भर्खरै

ग्रामिण क्षेत्रमा सौर्य ऊर्जाको महत्व 

  • प्रकाशित मिति : Thu-24-Aug-2017
  • - रुपा तुलाधर
title

सौर्य शक्तिलाई ऊर्जामा रुपान्तरण गर्नु नै सौर्य ऊर्जा हो । सौर्य ऊर्जा वैकल्पिक ऊर्जाको प्रमुख स्रोत हो । पृथ्वीको अन्त्य नहुँदा सम्म सौर्य ऊर्जा रहि रहन्छ । विज्ञान र प्रविधिले पत्ता लगाएको सौर्य ऊर्जा मानवको दैनिकीलाई सहज बनाउन महत्वपूर्ण भूमिका रहेको हुन्छ । 
हाम्रो जस्तो भौगोलिक दृष्टिले निकै विकट रहेको नेपालका लागि सौर्य ऊर्जा अन्य ऊर्जाका स्रोतहरु भन्दा बढी उपयोगी ऊर्जा स्रोत हो । हुन त अहिले हावाका माध्यमबाट विद्युत उत्पाादन गरिने, वायोग्यासका माध्मबाट विद्युत उत्पादन गरिने जस्ता विभिन्न प्रविधिहरुको विकास भइसकेको भए पनि हावाका माध्यमबाट सबै स्थानमा ऊर्जा उत्पादन सम्भव नुहुनु तथा वायोग्यासका माध्यमबाट दीर्घकालिन रुपमा विद्युत उत्पादन प्रया. असम्भव हुनु जस्ता प्रमुख कारणहरुले गर्दा वैकल्पिक ऊर्जा स्रोतको भरपर्दो माध्यम सौर्य ऊर्जा नै हो । नेपाल विश्वमा नै जलस्रोतको दोस्रो धनी देश भए ता पनि यहाँको आर्थिक अवस्था भौगोलिक विकटता आदिका कारण नेपालको सबै भुभागमा विद्युत पुग्न सकेको छैन । नेपालका धेरै जसो जनता ग्रामीण क्षेत्रमा बसोवास गर्ने गर्दछन् । ग्रामीण क्षेत्रका मानिसहरुको दैनिकी अझै सम्म पनि प्राचिन शैलीको नै रहेको छ । करिव ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहे पनि यहाँका जनता अँध्यारोमा बाँच्न विवश छन् । विद्युत उत्पादन क्षमता भन्दा निकै कम विद्युत उत्पादन भएकोले सबै भुभागमा विद्युतको पहुँच पुग्न सकेको छैन । जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भए पनि भौगोलिक कठिनाई तथा आर्थिक दृष्टिले धेरै खर्च लाग्ने हुँदा कम खर्चिलो तथा पृथ्वीको अस्तित्व रहदा सम्म सौर्य ऊर्जा रहि रहने भएका कारण यो नेपालका लागि उपयुक्त वैकल्पिक ऊर्जाको माध्यम हो । ग्रामीण क्षेत्रका लागि निकै उपयुक्त ऊर्जाको माध्यम हो । वैकल्पिक ऊर्जाका विभिन्न माध्यमहरुको विकास भइ रहेको भए पनि सौर्य ऊर्जा प्रविधि अति नै भरपर्दो, उपयोगी, वातावरणीय दृष्टिले स्वच्छ, सरल तथा सुलभ रहेको छ । सौर्य  ऊर्जा प्रति हाल सबैको चासो बढ्न थालेको छ भने यसको उपयोग पनि बढ्दै गएको छ ।       
विद्युतको पहुँचबाट टाढा रहेका जनताहरुका तथा तत्कालिन समयको सौर्य ऊर्जा संकट निवारण गर्नका लागि नेपाल सरकारले वैकल्पिक ऊर्जाका रुपमा सौर्य ऊर्जाको विकास गर्नु आवश्यक रहेको छ । सरकारले ग्रामीण भेगमा ऊर्जा विकासका लागि सौर्य ऊर्जा जडान गर्न अनुदान प्रदान गर्दै आएको भए पनि यसबाट सबै जनताहरु लाभान्वित हुन सकेका छैनन् । अति दुर्गम, दुर्गम र सुगम गरी सरकारले वैकल्पिक ऊर्जाका लागि अनुदान दिदै आएको भए पनि यसको उचित प्रचार नहुँदा सबै जनताहरुले सरकारबाट प्रदान गरिएको अनुदान  प्रयोग गर्न सकेका छैनन् । तसर्थ हालको ऊर्जा संकट निवारणका लागि तथा सबै जनताहरुमा उज्यालोको पुर्याउनका लागि सरकारले जनचेतना फैलाउनु जरुरी रहेको छ भने अझ यसको विकास र विस्तारका लागि सरकार तथा सम्बन्धित निकायले उचित र प्रभावकारी नियम ल्याउन जरुरी रहेको छ ।  
  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago