“जुन कम्पनीले गुणस्तर युक्त प्रोडक्टहरू उपभोक्तालाई दिन्छन् ती कम्पनीहरू नै दीर्घकाल सम्म टिक्न छन्”

  • प्रकाशित मिति : Tue-03-Jan-2017
  • - जयसिंह कोठारी प्रमुख कार्यकारी अधिकृतः पावर एण्ड लाइटिङ सोलुसन प्रा. लि.
title

हाल नेपालमा विद्युतीय सामग्रीको प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीहरू भित्रिरहेको छ । विद्युतीय सामग्रीहरूकै पेरिफेरीमा रहेर नेपालमा विद्युतीय सामग्रीहरूको अवस्था, यसको बजारको अवस्था, नेपालमा भित्रने विद्युतीय सामग्रीहरूको गुणस्तर, विद्युतीय सामग्रीहरू प्रति सरकारले दिएको ध्यान लगायतका विषयमा पावर एण्ड लाइटिङ सोलुसन प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत जयसिंह कोठारीसँग विद्युत संसार साप्ताहिक पत्रिकाका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः

पावर एण्ड लाईटिङ्ग सोलुसन प्रा.लि का प्रोडक्टहरू हाल सम्म कति जिल्लामा पुगेका छन् ?

हाम्रो यो कम्पनी सञ्चालनमा आएको करिब एक वर्ष भयो । कम्पनी सञ्चालन गरेको छोटो समयमा नै हामीले हाम्रो प्रोडक्टलाई देशभर विस्तार गर्न सफल भईसकेका छौ । हाम्रो कम्पनीको विस्तार भने काठमाण्डौ उपत्यका र पश्चिमाञ्चल क्षेत्रमा भई सकेको छ भने पूर्वाञ्चल क्षेत्र मा विस्तार गर्ने हाम्रो योजना रहेको छ । 

विद्युतीय व्यवसायीहरूलाई सरकारले कस्तो सहयोग गर्नु पर्ला ?

नेपालको विद्युत अवस्था बारे सरकारलाई राम्रै थाहा छ । नेपालमा नेपालका लागि आवश्यक जलविद्युत अहिले सम्म उत्पादन हुन सकेको छैन । सबै जनताहरूमा विद्युतको पहुँच पुग्न सकेको छैन । नेपालको आर्थिक अवस्थाका कारण विद्युतको पहुँच सबै जनता माँझ पुग्न नसकेको भए पनि विद्युत पुगेका स्थानमा कम विद्युत खपत गर्ने विद्युतीय सामग्रीहरूको प्रयोग गर्ने र विद्युतको बचत गरी अर्को स्थान सम्म विद्युत सेवा भने अवश्य पुर्याउन सक्छौ । 
गत वर्ष सरकारले भारत सँग दुई करोड एलईडि बल्ब खरिद गर्ने भने पनि हाल आएर त्यो योजना पुरा हुन सकेको छैन । त्यस्तै सरकारले एलईडिका बल्ब भन्सार दर १५ प्रतिशत र अन्य सामग्रीहरूमा भन्सार दर २० प्रतिशत लगाउँदै आएको छ । जब कि कम विद्युत खपत गर्ने एलईडिजन्य सामग्रीहरूमा सरकारले भन्सारदर शून्य नै गर्नु पर्ने थियो । हाल नेपाली बजारमा विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीहरू आयात हुने गरेको छ । ती ब्राण्ड तथा कम्पनीका सबै सामाग्रीहरू गुणस्तरयुक्त हुन्छ भन्ने छैन तसर्थ सरकारले यस प्रति पनि ध्यान दिन जरुरी छ । बजारमा नियमित अनुगमन गर्नु पर्दछ । 

आयातकर्ताले नै सामाग्री आयात गर्दा कमशल खालका सामग्री आयात गर्छन् भन्ने सुनिन्छ नि ? यसमा के भन्नु हुन्छ ?

 कतिपय आयातकर्ताले क्षणिक मुनाफाको लागि कमशल सामग्री ल्याएर बिक्री गर्छन तर हामीले विद्युतीय सामग्रीहरू आयात गर्दा गुणस्तरीय सामग्रीहरू मात्र आयात गर्ने गरेका छौ । गुणस्तरीय सामग्री उपलब्ध गराउने आयातकर्ता नै दीर्घकाल सम्म बजारमा टिक्न सक्छ । हामी गुणस्तर सम्बन्धी सबै पेरामीटरको राम्रो अध्ययन गरी उत्पादक छनौट गर्छौ । 

यस कम्पनीका प्रोडक्टहरू प्रति विश्वास गर्ने आधार के के रहेकाछन् ? 

हामीले बिक्री गर्दै आएका जति पनि एलईडि जन्य प्रोडक्टहरू रहेका छन् त्यसको गुणस्तर प्रति हामी धेरै नै सजग छौ । स्ट्याण्डर कायम भएका छन् । अहिले बजारमा आएका धेरै जसो एलईडिहरूको एक वर्षको मात्र वारेन्टी रहेका छन् भने हामीले बिक्री गर्ने विशाल एलईडीको दुई वर्ष सम्मको वारेन्टी कायम गरेका छौ । त्यस्तै हामीले नेपाली बजार छोटो समयमा नै प्रभाव पार्न सफल भईसकेका छौ । पछिल्लो समयमा हाम्रा प्रोडक्टहरू प्रति उपभोक्ताको चासो बढ्दै गएको छ । 

अहिलेको प्रतिस्पर्धी बजारमा आफुलाई कसरी स्थापित गर्दै आउनु भएको छ ?

विद्युतीय सामाग्रीहरूको बजारमा अहिले निकै प्रतिस्पर्धा बढ्दै गएको छ । बजरमा विभिन्न ब्राण्ड तथा कम्पनीका सामाग्रीहरू आउने गरेको छ । क्षणिक समयका लागि ब्राण्ड तथा कम्पनीहरू बढेको भए पनि जुन कम्पनीले गुणस्तर युक्त प्रोडक्टहरू उपभोक्तालाई दिन सक्छ ति कम्पनीहरू नै दीर्घकाल सम्म टिक्न सक्छ । हामीले हाम्रा उपभोक्तालाई गुणस्तरीय प्रोडक्टहरू प्रदान गर्दै आएका छौ । जसले गर्दा मलाई विश्वास छ कि दीर्घकाल सम्म हाम्रा ब्राण्ड नेपाली बजारमा स्थापित हुन्छन् । 

 विद्युतीय व्यवसायिक सुरक्षा र हकहितका लागि के के गर्नु पर्ला ?

नेपालमा जुनसुकै व्यवसायमा लगानी गर्ने लगानीकर्ताहरूका लागि व्यवसायिक सुरक्षा रहेको छैन । नेपालमा ठुला व्यावसायीहरू लाई भन्दा साना व्यवसायीहरू मारमा पर्ने गरेको छ । सरकारले साना विद्युत व्यवसायीहरूको हितमा काम गरे अझै राम्रो हुने थियो ।

यस प्रा.लि का भावि योजनाहरू कस्ता रहेका छन् ? 

हामीले बजारमा उपभोक्ताहरूको माग र आवश्यकता अनुरुपका नयाँ उत्पादन बजारमा ल्याउने , नयाँ–नयाँ प्रविधिको विस्तार गर्ने, तथा हाम्रा प्रोडक्टहरूलाई विस्तार गर्दै लैजाने योजनामा छौ साथै आयातलाई स्तरीय उत्पादन सुरु गरेर विस्थापन गर्ने योजना अन्तिम चरणमा रहेको सहर्ष जानकारी गराउन चाहन्छौ । व्यवसायीहरूले धेरै मात्रामा अन्डरविलिङ कार्यहरू गर्यो भन्ने आरोप लाग्दै आएको देखिन्छ , यसमा तपाई के भन्नु हुन्छ । 
अन्डरविलिङका विषयमा हामीलाई भन्दा बढी सरकारी निकायका व्यक्तिहरूलाई थाहा हुन्छ । हामीले आजका दिन सम्म अन्डरविलिङ गरेर सामानहरू भित्राउने काम गरेका पनि छैनौँ र भावि दिनमा गर्ने पनि छैनौँ । अन्डरविलिङ कार्य गर्नु अपराध नै हो भन्दा फरक नपर्ला । कुनै एक व्यवसायीले गर्दा आज नेपाालका सम्म्पूर्ण व्यवसायीहरूलाई अन्डरविलिङ्गको आरोप लाग्ने गरेको छ । व्यवसायिक क्षेत्रमा यो नराम्रो छापको अन्त्य हुनु पर्दछ । 

विद्युत महशुल निर्धारण आयोगले विद्युतको महशुल वृद्धि गर्ने भन्ने विषयमा अहिले धेरै बहसहरू उठ्दै आएको छ, यस विषयमा तपाई के भन्नु हुन्छ ?

मुल्यवृद्धि भन्नाले धेरै कुराले सोच्नु पर्ने हुन्छ । विद्युत प्राधिकरणको आन्तरिक अवस्था के कस्तो छ त्यो सबैले बुझे कै हो, त्यसलाई घाटामा कति दिन चलाउने ? त्यस्तै विद्युत प्रति भन्दा पनि विद्युत चुहावट प्रति सरकारले ध्यान दियो भने राम्रो हुने थियो । दुःख त यस विषयमा लाग्छ कि विद्युत चोरी गर्नेहरूले त गरे–गरे तर त्यसको महशुल हामीले बुझाउनु पर्छ । सरकारले एमइएलाई दिएर होस जे गरेर होस सरकारको ढुकुटीमा रहेको पैसा जनताको पैसा हो त्यो ढुकुटीको सही उपयोग हुनु पर्याे । विद्युत चोरीबाट नोक्सान भइरहेको हो । हाल २६ प्रतिशत चुहावट २२ प्रतिशतमा झरेको भएपनि त्यसलाई शुन्य प्रतिशत त भन्दिन २÷४ प्रतिशतमा झार्न पाए सरकारलाई र जनतालाई सहज हुने थियो र महशुल वृद्धि गर्नु पर्ने आवश्यक नहुने थियो ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

 साधारण रुपमा बिजुलीको खपत कम गर्न आफ्नो तर्फबाट जति सकिन्छ कम गर्ने गरौं । विद्युत कम खपत गर्ने एउटा परिपार्टी निर्माण बसालौं । घरमा २ बत्तिको आवश्यक छ भने ८÷१० वटा बत्ति नबालौं । आम उपभोक्ताहरूले कम विद्युत खपत गर्ने विद्युतीय सामग्रीहरूको प्रयोग गर्न पनि आजको आवश्यकता हो र सरकारले पनि सो लाई प्रोत्साहित गर्न यस्ता सामग्रीहरूमा न्यूनतम भन्सार दर कायम गर्नु आवश्यक देख्दछु । 

प्रतिक्रिया