भर्खरै

LED सम्बन्धी जानकारी

  • प्रकाशित मिति : Thu-14-Sep-2017
  • - सुदर्शन प्रसाद पौड्याल प्रथम उपाध्यक्ष नेपाल विद्युतीय व्यवसायी महासंघ
title

देशमा व्याप्त उर्जा संकटलाई कम गर्ने उद्देश्यले विद्युत खपत कम गर्ने उर्जा क्षेत्रको नविनतम प्रविधि LED लाई सर्वप्रथम हामी विद्युत् व्यवसायीले नै नेपालमा भित्राएका हौं । जस्ले गर्दा नेपाल विद्युत प्राधिकरणलाई लोडसेडिङ्गको समयावधि कम गर्न पनि सहजता भएको हाम्रो विश्वास छ । हाल हाम्रो देशमा भारत, चिन र तेश्रो मूलुकबाट आयात भैरहेको एलईडी. जन्य विद्युतीय सामाग्रीहरुमा विभिन्न वाट र फरक गुणस्तरका सामानहरु आयात भईरहेका छन् त्यसैले नेपाल सरकारले निश्चित मापदण्ड (टेक्नीकल प्यारामिटर) तयार गरी सो अनुसारको मात्र एलईडी बल्ब, एल.इ.डी. प्यानल लाइट, एलईडी ट्यूबलाईट र एल.इ.डी. जन्य अन्य उत्पादनहरु आयात एवं उत्पादन गर्न पाउँने प्रावधान ल्याई ति बस्तुहरुको आयातमा न्यूनतम भन्सार दर कायम गर्नुका साथै सो सम्बन्धी उत्पादन गर्ने उद्योगहरुलाई कच्चा पदार्थको आयातमा भन्सार दर ०%(शुन्य प्रतिशत) गरेमा हामी विद्युतीय व्यवसायी न्यूनतम मूल्यमा गुणस्तरीय LED सामाग्रीहरु उपभोक्ताको घर दैलोसम्म नै पु¥याउन सक्षम हुनेछौं । यसले एकातिर राज्यको उर्जा संकट कम गर्न मद्धत गर्दछ भने अर्कोतिर उपभोक्ताले पनि सरल मूल्यमा गुणस्तरीय सामान प्रयोग गर्न सक्ने र यो वातावरण मैत्री पनि हुने भएकाले यस तर्फ राज्यको ध्यान पुगोस् भन्ने हाम्रो धारणा रहेको छ । 
साथै तोकिएको मापदण्ड अनुसार नै एलईडी जन्य सामाग्रीहरुको आयात एवं उत्पादन भै रहेको छ कि छैन भनि निरन्तर अनुगमन गर्नु पर्ने एवं एलईडी जन्य सामाग्रीहरुको प्रयोगमा व्यापकता ल्याउन नेपाल सरकारबाट प्रोत्साहन मुखी एवं जनचेतना जगाउने खालको कार्यक्रम ल्याउनु पर्ने हाम्रो माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago