भर्खरै

‘प्राविधिक शिक्षाको गुणस्तरीयता नै  सिटिईभिटिको साथी हो’

  • प्रकाशित मिति : Wed-13-Sep-2017
  • - सदस्य सचिव पुष्प रमण वाग्ले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) 
title

देशको आर्थिक समृद्धिको मूल आधार नै प्राविधिक शिक्षा हो । देशको विकासका लागि प्राविधिक तथा व्यवसायिक शिक्षा अति नै आवश्यक रहेको छ । यसै सन्र्दभलाई  मध्यनजर गर्दै नेपालमा प्राविधिक शिक्षाको आवश्यकता, प्राविधिक शिक्षा प्रति विद्यार्थीहरुको चाहना, प्राविधिक शिक्षाको अवस्था, शिक्षाको गुणस्तरीयता आदिका सम्बन्धमा  प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) का सदस्य सचिव पुष्प रमण वाग्ले सँग विद्युत संसार साप्ताहिकका प्राधान सम्पादक रामप्रसाद पौडेले गरेका कुराकानीको केही अंश ः

तपाई सिटिईभिटिमा नियुक्ति हुनुभएको सय दिन पुरा भई सकेको छ, यस बीचमा कस्ता कस्ता कार्य गर्नु  भयो ?

सिटिइभीटीमा ४ वर्षे कार्यकालका लागि मेरो  नियुक्ति भएको सय दिन पुरा  भईसकेको छ । देशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विकास र विस्तार नभए सम्म देशको आर्थिक तथा सामाजिक विकास प्रायः असम्भव जस्तै हुन्छ । सिटिईभिटिमा मेरो नियुक्ति भए पश्चात मैलै सेवाग्राहि तथा सिटिइभीटीका हितका लागि केही कार्य गरेको छु ।  सेवालाई सहज बनाई  चुस्त दुरुस्त सरल र सहज ढंगबाट प्राविधिक शिक्षा प्रदान गर्नका लागि सुशासनको व्यवस्था गर्नुका साथै आगिंक शिक्षलयको रुपमा १० ओट पोलिटेक्निक यो वर्ष भित्र सञ्चालन गर्ने लक्ष्य लिएको छु  । त्यस्तै अहिले देश संघियतामा गईरहेको अवस्थामा सिटिईभिटिले प्रदेशमा के काम गर्ने , स्थानीय तहमा के काम  र प्रादेशिक कार्यालयहरु कसरी व्यवस्थापन गर्ने  गर्ने भन्ने विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइसकेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को १४७ औ बैठक सम्पन्न भईसकेको छ । हामीले परिषदको बैठकले गरेका निणर््ाय कार्यान्वयन गर्दै आएका छौ । त्यस्तै देशले सरकारी विद्यालयहरुमा प्रदान गर्न नसकेको प्राविधिक शिक्षालाई हामीले व्यापक विस्तार गरेका छौ । वि.स २०५८ साल यता देखि प्राविधिक शिक्षामा नीजि क्षेत्रले ८५ प्रतिशत क्षेत्र ओगटेको छ । राज्यले उत्पादन गर्न नसकेको जनशक्ति नीजि क्षेत्रबाट निशुल्क उत्पादन भईरहेको छ । गुणस्तरको सुनिश्चित गर्दै प्राविधिक शिक्षा प्रदान गर्न सक्ने निजी क्षेत्रका शिक्षालयहरुको निरिक्षणका लागि हामीले कमिटिहरु बनाएका छौ । स्थलगतरुपमा नै उक्त शिक्षालयहरुमा भएका पूर्वाधारलाई दृश्य कैद गरी त्यसलाई हेरेर मात्र मान्यता प्रदान गर्ने भिजन हामीले बनाएका छौ ।

सरकारी विद्यालयहरुका एसईई को परिणाम हेर्दा अत्यन्तै न्युन देखिन्छ, यस्तो अवस्थामा प्राविधिक शिक्षा दिएर ति विद्यार्थीहरुले कसरी दक्षता हासिल गर्न सक्लान् त ?

प्राविधिक शिक्षा लिन चाहाने विद्यार्थीहरुका लागि उनिहरुले प्राप्त गरेको नतिजालाई आधारमा उनिहरुको इच्छालाई मूल ढोकामा नै बन्द गर्नुपर्छ भन्ने मान्यता हाम्रो होईन । प्राविधिक धारमा आउन चाहने व्यक्ति चाहे त्यो उत्कृष्ट अंक ल्याएर उत्र्तिण गरेको होस् अथवा कम अंक ल्याएको नै किन नहोस्, उनीहरुलाई व्यवसायिक एवं प्राविधिक शिक्षा प्रदान गरी स्वरोजगार बनाउने हाम्रो उद्धेश्य हो । यो रोजगारमुलक शिक्षा भएकाले ती व्यक्तिहरुलाई उत्पादकत्वमा वृद्धि गराउनका लागि गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो समाज र देशका लागि गुणस्तरीय सेवा प्रदान गर्नका लागि तथा देशको आर्थिक समृद्धिका लागि ती व्यक्तिहरुलाई प्राविधिक शिक्षाको मूलधारमा ल्याउन जरुरी  छ । त्यसकारण कसैलाई पनि प्राविधिक शिक्षा बाट बञ्चित गराइनु हुँदैन । यो प्रयोगात्मक रुपमा नै सिकेर गर्ने कार्य भएकाले यसमा दक्षता हासील गर्नका लागि विद्यार्थीहरुको इच्छाशक्ति र आवश्यक पूर्वाधारमा नै निर्भर रहन्छ । 

सरकारी विद्यालयहरुमा प्राविधिक शिक्षा हासिल गरेर आएका जुनियर प्राविधिकहरु पूर्णरुपमा दक्ष नभएका हल्लाहरु सुन्दै आएका छौ, यसमा तपाई के भन्नु हुन्छ ?

राज्यलाई आवश्यक पर्ने प्राविधिकहरु जुनसुकै निकायबाट उत्पादन भएको भए पनि त्यो गुणस्तरीय हुनुपर्दछ । प्राविधिक क्षेत्रमा ज्ञान लिएर मात्रै पुग्दैन यसमा सीप सिकेर दक्ष बन्नु नै बढी महत्वपूर्ण हुन्छ । ज्ञान लिएका तर सीप नजानेका व्यक्तिहरुले बजारको माग र आवश्यकतालाई पूर्ति गर्न सक्दैन । जसले सीप सिकेका छन् ती प्राविधिकहरुले नै बजारको आवश्यकतालाई पूर्ति गर्न सक्छन् र बजारमा स्थापित भइरहन्छ । अहिलेको समयमा ज्ञान लिनु मात्र ठूलो कुरा होइन त्यसलाई व्यवहारमा प्रयोग गर्न सक्नु पर्दछ । ज्ञान लिएका मात्र सक्षम हुन्छन् भन्ने हाम्रो सोचाईलाई परिवर्तन गर्नु आवश्यक छ ।

राज्यले प्राविधिक शिक्षालाई राज्यको शिक्षा नीति भित्र राखेर अग्रगामी भूमिका निर्वाह गर्न सकेको देखिदैन, यसमा तपाईको कस्तो विचार रहेको छ ?

राज्यले देशको आवश्यकता के हो, त्यसलाई मध्यनजर गरेर कुन क्षेत्रलाई कति प्राथमिकता दिने भन्ने विषयको निर्धाण गर्ने गर्दछ । हाल नेपालमा प्राविधिक शिक्षा अति आवश्यकता  रहेको छ ।  नेपालमा प्राविधिक शिक्षालाई बजेटका हिसाबमा छायाँमा पारेको देखिन्छ । विकसित मुलुकलाई हेर्ने हो भने प्राविधिक शिक्षा निशुल्क रुपमा राज्यले नै प्रदान गरेको देखिन्छ तर नेपालमा सरकारको लगानी विना नीजि क्षेत्रबाट ८० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन भएका छन् । प्राविधिक शिक्षा तर्फ निजि क्षेत्रको भूमिका महत्वपूर्ण भइरहेको अवस्थामा नीजि संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्दछ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्र्तगत परीक्षा नियन्त्रण कार्यालयले बेला बेलामा एउटा सुचनालाई अर्को सुचनाले काट्ने गर्दछ, यस्तो किन हुन्छ ?

एउटा सुचनालाई अर्को सुचनाले काट्ने भन्ने हुदैन  र अहिले सम्म त्यस्ता गल्तिहरु भएको छ जस्तो मलाई लाग्दैन ।  तर कहिलेकाही मानवीय भूलका कारण यस्ता साना साना गल्तिहरु भए होलान् यसलाई अन्यथा मान्नु हुदैन । 

एसईई को नतिजालाई ग्रेडिङ प्रणालीमा लैजाने परम्परा बसिसकेको छ, टिएसएल सीको नतिजालाई कहिले सम्म ग्रेडिङ प्रणालीमा लैजानु हुन्छ ?

हामीले प्राविधिक शिक्षा तर्फ टिएसएलसीको नतिजालाई पनि ग्रेडिङ्ग प्रणालीमा लैजान कार्य प्रारम्भ गरिसकेका छौ । हामीले यस सम्बन्धमा विद्यार्थीहरुको मागलाई बुझ्नु पर्दछ  । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै परीक्षा नियन्त्रण समितिमा छलफल गरी त्यहाँबाट पारित भएका निर्णयलाई कार्यान्वयनमा ल्याए पछि मात्र टिएसएलसी को नतिजालाई ग्रेडिङ्ग प्रणालीमा लैजान मिल्छ । 


सिटिईभिटिले विद्यार्थीहरुकोे प्रवेश परीक्षा पूर्णरुपमा लिएको छैन र कलेजहरुमा सिट खाली  रहेको भन्ने बुझिन्छ,जसले गर्दा विद्यार्थीहरुले पढ्न पाएका छैनन् भन्ने सुनिन्छ । यसमा तपाई के भन्नु हुन्छ ?


अहिले हाम्रो प्राविधिक जनशक्ति उत्पादनको क्षमता भनेको २४ हजार ५ सय मात्र रहेको छ । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुको संख्या भने झण्डै ५० हजार जनाको हाराहारीमा पुगेको छ । पूर्ण शुल्कमा प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरु ३८ हजार ८ सय ८१ जना रहेका छन् भने छात्रवृत्ति तर्फ ११ हजार जनाले परीक्षाका लागि फारम परेका छन् । हाम्रो क्षमता भन्दा झण्डै आधा जनशक्ति बाँकी रहेका छन् । तसर्थ यस्ता बाँकी रहेका विद्यार्थीहरुको खोजी सिट खाली भएका प्राविधिक कलेजहरुले खोजी गर्नु पर्दछ । 

यहाँको भावि कार्ययोजनाका बारेमा बताई दिनुहोस् न । 

प्राविधिक तथा व्यवसायिक शिक्षा देशको आवश्यकता हो । प्राविधिक शिक्षालाई चौतर्फी रुपमा समानुपातिक ढंगले विकास गर्नु पर्दछ । हाम्रो जस्तो भौगोलिक विकटता भएको मूलुकमा प्राविधिक शिक्षालाई ग्रामीण तथा विकट क्षेत्र सम्म पुर्याउने मेरो पहिलो भावि कार्य योजना रहेको छ । त्यस्तै आर्थिक रुपमा कमजोर रहेका जो प्राविधिक शिक्षा लिन चाहन्छन् त्यस्ता व्यक्तिहरुलाई निशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने योजना रहेको छ । प्राविधिक शिक्षाको गुणस्तरीयता नै सिटिईभिटिको साथी हो तसर्थ गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाहरुलाई मात्र साथमा लिएर जाने, औद्योगिक क्षेत्रको विकासका लागि औद्योगीक क्षेत्र सँग सम्बन्धित प्राविधिक जनशक्ति आवश्यक पर्दछ र उद्योगका लागि आवश्यक प्राविधिकहरु उत्पादनका लागि सम्बन्धित निकाय सँग नै छलफल गरी सोही अनुरुपको पाठ्यक्रम विकास गर्ने, स्टेक होल्डरहरुसँग समन्वय गर्ने, परीक्षा फारम भर्न जसरी अहिले आईटी (IT) प्रणाली लागु भएको छ त्यसरी नै प्रवेश परिक्षाका लागि आवश्यक पर्ने प्रवेश पत्र पनि आईटी प्रणाली बाट नै लिन मिल्ने प्रविधिको व्यवस्था गर्ने योजनामा छु । 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

प्राविधिक शिक्षा अहिलेको आवश्कता हो । प्राविधिक शिक्षा विना देशको आर्थिक विकास गर्न धेरै नै गाह्रो हुन्छ तर्सथ यसलाई विस्तार गर्नका लागि आवश्यक छ । प्राविधिक शिक्षालाई विचौलीयहरुबाट नकारात्मक सन्देश दिने कार्य पनि भएका छन् । प्राविधिक शिक्षामा सकारात्मक परिर्वतन गर्नु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago