भर्खरै

देशभर प्राविधिक शिक्षाको पहँुच पुर्याउनु वर्तमान समयको आवश्यकता हो 

  • प्रकाशित मिति : Wed-09-Aug-2017
  • - निर्मल प्रसाद नेउपाने  प्रमुख, बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेज
title

 वर्तमान समयमा प्राविधिक शिक्षाको निकै महत्व बढ्दै गएको अवस्थामा नेपालमा प्राविधिक शिक्षा को अवस्था, शिक्षण प्रणाली,  प्राविधिक शिक्षाको प्रभावकारीता, प्राविधिक शिक्षाले विकासमा पुर्याएको योगदान, प्राविधिक शिक्षालयहरुको अवस्था तथा यसको आवश्यकताका सम्बन्धमा बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेजका प्रमुख निर्मल प्रसाद नेउपाने सँग विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले 
गरेका कुराकानीको केही अंश ः

 

बालाजु स्कुल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजि का बारेमा बताई दिनुहोस् न । 

प्राविधिक शिक्षा तर्फ ऐतिहासिक धरोहरका रुपमा रहेको बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि  कलेज वि .सं २०१८ सालमा स्विसहरुको सहयोगमा स्थापना भएको हो । स्विस र नेपाल सरकारको संयुक्त लगानीमा स्थापन भएको यस कलेज सुरुमा मेकानिकल ट्रेनिङ्ग सेन्टरका रुपमा रहेको थियो । नेपालमा पनि प्राविधिक शिक्षाको सम्भाव्यता तथा आवश्यकता महशुल गरी स्थापना भएको यस कलेजमा वि .सं २०६२ सालमा मेकानिक इलेक्ट्रिक इन्जिनियरीङ्ग तर्फ डिप्लोमा का कक्षा सञ्चालन भएको थियो भने वि.स २०६७ साल देखि  सिभिल  इलेक्ट्रिक इन्जिनियरीङ्ग तर्फ डिप्लोमा कक्षा संचालन हुदै आएको छ । त्यस्तै वि .सं २०७१ सालमा यस कलेजमा प्रमुखका रुपमा मेरो नियुक्ति भए सँगै डिप्लोमा इन् मेकानिकल इन्जिनियरीङ्ग र डिप्लोमा इन अप्थालिन साईन्स यी दुई विषय थप गरिएको छ । हाल सम्म बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेजमा विभिन्न विधामा प्रविधिक शिक्षा प्रदान गरिदै आएको छ । सिटिईभीटी अन्र्तगत यस प्राविधिक शिक्षालयले देशको दुरदराज सम्म सबैको पहुँच पुर्याउने उद्देश्यले आर्थिक रुपमा कमजोर, विपन्न, दलित महिला, हलिया, कमैया जस्ता पिछडिएका व्यक्तिहरुलाई आरक्षण कोटा समेत प्रदान गर्दै आएको छ । यस कलेजबाट हाल सम्म १५ हजार भन्दा बढि दक्ष प्राविधिकहरु उत्पादन गरिसकेको छ । 

कलेजमा हाल सम्म प्राविधिक शिक्षा तर्फ कुन कुन विषयमा अध्यापन गराईदै आएको छ ? यसका बारेमा बताई दिनुहोस् न ।

सिटिईभिटी बाट सम्वन्धन प्राप्त यस बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजिक कलेजलमा चार ओटा विधामा अध्यापन गराउँदै आएका छौ   T-SLC  तर्फ मेकानिकल, इलेक्ट्रिकल र स्यानिटेरी इन्जिनियरीङ्ग विषयमा १८ महिना अध्यापन गराउदै आएको छौ । यसमा  अन द जब टेनिङ्ग  (OJT) प्रदान गर्ने गछौ ।  त्यस्तै डिप्लोमा तर्फ  सिभिल मेकानिकल, अप्थालिन साईन्स   विषयमा पनि अध्ययन गराउदै आएको छ । छोटो समयवधिमा दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले समय समयमा  डिमान्ड बेसमा आधारित भएर उद्योग तथा अन्य क्षेत्रका लागि प्राविधिकहरु आवश्यक परेको खण्डमा एक हप्ता देखि ६ महिना सम्मका छोटो समयवधिको तालिम पनि प्रदान गर्दै आएका छौ ।

कलेजका सुचना सम्प्रेषण कसरी हुने गर्दछ ?

 देशका दुरदराज देखि अध्यापन गर्न आउने यस कलेजको भर्ना, कक्षा संचालन, परीक्षा, कोटा जस्ता सम्वन्धमा सञ्चालक समितिले निर्धाण गरेको वार्षिक कार्यतालिका अनुसार प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि ) ले नै  विभिन्न सञ्चार माध्यमहरुद्धारा कलेजका विभिन्न गतिविधिहरुका बारे सुचना सम्प्रेषण गर्ने गर्दछ । 

बालाजु स्कुल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजि कलेजबाट उत्पादित प्राविधिकहरु कत्तिको प्रभावकारी रहेका छन् ?

बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेज प्राविधिक शिक्षा प्रदान गर्ने सबै भन्दा पुरानो कलेज हो । ५५ वर्ष अघि स्थापना भएको यस कलेजले आफ्नो स्थापना काल देखि नै दक्ष प्राविधिकहरु उत्पादन गर्दै आएको छ । लामो तथा छोटो समयअवधिमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको यस कलेजले जुन कुनै विषयमा अध्यापन गराउदा ८० प्रतिशत प्रयोगात्मक  र  २० प्रतिशत सैद्धान्तिक ज्ञान प्रदान गर्ने गर्दछ । यस कलेजबाट अध्ययन गरेर गएका प्राविधिकहरु सवल र सक्षम छन् । यहाँ बाट अध्ययन गरेर गएका कतिपय प्राविधिकहरु आफुले अध्ययन गरेकै विधामा वैदेशिक रोजगारका लागि जाने गरेका छन्, कतिपयले आफ्नै आफनै व्यवसाय तथा संस्थाहरु संचालन गरेका छन् भने कतिपय प्राविधिकहरुले सरकारी तथा गैरसरकारी संस्थाहरु र नेपाल विद्युत प्राधिकरणमा रोजगारी प्राप्त गर्न सफल छन् । दक्ष शिक्षकहरुबाट अध्यापन गराइने यस कलेजबाट उत्पादित प्राविधिकहरु योग्य छन् । यहाँबाट उत्पादित प्राविधिकहरु मध्ये ९० प्रतिशत प्राविधिकहरु रोजगार प्राप्त छन् । 

कलेजले उत्पादित प्राविधिकहरुलाई स्वदेशमा नभई विदेश जाने ट्रेन वसाल्यो भन्ने आरोप लाग्ने गरेको छ नि यसमा के भन्नु हुन्छ ?

हामीले हाम्रो कलेजबाट उत्पादित प्राविधिकहरुलाई विदेश नै जानु पर्छ वा विदेश जाने ट्रेन हामीले बसाल्यो भन्ने किसिमको आरोप गलत हो । हामीले सकेसम्म प्राविधिकहरुलाई नेपालमा नै काम गर्न आग्रह गर्दछौ तर नेपालमा बेरोजगारीको समस्या यथावत रहेको हँुदा आफ्नो पढाई अनुसार नेपालमा काम नै नपाएको अन्तिम अबस्थामा भने विदेश नै जानु पर्ने वाध्यता रहेको छ । प्राविधिकहरु विदेश जानु पर्ने बाध्यता हो , हामीले बसालेको ट्रेन भने होइन ।

प्राविधिक शिक्षालयहरुमा वर्षमा कति पटक परीक्षा लिने गरीन्छ ?

प्राविधिकहरुको दक्षता मापन गर्ने प्रमुख आधार परिक्षा हो । हामीले प्राविधिकहरुको दक्षता परीक्षण गर्न हरेक प्रोजेक्ट २० प्रतिशत सैद्धान्तिक ८० प्रतिशत प्रयोगात्मकको व्यवस्था अनुरुप मूल्याड्ढन गरिने परिपाटी रहेको छ । प्रोजेक्ट सम्पन्न गर्न सक्ने नहुँदा सम्म निरन्तर अभ्यास गर्नुपर्ने हुन्छ । 

कलेजबाट उत्पादित प्राविधिकहरु स्वदेश तथा विदेशमा कत्तिको माग हुने गरेको छ ?

दक्ष तथा अनुभवि प्राध्यपकहरुबाट पढाई हुने यस कलेजबाट उत्पादित विद्यार्थीहरु पनि दक्ष नै छन् । अहिलेको प्रतिस्पर्धी समयमा कुन कलेजका प्राविधिकहरुको माग बढी छ भन्नु भन्दा पनि प्राविधिकहरुको दक्षता लाई मापन गर्ने हो तसर्थ हाम्रो कलेजबाट उत्पादित प्राविधिकहरुको माग स्वदेश तथा विदेशमा यति प्रतिशत छ भनेर किटान गर्न सक्ने कुनै त्यस्तो आधार छैन यद्यपि हाम्रा कलेजबाट उत्पादित प्राविधिकहरु विभिन्न ठूला ठूला उद्योग, प्राधिकरणमा रोजगरी प्राप्त गरेका छन् । 

कलेजका भावि योजनाका बारेमा बताई दिनुहोस् न ।

प्राविधिक विषयमा अध्यापन गराउदै आएको यस कलेजको मूख्य उद्धेश्य देशभर सबै वर्ग तथा सम्प्रदायका मानिसहरुलाई समानुपाातिक ढंगले प्राविधिक शिक्षा प्रदान गर्नु रहेको छ । हाल चार ओटा विधामा मात्र अध्यापन हुने यस कलेज मा अटो मेकानिकल आर्किटेक इन्जिनियर आदि विषयहरु पनि थप गर्ने हाम्रो भावि योजन रहेको छ । त्यस्तै नेपालको दुर दराज सम्म प्राविधिक शिक्षाको पहुँच पुर्याउन सवै वर्ग जातजाति लाई समेटि सुलभ मूल्यमा प्राविधिक शिक्षा प्रदान गर्नु पनि हाम्रो योजना वर्तमान समयको आवश्यकता हो ।

 इ लाइब्रेरीको अवधारण बारे बताईदिनु होस् न । 

ई लाईब्रेरी भन्नाले इन्टरनेटका माध्यमबाट आफुलाई आवश्यक विषय सम्बन्धि जानकारी लिने माध्यम हो । हामीले यस कलेजमा गत वर्षब बाट इ लाइब्रेरी संचालन गर्दै आएका छौ । हाल हाम्रो  इ लाइब्रेरीमा पाँच वटा मात्र कम्प्युटर रहेको छ । यसले आवश्यक मागको परिपूर्ति गर्न सकेको छैन । हामी यसै वर्ष भित्र १० देखि २० वटा कम्पयुटर इ लाइब्रेरीमा राख्ने हाम्रो योजना रहेको छ । इ लाइब्रेरी वर्तमान समयमा निकै प्रभावकारी माध्यमका रुपमा रहेको छ । इ लाइब्रेरी सबै शिक्षण संस्थाहरुमा राख्न जरुरी रहेको छ । 
जब काउन्सिलका बारेमा बताई दिनुहोस् न । 

नेपालमा  पहिलो पटक वि.स २०७३ सालमा बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेज अन्र्तगत जब काउन्सिलले जब फर इभेन्ट कार्यक्रम सञ्चान गरेको थियो । यो इभेन्टबाट नेपालका ठूला ठूला उद्योगहरुलाई 
कलेजका बारेमा जानकारी हुनका साथै कलेजमा अध्ययनरत विद्यार्थीहरुले जब गर्ने अवसर पनि प्राप्त गरे । मलाई लाग्छ प्रत्येक शिक्षण संस्थाहरुमा जब काउन्सिल हुन आवश्यक छ । 

 यस कलेजका लागि नेपाल सरकारले के गर्नु पर्ला ?

 बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेज नेपाल सरकारको मातहतमा संचालन हुदै आएको  कलेज हो । यो कलेज सरकारी स्वामित्वमा सञ्चालान हँुदै आएको भए पनि अहिलेको प्रतिस्पर्धी समयमा आवश्यक पर्ने सामाग्रीहरु पर्याप्त मात्रामा नभएको हुँदा विभिन्न किसिमका समस्याहरु आउने गर्दछ । सरकारले प्राविधिक शिक्षालाई व्यवस्थित ढंगले संचालन गर्नका लागि एथेष्ट मात्रामा लागानि गर्नु आवश्यक छ । जसबाट दक्ष प्राविधिक उत्पादनमा सहयोग पुर्याउदछ ।  

प्राविधिक शिक्षालयहरुमा बढी राजनीतिक दबाब हुन्छ भन्ने सुनिन्छ, के यो कलेज राजनीतिक दबाब बाट मुक्त छ त ?

 राजनीति सबैले बुझ्नु आवश्यक छ तर प्राविधिक शिक्षालयहरु राजनीतिक दलबाट प्रेरित हुन्छन् वा कलेजमा राजनीतिक चलखेल हुन्छ जस्तो मलाई लाग्दैन । यस बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजिक कलेजको सन्र्दभलाई हेर्ने हो भने हाल सम्म यस कलेजमा कुनै पनि राजनीतिक विचार धारा बोकेका कुनै संगठन तथा युनियनहरु सञ्चालन भएका छैनन् । यस कलेज राजनीतिक दबाब बाट मुक्त रहेको छ ।  प्राविधिक शिक्षालयहरु विशेषत प्रयोगात्मक मा आधारित हुने गर्दछ । 

के नेपालमा लोडसेडीङ अन्त्य सम्भव छ ?

विश्वमा नै जलस्रोतमा ब्राजिल पछिको दोस्रो धनी देश नेपाल ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । नेपालको जल स्रोत भित्र लुकेको अपार शक्ति लाई सरकारले सहि ढंगबाट प्रयोग गर्न सकेको खण्डमा नेपालमा पूर्ण रुपमा लोडसेडीङ अन्त्य सम्भव रहेको छ । सरकारले खेर गइरहेका प्राकृतिक स्रोत साधनको उपयोग गर्नका लागि दक्ष प्राविधिक उत्पादन गर्न जरुरी रहेको छ । हाल नेपालमा जति पनि ठूला जलविद्युत आयोजनाहरु रहेका छन् ति योजना सम्पन्न गर्न का लागि विदेशबाट प्राविधिकहरु ल्याउनु पर्ने अवस्था रहेको छ । तसर्थ सरकारले विदेशबाट सधै प्राविधिकहरु ल्याउनुका सट्टा नेपालमा नै प्राविधिकहरु उत्पादन गर्न सक्षम हुनु पर्दछ । हाल जति पनि विकसित देशहरु रहेका छन् त्यसका पछाडि प्राविधिकहरुको उल्लेख्य भूमिका रहेको हुन्छ । कुनै पनि देशको विकासको मूख्य पूर्वाधार जलविद्युत, सडक, खानेपानी आदि प्रमुख हुन् । नेपाल सरकारले जलविद्युत विकास सम्वन्धि उचित नीति ल्याउन सकेको खण्डमा नेपालमा अवश्य लोडसेडीङ्ग अन्त्य सम्भव छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

विद्युत संसार पत्रिका विद्युत संग मात्र सम्वन्धित नभएर प्राविधिक क्षेत्रको पनि ज्ञान दिने पत्रिका भएकोले यो पत्रिका वर्तमान समयसन्र्दभ अनुसार निकै नै उपयुक्त रहेको छ । नयाँ नयाँ  आविष्कार तथा प्रोडक्टहरुका बारेमा जानकारी दिने यो पत्रिका सबै प्राविधिकहरुले पढ्नु आवश्यक रहेको छ । फरक विचार धारा बोकेको यो पत्रिका देशभर जनता सम्म पुर्यउन जरुरी रहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago