भर्खरै

जलविद्युतमा अधिको विकास

  • प्रकाशित मिति : Wed-26-Jul-2017
  • - सुजन मैनाली
title

जलविद्युत, सडक, खानेपानी, पुल आदिको विकासले नेपाललाई विकासको गति तर्फ होईन अधोगति तर्फ लग्दैछ । हाल नेपालमा जुन किसिमका विकासहरु हुदै छन् ति अधिको विकास हुन् । जताततै खनिएका सडक, दिर्घकालिन रुपमा नसोचि गरिएका विकासले क्षणिक समयमा फाईदा पुर्याए पनि भावि दिनमा यी विकासले दुर्घटना नल्याउला भन्न सकिन्न । विदेशी लगानीको अपेक्षा गरेर बस्ने सरकार, काममा हेलचेक्राई गर्ने प्रवृत्तिले नेपाललाई पतन तर्फ उन्मुख गराउदै लगेका छन् । विकासका नाममा गरिएका विनाशले भावि दिनमा अवश्यनै विनाश निम्त्याउदछ । सडक, जलविद्युत, खानेपानी जति पनि क्षेत्रमा विकास हुदै गएका छन् ति विकासका लागि निमेष पारिदै गएका प्राकिृतिक स्रोतले जलवायुमा परिर्वन भई नियामित हुने बर्षा, फलफुल फुल्ने तथा पाक्ने समयमा केही परिवर्तन हुदै गएका र प्रकृतिमाथि गरेको अन्य केही सुचकहरु हामीले अहिले नै देख्न थाली सकेका छौ । 
सरकाले ल्याएका विकासका योजनाहरुले तत्कालिन समयलाई फाईदा पुर्याउदै गएको भए पनि भविष्यमा यसले ठूलो असर गर्ने देखिन्छ । हाल वर्षायाम सुरु भए सँगै भारी बर्षाका कारण विभिन्न परियोजना माथि असर पुगेको 
छ । 
आयोजना तथा परियोजनाहरुमा मात्र होईन बस्ती नै डुवानमा पर्ने, पहिरो खस्ने जस्ता प्राकृतिक विपत्ति बढेको छ । जलविद्युत विकासमा स्वदेशी तथा विदेशी लगानी बढी रहेको हालको अवस्थामा वर्षाका कारण साना तथा ठूला जलविद्युत आयोजनामा पर्न थालेको असरले कतै लगानीकर्ताहरु भाडिने त होइन भन्ने आशंका उब्जन थालेको छ । विकासमा दुरदृष्टि नपुग्नु, कमजोर संरचना आदिका कारण आयोजनाहरुमा क्षति पुग्न थालेको हो । त्यस्तै जताततै काक्राका चिरा सरी चिरिएका बाटो, बन जंगलमा पुगेको क्षतिका कारण पनि बाढी पहिरोको सम्भावना बढ्दै गएको छ । केही दिनको लगातारको बर्षादका कारण १४ मेगावाटको मोदीखोला जलविद्युत आयोजना र निर्माणाधिन १५ मेगावाटको मध्यमोदी जलविद्युत आयोजना दुवैमा बाढीले नोक्सान र्पुयाएको छ । कटान र पहिरोले आयोजनाको आउटलेट टनेल, पावरहाउस जाने सडक, निर्माणाधिन बेलीबृज लगायतका संरचनामा करिव ३० करोड  बराबर क्षति पुग्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ । त्यस्तै मध्यर्मस्याङ्गदि जलविद्युत आयोजनामा पनि बाढीका कारण आयोजना स्थालमा क्षति पुगेको छ जसका कारण विद्युत्त कम उत्पादन हुनका साथै विद्युत वितरणमा अनियमीत हुन थालेको छ । यसरी आयोजनाहरुमा पर्दै गएको असरको मूख्य कारण अधिको विकास हुनु हो वा दिर्घकालिन विकासका योजना सरकारले ल्याउन नसक्नु  हो । दक्ष जनशक्तिको अभाव, कमजोर आर्थिक अवस्था, कमजोर संरचन, दिगो विकासका योजनाहरु सरकारले ल्याउन नसक्दा निर्माण भइसकेका संरचानाहरु क्षतिग्रस्त बन्दै गएका छन् । यस्तो किसिमको विकासले राज्यलाई कमजोर बनाउने र झनै गरीबि बढ्ने देखिन्छ । तसर्थ सरकारले दिर्घकालिन योजनाहरु ल्याउनु पर्दछ । काग कराउदै जान्छ पिना सुक्दै जान्छ भन्ने उखान चरितार्थ बन्दै गएको नेपाली राजनीति, सरकारले तातै खाउँ जलि मरु भन्ने प्रवृतिलाई अगाल्नु भन्दा पनि दुरदृष्टि प्रयोग गरी कुनै पनि विपत्ति आउन नदिने गरी विकासका योजनाहरु ल्याउनु आवश्यक छ । अन्याथा नेपालको हालको विकास परिपाठीले विनाश ननिम्त्याउला भन्न सकिन्न । यसमा सरकार र जनता दुबै सचेत हुन जरुरी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago