भर्खरै

प्राकृतिक स्रोतमा दिर्घकालीन योजनाको आवश्यकता

  • प्रकाशित मिति : Wed-09-Aug-2017
  • - प्रदिप श्रेष्ठ
title

 प्राकृतिक स्रोत र सौन्दर्यताहरुले भरिपूर्ण देश हो हाम्रो नेपाल । प्रकृतिले दिएका उपहारहरु प्रशस्तै मात्रामा छन् । तर यी प्रकृतिका उपहारहरुको उपयोग भने उचित ढङगबाट भएको छैन । नेपालमा निरन्तर रुपमा बगिरहने नदी,खोृलानाला र झरनाहरु जस्ता जलसम्पदाहरु धेरै पाइन्छ । यी सम्पदा बाट धेरै विद्युत उत्पादन गर्न सकिन्छ । राष्ट्रिय गौरवको रुपमा चिनिने बुढीगण्डकी जलविद्युत आयोजना पनि नेपालमा नै छ । यस्ता साना तथा ठुला जलविद्युत आयोजनाहरु धेरै छन् तर पनि नेपाली जनताहरुले केही महिना अघि दिनमा १८ घण्टा सम्म लोडसेडिङ्गको मार खेप्दै आइरहेका थिए । तर अहिले त्यो समस्या बाट थोरै मात्रामा मुक्ति पाएका छन् केहि जिल्लाका जनताहरुले । नेपालमा विद्युत उत्पादन गर्न सकिने स्रोतहरु त छन् तर साधनहरु छैन त्यसैले पनि विकासको हिसाबले नेपाल पछि परिरहेको छ । हाम्रो स्रोतसाधन खेर जानुका मुख्य कारण आवश्यक साधनहरु को कमि र नेपालको अस्थिर राजनैतिक प्रणाली ले गर्दा खेर गइरहेको देखिन्छ । प्रयोगमा आएका स्रोतसाधनहरुको पनि दीर्घकालिन योजना नभएर सहि ढङगबाट परिचालन गर्न सकिरहेको छैन । स्रोत साधनको उपयोगमा दिगो र दीर्घकाल सम्म प्रयोगमा ल्याउन सकिने योजना नबनेकै कारण स्रोतसाधन भए बाबजुद पनि हामी नेपाली जनताहरु ती साधनहरुको उपयोग बाट बन्चित छौ । कति सम्म बिबश छन् नेपाली जनताहरु यी समस्या भोग्न । अस्थिर राजनैतिक कै कारण विद्युत तथा उर्जा क्षेत्रमा प्रत्यक्ष नकारात्मक असरहरु परिरहेको देखिन्छ । 
सरकारले यस्ता योजनाहरु लाई सुरुवात गर्दा जनताहरुलाई कुनै पनि असर नपर्ने तरिका तथा योजनाहरु बनाउनु पर्दछ । साना तथा ठूला योजनाहरुको सञ्चालन भएता पनि ती विकासका योजना बाट नोक्सानी र विनास बढी पुर्याएको छ । नेपालमा अहिले सम्म जति आयोजना हरु सञ्चालन भईरहेको छ ती सबै बाट फाइदा कम नोक्सान ज्यादा छ । साना तथा ठूला योजनाहरुको सञ्चालन भएता पनि ती विकासका योजना बाट नोक्सानी र विनास बढी पुर्याएको छ । नेपालमा अहिले सम्म जति आयोजना हरु सञ्चालन भईरहेको छ ती सबै बाट फाइदा कम नोक्सान ज्यादा छ । कतै सडक विस्तार गर्ने क्रममा घर नहरहरु भत्काएर अलपत्र छन् कतै खानेपानीको पाइप लाइन खनेर सडक हरु भत्काइरहेको छ । यी सब अल्पकालिन विकासका योजनाको निती का कारण भएको हो । सरकारले यी कार्यहरु गर्दा पहिले नै दीर्घकालिन योजना बनाएर कार्य गरेको भए बारम्बार समस्या हुने थिएन । यो समस्या हुनु भनेको नै दिगो विकासका योजना नहुनु हो । त्यसैले सरकारी तवरबाट नै दिगो विकासका योजना अनुरुप कार्यहरु सञ्चालन गर्नु पर्दछ । दिगो विकासका योजना ल्याए मात्र हाम्रा विकास दीर्घकाल सम्म जीवित राख्न सकिन्छ । अब सरकारले विकासका योजनाहरु लाई भावीपुस्ता सम्म चलिरहने किसिमको योजना बनाएर कार्य गर्नु सरकारको पहिलो दायित्व देखिन्छ । दिगो विकासका योजना बनाएर कार्य सुरुवात गरियो भने नेपालमा विद्युत क्षेत्रले मुहार नै परिवर्तन गर्न सकिन्छ । विद्युत क्षेत्रको विकास नै देश विकासको पहिलो आधार हो । विद्युत क्षेत्रलाई विकास गर्न सके देशले पूर्णरुपमा विकासप्रति मोड लिन्छ । त्यसैले सरकारी तवर बाट नै विकासका हरेक योजनाहरुलाई अल्पकालिन फाइदा नहेरी दीर्घकालिन फाइदा हेरेर योजना बनाउनु पहिलो अपरिहार्य आवश्यकता रहेको छ ।    

प्रतिक्रिया