भर्खरै

‘विद्युत नपुगेका स्थानहरूमा वैकल्पिक ऊर्जा पु¥याउनु प्रमुख उद्धेश्य हो’

  • प्रकाशित मिति : Thu-14-Dec-2017
  • - ई. राम प्रसाद धिताल कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र
title

उर्जा क्षेत्रमा १९ वर्ष लामो अनुभव सँगालेका ई. राम प्रसाद धिताल सन् २०१४ बाट खुल्ला प्रतिस्पर्धा बाट नेपाल सरकारको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरीङ्गमा स्नातक गरेका धितालले जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय उर्जामा स्नातकोत्तर र विद्यावारिधी समेत हासिल गरेका छन् । सन् २००३ मा सहायक निर्देशक पदमा पुनः पद बहाल गरेका उनले युएनडीपीको अन्र्तगत अफगानिस्तानमा र अष्टे«लियन एड साउथ प्यासिफिकमा नवीकरणीय उर्जा सल्लाहकारको रुपमा कार्य गरेको अनुभव सँगालेका छन् । नेपाली उर्जा क्षेत्रमा वैकल्पिक तथा नवीकरणीय उर्जाको स्थितीको सम्बन्धमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको अंश ः 

 

वैकल्पिक ऊर्जा कस्तो प्रकारको ऊर्जा हो ? यसको बारेमा बताई दिनुहोस् न ।

मूल ऊर्जा को विकल्पका रुपमा प्रयोग गरिने ऊर्जालाई वैकल्पिक ऊर्जा भनिन्छ । मूल ऊर्जा भन्नाले ठूला–ठूला जलविद्युत, आयोजनाहरू पेट्रोलियम प्रोडक्शहरू हुन् । हाल भईरहेको ऊर्जाका विकल्पमा वा ऊर्जाका अर्को स्रोतका रुपमा वैकल्पिक ऊर्जालाई लिइन्छ । सौर्य ऊर्जा, जैविकउर्जा, हावाबाट उत्पादन हुने उर्जा , लघु जलविद्युत आयोजना वैकल्पिक ऊर्जाको स्रोतहरू हुन् । ठूला जलविद्युत आयोजना, पेट्रोलियम पदार्थका आयोजनाहरू बाहेकका जति पनि ऊर्जाका स्रोतहरू रहेका छन् ती सबै वैकल्पिक ऊर्जाका स्रोतहरू हुन् । यस्तो उर्जालाई आजभोलि नवीकरणीय ऊर्जा पनि भनिन्छ । 

वैकल्पिक ऊर्जाका स्रोतहरू कति प्रकारका रहेका छन् ?

वैकल्पिक ऊर्जा अन्र्तगत सौर्य ऊर्जा, लघु जलविद्युत आयोजना, वायो ग्यास, सुधारिएको चुलो, आदि पर्दछन् । एक मेगावाट भन्दा साना आयोजनाहरू लघु जलविद्युत आयोजनाहरू लघु जलविद्युत आयोजना हुन् । नेपालको सन्दर्भमा विषेश गरी केन्द्रिय प्रशारण लाइन पुगेको छैनन् त्यस्ता स्थानहरूमा अनुदान सहित सौर्य ऊर्जा, लघु जलविद्युत आयोजना जस्ता प्रविधि प्रवद्र्धन गरिन्छ । यस बाहेक अनुदान सहित जडान हुने वायोग्यास, जैविक ऊर्जा र वायू ऊर्जा प्रविधिहरूको पनि आ–आफ्नै लक्षित क्षेत्र छन् । 

वैकल्पिक ऊर्जा क्षेत्रको विगत र वर्तमान अवस्था बारे बताई दिनु होस् न । 

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र सन् १९९६ मा स्थापना हुँदा देशमा नविकरणीय ऊर्जा प्रवद्र्धनले खासै प्रथामिकता पाउन सकेको थिएन तर हाल नेपाल भरका ७ सय ५३ वोटा नगर तथा गाउँपालिकाहरूमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले सेवा विस्तार गर्न सफल भईसकेको छ । त्यस्तै सौर्य ऊर्जा, वायो ग्यास जस्ता वैकल्पिक ऊर्जा प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहको संख्या पनि बढ्दै गएको छ । सन् १९९६ मा नेपालको कुल ऊर्जाको ०.१५ प्रतिशत वैकल्पिक ऊर्जा रहेको थियो भने हाल कुल ऊर्जाको ३ प्रतिशत वैकल्पिक ऊर्जाको योगदान रहेको छ । अहिले देशका १७ प्रतिशत जनताहरूल एक वा अर्काे वैकल्पिक ऊर्जा प्रविधिको प्रयोग गर्दछन् । सुरुका बर्षहरूमा वैकल्पिक ऊर्जा सहर केन्द्रित भए पनि हाल विद्युत नपुगेका विकट ग्रामिण जिल्लाहरूलाई लक्षित गर्दै आएका छौ । हामीले ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा पुर्याउनका लागि विभिन्न विकास साझेदारहरूसँग सहकार्य गर्दै आएका छौं । 

वैकल्पिक ऊर्जाका क्षेत्रमा सरकारले कस्ता किसिमका सहयोगहरू गर्दै आएको छ ?

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र हाल ग्रामीण ऊर्जा नीति अनुसार कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सरकारले सुगम र दुर्गम क्षेत्रका आधारमा अनुदान रकम दिँदै आएको छ । सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा सरकारले बढि अनुदान रकम दिने गरेको छ । यस्ता प्रविधिहरूको जडानको लागि हाल सरदर ६० प्रतिशत अनुदान रकम सरकारले प्रदान गर्दै आएको छ । नवीकरणीय ऊर्जा अनुदान नीतिलाई समय सापेक्ष बनाउन सरकारले हरेक दुई–दुई वर्षमा परिमार्जन गर्ने गरेको छ । हामीले वैकल्पिक ऊर्जा क्षेत्रलाई पनि व्यवसायिक बनाउने उद्धेश्यका साथ नयाँ योजनाहरू ल्याएका छौ । विद्यत उत्पादन गर्नका लागि जलविद्युत, सौर्य ऊर्जा, वायु उर्जा जस्ता विविध प्रकारका ऊर्जाका स्रोतहरू रहेतापनि वर्तमान परिपेक्षलाई मध्यनजर गर्दै नयाँ प्रविधिका वैकल्पिक ऊर्जा लाई बढी प्राथमिकता दिँदै आयोजनाहरू अघि बढाउने योजनामा छौ । यसका लागि मूल्य केही महँगो पर्ने भएकाले ठूलो स्केलमा टेन्डरीङ गराएर दुर्गम एवं पिछडिएका क्षेत्रका जनतालाई सुधारिएको चुलो र सोलार टुकी वितरण गर्ने योजना पनि रहेको छ । 

स्वदेशी लगानीहरूलाई भन्दा विदेशी दातृ निकायहरूलाई बढि प्राथमिकता दिने गरेको आरोप वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रलाई लाग्दै आएको छ भन्ने सुनिन्छ नि यसमा तपाई के भन्नु हुन्छ ?

नेपाल सरकार र दातृ निकायहरूको संयुक्त लगानीबाट संञ्चालित कार्यक्रम भएकाले हाम्रो कार्यक्रम कार्यान्वयन पद्धति बलियो छ । यसमा विदेशी दातृ निकायहरूको उद्देश्य उनीहरूको देशका करदाताले तिरेको कर दुरुपयोग नहोस् भन्ने हो जुन सहि पनि हो र यसैमा हाम्रो पनि ध्यान छ । निजि क्षेत्रले माग संकलन गर्ने ,सिस्टम जडान गर्ने बिक्रि पछिको सेवा दिने काम गर्दछनु । हामीले अनुगमन गर्दा प्रणाली जडान भएपछि नभएर सबै प्रक्रियाको नै अनुगमन गर्दै छौं । कार्यक्रम कार्यान्वयनको क्रममा साना समस्याहरू त आउन सक्छन् तिनीहरूलाई समाधान गर्दै अगाडी बढ्नु पर्छ । जब हामी सबै सिस्टमहरूको सुधार गर्छौ त्यस पछि समस्याहरू आउँदैन भन्ने मलाई लाग्छ । 

वैकल्पिक ऊर्जा मा प्रयोग गरीने विभिन्न उपकरणहरू तथा सामाग्रीहरू गुणस्तरीय हुन् भनि विश्वास गर्ने आधारहरू के के रहेका छन् ? 

नास्ट (ल्ब्क्त्) अन्र्तगत नवीकरणीय ऊर्जा केन्द्र भन्ने संस्था रहेको छ । वैकल्पिक ऊर्जा अन्र्तगत सौर्य ऊर्जाका लागि विदेशबाट जति पनि उपकरण अर्थात् सामाग्रीहरू आउने गर्छन् त्यसको परीक्षण नवीकरणीय उर्जा केन्द्रले नै गर्दछ । नेपाल भर नेपाल सरकारको अनुदान सहयोग सहित जडान हुने सबै प्रविधि नवीकरणीय ऊर्जा केन्द्रले परिक्षण पासको प्रमाणपत्र पाएका प्रणाली हुन् । सौर्य ऊर्जाका लागि पनि अनुदानमा आउने कुनै पनि सामाग्रीमा खास स्ट्यान्र्डर अन्तर्गत एत्क्ष् टेस्ट गर्ने गर्छौ । हामीले सामाग्रीहरूको परीक्षण गरीसकेपछि मात्र प्रयोगका लागि पठाउने गर्छौ । 

नास्ट कस्तो खालको संस्था हो र यसले कस्ता कस्ता कार्यहरू गर्दै आएको छ ?

सन् २००० मा डेनिस सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अन्र्तगत रहेको वैकल्पिक ऊर्जा सहयोग कार्यक्रममा सामाग्रीहरूको गुणस्तरको परीक्षण छुटै संस्थाले गर्नु पर्छ भन्ने उद्धेश्यका साथ नास्टका सँग सम्झौता गरी परीक्षण केन्द्रका रुपमा स्थापना गरेका हौ । नाष्टले आयतित सामाग्रीहरूको परीक्षण गर्ने, फिलड्मा नै गई सामाग्रीहरूको परीक्षण गर्ने जस्ता कार्यहरू सक्रिय रुपमा गर्दै आएको छ र नाष्ट ले नै दिएको प्रतिक्रिया अनुरुप हामीले सिस्टमलाई परिर्वतन गर्ने गर्छौ । 

उपकरणहरूको जडानमा प्राविधिकहरूको भूमिका कस्तो रहन्छ ?

हामीले प्रयोग गर्ने सामाग्रीहरू राम्रा तथा गुणस्तरयुक्त छ तर जडान गर्ने प्राविधिकहरू यदि दक्ष छैनन् भने कार्यले पूर्णता पाउन सक्दैन । त्यस्तै यदि प्रयोगकर्ताहरूले प्रयोगमा लार्पवाही गर्यो भने पनि सामाग्रीहरू छिट्नै बिग्रने सम्भावना बढी हुन्छ । तसर्थ प्राविधिकहरू दक्ष हुनका साथै प्रयोगकर्ताहरू पनि सचेत हुन जरुरी छ । हामीले प्रत्येक वर्ष प्रविधिकहरूलाई मध्यनजर गर्दै ट्रेनिङ्ग दिने गर्छौै । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अन्र्तगतका सूचिकृत प्रत्येक कम्पनीहरूमा कम्तिमा पनि दुई जना दक्ष प्राविधिक हुनु पर्ने प्रावधान रहेको छ । नेपालमा चीन, भारत, बंगलादेश बाट धेरै जसो सामाग्रीहरू आयात हुने गर्छ । 

के वैकल्पिक ऊर्जाका माध्यमबाट देशभर ऊर्जा पु¥याउन सम्भव छ ?

वैकल्पिक ऊर्जाका माध्यमबाट देशभर ऊर्जा पुर्याउन सम्भव छ भन्दा पनि वैकल्पिक ऊर्जा विशेष गरी विद्युतको पहुँच नपुगेका ग्रामीण क्षेत्रहरूका लागि लक्षित गरि ल्याएको योजना हो । विद्युत नपुगेका स्थानहरूमा विकल्पका रुपमा नवीकरणीय ऊर्जा पुर्याउनु हाम्रो प्रमुख उद्धेश्य हो । हामीले विद्युत नपुगेका स्थानहरूमा वैकल्पिक माध्यमबाट विद्युत पुर्याउने र ठूला आयोजना मार्फत विद्युतको पहुँच पुगेपछि वैकल्पिक ऊर्जालाई पनि नेट मिटरीङ्ग मा जोड्ने योजनामा छौ । नेपालमा जलविद्युतबाट १०० मेगावाट विद्युत उत्पादन भएको छ । यस बाहेक बायोग्यास, सौर्य ऊर्जा, सुधारीएको चुलो जस्तो जैविक ऊर्जा प्रविधि, वायुऊर्जा जस्ता प्रविधिहरू भए पनि हाल सम्म देशका ७५ प्रतिशत जनतामा पुर्याईसकेका छांै अब बाँकी २५ प्रतिशत जनतामा पुग्न बाँकी रहेको छ । 

नेट मिटरिङ्ग भनेको के हो ? यसको बारे बताईदिनु होस्न ।

यदि हामीले विद्युत प्राधिकरणबाट र सौर्य ऊर्जा का माध्यमबाट पनि विद्युत उपभोग गर्दै आएका छौ भने सौर्य ऊर्जा प्रयोग गर्न नपरेको समयमा विशेषत हामीले दिउँसोका समयमा सौर्य ऊर्जाबाट उत्पादन हुने विद्युत हामीले प्राधिकरणको प्रशारण लाईन पठाउन सक्छौ । हामीले प्राधिकरणबाट लिएको विद्युत र हामीले प्राधिकरणलाई पठाएको विद्युत बीच को भिन्नता नै नेट मिटरिङ्ग हो । यसमा दुई ओटा मीटर जडान गरीएको हुन्छ । हामीले पाईलट प्रोजक्टको रुपमा पुल्चोक स्थित इन्जिनियरीङ्ग एशोशिएसन मिटरिङ्ग जडान गरिएको छ । 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

वैकल्पिक ऊर्जा का लागि डेनमार्क सरकार र नेर्वे सरकारको संयुक्त सहयोमा सञ्चालित राष्ट्रिय ग्रामिण तथा नविकरणीय ऊर्जा कार्यक्रमको पहिलो चरण समाप्त भएको छ । हाल हामी विगतका अन्य अन्तराष्ट्रिय विकास साझेदारहरू लगायत बेलायत सरकार र जर्मन सरकारसँग नयाँ कार्यक्रम गर्नका लागि अन्तिम चरणमा पुगेका छौ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago