा १६ घन्टा देखि १८ घन्टा सम्म पनि लोडसेडिङ हुने गर्थ्यो । आज ठ्याक्कै अवस्था उस्तै छैन, आशा छ भोलिका दिनहरुमा झन पुर्ण तरिकाले बन्द नै हुनेछन ।

बत्ती आउँछ अनि पढ्छु भन्ने थेगो प्राय विद्यार्थी हरुले प्रयोगमा ल्याउ छन । सर्सर्ती हेर्दा बिजुलि बत्तिले शिक्षा क्षेत्र मा पनि प्रत्यक्ष अप्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । लोडसेडिङ कै कारण विद्यालय कलेज मा पनि कुनै कुनै क्लास यत्तिकै छोडनु पर्ने अवस्था नभएका होइनन् बस् हामी त्यस्लाइ साना साना कुरा मानेर बेवास्ता गरिरहेका छौ । अहिलेको समयमा उर्जा क्षेत्र अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । अझ हाम्रो नेपाल मा यहाँ को परिवेश मा त झन यो अत्यन्तै चासोको विषयबस्तु हो, नहोस् पनि कसरी ? विश्व को दोश्रो धनी देश जलस्रोत मा । कति धेरै सम्भावना छन , सम्भावना हुनु भनेको अवसर हरु प्रशस्तै छरिनु हो, ८३ हजार मेगावाट को क्षमता छ हामी संग ,क्षमता को दुई प्रतिशत पनि हामिले उत्पादन गर्न सकेका छैनौ । प्रष्ट छ कि हामी कति पछाडि छौ ।हाम्रो जस्तो जलस्रोत मा सम्पन्न देश को लागि यो लजास्पद को विषय नबन्ला भन्न सकिन्न । मेरो विचारमा मान्छे हरु आफ्नो उज्ज्वल भबिस्य आफ्नो देश मा पाँच प्रतिशत अनि बिदेश मा ९५ प्रतिशत देख्छन् । कस्तो नसुहाउदो कुरा । जब मान्छे आफ्नो पढाई सक्छ अनि बिदेश को लागि भिसाको लागि कोशिस गर्छ अनि जब उ बिदेश को लागि सफल हुन्छ नि अनि यहाँ थपडि पिट्ने हरुको कमि हुदैन  । फलानो बाहिर गयो सेटल भयो, ढिसानो ले बाहिर गएर कमाएर घर बनायो घडेरी किन्यो । नानाथरी का कुरा।  त्यसले चाहिँ पढएर आखिर केही गर्यो है । खास्मै पढेर केही गरेका यहाँ का मान्छे हरुको भने त्यति ठुलो उच्च मुल्यांकन नभएको देख्छु म । कमिकम्जोरी हामी मै छ ,त्यसलाई सहि तरिकाले पहिचान गरेर अगाडि बढ्ने हो भने हामी अवसर को खोजी मा बिदेश पलायन भैरहनु पर्दैन  । भैरहनु नपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । किनकी हामीसँग अवसर हरुको थुप्रै सम्भावना छ । हामीसँग बिश्व को सबैभन्दा धनी देश नेपाल बनाउन सक्ने क्षमता छ । मात्र धैर्यता र लगनशीलता को खाँचो छ अनि अर्को कुरा हिम्मत को पनि ।हाम्रो देशमा लोडसेडिङ हुनु भनेको लज्जास्पद विषय हो । यसको लागि आजभोलि केही पहल हरु भैरहेका छन । भोलिको दिनमा लोडसेडिङ को नामनिसाना पनि रहदैन भन्ने कुरामा पुर्ण विश्वस्त छु   । आजभोलि को चितवन् र अलि अगाडी को चितबन मा धेरै फरक छ । उसै त गर्मी ठाउ ,एक छिन पनि बिजुलि नहुदा गार्हो हुन्छ यहाँ चितबन मा मात्र होइन हाम्रो जस्तो देशमा कुनै पनि जिल्ला लोडसेडिङ को नाम बाट ग्रसित हुनु नपरोस् । लोडसेडिङ पछि को नेपाल सपना मा मात्रै होइन । बिपना मै अनुभुति गर्न पाइयोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago