भर्खरै

प्राधिकरणको लार्पवाहिले जनतालाई सास्ति 

  • प्रकाशित मिति : Wed-16-Aug-2017
  • - रुपा तुलाधर
title

निर्दोष सर्वसाधारण मानिस दिनदहाडै  सडकमा मृत्यु वरण र्गछन्, विहान खाए वेलुका के खाउँ भन्ने गरिव मजदुर सडकमा नै घाईते हुन्छन् । गरिखाने हात गोडा अशक्क्त हुन्छन् । यहाँ कति रित्ता खुट्टा नङ्गा तारलाई कुल्चि घाइते हुन्छन् भने कति मोटरसाइकलमा हुइकिदै गर्दा करेन्ट लागेर  मृत्यको मुखमा पर्ने गर्दछन् । प्राधिकरणका पटक पटकका गल्तिको सजाय अनाहकमा सर्वसाधरण जनताले खेप्न बाध्य हुन्छन् ।  तात्कालिन समयमा नेपाल विद्युत प्राधिकरणको लार्पबाहि पराकाष्टमा पुगेको छ । विद्युत मानिसको दैनिक जीवनको आवश्यकता बन्दै गर्दा प्राधिकरणको लार्पवाहि चुलिनु राम्रो पक्ष होइन । 
विद्युत क्षेत्रको विकासले गति लिदै गरेको वर्तमान समयमा प्राधिकरणको लार्पवाहिले पनि गति लिएको आभास सम्पूर्ण जनातामा नभएको होला भन्न सकिन्न । विद्युत क्षेत्रको विकासका नाममा बाटामा विच्छ्याईएका नाङ्गा तारहरुले सर्वसाधरण जनता घाईते हुनु परेको छ । विद्युत प्राधिकरणको कार्य व्यवस्थापन शैली उचित नहुँदा यहाँ मजदुर वर्ग मारमा पर्ने गरेका छन् । जताततै लत्रिएका विद्युत तथा केवलका तारहरु, जिर्ण वन्दै गएका पोलहरुको व्यवस्थापन सरकारले अझै सम्म पनि गर्न सकेको छैन । सहरी क्षेत्रमा बढ्दै गएको विद्युतको आवश्यकता तथा त्यसको पूर्तिका लागि टागिएका तारहरुले पैदल यात्रीहरु जोगिएर हिड्न नसक्ने अवस्था रहेको छ भने सवारी साधनहरुमा पनि भुँईमा नै लत्रिने गरी टाँगिएका विद्युतका तार कुन बेला चुडिएर करेन्ट प्रवाह हुने हो भन्ने चिन्ताले सर्वसाधरण मानिसलाई पिरोल्न थालेको छ । काठमाण्डौ लैनचौर स्थित गत श्रावण १७ गते पानीले जमेका खाल्डाखुल्डि टेक्दै मजदुरी गर्न हिडेका काभ्रेका छोयोईकु तामाङ प्राधिकरणले अलपत्र सडकमा छाडेको नाङ्गो तार टेक्न पुगि घाइते भएको केही दिन नवित्दै गत श्रावण २६ गते पोखरा लेखनाथ महानगरपालिका रानीपौवा ११ मा बिजुलिको पोलमा आगालागि हुँदा हाइटेन्सन लाइनको तार चुटिट्एर गुड्दै गरेको मोटरसाइकल माथि तार खस्दा मोटरसाइकलमा सवार बिष्णु बस्ताकोटी घाइते भएको घटना ताजा नै रहेको छ । 
सहरी क्षेत्रमा बढ्दै गएका यस्ता लार्पवाहिले सर्वसाधरण जनाताले अनाहकमा पीडा झल्नु परेको छ । काठमाण्डौ महानगरपालिकाले केही महिना अघि अव्यवस्थित रुपमा लत्रिएका तारहरु हटाउने कार्य प्रारम्भ गरेको भए पनि उक्त कार्य सुस्ताउदै गएको छ भने सरकारले काठमाण्डौ उपत्यका भित्रका विद्युतीयतारहरुलाई अण्डरग्राउन अर्थात् भुमिगत गर्ने भने पनि अहिले सम्म कुनै कार्य भएको देखिदैन । नेपाल विद्युत प्राधिकरणले काठमाण्डौ उपत्यका सहित देशका विभिन्न सहरी क्षेत्रहरुमा लोडसेडिङ्ग अन्त्य गरेका कार्य उल्लेखनिय भए पनि प्राधिकरणको लार्पवाहि घट्न सकेको छैन । प्राधिकरणले विद्युत क्षेत्रको उल्लेख्य तथा व्यवस्थित विकास गर्न अझै बाँकि रहेको छ ।  लोडसेडिङ्ग अन्त्य गर्नु मात्र प्राधिकरणको जिम्मेवारी होइन विद्युत आपूर्ति व्यवस्थित गर्नु, विद्युतीय तारहरु व्यवस्थित ढंगबाट टाँगिनु तथा जिर्ण पोलहरुको मर्मत सम्हार गर्नु पनि प्राधिकरणको जिम्मेवारी हो तसर्थ नेपाल विद्युत प्राधिकरणले जनतालाई मर्का नपर्ने गरी, जनताले अकालमा ज्यान गुमाउनु नपर्ने गरी दिर्घकालिन रुपमा  विद्युत क्षेत्रको विकास गर्न जरुरी रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago