भर्खरै

विकास र प्रविधिको प्रतिक्षामा

  • प्रकाशित मिति : Thu-14-Dec-2017
  • - सुनिता पुडासैनी
title

विकास आफुमा नै एउटा अभूत एवंम महत्वपूर्ण तत्व हो । विकास विनाको आजको मानव समाज फिक्का हुन जान्छ । आजको समाजलाई हेर्ने हो भने प्रविधि विनाको विकास असम्भव रहेको छ । विश्वमा नै हेर्ने हो भने नयाँ–नयाँ प्रविधिको आविष्कारसँगै विकासले फड्को मारेको देखिन्छ । विश्वको तुलनामा नेपाललाई हेर्ने हो भने ७०÷८० दशंक पछाडी रहेको छ । नेपालसँगै रहेका देशहरू आज विश्वका विकासित मुलकका रुपमा स्थापित भई सक्दा पनि नेपाल भने विकासको सुरुवाती चरणमा नै रहेको छ । नेपालमा भइरहेको अस्थिर राजनीति कारणले पनि नेपालले विकास र प्रविधिसँगै अगाडी लम्किन सकिरहेको छैन । नेपाल जलविद्युतको दोस्रो धनि देश भएर पनि यहाँका कयौं जनताले अझै पनि अन्धकारमय जीवन गुजारी रहेका छन् । 
 आजको नेपाली मूल मुद्दा के हो ? कोही भन्छन् समृद्धि हो । कोही भन्छन विकास हो । केही भन्छन् प्रविधि हो । युएनडीपीले पनि त्यही विकास भनेर मानव विकास सूचकांक प्रकाशित गर्छ । उनीहरू के भन्छन् भने सबै समस्या भनेको विना प्रविधि एवंम अविकास हो, विकास भयो भने समस्या समाधान हुन्छ, तर हामीलाई राजनीतिक दलले विकासका बारेमा घण्टै भाषण गरेर विकास नहुने रहेछ भन्ने कुरा बुझ्नु पर्छ । किनकि पञ्चायतले त ३० वर्षसम्म विकास नै भनेको थियो । त्यसपछि प्रजातन्त्र आयो, त्यस बेला पनि विकासै विकास हुन्छ भनियो । तर के भयो ? माओवादीहरूले बन्दुक उठाए । त्यसपछि पनि विकासको कुरा गरियो । आजसम्म विकास भएको छैन पहिलो संविधान सभा निर्वाचन २०६३ मा पनि विकासका कुरा नलेखिएका होइनन भने २०७२को संविधान पछिका दिनहरूमा र केहि महिना अगाडी सकिएको स्थानीय चुनाव र हालै भईरहेको प्रदेश चुनावमा पनि विकास र प्रविधिका कुरा नउठाइएको होइन तर पनि देशका माथिल्लो निकायमा रहेका माननिय सदस्यहरूले केवल बोलिमा मात्र सिमित पारेका छन् । मधेसीहरू सडकमा ओर्ले, मधेस विद्रोह सुरु नभएको होइन । 
त्यसपछि पनि त यो चक्र सकिनुपर्ने, तर सकिएन । त्यसैले प्रविधिसँगैको विकासले देश निर्माण गर्छु भनि सपथ खाएर राजनीतिज्ञहरूले राम्रोसँग विश्लेषण गर्नु पर्ने समय आएको छ । देशमा गएको महा–भूकम्प र नेपालमा जारी संविधान पछि भारतले गरेको नाका बन्दले हरेक नागरिकहरूले अहिले पनि पून–निर्माणका बारेमा आवाज नउठाएका हैनन् । हरेक जनताका आशाको केन्द्र विन्दु नै नेतृत्व तहमा रहेका व्यक्तिहरूले डग्मगाएका छन् । नेपालको परिपेक्षमा प्रविधि शिक्षाको उच्चतम माग रहेको छ तर कुल प्रतिशतको २ प्रतिशत पनि प्रविधि शिक्षामा लगानी रहेको छैन । विकासका कुरा मात्र कुरामा सीमित रहेको छ । विश्वको दोस्रो जलस्रोतको धनि देश भएर पनि अझै नेपालका कतिपय गाँउहरू दियो मुनिको अध्यारोमा रहेका छन् । 
नेपालमा अनवरत रुपमा बगिरहने नदिनालाहरूबाट ८३ हजार मेगावाट विद्युत उत्पादन हुन्छ भनिएता पनि आधुनिक प्रविधिसँगै देशको राजनीतिक स्थितीले जलविद्युत आयोजनाहरू निर्माण गर्न सकिएको छैनन । विकासको दृष्टिकोणले पछाडी परेको नेपालमा अझै पनि विकासका पूर्वाधारहरू जस्तै ः खानेपानी, विजुली, स्वास्थ्य, शिक्षा , यातायात , एवंम दैनिक नागरिकलाई आवश्यक पर्ने आधारहरूबाट नेपालका कतिपय गाँउबस्ती बन्चित रहेका छन् । के जनताका आवश्यकताले यस समयमा विकासको भाव व्यक्त गरेको छ त ? चुनावी यो माहोलमा विकास र प्रविधिका कुरा गर्दा यी प्रश्न गर्ने समय आएको छ ? देशका लागि बलिदान दिने शहिदका कुरा गर्दै गर्दा विकासका कार्यहरू ठप्प रहेको देख्दा लाग्छ कि प्रविधिसँगैको विकासले भरिएको संमृद्ध नेपाल केवल कल्पना मात्रा हुने त हैन ? प्रविधिलाई अगालेर अगाडी बढेका देशहरू आज विकसित राष्ट्रको रुपमा स्थापित भइसकेको समयमा नेपाल आज पनि विना प्रविधि विकासका कुराहरू मात्र गरिरहेको छ । सन १९९०मा नेपाल, भारत र चीनको विकास एवंम प्रतिव्यक्ति आय उस्तै नै थियो तर आज चीनले आफ्नो प्रतिव्यक्ति आयलाई २५ गुणा माथि पुराएको छ भने भारतले करिव ७ गुणा माथि पु¥याएको छ । तर नेपालको स्थिति उस्तै नै रहेको छ । विकास र प्रविधिको कुरा गर्ने हो भने चीनले यति ठूलो छलाङ मारेको छ कि त्यो हाम्रो सोचाई भन्दा उच्च स्थानका पुगेको छ । समग्र विश्वकै अर्थतन्त्र र प्रविधि एवंम विकासको हिसावले दास्रो स्थानमा पुगेको छ । हामी जनता विकास भनेर काका कुल जस्तै भएका छौं, विकासका सम्भावना त्यसै खेर गएका छन् । हाम्रो गाउँको विकास गरिदिने कोही प्रकट हुन्छ कि भनेर हामी पर्खिरहेका छौं । यो सायद मृगतृष्णा हुनजाला । विकास गर्ने शिक्षाले हो । यो जति ठूलो अर्को केहि कुरा छैन । शिक्षाले सम्भावनाको खोजी गर्न सिकाउँछ । हाम्रो शिक्षा त्यसतर्फ केन्द्रित छैन बेरोजगार शैक्षिक प्रमाणपत्रधारी जत्था उत्पादन गरिरहेछ र खाडीतर्फ निर्यात गरिरहेछ हाम्रो शिक्षाले युवाहरूलाई हाम्रो समाज, शिक्षाविद्हरू, राजनीतिज्ञहरू चुपचाप यो सबै मूकदर्शक भएर हेरिरहेका छन् ।गाविस, जिविस र अन्य निकायको पैसा डोजरमालिक, केही ठेकेदार, कोही सरकारी कर्मचारीको गोजीमा पर्छ । फेरि पनि जनता उही पूरा नै हालतमा रहेको देख्न सकिन्छ । खनिएका बाटोमा धनीहरूका गाडी गुड्छन् । गरीव जनतासँग गाडी चढ्ने पैसा हुदैनन गरीवहरूले काम पाउन सकेका छैनन् । के यहि विकास हो । प्रविधिका औजारहरू प्रयोग गरिनुहुन्न भन्ने होइन तर मानिसको मुख बन्द गरेर प्रविधिका सामग्री उपयोग गरिनु पर्छ । विकासका लागि एकीकृत योजना हामीसँग जरुरी छ । सरकारी निकायको बीचमा आपसी समन्वय गरि आयोजनाहरूलाई आधुनिक प्रविधि तवरले अगाडी बढाउनु नै उचित रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago