भर्खरै

“ऊर्जा बचत गर्नु नै ऊर्जा उत्पादन गर्नु सरह हो”

  • प्रकाशित मिति : Thu-20-Jul-2017
  • - सहकोषाध्यक्ष, गोपाल अग्रवाल नेपाल विद्युतीय व्यवसायी महासंघ
title

नेपाली बजारमा विद्युतीय सामाग्रीहरुको प्रतिस्पर्धा बढी रहेको अवस्थामा विभिन्न ब्राण्डका विद्युतीय सामाग्रीहरुले आ–आफ्नै बजार हिस्सा ओगट्न सफल रहेको छ । विभिन्न ब्राण्डका सामाग्रीहरु अहिले बजारमा प्रशस्त मात्रामा भेटिन्छ । यस्तै विद्युतीय सामाग्री बिक्रि वितरण गर्दै आएको विभिन्न कम्पनीहरुको भिडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल विगत ४० वर्ष देखि नेपालभर गुणस्तरीय विद्युतीय सामाग्रीको बिक्रि वितरण गर्दै आएको एन.जि इलेक्ट्रिकल्स प्रा. लि का डाईरेक्टर तथा नेपाल विद्युतीय व्यवसायी महासंघका सहकोषाध्यक्ष गोपाल अग्रवाल सँग विद्युत क्षेत्रको अवस्था, विद्युतीय सामाग्रीको गुणस्तरीयता, गुणस्तरीय सामाग्रीमा सरकारको  नीति, आयात प्रक्रिया आदिका सम्वन्धमा विद्युत संसार राष्ट्रिय साप्ताहिकका सम्पादक भीम लाल श्रेष्ठले गरेको कुराकानीको केही अंश :

एन.जि इलेक्ट्रिकल्स प्रा.लि र कैलाश ट्रेडिङ कम्पनीका  बारेमा बताई दिनुहोस् न ।
 एन.जि इलेक्ट्रिकल्स प्रा.लि  र कैलाश ट्रेडिङ्ग कम्पनीले विगत ४० वर्ष देखि विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्दै आएको छ । नेपाली बजार सुहाउदो, उपभोक्ताहरुको माग अनुसार यस कम्पनीले विद्युतीय सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ । विगत ४ दशक इतिहास बोकेको यस कम्पनीले विद्युतीय सामाग्रीहरुको होलसेल बिक्री गर्दछ । ग्राहकहरुको विश्वासका कारण प्रतिश्पर्धी नेपाली बजारमा हाल यस कम्पनी निकै राम्रो स्थान रहेको छ । 


एन.जी.  इलेक्ट्रिकल्स प्रा.लि तथा कैलाश टेडिङ कम्पनी ले नेपाली बजारमा विद्युतीय सामाग्रीहरुको व्यवस्थापन कसरी गर्दै आएको छ ?
एन.जी इलेक्ट्रिकल्स प्रा.लि. र कैलाश टेडिङ्ग कम्पनीले विभिन्न मुलुकबाट आयात गरेका विद्युतीय सामाग्रीहरु नेपालका पूर्व मेची देखि पश्चिममा महाकाली सम्म विक्रि वितरण हुने गरेको छ । हामीले आयात गर्ने विभिन्न कम्पननीका गुणस्तरीय एंव टिकाउ विद्युतीय सामाग्रीहरु हामीले बजारमा पठाउने गर्दछौ । गुणस्तरी सामाग्री विक्रि गरेकोले नै आज सम्म हाम्रो यो कम्पनी रही रहेको छ । हाम्रो विक्रि शाखा काठमाण्डौ मात्र नभएर देशका विभिन्न स्थानमा रहेका छन् । ति स्थानहरुबाट नै हामीले विद्युतीय सामाग्रीहरु बजारमा पठाउने गर्दछौ ।

 

नेपालमा एन.जी इलेक्ट्रिकल्स प्रा.लि को डिलरहरुको अवस्था

निकै राम्रो रहेको छ । देशभर डिलर 
रहेको यस प्रा.लि ले विद्युतसँग सम्बन्धित विभिन्न सामागी्रहरु

विक्री गर्ने गर्दछ । हालसम्म हाम्रो १ सय ५० स्थानमा डिलर रहेको छ । 

 
नेपालमा एन.जी इलेक्ट्रिकल्स प्रा.लि को डिलरहरुको अवस्था कस्तो रहेको छ ?

नेपालमा एन.जी इलेक्ट्रिकल्स प्रा.लि को डिलरहरुको अवस्था निकै राम्रो रहेको छ । देशभर डिलर रहेको यस प्रा.लि ले विद्युतसँग सम्बन्धित विभिन्न सामागी्रहरु विक्रि गर्ने गर्दछ । हालसम्म हाम्रो १ सय ५० स्थानमा डिलर रहेको छ । पछिल्लो समयमा हामीले विक्रि गर्ने प्रोडक्टहरु भारतमा लामो समयदेखि ख्याती कमाएका ब्राण्ड उपभोक्ताको रोजाईमा पर्न सफल भएका कारण हाम्रो व्यवसाय पनि फस्टाउँदै गएको छ । विद्युतीय व्यवसाय फस्टाउँदै गरेको अहिलेको अबस्थामा डिलरको संख्या बढाउँदै लैजाने सोचमा रहेका छौ । 
एन.जी इलेक्ट्रिकल्स प्रा.लि का प्रोडक्टहरु कस्तो प्रकृतिका  छन् र उपभोक्ताहरुले विश्वास गर्ने आधारहरु के के रहेका छन् ?

एन.जी इलेक्ट्रिकल्स प्रा.ली को मूल उद्देश्य भनेको गुणस्तरीय सामाग्रीहरुको आयात गरी उपभोक्तालाई गुणस्तरीय विद्युतीय सामाग्रीहरु प्रदान गर्नु हो । एन.जी इलेक्ट्रिकल्स प्रा.लि ले विशेषत भारतबाट विद्युतीय सामाग्रीहरुको आयत गर्ने गर्दछ । आफ्नो स्थापना काल देखि नै भारतका विभिन्न ठूला कम्पनीहरु सँग सहकार्य गर्दै आएको यस प्रा.लि ले आई.एस.ओ चिन्ह प्राप्त विद्युतिय सामाग्रीहरु मात्रै आयात गर्दै आएकोले  उच्चस्तरीय ब्राण्डका  आफ्नै प्रोडक्ट इलेक्ट्रा इलेक्ट्रिकल ब्राण्डका स्वीचहरु पनि बजारमा ल्याएका छौ । हामीले उपभोक्ताको विश्वास जित्न  सफल प्रोडक्टहरु बजारमा ल्याएका छौ । 


एन.जी इलेक्ट्रिकल्स प्रा.लि को भावि योजनाहरु के के रहेका छन् ?

बजारमा गुणस्तरीय र उत्कृष्ट प्रोडक्ट प्रदान गर्न सफल एन.जी इलेक्ट्रिकल्स प्रा.लि ले देशभर आफ्नो डिलरहरुको विस्तार गरेको छ । १ सय ५० वटा डिलर रहेको यस प्रा.लि का प्रोडक्टहरुलाई देशका दुरदराज, विकट ठाउँहरु सम्म पुर्याउने हाम्रो लक्ष्य रहेको छ । आवश्यक स्थानहरुमा समयमा नै सामाग्रीहरु पुर्याई जनतालाई सेवा दिनु तथा डिलरको संख्या अझ बढाई देशमा रहेको बेरोजगारीको समस्यालाई केही हद सम्म भए पनि समाधान गर्नु हाम्रो भावि योजना हो । अहिले विद्युत क्षेत्रमा भएको विकास सँगै विद्युतीय सामाग्रीहरुको माग बढ्दै गएको छ । जनतालाई उचित मूल्यमा सरल ढंगबाट जनताको आवश्यकता पूर्ति गर्नु पनि हाम्रो योजना रहेको छ ।

गुणस्तरीय सामाग्री बजारमा ल्याउनका लागि सरकारले कस्ता नीतिहरुको अवलम्वन गर्नु पर्ला ?


नेपालमा विभिन्न मुलुकहरुबाट विभिन्न ब्राण्डका विद्युतीय सामाग्रीहरु आयात हुने गरेको छ । नेपालमा आयात हुने विद्युतीय सामाग्रीहरु प्रायः तल्लो स्तरका हुने हुँदा 
नेपाल अहिले डम्पीङ्ग साईट हुन पुगेको छ । हामीले नेपाल सरकारसँग आयातित विद्युतीय सामाग्रीको परीक्षणका निमित्त पटक पटक टेस्ट ल्यावको माग गरे ता पनि सरकारले अहिले सम्म टेस्ट ल्यावको व्यवस्था गर्न सकेको छैन । यदि सरकारले नेपालमा नै टेस्ट ल्यावको व्यवस्था गर्ने हो भने गुणस्तरीय विद्युतीय सामाग्रीहरु मात्रै आयात हुन्छ । त्यस्तै नेपालमा नै विद्युतीय सामाग्रीको उत्पादन गर्नका लागि लगानीकर्ताहरु लाई सरकारले उचित वातावरणको सिर्जना गर्न सकेको खण्डमा नेपालमा नै विद्युतीय सामाग्रीहरुको उत्पादन गर्न सकिन्थ्यो । जसले गर्दा नेपालबाट विदेशी मुलुकमा पुग्ने मुद्रा बचत हुनका साथै बढ्दो बेरोजगारीको समस्या हल भई देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने थियो ।

 
तपाई महासंघ को सहकोषाध्यक्ष  हुनुहुन्छ ? गुणस्तरिय सामाग्री को प्रयोगमा जिल्ला संघ र महासंघ को  भुमिकाको बारेमा  बताईदिनुहोस 
न 
?
देशभरका विद्युतीय वस्तु व्यापार गर्ने व्यवसायी संघहरुको छाता संगठन  नेपाल विद्युतीय व्यवसायि महासंघ को प्रमुख लक्ष्य भनेको नै गुणस्तरीय सामाग्रीहरु  प्रयोगमा जोड दिनु नै महासंघ मुल नारा हो । महासंघले आफ्नो महासंघमा आवद्ध संघहरुलाई पनि गुणस्तरीय सामाग्रीको विक्रि वितरण गर्न जोड दिने गर्दछौ । व्यवसायीहरुले गुणस्तरीय सामाग्री आयत गर्नु पर्दछ र गुणस्तरीय सामाग्री नै विक्रि गर्नु पर्दछ भन्ने हाम्रो उद्देश्य हो । आवद्ध संघहरुले उठाएका आवाजहरुलाई संबोधन गर्न महासंघको प्रमुख जिम्मेवारी हो । महासंघको नै सक्रियातामा नेपालमा हाल नेपाल गुणस्तर चिन्ह् एन. एस अंकित तारहरु विक्रि वितरण हुने गरेको छ । यो महासंघको उपलव्धि हो ।

 
एलइडि खरिद प्रकरणका संबन्धमा के भन्नु हुन्छ ?
सरकारले अहिले भारतबाट २ करोड एलइडि बल्ब आयात गरि जनतालाई सुलभ मूल्यमा एलइडि बल्ब प्रदान गर्ने योजना अघि सारेको छ । सरकारले ल्याएको यो योजना राम्रो भए पनि सरकारले प्रक्रिया पुर्याएर एलइडि बल्ब आयात गर्नु पर्दछ । सरकारले एलइडि बल्ब बेचे व्यावसायिहरु के गर्ने भन्ने जस्ता प्रश्नहरु पनि आईरहेका छन् र यो आउनु स्वभाविक पनि हो । सरकार व्यपार गर्ने निकाय होइन । सरकारले व्यवसायिहरुलाई व्यपार गर्न उचित वातवरण सिर्जना गरिदिन सक्नु पर्दछ ।

 
विद्युत व्यवसायी महासंघको भावी योजनाका बारेमा  बताईदिनुहोस न ?
विद्युतीय क्षेत्र सँग सम्वन्धीत विद्युतीय व्यवसायीहरुको संगठन नेपाल विद्युतीय व्यसायी महासंघको मुख्य योजना भनेको गुणस्तरीय सामाग्रीहरुको आयत तथा विक्रि वितरणमा जोड दिनु नै रहेको छ । त्यस्तै देशका विभिन्न जिल्ला तथा नगर संघहरु निष्क्रिया भएका छन् ति संघहरुलाई सक्रिय बनाउने तथा सन् २०१८ मा ईलेक्ट्रोटेक सम्पन्न गर्ने , महासंघको आफ्नै भवन निर्माण गर्ने, भइरहेको सचिवालयलाई व्यवस्थित र सुचनामैत्रि बनाउने हाम्रो  भावि योजना रहेको छ ।


गुणस्तरिय सामाग्री को प्रयोगमा इलेक्ट्रिसियनको कस्तो भुमिका रहन्छ ?
गुणस्तरिय सामाग्री को प्रयोगमा इलेक्ट्रिसियनका  गहन भुमिका रहन्छ । उपभोक्ता समक्ष विद्युतीय सामाग्री पुर्याउने मध्यस्तकार्ताका रुपमा इलेक्टिसियनको  ठुलो जिम्मेवारी रहेका हुन्छन् । यदि इलेक्ट्रिसियनहरुले उपभोक्तालाई कम गुणस्तरका सामाग्रीहरु प्रदान गर्दा विभिन्न विद्युतीय समस्याहरु उत्पन्न हुन सक्छ जसले गर्दा विद्युतजन्य दुर्घटना समेत हुने गर्दछ । त्यसकारण समय सापेक्ष इलेक्ट्रिसियनहरु लाई  तालिम, सेमिनार, गोष्ठीहरु बाट प्रविधि सम्मन्धि जानकारी गरिराख्नु पर्दछ ।

 
लोडसेडिङ अन्त्य गर्न विद्युतीय सामाग्रीको कस्तो भुमिका रहन्छ ?
ऊर्जा बचत गर्नु नै ऊर्जा उत्पादन गर्नु  सरह हो । हामीले दैनिक जीवनमा प्रयोग गरिने विद्युतीय सामाग्रीहरुको प्रयोग गर्दा कम विद्युत खपत गर्ने  विद्युतीय सामाग्रीहरुको प्रयोग गरेको खण्डमा स्वत विद्युत बचत हुन्छ । हामीले गरेको विद्युत बचतले हामी आफैलाई फाईदा त पुर्याउँछ नै देशलाई समेत यसले फाईदा पुर्याउने गर्दछ । हामीले गरेको विद्युत बचतले अर्का ठाउँमा विद्युत विस्तार गर्न सहयोग पुर्याउँदछ तसर्थ हामीले कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीको प्रयोग गर्नु पर्दछ । कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीको प्रयोगले विद्युत बचतमा महत्वपूर्ण भूमिका खेल्दछ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?​
    विगत ४० वर्ष देखि विद्युतीय सामाग्रीहरु बिक्रि गर्दै आएको एन.जी इलेक्ट्रिकल्स प्रा.ली ले देशका विभिन्न स्थानहरुमा विद्युतीय सामागी्रहरु विक्रि वितरण गर्दै आएको छ । हामीले विक्रि गर्दै आएका सामाग्रीहरु प्रति कुनै गुनासा वा सुझाब छन् भने हामीलाई भन्न सक्नु हुन्छ । त्यस्तै उभोक्तहरुले पनि कम मूल्यका गुणस्तरीय सामाग्रीहरुको प्रयोग गरेर असुरक्षित हुनुभन्दा गुणस्तरीय सामाग्रीहरुको प्रयोग गरी सुरक्षित हुन आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago