भर्खरै

“माथिल्लो निकायबाट नै अण्डर विलिङ प्रकृया अन्त्य हुनु पर्दछ” 

  • प्रकाशित मिति : Wed-26-Jul-2017
  • - शशिधर जैसी लामिछाने अध्यक्ष, विद्युत व्यवसायी संघ चितवन
title

विद्युत व्यवसायको क्षेत्रमा करिव दुई दशक देखि कार्य गर्दै आउनु भएका विद्युतीय व्यवसायी संघ चितवन का अध्यक्ष शशिधर जैशि लामिछाने सँग चितवनमा विद्युतको अवस्था,  संघले सामाजिक क्षेत्रमा तथा व्यवसायीहरुका  हितका लागि गर्दै आएका कार्यहरु, संघका भावि योजना आदिका सम्वन्धमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः 


विद्युतीय व्यवसायी संघ चितवनको स्थापनाका उदेश्य बारे बताईदिनुहोस् न ?

२०६६ साल भन्दा पहिले नेपाल विद्युतीय व्यवसायी महासंघ गठन हुनभन्दा पहिले विद्युत सामग्री व्यवसायी समिति गठन भएको थियो । त्यो समय यस समितिमा म आवद्ध थिईन । तर २०६६ सालमा विद्युतीय सामाग्री व्यवसायी समितिबाट विद्युतीय व्यवसायी संघ चितवन बन्न पुग्यो हाल हामी १० औँ वर्षमा छौ । यसै बीचमा विद्युत व्यवसायी संघ चितवन नेपाल विद्युतीय व्यवसायी महासंघमा आबद्ध भएको छ । हाल संघमा १७२ जना सदस्य हुनुहुन्छ । नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएका फर्मको प्रमाणपत्रको आधारमा हामीले संघमा आवद्ध बनाउदै आएका छौ । 

विद्युत व्यवसायी संघ चितवनले व्यवसायीहरुको हितका लागि सहकारी सञ्चालन गरेको छ , यस सहकारीले व्यवसायीहरुलाई कसरी सुविधा प्रदान गर्दै आएको छ ?

विद्युत क्षेत्रमा आवद्ध विद्युतीय व्यवसायीहरुको सुविधाका लागि तथा व्यवसायीहरुको आर्थिक विकास गर्ने उद्धेश्यका साथ चितवन विद्युत व्यवसायी बचत तथा ऋण सहकारीको स्थापना भएको हो । पहिला कल्याणकारी कोषका रुपमा सञ्चालन हँुदै आएको भए पनि पछि हामीले यसलाई विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष नै संरक्षक हुने गरि सहकारीका रुपमा दर्ता गराएका हौ । विद्युत क्षेत्रमा आवद्ध  भएर व्यवसाय गर्न चाहने व्यवसायीहरुका लागि यस सहकारीले सहुलियत दरमा व्याज सहित ऋण प्रदान गर्दै आएको छ । सहकारी सञ्चालन भए सँगै केही विकृतिहरु हुने सम्भावना बढी रहेको पाएका छा,ै जस्तो कि सहकारीमा एक दुई जना व्यवसायीहरुले सहकारीमा ठूलो रकम लगानी गर्ने र सहकारीबाट आएको फाईदा एक दुई जनाले मात्रै लिने जस्ता  गलत प्रवृति हामीले सहकारीमा भेटेका छौ । यसको समाधानका निमित्त हामीले विभिन्न उपायहरु अपनाएका छौ । हामीले सहकारीमा देखिएको विकृति समाधानका लागि सहकारीले विक्रि गर्ने सेयरहरु १५, ३०, ६०, ९० सम्म रहेका छन् । हाल सहकारी राम्रो ढंगबाट सञ्चालन भईरहेको छ । यस सहकारीले विद्युत व्यवसायीहरुलाई एकिकृत गर्ने तथा जोड्ने हेतुको रुपमा काम गरी रहेको छ । 

संघले विगतमा गरेका कार्य र भावि योजनाका बारेमा बताई दिनुहोस् न ।


विद्युतीय व्यवसायी संघ चितवनले आफ्नो स्थापना काल देखि नै सामाजिक कार्यमा सक्रिया भूमिका निर्वाह गर्दैै आएको छ । रक्तदानका कार्यक्रम, विभिन्न विद्यालयहरुमा आर्थिक अवस्था कमजोर तथा जेहनदार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, भूकम्प पीडितहरुलाई राहात संकलन जस्ता सामाजिक कार्यहरु गर्दै आएको छ  र यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदै जाने हाम्रो योजना रहेको छ । त्यस्तै संघ मार्फत हामीले समय समयमा गुणस्तरीय तथा कम विद्युत खपत गर्ने विद्युतीय समाग्रीहरुको विक्रि वितरण तथा उपभोग गर्न जनचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौ । जिल्ला भरका विद्युतीय व्यवसायीहरु तथा छिमेकि जिल्लाका विद्युतीय बजारलाई एकिकृत गर्दै संघमा आवद्ध गराउने र इलेक्ट्रिसियनहरुलाई तालिमको व्यवस्था गर्ने जस्ता योजनामा छौ ।  

जिल्ला संघ र महासंघ बीचको सम्वन्ध कस्तो हुनुपर्ला ?

नेपाल विद्युतीय व्यवसायी महासंघ र महासंका मातहतका  विभिन्न जिल्ला नगर संघहरु बीच जुन किसिमको सम्वन्ध, समन्वय वा सहकार्य हुनु पर्ने थियो यर्थाथमा त्यस्तो खालको सम्वन्ध देखिदैन । महासंघ काठमाण्डौमा मात्र केन्द्रित भएको देखिन्छ । महासंघ र जिल्ला संघ बीच निरन्तर सहकार्य गर्न जिल्ला संघले महासंघलाई घचघच्याउनु  पर्ने आवश्यकता रहेको छ । महासंघ काठमाण्डौ केन्द्रित मात्र हँुदा जिल्ला संघहरु समावेशी ढंगबाट महासंघ अघि नबढेको देखिन्छ । 

गुणस्तरीय सामाग्री बजारमा ल्याउनका लागि नेपाल सरकारले कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?

नेपाली बजारमा विभिन्न मुलुकहरुबाट विद्युतीय सामाग्रीहरु आयात हुने गर्दछ । नेपालमा आयात हुने कतिपय सामाग्रीहरु न्युन गुणस्तरका हुने गर्दछन् । नेपालमा आयात हुने सामाग्रीहरुको परीक्षणका लागि प्रयोगशाला नहँुदा कस्ता सामाग्रीहरु भित्रदै छन् भन्ने जानकारी हुदैन जसले गर्दा न्युन गुणस्तरका सामाग्रीहरु नेपालमा भित्रने गरको छ । यसको समाधानका लागि नेपाल सरकारले प्रयोगशाला स्थापना गर्नु अति आवश्यक रहेको छ । सरकारले एलईडी बल्ब आयात गरी सस्तो मूल्यमा जनतालाई एलईडी बल्ब उपलब्ध गराउने भनि रहदा सरकारले आयात गर्न लागेको एलइडी बल्ब गुणस्तर हो या होइन भनेर निश्चित जबाफ नआउनुका पछाडि पनि नेपालमा प्रयोगशाला नहुनु नै प्रमुख कारण हो । तसर्थ सरकारले जतिसक्दो छिटो नेपालमा विद्युतीय सामाग्री परीक्षण गर्ने प्रयोगशालाको स्थापना गर्न जरुरी रहेको छ साथै सरकारले भन्सार विन्दुमा लगाउने भन्सार कर सरलिकरण हुनु पर्दछ । भन्सार सम्वन्धमा स्पष्ट नीति नहुँदा भन्सार सँग सम्बन्धित जानकारी मुलक कार्यक्रमहरु व्यवसायीहरुलाई सरकारले प्रदान गर्नु आवश्यक छ भने व्यवसायिक सुरक्षा हुनु पनि आवश्यक छ । 

अण्डर विलिङमा विद्युतीय व्यवसायी संघ चितवनको भूमिका कस्तो रहेको छ  ?

अण्डर विलिङ्ग का सन्र्दभमा चितवन विद्युतीय व्यवसायीले समिक्षा बैठकमा पटक पटक कुरा उठाउँदै आएको छ । नेपालबाट अण्डर विलिङ्ग हटाउने सन्र्दभमा नेपाल सरकारले ठूलो निकायहरुलाई भन्दा तल्ला निकायलाई बढी दबाब दिने गरेको छ । माथिल्लो निकायबाट नै अण्डर विलिङ्ग प्रकृया अन्त्य हुनु पर्दछ । हामीले नेपालभरका आयातकर्ताहरु तथा प्रत्येक जिल्लाका प्रतिनिधिहरु बीच छलफल गरी आयात कर्ताहरुले दिएको मूल्यमा नै व्यवसायीहरुले सामाग्री बिक्रि वितरण गर्नु पर्ने विषयमा  छलफल गर्ने हाम्रो योजना रहेको छ । 

गुणस्तरीय सामाग्रीहरुको प्रयोगमा इलेक्ट्रिसियनहरुको भूमिका कस्तो रहन्छ ?

विद्युतीय सामाग्री उत्पादक कम्पनी तथा व्यवसायीहरु मात्र भएर विद्युतीय सामाग्रीले बजार प्राप्त गर्न सक्दैन । विद्युतीय सामाग्रीहरुलाई जडान गरी पूर्णता दिने काम इलेक्ट्रिसियनहरुले गर्ने गर्दछ । विद्युत जस्तो सम्वेदनशील क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुले विद्युतीय सामाग्री  जडानका गर्ने क्रममा सानो गल्ति मात्र गर्यो भने पनि ठूलो धन जनको क्षति हुन सक्दछ । तसर्थ यस क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरु दक्ष तथा अनुभवि हुनु पर्दछ । सरकारले पनि प्राविधिकहरुको सीप परिक्षण गर्नु आवश्यक छ । दक्ष प्राविधिकहरुलाई कुन सामाग्री कस्तो अवस्थामा प्रयोग गर्ने तथा कुन सामाग्रीहरु गुणस्तर युक्त हुन्  या होइन भन्ने विषयमा जानकारी हुन्छन् । उपभोक्ता सम्म विद्युतीय सामाग्री पुर्याउने काम पनि इलेक्ट्रिसियनहरुले नै गरेका हुन्छन् तसर्थ गुणस्तरीय सामाग्री प्रयोगमा इलेक्ट्रिसियनहरुको भूमिका महत्वपूर्ण हुन्छ । 

हाउस वायरीङका तारहरुमा एकरुपता कायम गर्न यस संघ लागि परेको छ, के यो दीर्घकालीन रुपमा कार्यान्वयन सम्भव होला ?

हालै चितवन विद्युतीय व्यवसायी संघले निमा सँग समन्वय गरी जिल्लाभर हाउस वायरीङ्ग तारको मूल्यमा एकरुपता कायम गर्ने योजना ल्याएको छ । यो योजना श्रावण १ गते देखि लागु चितवन, पोखरा र मकवानपुरमा लागु भई सकेको छ । उपभोक्ताहरु ठगिनबाट जोगाउनका लागि हामीले हाउसवायरीङ्ग तारहरुमा एकरुपता ल्याएका हौ । यो योजनालाई सबै विद्युत व्यवसायी संघहरुले समर्थन गर्नु भएका ेछ । हाउसवायरीङ्ग तारहरुका एकरुपता नेपालभर ल्याउनु पर्छ भन्ने मान्यता हाम्रो हो । यसलाइ्र्र दीर्घकालिन रुपमा प्रयोगमा ल्याउन जरुरी छ र यसका लागि हामी निरन्तर प्रयासरत रहने छौ ।  

के नेपालमा  लोडसेडीङ अन्त्य सम्भव छ ?

हाल नेपालका विभिन्न मूख्य सहरहरुमा पूर्णरुपमा  लोडसेडीङ्ग अन्त्य भई सकेको छ । जलस्रोतमा दोस्रो धनी देश नेपाल विद्युत उत्पादनका लागि प्रशस्त प्राकृतिक स्रोतहरु रहेका छन् ।  ति स्रोतहरुको उपयोग गर्न सकेको खण्डमा पक्कै पनि नेपालमा लोडसेडीङ्ग अन्त्य सम्भव छ र मलाई लाग्छ नेपालमा केही वर्ष भित्र अवश्य लोडसेडीङ्ग अन्त्य हुन्छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

विद्युत क्षेत्रसँग सम्वन्धित भएर प्रकाशन हँुदै आएको यस विद्युत संसार साप्ताहिक पत्रिका विद्युत क्षेत्रसँग सम्वद्ध सम्पूर्ण क्षेत्र ओगट्दै आएको छ । यो पत्रिका विद्युत व्यवसायी, इलेक्टिसियन आदि सम्पूर्ण विद्युत क्षेत्रसँग आवद्ध भएर काम गर्नेहरुको हक अधिकारको बारेमा सरकार सम्म पुर्याउन मदत गर्ने  मुख्खपात्रका रुपमा रहेको छ । यस पत्रिकालाई हामी सबैले संरक्षण गर्नु जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago