भर्खरै

 ‘८ वर्षको वारेन्टी सहित भिगार्डले ल्यायो स्र्माट गिजर नेपाली बजारमा’

  • प्रकाशित मिति : Wed-20-Dec-2017
  • - जितेन्द्र बहादुर सिंह विजनेस डेभलपमेन्ट म्यानेजर, त्रिवेणी ग्रुप 
title


 जाडो याम सुरु भए सँगै पानी तताउँन विभिन्न किसिमका इलेक्ट्रिक सामाग्रीहरू नेपाली बजारमा आएका छन् । विभिन्न ब्राण्ड र कम्पनीका पानी तताउने गिजरहरू अहिले बजारमा प्रशस्तै पाउन सकिन्छ । जुन विभिन्न मूल्य र साईजमा गिजरहरू पाईन्छ । विभिन्न ब्राण्ड र कम्पनीहरू मध्ये भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरू नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ । भिगार्ड कम्पनीबाट उत्पादित गिजरका प्रकार, यसमा रहेका सुविधा, नेपाली बजारमा यसको माग, यसको गुणस्तर आदिका सम्बन्धमा जी.पी.ट्रेडिङ्ग कन्र्सन (त्रिवेणी ग्रुप) का विजनेस डेभलपमेन्ट म्यानेजर, जितेन्द्र बहादुर सिंह सँग विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः

लामो समय देखि नेपाली बजारमा आएको भिगार्ड कम्पनीका प्रोडक्टहरूले नेपाली बजारमा पाएको स्थान , भिगार्ड कम्पनीका ब्राण्डहरूको अवस्था, भिगार्ड कम्पनीका बारेमा बताईदिनुहोस् न ।
भिगार्ड सन् १९७७ मा भारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनी हो । आफ्नो स्थापनाको प्राथमिक कालमा कम्पनीले स्टेपलाईजर का सामाग्रीहरू उत्पादन गर्दथ्यो । भिगार्ड बाट उत्पादित स्टेपलाईजर को विस्तार र माग बढे सँगै कम्पनीले फ्यान, गिजर, हिटर, पम्प, स्वीच गेयर लगायतका सामाग्रीहरू उत्पादन बढाएको छ । अहिले भारतमा यो कम्पनी प्रतिष्ठित कम्पनीको रुपमा स्थापित भईसकेको छ । 
भिगार्ड बाट उत्पादित सम्पूर्ण सामाग्रीहरूले फाईभ स्टार जस्तो उच्च स्तरीय मान्यता प्राप्त गरेको छ । भिगार्ड कम्पनीका सामाग्रीहरूमा ८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो । यसका प्रोडक्टहरूमा (ABS) आउटर बडि र हिटिङ्ग इलिमेन्ट (ISI) आई. एस .आई मापदण्डमा आधारित रहेको छ । हाम्रा प्रोडक्टहरूमा डब्ल्यु पि. ई (WPE) ,आई पि सि एस (IPCS) जस्ता अन्र्तराष्ट्रिय स्तरका उच्च प्रविधिको प्रयोग भएको छ । 


भिगार्ड का गिजरहरू कहिले देखि नेपाली बजारमा आएका हुन र यसका प्रोडक्टहरू कसरी नेपालभर विस्तार गर्ने योजनामा हुनुहुन्छ बताईदिनुहोस् न ।
भिगार्डका प्रोडक्टहरू नेपाली बजारमा पहिले देखि आएता पनि हाल जी.पी टे«डिङ्ग कन्र्सन (त्रिवेणी ग्रुप) ले बजारमा ल्याएको हो । जी.पी टे«डिङ्ग कन्र्सनको नेपालभर रहेका डिलर तथा एजेन्सीहरूबाट सरल र सहज ढंगबाट गुणस्तरीय प्रोडक्टहरू ग्राहक तथा उपभोक्ता समक्ष पु¥याउने योजनामा छौ । 


भिगार्ड कम्पनीबाट उत्पादित गिजरहरूका बारेमा बताईदिनुहोस् न ।
भिगार्डले विद्युतीय गिजर, ग्याँस गिजर र सोलार गिजर गरी तीन प्रकारका प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ । अहिले नेपाली बजारमा विद्युतीय गिजर प्रचलित बन्दै गएको छ । भिगार्डले उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ । त्यस्तै ग्याँस गिजर, सोलार गिजर पनि विभिन्न साईजमा उपलब्ध छ ।

 
 विद्युतीय गिजर , सोलार गिजर र ग्याँस गिजर बीच कस्तो भिन्नता रहेको छ ?
जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरूको आ आफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरूका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्न नै मुस्किल पर्ने स्थानहरूमा भने विद्युतीय गिजर नै बढी उपयोगी हुन्छ । त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसावले सहज रहेको छ । विद्युतीय गिजर बजारमा आउनु भन्दा पहिले ग्यास गिजर बढी प्रचलित थियो । तर अहिले बजारमा विद्युतीय गिजर आउन थाले पछि यसको माग बढेको छ । 
विद्युतीय गिजर प्रयोग गर्न सहज, बढी सुरक्षित हुनका साथै ग्याँस गिजरको तुलनामा सस्तो पनि रहेको छ । विद्युतीय गिजर आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ । भिगार्डले पछिल्लो समयमा स्मार्ट गिजर बजारमा ल्याएको छ । स्मार्ट गिजरको जुन सुकै स्थानमा बसेर कन्ट्रोल गर्न सकिन्छ । 


भिगार्ड बाट उत्पादित विद्युतीय गिजरका मोडलहरूका बारे बताईदिनुहोस् न । 
विद्युतीय गिजरमा हामीले इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारका मोडलहरू बजारमा ल्याएका छौ । इन्स्ट्याण्ट मोडलमा पनि दुई प्रकारका मोडलहरू रहेका छन् । इन्स्ट्याण्ट विशेषतः किचेन र वेसिनमा प्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमा पानी तुरुन्तै तात्दछ । अहिले बजारमा इन्स्ट्याण्ट मोडलका विद्युतीय गिजर एक लिटर देखि तीन लिटर सम्मको पाउन सकिन्छ । त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्टिच्युटनल गिजर गरी दुई प्रकारका रहेका छन् । डोमेस्टिक गिजर सामान्यतया घरका लागि प्रयोग गरिन्छ भने इन्स्टिच्युटनल गिजर होटल, अफिसमा प्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाट का रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटर सम्मका रहेका छन् भने र इन्स्टिच्युटनल गिजर ३५ लिटर र ५० लिटर मा पाउन सकिन्छ । 


भिगार्डका गिजरका मुख्य विशेषताहरू के के रहेका छन् ?
भिगार्ड कम्पनी बाट उत्पादित विद्युतीय गिजरको प्रमुख विशेषता भनेको यसले कम विद्युत खपत गर्नु नै हो । यसका हिटिङ्ग एलिमेन्टहरू आई.एस.आई मान्यता प्राप्त रहेका छन् । गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्ड भन्दा केही फरक भिगार्डका गिजरहरू आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तर युक्त रहेका छन् । 


अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
जाडो महिनामा पानी तताउँनका लागि प्रयोग गरिने गिजर आम उपभोक्ताहरूको रोजाईमा पर्दै गएको छ । अहिले नेपाली बजारमा विभिन्न ब्राण्डका सस्तो मूल्यमा पनि गिजरहरू पाईन्छ । उपभोक्ताले गिजर किन्दा सस्तोलाई भन्दा पनि गुणस्तरलाई ध्यान दिन आग्रह गर्दछु .

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago