भर्खरै

भित्रदै नेपाली  बजारमा  याशुदा एलईडी 

  • प्रकाशित मिति : Thu-14-Sep-2017
  • - जितेन्द्र बहादुर सिंह  विजनेस डेभलपमेन्ट म्यानेजर, त्रिवेणी ग्रुप
title

के हो याशुदा  एलईडी बल्ब ? 
त्रिवेणी ग्रुपले विगत १५ वर्ष अघि देखि नेपाली बजारमा याशुदा ब्राण्डका पंखाहरु र होम एपलाईन्सका  सामाग्रीहरु विक्रि वितरण गर्दै आएको छ । हामीले स्थापना काल देखि नै  गुणस्तरीय, टिकाउ एवं भरपर्दो विद्युतीय सामाग्रीहरु विक्रि गर्दै आएका छौ । जसले गर्दा नेपाली बजारमा हाम्रो छुटै पहिचान कायम भई सकेको छ । याशुदा ब्राण्डका सामाग्रीहरुले उपभोक्ताको मन जित्न सफल भई सकेको अवस्थामा याशुदा ब्राण्ड अन्तर्गतकै एलईडी बल्ब हामीले बजारमा ल्याउन लागेका हौ । हाल देशमा भईरहेको ऊर्जा संकटलाई मध्यनजर गर्दै हामीले याशुदा ब्राण्डका कम विद्युत खपत गर्ने एलईडी बल्ब बजारमा ल्याउन लागेका छौ । जिएलएस चिम, सिएफएल बल्बलाई विस्थापित गर्दै आएको एलईडी बल्बको प्रयोग प्रतिदिन बढ्दै गइरहेको अवस्थामा  बजारको माग र आवश्यकतालाई ध्यान दिदै हामीले याशुदा एलईडी बल्ब नेपाली बजारमा छिट्टै नै ल्याउने तयारी गरिरहेका छौ । 
 
प्रतिस्पर्धी नेपाली बजारमा याशुदा एलईडी बल्बको अवस्था र कसरी हुदैछ बजार व्यवस्थापन ?
गुणस्तरीयतालाई पहिलो प्राथमिकता दिई उत्पादन गरिदै आएको याशुदा एलईडी बल्ब उत्पादनका लागि आवश्यक कच्चापदार्थ उच्च गुणस्तरीय रहेका छन् । यशुदा एलईडी बल्बमा लुमिनेन्स शतप्रतिशत, पावर फ्याक्टर ०.९,  सी. आर आई. ८० भन्दा बढी प्रयोग गरिएको छ ।  उपभोक्ताहरुको स्वास्थ्य र पर्यावरणलाई  ख्याल गरी उत्पादन गरिएको हुँदा यो बल्ब उच्चस्तरीय रहेको छ । त्यस्तै सट्सर्किट हुनबाट बचाउनुका साथै लो भोल्टेजमा समेत यो एलईडी बल्बले काम गर्दछ । अहिलेको प्रतिस्पर्धी बजारमा महंगो मूल्यमा एलईडी बल्बहरुको खरिद तथा विक्रि हुने गरेको छ । एलईडी बल्बको मूल्य केही महंगो पर्न जाने हुँदा सबै उपभोक्ताहरुले एलईडी बल्ब नै प्रयोग गर्न सक्दैनन् तसर्थ हामीले उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै जतिसक्दो कम मूल्यमा याशुदा एलईडी बल्ब बजारमा ल्याउन लागेका हौ ।  

एलईडी बल्ब आयात सम्बन्धी सरकारले कस्तो नीति अपनाउनु पर्छ ?
नेपालमा विभिन्न मुलुकबाट  एलईडी बल्ब आयात हुने गर्छ तर ती आयातीत एलईडी बल्बहरुमा  भन्सार मूल्य कति निर्धारण गर्ने, कहाँबाट कति आयात गर्ने , कस्ता बल्बहरुलाई बढी प्राथमिकता दिने जस्ता सन्र्दभमा नेपाल सरकारको स्पष्ट नीति रहेको छैन  ।  नेपाल सरकारले आयात सम्बन्धी स्पष्ट नीति बनाउनु अहिलेको आवश्यकता हो । सरकारले भन्सार अनुगमन बढाउनुका साथै निश्चित मापदण्ड तयार गर्नु पर्दछ भने विकासका हरेक कार्यमा सरकारले दीर्घकालीन रुपमा सोचेर दीर्घकाल सम्म फाईदा हुने गरी कार्य गर्नु पदर्छ । 

गुणस्तरीय सामाग्रीको सहजिकरणका लागि सरकारले कस्तो नीति अपनाउनु पर्छ ?

नेपालमा कस्ता सामान भित्रिन्छन् , कुन सामाग्री कस्तो छ भनेर परीक्षण गर्नका लागि नेपाल सरकार सँग कुनै त्यस्तो मापदण्ड छैन ।  विद्युतीय सामाग्रीहरुको परीक्षणका लागि टेस्ट ल्याव  (प्रयोगशाला) नितान्तै आवश्यक रहन्छ तर टेस्ट ल्यावको व्यवस्था  अहिले सम्म नेपालमा रहेको छैन । गुणस्तरीय सामाग्रीको सहजिकरणका लागि टेस्ट ल्यव व्यवस्था गर्नुका साथै नेपालको आफ्नै स्ट्याण्र्डर हुनु पर्दछ र नियामित अनुगमनको समेत जरुरी छ । 

 कस्ता छन् त्रिवेणी ग्रुपका भावि योजना ?
नेपालमा गुणस्तरीय सामाग्रीहरुको विक्रि वितरण गर्नु नै त्रिवेणी ग्रुपको भावि योजना हो । उपभोक्ताहरुलाई गुणस्तरीय सामाग्री प्रदान गरि, उपभोक्तालाई सधै सन्तुष्ट बनाउनु त्रिवेणी ग्रुपको उद्धेश्य हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago